बेलायती राईका लेखन कुरा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

काठमाडौं- बाली राईलाई खोटांग र भोजपुर संसारको कुन कुनामा पर्छन् भन्ने थाहा नभए त्यो अस्वभाविक हुने छैन । बेलायतको लेस्टरमा जन्मे, हुर्केका र पाच बर्ष लन्डनमा विताएका र्राई एकजना अंग्रेज हुन् जसको जीवन जरा नेपाल होइन भारतको पन्जावतिर पुग्छ । ‘बेलायमा म (मूलधारका अंग्रेज) फरक मेरो बाजेहरुको भारतीय पृष्ठभूमी,’ ३६ बर्षो बालीले खाट्टी अंग्रेजी लवजमा भने-‘यता पन्जाव जाउँ, उनीहरुपनि ‘जाऊ तिम्रो आफ्नै घर (बेलायत), तिमी यहाका होइनौं किनकी तिमी हामी जस्तो बोल्दैनौ, हामीजस्तो सुनिदैनौं’ भन्छन् ।’ उनको त्यही विरोधाभाषपूर्ण जीन्दगी र लेखकीय पेशाका कारण काठमाडौंस्थित ब्रिटिश काउन्सिलले बाली र्राईलाई यसै साता नेपाल भ्रमणमा निम्त्याएको हो । काउन्सिलका नेपाल निर्देशक जोन फ्राईका अनुसार बाली बहुसांस्कृतिक बेलायतको प्रतिनिधी हुन् जसले बेलायतमा सबैखाले संस्कृती र पृष्ठभूमीका मानिसको सहअस्तित्वपूर्ण बर्साईको उदाहरण प्रस्तुत गर्छन् ।


बाली राई हालैको एक साँझ भोजन गृह रेष्टुरेन्टमा तस्बिर: वाग्ले

त्यसबाहेक बालीको परिचय उनका दर्जन भन्दा बढी पुस्तकहरुमा पाइन्छ जसमा लेखक किशोर किशोरीहरुलाई लक्ष्य गर्दै अप्ठ्यारा, लाज लाग्ने, लुकाउन खोजिने विषयमा सजिलो पारामा गफ गर्छन् । ‘रंगभेद जस्ता कडा विषयहरुलाई धरै साधारण कथामार्फ प्रस्तुत गर्छु’ उनी भन्छन्- ‘कथा मलाई सबैभन्दा मन पर्ने (अभिव्यक्ति) विधा हो । कथामा शुरुवात, मध्य र अन्त्य हुनुपर्छ ।’ आफनो पहिलो नेपाल भ्रमणमा उनले काठमाडौंका केही टिनेजरहरु, केही त्यो भन्दा पाका तन्नेरीसग सिर्जनात्मक लेखनबारे छलफल गरे । एउटा साझ उनी काउन्सिलको आयोजनामा नेपालका केही स्थापित लेखकहरुसग छलफल गर्दै सांस्कृतिक रात्रीभोजमा सामेल भए ।

‘योजनाका बारेमा समश्या रहेछ,’ सिकारु लेखकहरुसगको कार्यशालापछिको कुराकानीमा बालीले भने- ‘कसरी शुरुगर्ने भन्ने बारेमा धेरैको प्रश्न पाए । मैले उनीहरुलाई व्याकरण विग्रेला भन्ने चिन्तै नलिन आग्रह गर्दा उनीहरु छक्क परे । उनीहरुले व्याकरणमै मात्र बढी ध्यान दिन सिर्जनशील अभिव्यक्तितिर ध्यान दिनै पाउदैनन् । खासमा व्याकरणको महत्व उतिसारो छैन ।’ सिर्जनशील लेखनमा कुनै नियम नहुने उल्लेख गर्दै बालीले त्यो आफूले साचेको र महशुस गरेको कुरा अक्षरमा उतार्ने कुरा भएको बताए । ‘त्यसमा कुनै सीमामा बाधिनै पर्दैन तर (पत्रकारिता, निवन्ध, कार्यपत्र जस्ता) अरु लेखनहरुमा निश्चित दायराभित्र रहेर लेख्नुपर्छ,’ बालीले भने ।

चाहदैमा को लेखक हुन सक्छ र ? कल्पना त सबैले गर्छन् । लेख्ने र नलेख्नेविचको फरक पनि त्यही नेर छ । ‘सक्नेले आफ्नो सोचाई र कल्पनालाई कागजमा उतार्छ नसक्नेले दिमागमै राख्छ,’ बाली भन्छन्- ‘तर कल्पनाचाहि जसले पनि गर्न सक्छन् ।’ लेख्न सक्नेहरुमध्ये पनि प्रस्तुतीकरणको शैली फरक हुन सक्छ जसले उनीहरुले अभिव्यक्त गर्न खोजेको कुरा पाठकले कसरी बुझ्छन् भन्ने निर्धारण गर्छ । ‘कतिपय ठुलै भनाउदा र चर्चित पुरस्कार पाएका लेखकका पुस्तक बुझ्नै गाह्रो हुन्छ,’ बाली भन्छन्- ‘यदि कुनै पनि किताव पढ्न बल गर्नुपर्छ भने त्यो राम्रो किताव हुनै सक्दैन । सजिलै पढ्न सकिने र लेखन सरर बगेको कितावमात्र राम्रो सिर्जना हो ।’

पुस्तकहरुलाई दिइने क्लासिक (सदावहार) को दर्जाप्रति बालीको असन्तुष्टि छ । त्यसमा हौवा बढी भएको उनको विचार छ । बेलायतमा किशोर किशोरीहरु माझ क्लासिक भन्दा समकालीन विषयबारे लेखिएका पुस्तक बढी प्रिय भएको बताउदै उनले बेलायती पाठ्यक्रमबाट क्लासिकहरुलाई हटाइने प्रयास भइरहेको र त्यसबाट आफू खुशीभएको उनले बताए । ‘क्लासिक उपन्यास भन्ने कुरासग म सहमतै छैन,’ उनले भने- ‘मेरालागि सिर्फदुइवटा कुरा छन् । राम्रो कथा र नराम्रो कथा ।’ समकालीन संसारका आयामहरुबारे बुझाउन किशोर किशोरीहरुलाई अहिलेका विषयबारे लेखिएका पुस्तक पढाउनु पर्ने उनको राय छ । त्यसो भन्दैमा उनले इतिहासबारे कलमै नचलाउने होइनन् । ‘इतिहासबारे म लेख्छु,’ उनले भने- ‘तर त्यसो गर्दा पुरानाकुरा ठ्याक्कै कुन बेला भए भनेर विस्तृकविरणमा भन्दा त्यसको ऐतिहासिक महत्तामा जोड दिन्छु । म डायलगमार्फ इतिहास भन्न रुचाउछु । पुराना कुरालाई आधुनिक डायलगहरुमार्फ भन्ने ।’

कार्टुनहेर्दै हुर्किने, च्याट गर्दै टाइप गर्ने र आइपड कानमा लगाउदै सडक किनारमा बरालिने युवाहरुका लागि पुस्तक पढ्ने काम कम्ति बोझिलो र झ्याउलाग्दो होइन । एकैठाउमा बसेर अक्षरहरुमा दिमाग खियाउनु सजिलो कहा हो र ? बरु त्यही कितावमा आधारित सिनेमा नजिकैको हलमा लागेको बेला तीन घन्टा पपकर्न चपाउदै हेर्नमा कत्ति आनन्द छ । ‘साच्चै हो,’ बाली भन्छन्- ‘अहिलेका युवाहरुका लागि पुस्तक पढ्ने काम हल्का पुरानो फेसन जस्तै हुनसक्छ । टीभी, इन्टरनेट निकै ताजा र उत्साहजनक देखिन्छन् । दृश्यहरु रमाइला हुन्छन्, त्यसैले उनीहरु किताव पढ्नु भन्दा डीभीडी हेर्दा रमाइलो मान्छन् । तर डीभीडीमा सबै मिहिनेत र परिश्रम तपाइका लागि अरुले गरिदिएको हुन्छ । जे हेर्दैहुनुहुन्छ, त्यो अरुमानिसको दृष्टिकोण र व्याख्या हो । तर किताव पाठकको सम्पत्ती हो । एउटै पुस्तकबारे प्रत्येक मान्छेको पर्ढाई फरक हुन्छ र पढाइका क्रममा पाठकले आफ्नो कल्पनाशीलताको भरपुर प्रयोग गर्न पाउछ । डीभीडीमा देखिएको पात्रले लगाएको ह्याटका रंग बदल्न मिल्दैन, तर पुस्तक पढ्दा कुनै पात्रको ह्याटको रंग पाठकले आफूले चाहेअनुसार बदल्न सक्छ ।’

लेखक यो या त्यो संस्कृतीसग आवद्ध भएपनि उसले लेखेका पुस्तकको कुनै संस्कृती नहुनेमा विश्वास गर्ने बालीका किताव मुख्यत बेलायतमा बस्ने दक्षिण एसियाली समुदायप्रति केन्द्रित छन् । थुप्रै मुलधारका बेलायतीलाई आफू आसपासका विदेशी पृष्ठभूमीका बेलायती र तिनको संस्कृतीबारे थाहा नहुने उनी बताउछन् । उनले बेलायतीहरुमा दक्षिण एसियाली संस्कृतीबारे हुनेगरेको अनभिज्ञताविरुद्ध आफ्ना कितावमार्फ लडिरहेको बताए । ‘मेरा कितावले (मूलधारका बेलायतीलाई) त्यस्ता अरु संस्कृतीबारे जानकारी दिन्छन्,’ आफूलाई बेलायती एसियालीको साटो बेलालयी लेखककारुपमा चिनाउन चाहने बालीले भने- ‘पाठकले आफ्नै दक्षिण एसियाली पृष्ठभूमिको छिमेकको बारेमा मेरा कितावबाट थाहा पाउन सक्छन् ।’