गायकहरु जविक, बाबु बोगटी (बीचमा) र राजिव लोहनी । जविकलाई उनको पहिलो र एउटै गीतले स्टारडम दिलायो भने राजिवलाई उनको पहिलो एल्बममा समाविष्ट गितले । उता पहिलो एल्बममा फ्लप खाएका बाबुले चार बर्षपछाडी म्युजिक भिडियो सहितको गीतले लोकप्रियता दिलायो । तस्बिरहरु दिनेश वाग्ले
आँखाभरी आशु किन
मुटुभरी व्यथा किन
छाडीजाने निर्मोहीलाई
सम्झिएर रुनु किन
निर्मोहीलाई सम्झिने कुरै छैन, रुनु त परै जावस् । तर मज्जाले लेघ्रो तानेर गाइएको यो गीतले वितेका महिनाहरुमा नेपाली सांगीतिक बजार यस्तरी पिट्यो, त्यसका गायकलाई विर्सनु असम्भव जस्तै भएको छ । औपचारिकताका लागि भन्दिउ, उनीहुन् जविक, काठमाडौंमा बस्ने स्याङ्जाली ठिटा, जो अहिलेलाई एउटै नामले चिनिन चाहन्छन् । एउटै नाम र एउटै गीत काफी भएको छ जविकलाई अनाम केटोबाट रातारात राजधानीको ‘मस्ट ह्याप्पेनिंग सेलिब्रिटी’ हुन ।
कदाचित् जविकको सफलताप्रति इर्स्या पलाएको भए त्यसलाई पहिले हटाइहालौं, ‘एक गीतवाला आर्श्यर्च’को जिन्दगी कल्पना गरिएजस्तो गुलावी नहुन सक्छ । ‘धेरै मान्छेले चिन्छन्,’ हालैको एउटा अर्न्तवार्तामा जविकले भने- ‘गाह्रो पनि छ । ख्याती र प्रचार अनुसारको आम्दानी हुदैन । (मानिसको अपेक्षा अनुसार) आफूलाई मेन्टेन गर्न गाह्रो छ । धेरै बाहिर निस्कन पनि गाह्रो छ ।’
नजिकै बसेर सुनिरहेका छन्, राजीव लोहनी । तिनै राजीव क्या जसले पहिलो एल्बम ‘ट्युन’को एउटा गीतबाट ख्याती पाए । उनलाई भुल्न सकिन्छ कही?
बलेको आगो, जलेको प्रेम
भुल्न सक्छु र म कहाँ ?
‘(प्रशंसकहरुमा) सेलिव्रिटीहरुको कमाईलाई विदेशीसग तुलना गर्ने सोच छ,’ राजीवले भने- ‘टीभीमा मात्रै देख्दा उनीहरुले के के न होला त्यो गायक भन्ने ठानेका हुन्छन् । अनि भेट्दा आफूले सोचेजस्तो नपाउदा उनीहरुलाई ‘ह्या, यो खाते पो रैछ’ भन्ने हुन्छ जो सही होइन ।’
माथिको भिडियोमा गायकहरुले आफ्नो भविश्यको योजना बारे कुरा गरेका छन् ।
छविको समश्या विस्तारै समाधान होला, अहिलेलाई स्वागत छ नयाँ नेपाली सांगितिक संसारमा जहाँ मिडिया र मार्केटको अभूतपुर्व संयोजनबाट प्रत्येक अर्को महिनाजस्तो जविक र राजिवजस्ता ‘रातारात सेलिब्रिटी’को जन्म भइरहेको छ । ध्यानपुर्वक संयोजन गरिने समिकरण गज्जवको छ- बजारमा क्यासेट/सीडी पठाएकै क्षण टीभीमा म्युजिक भिडियो र्सार्वजनिक गरिन्छन् । गायक एफएमहरुमा उपस्थित हुन्छन्, अर्न्तवार्ता दिन । पत्रिकाहरुमा तस्बिर छापिन्छन् र वेब र्साईटहरुमा ‘वालपेपर’ आकारका फोटासगै भित्रिकथा समेटिएका अर्न्तक्रियात्मक विवरण निस्कन्छन् । बजारीकरणको ‘प्याकेज’ले उपभोक्तालाई एकैपटक यस्तरी घेर्छ, ऊ त्यो गीत सुन्न, हेर्न, किन्न र पढ्न बाध्य हुन्छ । शुरुमा मन नपरेको गीतको स्वाद विस्तारै बदलिन्छ । ‘मलाई जविकको गीत शुरुमा मन परेको थिएन,’ काठमाडौंको एउटा प्रतिस्ठित साप्ताहिकका संगीत सम्वाददाताले भने- ‘भिडियो झन कस्तो नराम्रो लाग्या थियो । मैले आलोचना गर्दै लेखे । पछि टीभीमा त्यही गीत, एफएममा त्यही । गीत कस्तो हिट भएको ।’
‘हिजोका दिनमा गीत सुनिन रेडियोमा बज्नु पथ्र्यो या कुनै कार्यक्रम हुनुपथ्र्यो,’ राजीवले भने- ‘आज गायक स्रोता र दर्शकमाझ भिडियोमा प्रस्तुत हुन्छ, टीभीमा देखिन्छ । धेरैमान्छेले एकैपटक चिन्छन् र उसकाबारेमा चर्चा हुन थाल्छ ।’ त्यस्तो चर्चा गीत हिट भएको लक्षण हो । जव बच्चा, युवा, बुढा सबैले चियापसलमा समेत कुरा गर्न थाल्छन्, राजिवको भनाई छ, बजारमा विक्री राम्रो हुन्छ र गायक मिडियामा छाउन थाल्छ, गीत सफल भएको मान्नुपर्छ ।
‘सांगीतिक सौर्न्दर्य’ हैन बजारको माग अनुसारका गीत गाएमा हिट होइने कुरा गायकहरुले बुझेका छन् । स्तर भनेको त्यस्तै हो, उनीहरुको मन्त्र छ, बजार चाहि पिट्नुपर्छ । स्तरियताका नाममा शब्द, संगीत, स्वरमा धेरै ध्यान दिएर के गर्नु, उनीहरु ठान्छन्, बजारमा चलेन भने त्यसको के काम । कुशल होइन, तन्नेरी गायकहरु ठान्छन्, सफल गायक हुनु अहिलेको आवश्यकता हो । ‘जविकले बजार बुझ्यो,’ बाबु बोगटी भन्छन्- ‘अहिलेको अवस्थामा कस्तो गीत चल्छ भन्ने उसले थाहा पायो । साथै, उसको रेकर्डिङ् कम्पनी, म्युजिक भिडियो र नौलो लाग्ने स्वरसबै आपसमा ‘क्लिक’ गरे ।’
बाबु बोगटी बजार विश्लेषक होइनन्, जबिक र राजिव जस्तै गायकै हुन् । तर पछिल्ला दुइ ठिटाको भन्दा ठ्याक्कै उल्टो उनको पहिलो एल्बम पुरै फ्लप भयो । ‘(मोरङ्को लेटाङ्बाट) काठमाडौंमा २०५५ सालमा आए,’ उनले भने- ‘गाउने रहर थियो, २०५७ मा एल्बम निकाले । त्यति समयमा केही बुझ्नै सकिन । मिडिया, रेकर्ड कम्पनी र म्युजिक भिडियोको महत्व थाहै भएन । समयभन्दा पछाडी भइएछ ।’
बजारमा पुरै नकारिएको चारबर्षछि ‘सान्ननी… हिर्काउला लौरीले ठ्याक्क ठ्याक्क’ गाउदै टीभीका पर्दामा देखापर्दा बाबु बजार बुझेर ‘बाजे’ भइसकेका थिए । ‘गीतसगै भिडियो निकाले,’ उनले भने- ‘वितरण पनि त्यस्तै राम्रो भयो । मिडियाले पनि त्यस्तै प्रचार गरिदियो । (सफल हुन) सबै तत्व चाहिन्छ ।’ अब उनी अरुलाई सल्लाह दिने भइसकेका छन् । ‘नेपालमा धेरै राम्रा गायक छन्,’ बाबुले भने- ‘जो आफ्नो सन्तुष्टिका लागि गाउछन् । उनीहरु कुशल हुन्, सफल होइनन् । सफल हुन बजारको सन्तुष्टिका लागि गाउनु पर्छ ।’
सहमतीमा मुन्टो हल्लाउछन्, जविक । ‘कलामात्र भएर भएन,’ उनी ठान्छन्- ‘बजारको मागलाई सही पहिचान गर्नुपर्छ ।’ राजिवको अनुभव सुनिहालौ । ‘साढे दुइ बर्षमार्केट बुझें,’ नगाएको बेला म्युजिक भिडियो निर्देशन गर्ने तन्नेरीले भने- ‘गीतमात्र गुणस्तरीय भएर हुदैन, व्यवस्थापन उत्तिकै चुस्त हुनुपर्छ । गाना (एफएमहरुमा) रिलिज भए लगत्तै पसलमा एल्बम पुग्नुपर्छ । गीत हिट भइसक्दा पनि एल्बम नपुगे कसरी विक्री हुन्छ ? गीतको भिडियो पनि त्यही अनुसारको हुनुपर्छ र समयमै आउनु पर्छ ।’
भिडियोको कतिसम्म महत्व हुन्छ भने, त्यो तयार नहुदासम्म एल्बमै रिलिज गरिदैन । ‘मेरो तेस्रो एल्बमको तयार भएको निकै भइसक्यो,’ बाबुले भने- ‘नौवटा गीत छन् । तर भिडियोले रोकिएको छ । त्यसको एडिटका लागि पालो पर्खेर बसेको छु । काम सकिनासाथ एल्बम रिलिज गर्छु’ राजीवले चाहि दुइबर्षको फरकमा एल्बम निकाल्ने योजना बनाएका छन् र त्यसै अनुसारको तयारी पनि । दोस्रो एल्बममा राख्ने दुइवटा गीत सकिएका छन् ।
त्यस्तै तयारीको अन्तिम क्षणमा पुगेका छन् जविक जसको पहिलो एल्बम फागुनमा रिलिज गर्ने योजना छ । उक्त एल्बम बजारमा हिट भइरहेको गीतझै ‘राम्रो’ निकाल्न उनीमाथि कम्ति दवाव छैन । जविकजस्तै शुरुमा बजार पिटेर पछि गायव हुने गायकहरु नेपालमा नभएका होइनन् । ‘आखाभरी आशु किन’ गीत म्युजिक डटकमले पहिलोपटकका गायकहरुका सिर्जना समेटेर निकालिएको ‘कलेक्सन’ एल्बम मार्फ आएको हो । गीतबाट पैसा नमिले पनि गितले दिलाएको स्टारडमलाई पुरै रमाइलो मानिरहेका गायकले कुनै गुनासो नभएको बताए । त्यसैले जविकको क्षमताको वास्तविक परिक्षण ‘जिरो नलेज’ नामको पहिलो एल्बमबाट हुनेछ जसका लागि उनले ‘दुइबर्षो तयारी’ गरेका छन् ।
एल्बमको तयारी हुदै गर्दा यी तन्नेरी गायकहरु गीतको सफलताबाट मिलेको स्टरडमको भरपुर रमाइलो लिइरहेका छन् । हो, उनीहरु भन्छन्, पैसा कम छ तर स्रोताको मायामार्फ मिल्ने ख्यातीको स्वाद कम्ति मिठो छैन । ‘प्रचारबाट निकै सन्तुष्टि मिलेको छ,’ जविकले भने । बाबुले थपे- ‘रमाइलो गरिरहेको छु ।’ राजिवले टुङ्ग्याए- ‘कत्ति धेरैले चिन्छन् । त्यसको तुलनामा पैसा केही होइन ।’ शायद !
jabeek ji tapaiko geet dherai ramro lagcha ..ma usa ma pani sunne garchu tapaiko geet ani naya album aaundai cha bhanne suneko thiye kai le ho bhannus hai …..ok
LikeLike
keep it up guys best of luck 4or all of u.god bless u guysss ..
LikeLike
Pingback: Nepali Music: Vibrant and Growing « Wagle Street Journal