दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । काठमान्डू पोष्टमा प्रकाशित अंग्रेजी संस्करण यहाँ छ : Respected Lawabiding People….]
‘सभापती कमरेड,’ माइक नजिक पुगेपछि उनले भने- ‘मन्चमा उपस्थित हुनुभएका नेकपा एमालेका स्थायी समिती तथा केन्द्रिय कमिटीका सदश्य कमरेडहरु । काठमाडौं क्षेत्र नं. १ का नेकपा एमालेका र्सूय ध्वजावाहक उम्मेदवार कमरेड प्रदीप नेपाल र यस कार्यक्रममा यस जनसभामा उपस्थित हुनुभएका सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुलाई म नेकपा एमालेको तर्फाट क्रान्तिकारी लाल सलामको अविवादन व्यक्त गर्न चाहन्छु ।’
लाल सलाम ! उनी हुन् माधवकुमार नेपाल, एमालेका महासचिव, जो गत आइतबार नयाँ बानेश्वरको चुनावी सभालाई सम्बोधन गर्दै थिए । करिव २५ मिनेटको त्यो भाषणमा घुमाईफिर्राई माओवादीलाई गालिगर्नु र आफ्नो पार्टीको घोषणापत्रका केही कुरा उल्लेख गर्नु अघि नेपालले केही कुरा प्रष्ट्याउन चाहे ।
‘साथीहरु,’ लाल सलाम गरेपछिको पहिलो वाक्यमा उनले भने- ‘चुनावी अभियान अगाडी बढ्दै जादा नेताहरुको र चुनावमा लाग्ने अभिनेताहरुको स्वर सुक्ने स्थिती बन्न सक्छ ।’ ‘अभिनेता’ अर्थात कलाकार जसले चुनावी सभामा गाउदै र ठट्यौली गर्दै सहभागीलाई मनोरन्जन दिन्छन् । नेपालले बोल्नु अघि गायक भगवान भन्डारीले आफू स्वतन्त्र भएपनि सूर्यमा भोट हाल्दा राम्रो हुने मनसाय प्रकट गरेपछि एउटा लोकधुन सुनाएका थिए ।
‘त्यसो हुनाले घाटीहरुलाई बढ्ता ख्याल गर्नुपर्छ,’ भाषणको दोस्रो वाक्यमा हल्का मुस्काउदै नेपालले भने- ‘चीसो पानी खुवाउने नगर्नु होला । तातो पानी…’
त्यो वाक्य पुरा नगरी उनी अर्कोमा गए (‘संसारको कुनै पनि शक्तिले …चुनाव रोक्ने छैन’) जो त्यो साँझका टीभी समाचार र भोलीपल्ट विहानका अखवारहरुका लागि शीर्षक भयो । अपुरो ‘तातो पानी’ वाक्य बुझ्न कठिन थिएन तर त्यसमा औसत नेपाली भाषणकर्तामा पाइने कमजोरी झल्किन्छ । उनीहरु कुरा प्रष्ट राख्न सक्दैनन्, सिधा भन्नुसाटो घुमाउरा वाक्य प्रयोग गर्छन्, भाषण छिटो नसिध्याई स्रोताको धैर्यता गुम्नेगरी एउटै कुरा दोहोर्याई रहन्छन् ।
‘थोरै युवा नेता बाहेक अधिकाँश अद्यावदिक छैनन्,’ नेताहरुको क्यारिकेचर गर्ने व्यङ्ग्यकर्मी मनोज गजुरेलले भने- ‘उनीहरु सैदान्तिक र कोरा कुरामात्र गर्छन् । जनआन्दोनमा सहभागी युवा पुस्ताले उनीहरुका कुरै बुझ्दैनन् ।’ भाषणले मात्रै जनतालाई तान्न नसकिने भएकाले राजनीतिक कार्यक्रममा गीत/संगीतमार्फ मनोरन्जन दिलाउनेतिर आकर्षा बढेको उनले बताए ।
जतिसुकै पट्ट्यारलाग्दा र कमजोरीयुक्त भएपनि यो चुनावी मौसम हो र भाषणहरु अनिवार्य भएका छन् । अहिलेका नेता ती व्यस्त फिल्मी कलाकार जस्तै भएका छन् जो एउटा सुटिङ् सकिनेवित्तिकै अर्को फिल्मको छायाङ्कन भ्याउन पुग्छन् । त्यस्तो बेला ती कलाकारले आफूले अभिनय गर्ने पात्रबारे पर्याप्त अनुसन्धान गर्न भ्याउदैनन् जसको असर फिल्मको फितलो पात्र चित्रणमा देखिन्छ । महासचिव नेपालजस्ता उच्च महत्वका चुनावी भाषणकर्ताहरुले पनि दिनमै औसतमा पाचवटा सम्म कार्यक्रममा बोल्नुपर्ने हुदाँ उनीहरुका भाषण हुनुपर्ने जति छरिता र प्रष्ट हुदैनन् । नराम्रै भएपनि ती भाषणले नेताहरुको घाटीलाई भने समश्यामा पार्ने गरेका छन् ।
‘म बोल्न सक्दिन अहिले,’ गत सोमबार टेलिफोन अर्न्तवार्तामा मोरङ्-६ का काङ्ग्रेसी उम्मेदवार महेश आचार्यले भने- ‘मेरो स्वर छैन ।’ फोन उठाउदा डाक्टरसँग भएको बताउने आचार्यको भासिएको स्वर फोनमा मुस्किलले सुनिन्थ्यो । रौतहट-६ र काठमान्डू-२ का उम्मेदवार नेपालले स्वर भासिएकै कारण अघिल्लो साता किर्तीपुरको आम सभामा उपस्थित भएर पनि भाषण गरेका थिएनन् । त्यसबीचमा उनले पर्याप्त तातो पानी पिउदै घाटीको ‘बढ्ता ख्याल’ गरेका थिए जसले उनलाई त्यसपछिका चुनावी सभामा बोल्न सघाएको थियो ।
तातो पानीले भाषण गर्न सघाएपनि भाषणले भोट तान्न कत्तिको सघाउने हुन् हर्ेन बाँकी छ । तर यो पक्का हो भाषण चुनावका अभिन्न अंग हुन् र प्रचार अभियानले तीब्रता लिदैगर्दा ‘भाषणवाज’हरुको माग बढ्दो छ । ‘अघिसम्म विराटनगरमा थिए,’ काङ्ग्रेसका युवा नेता तथा व्यस्त भाषणकर्ता गगन थापाले फोनमा भने- ‘अहिले काठमान्डूमा छु । अब चितवन जान लागेको ।’ काङ्ग्रेसको समानुपातिक उम्मेदवार सूचीमा रहेका थापाले ‘मास तताउने’, ‘जुरुक्क उचाल्ने’, ‘उत्साहित पार्ने’ भाषण गर्ने उनलाई सुनेका सम्वादाताहरुले बताएका छन् ।
‘तीनवटा कुरालाई महत्व दिन्छु,’ थापाले आफ्ना भाषणबारे भने- ‘केही मेसेज (सन्देश) र सब्स्टेन्स (गुदी) हुनुपर्यो ताकी आमसभामा आएको मान्छेले दुइटा कुरा जानोस् ।’ त्यसको अर्थ ‘सुन्न आउनेहरु’लाई आफूले कम नआक्ने बताउदै थापाले आफूले भाषण गर्ने समुहसँग सञ्चार गर्न ऊसँगै कुरा गरेजस्तो गर्ने बताए । ‘तेस्रो कुरा सर्न्दर्भ,’ उनले भने- ‘आन्दोलनताका त्यसकै कुरा गर्थे, अहिले पार्टीका लागि मत माग्छु ।’
‘संविधान सभाको चुनाव सबै दलको साझा जिम्मेवारी हो,’ आफ्ना भाषणमा आक्रोस कम पार्टीको प्रचार बढी हुने दावी गर्ने थापाले भने- ‘तल्लो तहको तिक्तता नहोस्, सकेसम्म राम्रो वातावरण बनोस् । भाषण सुन्न आएको अरु पार्टीको साथी आक्रोशित भएर नजाओस् ।’
थापाले अर्न्तवार्तामा त्यसो भने पनि अघिल्लो साता किर्तीपुरमा आयोजित चुनावी सभामा माओवादीलाई आक्रोशित नै पार्ने भाषण गरेका थिए । तर्राईको एउटा कार्यक्रममा अविरले रंगिएका थापा एअरपोर्टबाट सोझै किर्तीपुर पुगेका थिए जहाँ उनले, एकजना सम्वाददाताका अनुसार, भाषण यसरी थालेका थिए- ‘रगतको आहालमा डुब्नेहरु हो एकचोटी अविरको रंगमा डुवेर हेर….।’
‘त्यसमा चाहि सर्न्दर्भको कुरा आउछ,’ कान्तिपुरसँगको अर्न्तवार्तामा थापाले त्यो भाषणको बचाउ गरे- ‘प्रचन्ड चुनाव लगेको क्षेत्र हो । फेरी अगाडीका बक्ताले लामो भाषण गरेकाले मास वाक्क दिक्क थियो । शुरुमै उनीहरुको ध्यान त्यसरी नतानेको भए मैले सञ्चार गर्न सक्ने थिइन ।’
‘पब्लिक (जनसाधारण) लाई एट्र्याक्ट (आकषिर्त) गर्न त्यही खालका हाऊभाऊ र शब्दहरु प्रयोग’ गर्नुपर्नेमा राजनीतिज्ञ परी थापा पनि सहमत छन् जो अहिले देशका विभिन्न भागमा चुनावी भाषण गर्दै हिडिरहेका छन् । भाषणमा कुरो नदोहोर्याउन नोट तयार पार्ने नेकपा एकीकृतका नेताले अचेलका चुनावी भाषणमा ‘मुख्य कुरो र महत्वपूर्ण विषयबस्तुलाई मोटामोटी एक घन्टामा कभर गर्न’ सकिने बताए । ‘ठाउ अनुसार हल्का फरक हुन्छन्,’ अघिल्लो साता रामेछापमा भाषण गरेपछि सिरहा पुगेका नेताले फोनमा भने- ‘नयाँ नेपाल र राज्यको पुनसंरचना जस्ता कुरामा बढी बोल्छु ।’
निश्चयै, भाषण भनेकै बोल्ने कुरा हो । भनाई छ, बोल्नेको चामल विक्छ । करिस्मायुक्त विश्व नेताहरुले २० औं शताब्दीमा अप्ठ्यारा सत्यहरुको सञ्चार गर्न, नागरिकहरुलाई स्वतन्त्रताका लागि लड्न प्रेरित गर्न र विदेशी शक्तिहरुविरुद्ध आफ्ना देशहरुलाई एकतृत पार्न आफ्नो बोल्ने क्षमताको प्रयोग गरेका छन् । महान कहलिएका त्यस्ता भाषणमा लेखनका उत्तिकै महत्व हुन्छ । विश्वयुद्धको चुनौती खेपेका वेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलदेखि अघिल्लो साता जातीयताबारे आफ्नो विचार प्रष्ट पार्न बाध्य भएपछि ३७ मिनेट लामो -र संचारमाध्यमले बर्षौयताको प्रभावशाली भनि बर्णनगरेको) भाषण गरेका अमेरिकी सिनेटर बराक ओबामासम्मका भाषण तयारीपूर्वक लेखिएका थिए । नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छेबाहेक मुख्य नेपाली नेताहरुले विरलै आफ्ना भाषण लेख्छन् ।
‘खासै तयारी हुदैन,’ भाषण गर्न माहिर कहलिएका एमालेका शंकर पोखरलेलले भने- ‘यस्तो भाषण गर्ने भनेर डायरीमा योजना बन्दैन, दिमागमा बन्छ ।’ पार्टीको घोषणापत्रदेखि अन्य दस्तावेज तयारीमा संलग्न रहेकाले मुद्धाहरुबारे जानकार भएको बताउने नेताले श्रोता जस्तो, भाषण त्यस्तै गर्ने बताए ।
‘बौद्धिक व्यक्तित्व छन् भने नीतिगत, सैदान्तिक र तार्किक कुरा गरिन्छ, तुलनात्मक अध्ययनमा जोड दिइन्छ,’ एमालेको समानुपातिक सूचीमा रहेका उम्मेदवारले भने- ‘र्सवसाधारण छन् भने उदाहरणहरु बढी प्रयोग गर्नुपर्छ । युवा भए इमोसनल (भावुक) प्रस्तुती हुनुपर्छ । पाका छन् भने विस्तारै सम्झाउने, एउटै कुरालाई दुइतीन दृष्टिकोणबाट प्रस्तुत गर्नुपर्छ ।’
‘नेता’ र ‘भाषण’लाई एउटै वाक्यमा राख्दा त्यो आशावादी कहिल्यै बन्दैन । ‘ह्या, नेता भाषण मात्रै गर्छन्, काम गर्दैनन्’ भन्ने वाक्य धेरैबाट सुनिन्छ । चुनावी भाषणहरुको सबैभन्दा ठूलो चुनौती जनताको विश्वास जित्नु भएको छ । ‘भाषणमा भनेका कुरा पुरा नगर्दा त्यस्तो भएको,’ गगन थापाले भने- ‘श्रोतालाई ‘यसले सत्य बोल्छ’ भन्ने भयो भने उनीहरुसँग गासिन सजिलो हुन्छ ।’
भाषण सुनेर श्रोताले ताली बजाउनु एउटा कुरा, भाषणकर्ताले भनेकै चिन्हमा स्वस्तिक छाप लाउनु अर्को । त्यस्तै, ‘त्यसले क्या राम्रो भाषण गर्यो’ भन्नेले त्यो भाषणकर्ताकै चिन्हमा मत हाल्ला भन्ने कुनै निश्चित छैन । ‘एउटा भाषण सुन्दैमा प्रतिवद्ध व्यक्तिले विचार बदल्छ भन्ने लाग्दैन,’ पोखरेलले भने- ‘तर राम्रो तर्क गर्दा तटस्थ मासले विचार बलल्न सक्छ ।’ आफ्नो चिन्हमा भोट हाल्नै प्रेरित नगरेपनि भाषणहरु ‘कार्यकर्तालाई प्रेरित गर्न’, ‘पार्टीको एजेन्डा प्रष्ट्याउन’ र ‘कुरा सुनेर धाराणा बनाउनेलाई सहयोग गर्न’ उपयोगी हुने पोखरलेले बताए । ‘कार्यकर्ता प्रेरित भएमा उनीहरुको सक्रियता बढ्छ,’ उनले भने- ‘त्यसो भए भोट बढ्छ । पार्टीको एजेन्डा प्रभावी ढंगमा गए र्समर्थक उत्साहित हुन्छन्, विरोधी प्रतिरक्षात्मक अवस्थामा पुग्छन् ।’
पक्कै, भाषणका अनेकौ उद्देश्य हुन्छन् र तिनको संरचना व्यक्तिपिच्छे फरक हुन्छन् । भाषणमा माहिर ठानिने काङ्ग्रेसी नेता मनमोहन भट्टर्राईका लागि भाषण गर्राई ‘कलात्मक काम हो जो सिर्जनात्मक/रचनात्मक’ हुनर्ुपर्छ । ‘कुनै बेला म पनि चर्को भाषण गर्दथ्ये,’ कांग्रेसको समानुपातिक सूचीमा रहेका उम्मेदवारले भने- ‘रमाइलो लाग्थ्यो गाली गर्न । अहिले त्यो रमाइलो भन्दा आफूले जानेको कुरा अरुलाई बुझाउन सक्छु सक्दिन भन्ने लाग्छ ।’ आफूले ‘किताव पढेर जानेको कुरा अदनालाई’ भाषणमार्फ बुझाउनु चुनौती रहेको ठान्ने भट्टर्राईले अचेल आफ्ना भाषणमा ‘काग्रेस किन उत्कृष्ट छनौट हो’, ‘संघीयता के हो’ जस्तो कुरा अर्थ्याउने गरेको बताए ।
…भाषण यसरी गरिन्छ
भाषण त्यो प्रकृया हो जसमा वक्ताले मानिसहरुको एउटा समुह अगाडी उभिएर उनीहरुलाई सूचित, प्रभावित या मनोरन्जन गराउने उद्देश्यले संगठित र योजनावद्ध ढंगमा बोल्छ । सञ्चारको कुनै पनि स्वरुपजस्तै भाषणमा पनि पाच आधारभूत तत्व हुन्छन्- कसले कसलाई कुन माध्यमबाट के भनेर कस्तो प्रभाव पारेको छ ।
भाषणको उद्देश्य सूचना प्रसारण गर्ने बाहेक मानिसहरुलाई केही गर्न प्रेरित गर्ने या कथा मात्रै भन्ने हुन्छ । ‘आखिर अधिकाँश श्रोताले राजनीतिक वक्ताबाट ज्ञान र मार्गदर्शनको अपेक्षा गरेका हुन्छन्,’ हावार्ड विश्वविद्यालयस्थित केन्नेडी स्कुलको सञ्चार कार्यक्रमकी निर्देशक म्यारी अ भन्छिन् । उनीहरु तर्कले मात्रै सजिलै प्रभावित प्रेरित हुदैनन् । प्राचीन ग्रिक वक्ताहरुले त्यो बुझेर त्यसैमा आधारित सिद्धान्त प्रतिवादन गरे जो समकालीन र्सार्वजनिक भाषणका आधारस्तम्भ भएका छन् ।
‘प्रष्ट र विवेशशील तर्क (लोगोज) महत्वपूर्ण छ,’ ड्यान्जिगरले एरिस्टोटलका बाचनका तीन स्वरुप अर्थ्याइन्- ‘तर अन्त्यमा भावनात्मक प्रभाव (प्याथोज) र व्यक्तिगत विश्वसनीयता (इथोज) झन बढी महत्वपूर्ण छन् ।’
पूर्व अमेरिकी राष्ट्रपती ह्यारी ट्रुम्यानले र्सार्वजनिक भाषणलाई घृण नै गर्दैनथ्ये तर फुलबुट्टे भाषाको सख्त विरोधी थिए । उनी चाहेको कुरा सोझै भन्ने नीतिका पक्षपाती थिए । ‘म मेरा भाषण सादा र सोझै प्रस्तुत गर्ने कोसिस गर्छू,’ उनले एकपटक भनेका थिए- ‘म फुलबुट्टातिर जान्न । अमेरिकी जनता उनीहरुका वक्ता मनोरन्जक भएको चाहन्छन् भन्ने मलाई लाग्दैन ।’
भाषणमा आफ्नो शैली कायम गर्नु महत्वपूर्ण हुन्छ । अनुभवहीन वक्ताले आफूले प्रशंसा गर्ने नेताको शैली नक्कल गर्न खोज्छन् (मनोज गजुरेलका अनुसार धेरै एमाले नेताहरुमा मदन भन्डारीका भाषणको छाप पाइन्छ) जसले गर्दा उनीहरुले आफ्नोपन गुमाउछन् । ‘त्यस्ताले हाम्रो ध्यान तान्न र विश्वास आर्जन गर्न पनि सक्दैनन्,’ ड्यान्जिगरले भनिन् ।
बोल्ने शैली बाहेक भाषणमा हाउभाउको प्रयोग, स्वरको (घटीबढी) नियन्त्रण, शब्दाहरुको चयन, ठट्टाको प्रयोग र श्रोतासँग सम्बन्ध विकाश महत्वपूर्ण हुन्छन् । ‘आखैमा हेरेर बोल्नुपर्छ भन्ने होइन,’ मनमोहन भट्टर्राई भन्छन्- ‘श्रोताले तपाईलाई सुनेको छ छैन, तपाईको बोली ग्रहण गरेको छ छैन थाहा पाउनुपर्छ । कहिलेकाही यो बोल्छु भनेर उभिइन्छ, भाषण गर्दा विर्सिइन्छ । कतिपय अवस्थामा चाहेको शब्द आउदैन ।’ श्रोताअगाडी एकपटक भाषण गर्दा वक्ताले आफैसँग दुइपटक गर्ने भट्टर्राईको अनुभव छ । ‘भाषण गर्नुअघि यसरी गर्छु भनेर मनमनै गरिन्छ,’ उनले भने- ‘गरेपछि यस्तो गर्नुपर्दथ्ये भनेर फेरी मनमनै गरिन्छ ।’
उसो त भाषणै सबैकुरा होइन । डेमोक्रोटिक पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धी बराक ओबामा निकै राम्रो भाषण गर्छन् जसको वक्तत्व शैलीको निकै प्रशंसा हुने गर्छ । त्यसबाट वाक्क उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले एकदिन भनिन्- ‘भाषणले टेबुलमा खानेकुरा राखिदिदैन । भाषणले न तिम्रो गाडीको ट्याङ्की भरिदिन्छ न निदहर्ने त्यो बिलबारे केही गर्छ । मेरा विरोधीले भाषण दिन्छन्, म समश्याको समाधान ।’
ओबामाले उत्तर दिए- ‘भाषण विरुद्ध समाधान भन्ने कुराबाट मुर्ख नबन्नुस् । सत्य हो, म राम्रो भाषण गर्छु, त्यसमा के नराम्रो छ ?’