Tag Archives: public transportation

साझा बस र त्यसका कन्डक्टर*

Sajha bus chairman Kanak Mani Dixit, standing, sees off chief secretary Lilamani Poudel who traveled in an inauguratory service.

सानो (माइक्रो) बस चढेर ठूलो साझा बसको फेरी थालिएको सेवाको गाडी चढेर उद्घाटन गर्न पुगेका मुख्य सचिव लिलामणी पौडेलसँग हात मिलाउदै बसका अध्यक्ष कनकमणी दीक्षित । तस्बिर राजेश केसी ।

उनन्सत्तरीमा सबैभन्दा जनपयोगी काम काठमान्डूमा बर्षको अन्तिम दिनमा भए जस्तो लाग्यो । सहरमा सार्वजनिक बस सेवा साझा यातायात पुनर्जागृत भयो । अहिलेलाइ १६ वटा बसले दुईवटा रूटमा सेवा दिने भनिएको छ । तर आशा गर्न सकिन्छ सेवाको विस्तार हुन्छ- शहरभरी, देशैभरी र विदेशसम्म पनि । सञ्चालकहरूले पनि त्यो प्रतिज्ञा गरेका छन् । साझा यातायातको सेवा विस्तारबाट भन्दा ठूलो आशा मैले यो प्रयासले नेपालमा रही आएको नीजि यातायात सेवालाई ‘राम्रो हुन’ प्रेरणा र दबाब दिने छ भन्ने हो । एनसेलको आगमनले एनटीसीलाई कसरी प्रेरणा र सकारात्मक दबाब मिलेको छ भन्नेकुरा सहरमा हालै खुलेका एनटीसीका सेवा केन्द्रहरूले प्रष्ट्याउछन् ।

काठमान्डूमा सार्वजनिक यातायातको दुर्दशाको चित्रण/बर्णन गरी के साध्ये । निकै अगाडीको एउटा लेख र केही अगिको एउटा ब्लग इन्ट्रीमा मैले त्यो प्रयास गरिसकेकोले अहिले दोहोर्याउदिन । त्यो दुर्दशाबाट अलिकति भएपनि मुक्ति पाइएला भन्ने आशा भएकैले अहिले यति लेख्न जाँगर चलेको हो ।

हाम्रो देशमा अहिले सबैभन्दा ठूलो समस्या भनेको प्रबन्धनको हो । स्रोत, साधन, जनशक्ति र ज्ञान नभएको हैन । तर उचित प्रबन्धन क्षमता अलि कम भएको देखिएको छ । माइतीघर-तीनकुने सडक विस्तार हुनथालेको महिनौं भइसक्यो । पैसा नभएर काममा ढिलाइ भएको हो ? कि बेरोजगारीहरूले िभत्ता रंगाएको यो सहरमा त्यो सडकखण्डमा काम गर्ने मानिसको कमी भएर ? यसअघिका प्रमले प्राथमिकतामा राखेको सडक विस्तार कार्यको सबैभन्दा सुरूवाती प्रयास यति धीमा गतिमा चल्नुमा प्रबन्धन क्षमतामा कमजोरी देख्छु ।

अपेक्षा के हो भने साझाको व्यवस्थापन र प्रबन्धन कुशल र चुस्त छ अनि त्यसले साझा बसमात्र चलाउदैन नेपाली सार्वजनिक यातायातको सुधारमा प्रेरणा, दबाब र योगदान दिने छ । हिजोको कान्तिपुर को लेखमा साझा सहकारी यातायातका अध्यक्ष कनकमणी दीक्षितले पनि त्यस्तै गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

दीक्षितको प्रसंग आइहाल्यो अबको भाग उनकै ’boutमा ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । धन्यवाद 🙂

Enter your email address to follow this blog and receive notifications of new posts by email.

थुप्रै नेपाली र नेपाललाई नजिकबाट चिनेका विदेशीले समेत उनलाई पत्रकारकारूमा चिन्छन् । साझाप्रति मेरो यति धेरै उत्साह र अपेक्षाको मुख्य कारण त्यो प्रयासको नेतृत्वमा यी पत्रकार (पत्रकार) को सहभागिता नै हो । हुन पनि कुन बस सेवाका प्रमुख कोलम्बियाका ग्य्राजुएट छन् ? हो काठमान्डूमा बस चलाउन आइभी लिग डिग्रीले खासै अर्थ राख्दैन र दीक्षित काठमान्डूका सार्वजनिक बसहरूका यात्रु पनि होइनन् । हुन त गरिवी निवारण गर्न गरिबै हुनुपर्ने पनि हैन । त्यसैले म बसमात्रै चलाउदिन सहरको सार्वजनिक यातायात प्रणालीमा सुधार पनि ल्याउछु भन्ने लक्ष्य राख्नुले केही न केही अर्थ राख्छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

Buses of London

Kathmandu

Kathmandu

बस बाहिरका मान्छेहरू

….त म त्यो साँझ घर फर्किरहेको थिएँ, गाडी बिछट्टै प्याक थियो। एउटा स्टपमा मानिसहरू ओर्लिंदै थिए, छतबाट पनि एक तन्नेरी झर्दैथियो। छतमै पनि भीड भएकाले ऊ भर्‍याङबाट होइन बीचैबाट ओर्लिंदै थियो। कसोकसो उसको खुट्टो झ्यालमै नअडिएर झ्यालसँगैको सिटमा बसेका एकजना अधबैंसेको मुखमा जोतिन पुग्यो। ‘थुइक्क,’ ती अधबैंसेले चुक अमिलो आएझैं अनुहार पार्दै मुखमा छिरेको हिलो निकाल्न खोजे। तिनले हतारमै सर्टको बाहुलाले ओठ र मैले देखें, जिब्रो पनि पुछ्न खोजे। बाहुलामा खैरो–कालो धब्बा बस्यो तर तिनको मुखबाट हिलो सबै गएन। तिनी ओ हेनरीको कुनै अतिव्यंग्यात्मक कथाको एउटा पीडित पात्रजस्तै थिए। विडम्बना उनको मुखमा जुत्ता पुर्‍याउने युवकलाई ती अधबैंसेको हबिगतको पत्तोसम्म थिएन। ऊ आफैं संघर्ष गर्दै जसोतसो छतबाट झरेर अँध्यारोमा घरतिर लम्किसकेको थियो। पाँच मिनेट पछि पनि ती अधबैंसे जिब्रो निकाल्दै, ओठ चलाउँदै, मुख पूरै बिगार्दै झयालबाहिर थुक्दै थिए। तिनको अनुहार म प्रस्ट पढ्न सक्थें– तिनी सिटमा बसेर गरेको यात्राप्रति खुबै पश्चाताप गरिरहेका छन्।
                                                      (कान्तिपुर कोसेली 2008/08/23)

I wrote that article four years ago. The situation hasn’t changed a bit. Two days ago an impromptu afternoon strike in Kathmandu (and elsewhere in Nepal) forced people to commute in the same pathetic condition that I describe in the article. In all these years we have seen tall promises made (and never fulfilled), new men heading one government after another (and delivering nothing but disappointment). Things remain same. Buses continue to be crowded and dangerously unsafe to travel for women (and men). This city lacks infrastructures that make a city a city. In fact I don’t feel comfortable to call Kathmandu a city. It’s a mess as portrayed in the article above.

When you have lived in a mess for most of your life, the sight of anything that is functional and working makes you amazed. But one doesn’t have to be a citizen of a third world country and its capital city to notice the excellent infrastructure of the city that has hosted Olympics three times. So if I say here that London has everything and most of those things are in order that statement will be totally influenced by my experience with Kathmandu. With such statements, I’ll be unknowingly comparing Kathmandu with London which is not the point of this entry. पढ्नेक्रम जारी राख्नुहोस्