
मैले एकजनालाई यो दसैँमा पढ्न दिएका पुस्तकहरू
रक्षा क्षेत्रको एउटा अाधिकारिक पाटोमा काम गर्ने एकजना सा’पलाई यसपालीको दसैँमा पढ्न भनि पाँचवटा किताब उपहार दिएँ । केही सातायता “खै, मेरोलागि किताब छैनन्?” भनि उनले करकर गरिरहेका थिए । उपहारमा मैले पढीसकेका र तत्काल मैसँग भएका केही शीर्षक परेका छन् । यी मध्ये केहीको नाम सुन्दैमा उनले ‘अोहो, खुबै सुनेको तर अहिलेसम्म पढ्न पाएको छैन’ भनि प्रतिकृया दिए । बाँकी, मैले हल्का पृष्ठभूमी बताउदै पढ्न जोडदार सिफारिस गरेका पुस्तक हुन् । यही मौकामा यी किताबारे मेरा ‘दुइ शब्द’ भनिहाल्ने निर्णय गरें ।
प्रयोगशाला को सबभन्दा सवल पक्ष, मलाई लागेको, यसमा सामेल सूचना र जानकारी हुन् । तिनलाई जसरी प्रस्तुत र प्रतिवेदन गरिएको छ त्यसले यो किताबलाई सर्वथा पठनीय र रोमाञ्चक बनाएको छ । साथै सरल भाषाले किताबलाई जोकसैले बुझ्ने तुल्याएको छ । गैरअाख्यान लेखनमा कल्पना (द्वयार्थ छैन है!) को पनि सही प्रयोग हुनुपर्छ । अन्यथा त्यो रुखो हुन्छ जसलाई पढ्दा रमाइलो होइन सजाय पाएको अनुभव हुन्छ। पैसा हालेर आफैलाई सजाय दिने मुर्ख्याइँ कसले गर्छ ? गैरअाख्यानमा प्रयोगशाला र अाख्यानमा पल्पसा क्याफे मलाई उस्तै लाग्छन् । क्याफे जस्तै चिरप्रतिष्ठित र पढ्नै पर्ने किताब भएको छ प्रयोगशाला । दुबै अाअाफ्नो क्षेत्रमा मानक बनेका छन् जसलाई भेट्टाउनु या नाघ्नु पुस्तककै लेखकहरूलाई चुनौतीपूर्ण हुने या भएको देखिन्छ ।
केही साता अघि मैले काठमान्डूका दुइजना परिचित युवतीहरूको वार्तालाप संयोगले सुनें । एउटी व्यापारिक क्षेत्रसँग नजिक रहेर काम गर्छिन् त अर्की मानवअधिकारको संसारमा । त्यो क्षण उनीहरूबीच नेपाली राजनीतिबारे कुरा चलिरहेको थियो । पछिल्लीले फ्याट्ट एउटा प्रश्न गरिन् जो म यहाँ उल्लेख गर्दिन । जवाफ निकै लामो, झन्डै पुस्तक अाकारकै हुन्थ्यो । तर अघिल्ली त्यो झन्झट मोल्न तयार थिइनन् । त्यसैले उनले यस्तो सटिक जवाफ दिइन्- “प्रयोगशाला पढ न । सबै छ त्यो किताबमा ।”
माअोवादी अान्दोलनको पृष्ठभूमीमा नेपाल-भारत सम्बन्ध मात्र हैन समग्र नेपाली राजनीति बुझ्न प्रयोगशाला एक ‘अावश्यक पाठ्य’ भएको छ । Continue reading