स्टलका यौवना: इन्फोटेकको एउटा आकर्षण

girls at can info tech stall

दिनेश वाग्ले

‘एमसीएसई पढ्नुस्, ल्यापटप पाउनुस्,’ राजधानीको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को माथिल्लो तल्लामा ऋचा पोखरेल निरन्तर चिच्याइरहेकी थिइन् (तस्बिरमा)। उनी गत साताको क्यान इन्फोटेकमा पुगेका हजारौंमध्ये केहीको ध्यान तान्न चाहन्थिन् ताकि दर्शकले उनको हातमा रहेका र्फम भरून् । स्टलको अर्को भागमा प्लास्टिकको कुर्सीमा बसेका रमेश भण्डारी मख्ख मुद्रामा थिए । २६ वर्षे रमेश इन्स्टिच्युट अफ इन्फरमेसन डेभलपमेन्ट (आईआईडी) का प्रबन्ध निर्देशक हुन् जसले सञ्चालन गर्ने माइक्रोसफ्ट र्सर्टिफाइड सिस्टम्स इन्जिनियर (एमसीएसई) कोर्सको ऋचाले विज्ञापन गरिरहेकी थिइन् । स्टलमा कम्तीमा तीन अन्य युवती भीडसँग व्यवहार गर्न व्यस्त थिए ।

‘नारा त निकै आकर्ष छ,’ कुरा थालियो ।

‘नारा आकर्ष हुनैपर्यो नि,’ रमेशले भने- ‘नभए सुन्नेलाई पनि मज्जा आउँदैन ।’ उनले ६ महिने पढाइका लागि ६५ हजार रुपैयाँ तिरेर भर्ना हुने पहिला एक सय विद्यार्थीका लागि झन्डै त्यति नै पर्ने ल्यापटप कम्प्युटर दिइने बताउँदै तीन दिनमा २० हजारले र्फम भरेको बताए । निश्चयै, र्फम भर्ने सबैको उद्देश्य भर्ना हुने थिएन । नाराजत्तिकै आकर्षक थिए, इन्फोटेकका धेरैजसो स्टलमा बस्नेहरू । त्यसैले स्टलका ‘आकर्ष’ केटीसँग कुरा गर्न मेलामा पुगेका केटाहरूका लागि र्फम भर्नेबाहेक अर्को उपयुक्त बहाना के हुन सक्थ्यो ? ‘धेरैचाहिँ मजाक ठान्दै टाइमपास गर्न आउँछन्,’ सीआईटीबाट आइएस्सी गरेपछि एमबीबीएसका लागि प्रयासरत ऋचाले एकैछिन ल्यापटप स्किम’bout कराउन छाडेर कान्तिपुरसँग भनिन्- ‘कन्ट्याक नम्बर दिनु भन्छन्, जिस्किन्छन् । कोही चाहिँ ‘ल्यापटप पनि पाइन्छ र ?’ भन्दै अविश्वास मानेर जान्छन् । र्फम भर्ने निकै कम मात्र गम्भीर प्रकृतिका हुन्छन् ।’

girls at can info tech stall

बर्सेनी हुने सूचना प्रविधि मेलामा विद्यार्थी र तन्नेरीहरूको सबैभन्दा बढी भीड लाग्छ र स्टलमा बस्ने युवतीहरू विशेषतः केटाहरूका लागि ‘थप आकर्षा’ बन्ने गरेका छन् । राजधानी सहरमा यस्ता जमघट विरलै हुन्छन् जहाँ अनेकौं फेसनमा सजिएर हजारौंको संख्यामा तन्नेरीहरू जाऊन् । टिकट काटेर त्यहाँ पुग्ने रंगीबिरंगी दर्शक, उनीहरूलाई कुराले मख्ख पार्न तयार भएर स्टलमा मुस्काउँदै बसेका युवतीहरू र आइपोड तथा कम्प्युटरजस्ता सपनाका साधनको त्रिपक्षीय संयोग क्यान मेलाको मुख्य आकर्षण हो । आईटी, ब्युटी, डेटिङ र मिटिङ १२ वर्षो इतिहास भएको मेलाका अभिन्न भाग भएका छन् । यसपालि पनि अधिकांश स्टलमा युवतीहरूलाई अग्रभागमा राखिएको थियो जसले सम्बन्धित कम्पनी या संस्थाका योजना’bout दर्शकलाई प्रभाव पार्ने गरी वर्णन गरे । उनीहरू र दर्शकको प्रत्यक्ष अन्तरक्रियाले कम्पनीहरूको व्यापार र ब्रान्डको प्रवर्द्धन गर्यो नै, भीडभाडको माहोलमा रोमाञ्च पनि थप्यो ।

आकर्षक मान्छे या नाराले दर्शक तान्न सक्लान् तर उनीहरूले सस्तोमा सेवा दिने ग्यारेन्टी हुँदैन । ऋचाले विज्ञापन गरेको सोही कोर्सलाई ल्यापटप नदिने कम्प्युटर प्वाइन्ट नेपालले करिब आधा मूल्य अर्थात् ३५ हजारमा बेचिरहेको थियो । दुइ तल्लामुनिको उक्त स्टलका तीनै जना युवतीले यो रिपोर्टिङका लागि कुरा गर्न अस्वीकार गरे तर संस्थाका बजार प्रबन्धक रमित कर्माचार्यले सस्तोमा गुणस्तरीय पढाइ चाहनेहरूलाई उक्त शुल्क लक्षित भएको बताए । त्यही सस्तो शुल्क’bout दर्शकलाई अर्थ्याउने काम त उनै लजालु युवतीहरूले नै गरिरहेका थिए ।

girls at can info tech stall

‘केटीहरूले बढी प्रभावकारी रूपमा कुरा राख्न सक्छन्,’ नेसनल वेब कलेजको स्टलमा बसेकी सुनिता शाहीले भनिन् । सँगै बसेकी सुर्मा भट्टर्राईले थपिन्- ‘केटीले मान्छेलाई बढी आकर्षा गर्न सक्छन् ।’ स्टलमै उनीहरूकी सहेली सुषमा सापकोटाको भनाइ थियो- ‘सबै त्यस्ता हुँदैनन् तर कोही चाहिँ जिस्काउनै आउँछन् । भरिएका र्फम छानेर कलेजले फोन गर्दा चाहिँ पढाइमा रुचि भएका मात्रै आउँछन् ।’ तीनजना युवती (माथिको तस्बिर)सँगै स्टलमा थिए धीरज श्रेष्ठ जसले स्टलमा केटी राख्दैमा धेरै दर्शक झुम्मिन्छन् भन्ने आफूलाई नलागेको बताए ।

त्यस्तै विचार राखे मेघा टेक ट्रेड ग्रुपका प्रमुख कार्यकारी शैलेश लोहनीले जसको स्टलमा एक जना मात्रै केटी थिइन् जो, उनले भने, ‘हाम्रै स्टाफकी बहिनी’ हुन् । स्टलमा बस्नेहरू त्यहाँ राखिएका सामानका ज्ञाता प्राविधिक भएको बताउँदै शैलेशले भने- ‘उत्पादनमा हामीले जेन्डरलाई महत्त्व दिएका छैनौं । सामान हाइलाइट गरेका छौं, अनुहार होइन ।’ विराटनगरस्थित मुख्य अफिसमा समेत महिलाहरूलाई ‘चेकिङ प्वाइन्ट’ (रिसेप्सन आदि) मा मात्र राखिएको उनले बताए । स्टलमा महँगा सामान राखिएको र तिनका सम्भावित ग्राहक ‘अनुहार चहार्दै हिँड्ने समूहमा नपर्नेमा आफू विश्वस्त’ भएको शैलेशको भनाइ थियो । ‘एक लाख ४५ हजार पर्ने एक्जिक्युटिभ पीसी राखेका छौं,’ उनले भने- ‘त्यस्तो सामान किन्ने निर्णय स्टलका केटी हेर्न आउनेले पक्कै गर्दैन ।’

Advertisements

Published by Dinesh Wagle

Dinesh Wagle is a Nepali citizen, a blogger and a political analyst. More on wagle.com.np/dinwag

Join the Conversation

6 Comments

  1. Hi नेपालीमन,

    Did you read my story? If yes then you would have gotten the answer. I have talked to them (with the girl on the first photo and all folks on the last photo) and quoted them in the story. And they were curious to know when the story would appear on Kantipur.

    And some additional info:

    CAN InfoTech was a public event with media allowed to cover everything that was happening there. So journalist didn’t have to ask for permission to take photos. But that doesn’t mean journalists can take photos of any one everywhere and publish. They need to take permission in certain situations and I am well aware of that.

    Thank you for your curiosity 🙂

    Like

  2. Oh, that’s good then, it sets a good journalistic practice. Not all of them are like that. Shrisha Karki’s case is in point.

    I quickly went throght the article and did not see obvious mention of that (not that you need to mention that in the text). Thanks for addressing my curiosity, Dinesh ji.

    Like

टिप्पणी छोड्नुहोस्

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

%d bloggers like this: