Tag Archives: Uber

उबरले संसारका थुप्रै शहरहरूमा ट्याक्सी व्यवसायको अनुहारदै बदल्देको छ । उबर र भारतमा उसको प्रतिस्पर्धी अोलाले टेम्पुहरूलाई समेत अाफ्नो एप्पमा ल्याउन खोजिरहेका छन् ।

उबर दिल्ली

त्यो वेलुकी म खान मार्केटको फकिर-चन्द एन्ड सन्सबाट वाकिेङ् द हिमालयज  च्यापेर निस्केको थिएँ । झोलामा द अोसन अफ चर्न  थियो र थिए द टु-इयर माउन्टेन, हाफ लायन  अनि कोर्मा खीर एन्ड किस्मत । अलि ठूलो पसलमा गएपछि अाफ्नो छनोटका किताव मात्रै किनेर पुग्छ र? त्यही दिन त्यो पसलमा टुपुल्किएको ग्यारिसन्ड माइन्ड्स्  लगायतका अरू केही मगाइएका पुस्तक पनि थिए मसँग । सानोतिनो व्यंग्य नै मान्नुपर्छ खातको सबैभन्दा माथि अघि साँझ नेहरू प्लेसमा किनेको पेपरह्वाईटको कालो खोल थियो । अर्थात झोला गह्रौं थियो । पसिना तर्तरी चुहिने त्यो गर्मीमा लगभग दुइसय मिटर पर्तिरको भूमिगत शहरी रेल स्टेशनसम्म पनि हिड्ने मेरो इच्छा थिएन । अाखिर मेट्रो रेलले पनि मलाई मेरो गन्तव्यसम्म पुर्याउदैनथ्यो क्यारे ।

[यो लेखको अघिल्लो भाग अर्थात गुनासो संस्करण यहाँ छ “उबरमान्डू” ]

बाबु र म ।

बाबु र म । फोटोभित्रको फुच्चे फोटोमा हामी अघिल्तिरको सडक । ग्यालेक्सी एस सेभेनको दोहोरो क्यामेरा अवतारमा खिचिएको फोटो ।

यो लेख बाकसपछि निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद🙂

Enter your email address to follow this blog and receive notifications of new posts by email.

पाँच बर्षअघि म दिल्लीको अस्थायी बासिन्दा हुँदा त्यस्तो अवस्थामा मैले सडकमा निस्केर हात हल्लाउदै टेम्पु रोक्नुपर्थ्यो । नभए ट्याक्सी खोज्नु पर्थ्यो । अटोमा तातो हावा खादै सात किलोमिटर कुद्न मलाई मन भएन । ट्याक्सी खोज्ने जाँगर पनि लागेन । फेरि वेपत्ताको महंगो ट्याक्सी किन चढ्थ्यें? दिल्ली अोर्लेको पहिलो दिनै मुस्किलले चार किलोमिटर यात्रा गर्दा ट्याक्सीलाई अाठसय रूपैयाँ तिरेकै थिएँ । उसको मिटरमा मलाई विश्वास थिएन तर के झगडा गरिरहनु त्यो गर्मीमा ।

त्यसैले मैले खल्तीबाट मोवाइल फोन निकालें जसमा भोडाफोनको फोरजी सेवा उपलब्ध थियो । फोनमा मैले उबर एप्प खोलें । अनि ‘देखि’मा खान मार्केट र ‘सम्म’मा अाइटीसी मौर्य लेखें । छिनमै मैले जानकारी पाएँ, स्विफ्ट डिजायर चलाउने अरविन्द म भन्दा तीन मिनेट टाढा छन् । हेर्दाहेर्दै उनी एकै मिनेट टाढा भए । जरूरी त थिएन तर उनले मलाई फोन गरे । मैले अाफू उभिएकै विन्दु उल्लेख गरें । केही बेरमै उनको गाडी सडकको अर्कोपट्टी मेरै सामुन्ने उभियो ।

त्यसरी ११ अगस्टको राती नौ बज्नै लाग्दा म अरविन्दको डिजायरमा छिरेको थिएँ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements