नेपाल राष्ट्रका लागि एउटा ऐतिहासिक क्षणमा अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ र सांसदले अन्तरिम संविधानमाथि छलफल गरिरहेका छन् । धेरैले संविधानमा भएका केही प्रावधानमा संसोधन गरिनुपर्ने आवाज उठाएका छन् जसको सुनुवाई यसै बैठकमा नुहुने पक्का छ । सबै कुराको छिनोफानो यदि गर्नुपर्ने भए अन्तरिम संसदले नै गर्ने छ । एमालेले प्रधानमन्त्रीलाई हटाउने सम्बन्धि प्रावधान थप्नुपर्ने बताएको छ ।
सन् ९० मा जारी गरिएको २०४७ को संविधानको साटो आज नयाँ र जनतालाई बढी शक्तिशाली तुल्याउने अन्तरिम संवधान जारी हुने छ । साथै आजै अन्तरिम संसद गठन हुनेछ जसमा दश बर्षसम्म जनयद्ध गरेका माओवादीहरु पहिलोपटक प्रवेश गर्नेछन् । उनीहरुको यो प्रवेश देश शान्तीपूर्ण राजनीतिक प्रकृयामा प्रवेश गरेको अर्को पुष्टि हो । साथै आजैबाट माओवादी हतियार प्रमाणिकरण प्रकृयाको पनि थालनी हुने छ जो आफैमा हर्षको कुरा हो ।
यी क्षणहरु वास्तवमै रोमान्चकारी छन् । नयाँ नेपालो निमार्ण हुने प्रयास आजबाट अउपचारिकरुपमा थालिने धेरैको विश्वास छ । अन्तरिम संविधानले राजाको अधिकारलाई उल्लेख्य ढंगमा कटौती गरेको छ । यो संविधानको मुख्य उद्वेश्य संविधान सभाको चुनाव गर्ने हो जसले वास्तविक अर्थमा जनतालाई सहभागिता गराएर संविधान बनाउने र राज्य पुनर्सरचनाको प्रयास थाल्ने छ ।
संसदीय अवतरण
दशक लामो माओवादी सशस्त्र द्वन्द्वका प्रतिनिधि पात्रहरू सोमबार सिंहदरबार ग्यालरी बैठक प्रवेश गरेका छन् । प्रतिनिधिसभाको उही बैठक कक्ष छाडेर जंगल पसेका अनुहार थुप्रै सहकर्मीहरूसहित फर्किंदा मुलुकमा ठूलो परिवर्तन भइसकेको छ । मुख्यतः २०४७ सालको संविधान बहिष्कार गर्दै आएका तिनले अन्तरिम संविधान, २०६३ जारी भएको केहीबेरमै ग्यालरी बैठक टेकेका छन् । यस हिसाबले माओवादीको संसदीय अवतरणमा संविधान मुख्य सर्त भएको छ जससँगै नयाँ नेपाल निर्माणको नारा ल्याइएको छ ।
संसदमा माओवादी प्रवेशले देशको शक्ति सन्तुलनमा ल्याएको परिवर्तन क्रमशः प्रकट हुँदै जानेछ । सोमबारै (१५ जनवरी) विघटित भएको पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो ठूलो शक्ति एमालेसरह सिटमा आएका माओवादीसँग संसदीय मोर्चामा बिरानो भइसकेको नौलो चुनौती हुनेछ । अन्तरिम व्यवस्थापिका-संसद्मा दोस्रो शक्तिको जोडा बन्न आएका यिनले आफूलाई संसदीय अवतारमा कति शीघ्र ढाल्न सक्छन्, त्यसमै स्थायी शान्ति र राजनीतिक स्थायित्व निर्भर गर्नेछ ।
लोकतान्त्रिक दलहरूले माओवादीलाई मूलधारमा ल्याउन गरेको अठोट तथा माओवादी आफैंले संसदीय प्रतिस्पर्धामा सामेल हुन दलहरूसँग कायम गरेको राजनीतिक समझदारी, दुवैको प्रयास परिणाममुखी भएको छ । बीसौं शताब्दीको कम्युनिस्ट कार्ययोजनाबाट सशस्त्र लडाइँ थालेर एक्काइसौं शताब्दीको जनवाद अभ्यास गर्न संसद् प्रवेश गरेका माओवादी अन्तर्राष्ट्रिय राजनीतिक विकासक्रममा एउटा महत्त्वपूर्ण सन्दर्भ-पाठ हुनेछ । हितैषी अन्तर्राष्ट्रिय समुदायले नेपाललाई स्याबासी दिनुका साथै यहाँको स्थायित्व र लोकतान्त्रीकरणको शुभकामना दिनेछ ।
माओवादीको संसद् प्रवेशको जति महत्त्व र विशेषता छ, त्यति नै यसका चुनौती छन् । माओवादबाट प्रशिक्षित कम्युनिस्ट संगठन संसदीय मोर्चामा प्रतिस्पर्धी बन्न समस्त लोकतान्त्रिक चरित्रहरूको स्थापना सहज हुने छैन । त्यससँगै हतियार र सैन्य व्यवस्थापनको शीघ्र कार्यान्वयनमा माओवादीको इमानदार सहयोग अत्यन्त आवश्यक हुनेछ । सशस्त्र माओवादी निरस्त्र आवागमन र राजनीतिक क्रियाकलापमा जति अप्ठ्यारो अनुभव गर्न सक्लान्, त्यति नै असहज अहिलेसम्म खुलस्त र निर्धक्क देशभरि स्वतन्त्र गतिविधि गर्न असमर्थ दलहरूलाई हुन सक्छ । संसद्बाट जाने सन्देशले देशको वातावरण प्रभावित गर्न सक्नेछ ।
अन्तरिम संविधान प्रतिनिधिसभाबाट केही असन्तुष्टि हुँदाहुँदै पनि जसरी सर्वसम्मत रूपमा जारी भयो, त्यसले राजनीतिक सहमति, मेलमिलाप र एकताको सन्देश दिएको छ । जनता आफैंले निर्माण गरेर आफैं घोषणा गरेको पहिलो संविधानमार्फत राष्ट्रिय कार्ययोजना पालनामा अग्रसर हुनु र हालसम्म हासिल सहमतिप्रति इमानदार हुनु दलहरूको जिम्मेवारी हुनेछ । उनीहरूले संविधानसभा निर्वाचनलाई मुख्य गन्तव्य ठहर गरेका छन्, जसलाई निर्विघ्न रूपमा स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु भावी अन्तरिम सरकारको कर्तव्य हुनेछ । त्यससँगै सबैभन्दा ध्यान दिनुपर्ने विषय के हो भने मुलुकमा द्वन्द्व सकिएको सुनिश्चित गर्नु ।
माओवादी द्वन्द्वको संसदीय अवतरण हुनु जति स्वागतयोग्य छ, त्यति नै नयाँ संसद्ले देशमा कुनै पनि सशस्त्र द्वन्द्वको समुचित सामना गर्ने, बेलैमा सम्बोधन गर्ने सामथ्र्य कायम गर्न सक्नुपर्छ । लोकतान्त्रिक अभ्याससँग अहिले बढीभन्दा बढी वर्ग, समूह, जाति, क्षेत्रका आकासिँदा आग्रह सुरु भएका छन्, तिनको जवाफ संविधानसभाले खोज्ने होइन कि संविधानसभा निर्वाचनको प्रक्रियाबाटै दिनुपर्ने विषय पनि छन् । त्यसकारण माओवादीसहितको उत्साह र ऊर्जापूर्ण यो व्यवस्थापिकाले सरकार र दलहरूलाई कुनै पनि समस्याको राजनीतिक र शान्तिपूर्ण समाधान सम्भव तुल्याउने मार्गदर्शन गर्न सक्नुपर्छ । माओवादीको संसदीय अवतरणको यही प्रमुख उपलब्धि पनि हुन सक्नेछ ।
प्रचण्डको संसद् भवन प्रवेश
सुबोध गौतम
माघ १ – अन्तरिम संविधान र सदन घोषणा हुनुपूर्व सोमबार अपराह्न सवा ४ बजे माओवादी अध्यक्ष प्रचण्ड लामो भूमिगत जीवनपछि पहिलोपटक संसद् भवन प्रवेश गरे । उनको साथमा थिए- माओवादीका अर्का शीर्ष नेता डा. बाबुराम भट्टराई । संसदस्थत प्रधानमन्त्री कार्यकक्षमा दुवै नेता प्रवेश गरेका थिए । संविधानबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलेदेखि नै त्यहाँ थिए । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संसद् सचिवालय परिसरमा संसद् ग्यालरीमा जान आग्रह गर्दा प्रचण्डले ‘गाडीमा जाने हो ?’ भनी जिज्ञासा राखेका थिए । उनी गाडीतिर जानलाग्दा सिटौलाले- ‘होइन होइन पैदलै जाने’ भन्दै संसद् परिसर प्रवेश गर्ने पूर्व-दक्षिण ढोकातर्फ डोहोर्याएका थिए ।सचिवालयको नयाँ भवनको चौथो तलास्थित माओवादी संसदीय कार्यालयबाट सिटौलाले माओवादी नेताद्वयलाई त्यता लगेका थिए । सञ्चारकर्मी र माओवादी कार्यकर्ताहरूको भीडबाट बैठक कक्षसम्म लैजान उनलाई निकै धौ-धौ परेको थियो । सिटौलाले सवा ४ मा प्रचण्ड र भट्टराईलाई कार्यकक्षमा पुर्याएका थिए । प्रचण्डले कार्यकक्ष छिर्नुअघि बाहिर तँछाडमछाड गर्दै बसेका सञ्चारकर्मीहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए । बैठक कक्षमा माओवादीसहित आठ दलका नेताहरूबीच झन्डै तीन घन्टा छलफल भएको थियो । माओवादीबाट मनोनीत सांसद् हरि रोकाले माओवादी संसदीय कार्यालय उक्लिने क्रममा ठट्टा गर्दै भने- ‘माओवादीबाट युवाहरूको प्रतिनिधित्व धेरै छ भनेर होला कार्यालय पनि धेरै सिँढी उक्लिनुपर्ने ठाउँमा राखिदिएछन् । राम्रै गरे ।’
संसद् प्रवेशको तयारीमा रहेको युवा जमातले देश विकासमा पक्कै पनि योगदान गर्नेछन् भन्ने आत्मविश्वास व्यक्त गर्दै थिए । मनोनीतलाई बधाई दिनेको जमात ठूलो थियो । बधाई पाउनेमध्येका एक रोकाले प्रत्युत्तरमा भने- ‘बधाई होइन । शुभकामना दिनुहोस् ।’ माओवादीका ७३ जना सांसद र रोकासहित १० माओवादी मनोनीत सांसद दिउँसै त्यहाँ पुगिसकेका थिए । माओवादी कार्यकर्ताको हूल त्यत्तिकै ठूलो थियो । उनीहरूका लागि त्यो कार्यालय नै साँघुरो देखिन्थ्यो । झन्डै ४ बजे माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराई आइपुगेका थिए । मनोनीत संासदहरूसँग भलाकुसारी र हात मिलाउँदै उनीहरू भित्री कोठामा छिरे, जहाँ माओवादीका केन्द्रीय नेता र सल्लाहकारहरूको पहिल्यै उपस्थिति थियो ।
तर उपस्थित मनोनीत सांसदहरू आफ्नो परिचय दिँदा अकमकाइरहेका देखिन्थे । माओवादी नेतृ हिसिला यामीले मनोनीत सांसद नेपाली सेनाका पूर्वजर्नेल कुमार फुदुङतर्फ देखाउँदै भनिन्- ‘उहाँ चाहिँ पुरानो सत्ताबाट ।’ त्यसको प्रतिउत्तरमा फुदुङले भने- ‘अझै पनि अन्योल छ । कुरा बुझ्न कठिन भो ।’ मनोनीतहरूले खुलेर आफ्नो परिचय दिन हिच्किचाइरहेका थिए । यत्तिकैमा अर्का मनोनीत पदमलाल विश्वकर्माले भने- ‘हामी माओवादीभित्रका पनि स्वतन्त्र व्यक्ति हौं ।’ माओवादी नेता र मनोनीत सांसदबीच निकै बेर हाँसो ठट्टा चलिरहेको थियो ।
कार्यालयको सभाकक्ष भने ७३ जनामध्येका नयाँ अनुहारले भरिएको थियो । त्यहाँ युवा जमातको बहुल्य थियो, जुन संसद् ग्यालरी प्रवेशको प्रतीक्षामा थियो । सभाकक्षमा उपस्थित सञ्चारकर्मीको ध्यान तिनै नयाँ अनुहारप्रति केन्दि्रत थियो । उनीहरूका तस्बिर र विगतलाई कोट्याउने प्रयत्न सञ्चारकर्मीहरूबाट भइरहेका थिए । यत्तिकैमा माओवादी नेतृ हिसिला यमी संसद् छिर्दा लगाउनुपर्ने खैरो रङको कोट बाँड्दै थिइन् । उनले मनोनीत सांसद कृष्णादेवी चौधरीलाई कोट दिँदै भनिन्- ‘यो तपाईंका लागि अनिवार्य छैन । तर पनि राख्नोस् ।’ सभाकक्षमा उपस्थित माओवादीका सांसद र केन्द्रीय नेताहरूबीच परिचयको कार्यक्रम पनि सँगसँगै चलिरहेको थियो । यसबीचमा सञ्चारकर्मीहरूलाई कक्षबाट बाहिर निकालिएको थियो ।
दश बर्ष भन्दा बढी लामो रगत रन्जित संघर्ष हुदै सम्सदेय
राजनीति मा प्रबेश गरेको नेकपा माओवादी ले सुरुमै भगवान
को नाउमा सफत खाएर आफ्ना हजारौ शाहीद हरु को आपमन गरेको छ । भगवान को नाउ मा सफत ख्हाउदा
माओवादी ले तत्काल प्रतिबाद गर्नु पर्दथ्यो । तर तशो नगरेर माओवादी ले पनि कांग्रेस वा अरु पार्टी जस्ती पुरतनवदी
च्रीत्र देखयाका छन।
मिलन बगाले
क्यामिन्-६, तनहुँ
LikeLike
यो महान सुरुवात हो नयाँ नेपाल निर्माण गर्ने नेपालीहरुको महान अभियानको । अब तराइमा देखिएको अराजकतालाई चाडै समाधान गरेर हामी सबै संविधानसभाको चुनावमा होमिनु पर्छ ताकी त्यहाबाट बन्ने संविधानमार्फत राज्यको पुनर्संरचना गर्दै देश बनाउन सजिलो होस् । जय नेपाल !
LikeLike
कमरेडहरुलाई संसदमा स्वागत छ । welcome to parliament. Now that you have decided to leave weapons behind, its time you seriously get engaged in democratic process to take this country forward. We are with you. हामी मिलेर काम गर्नु पर्छ ।
LikeLike
यस ऐतीहासीक अन्तरीम संबिधान पछी अब के त ? पढ्नुहोस् lovesnepal.blogspot.com
LikeLike