Tag Archives: shepherd

एसएलसी फेल, बिहे पास

लाई लैजाउ मेल्टरी जुत्ता
माथि लेक हिउ छ
नफाल्नु दियाको चिठ्ठी
त्यसमा मेरो जिउ छ

दिनेश वाग्ले

एसएलसी पासहुने आस मारेका १८ बर्षो पदमबहादुर रावलले पाउलो कोहेल्लोको अल्काईमिस्टको भेडा गोठालोले भन्दा फरक अबको जिन्दगी तिनै जनावरका पछाडी लगाउने सोचेका छन् ।

रारा (मुगु)- सिमसिमे पानीले खुम्चिएका चार सय भेडा मुख चलाउदै सुस्ताइरहदा पदमबहादुर रावल नजिकैको गोठभित्र धुवाको मुस्लोसँग संघर्ष गरिरहेका थिए । झ्यारी गाउ मस्तिर रारा ताल नजिकैको त्यो गोठ बर्षा छल्न पसेका केही ग्वाला पानी रोकिनासाथ जंगल पस्ने सुरमा छन् । अगेनोको फलामे भाडोमा उम्लिरहेको सीमी बाहा (साँझ) को खान्की हो ।

दाईने पाखुरामा केरमेटसँगै अंग्रेजी क्यापिटल अक्षरमा ‘मेक द टेम्पल’ र दाईने पिडुलामा कोरिएको ‘ह्याप्पी’को अर्थ आउने भए पदम किन तीनपटक एसएलसी फेल हुन्थ्ये ? ‘कितावको साटो भेडा पढ्ने,’ टोप्ला गाउको कर्णाली सेकेन्डरी स्कुलका पूर्व विद्यार्थीले भने- ‘कहाँको पास हुनु ?’ बाहिर उग्राइरहेका मध्ये पाच दर्जनजति भेडा उनका हुन् र पासहुने आस मारेका १८ बर्षोले पाउलो कोहेल्लोको अल्काईमिस्टको भेडा गोठालोले भन्दा फरक अबको जिन्दगी तिनकै पछाडी लगाउने सोचेका छन् । अंग्रेजी शब्दको अर्थ सुनेपछि उनी स्वर नलिकाली हासे । त्यही मौकामा एउटा झिगो उनको दातमा एक सेकेन्डजति बस्यो । हरे, गोठभित्र भन्किएका झिगा-संख्याको एक चौथाईमात्र भेडा भइदिए, एसएलसी गर्नै पर्ने थिएन, पदम लखपती बन्ने थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements