१७ पटक सगरमाथा आप्पा होई !

आङछिरिङ शेर्पा/दिनेश वाग्ले

काठमाडौं, जेष्ठ १० – ‘यी शेर्पा किन सगरमाथा चढ्छन्?’ आप्पा शेर्पाबारे दुइ वर्ष अगाडि न्युयोर्क टाइम्सको समाचार शीर्षकले त्यो प्रश्नलगत्तै उत्तर दिएको थियो- ‘किन कि यो जागिर हो ।’

‘परिवार पाल्न’ र ‘देशको नाम राख्न’ हिमाली चुचुरामा पुग्ने बताउने आप्पाले त्यतिबेला आप्पाले १४ पटक सगरमाथा चढेका थिए र बर्सेनी उनको बढुवा भइरहेको छ । एक साताअघि आर्श्चर्यजनक १७ औंपटक शिखरमा पुगेका शेर्पाले यसपालि जागिरका रूपमा सगरमाथा चढेका थिएनन् ।

‘आफ्नै लागि चढे,’ लुक्लाबाट बुधबार राजधानी ओर्लेपछि स्वागतका खादाले छोपिएका आप्पाले भने- ‘नेपाल र शेर्पाहरूका लागि चढें ।’

चन्द्र-सूर्य फहराएको खुला टोयोटा ट्रकबाट सडकका यात्रुलाई हात हल्लाउँदै विमानस्थलदेखि याक एन्ड यति होटल पुगेका विख्यात शेर्पा अहिले लाउन्जमा बसेर विशेष सगरमाथा अभियानबारे कान्तिपुरसँग कुरा गरिरहेका छन् ।

‘ढुक्कले चढियो,’ मे १६ को सफलताबारे उनले भने- ‘कुनै विदेशीको चिन्ता थिएन ।’ भरिया, गाइड या सरदारका रूपमा हिमाल चढेका शेर्पा पहिलोपटक आरोहण दल सदस्यका रूपमा टुप्पामा पुगेका थिए । उनी र लाक्पा गेलु सामेल ‘सुपर शेर्पा आरोहण दल’ को मुख्य उद्देश्य सगरमाथामा शेर्पाहरूको कथा भन्नु हो । अभियानलाई दुइ जना शेर्पाले क्याननका हाई डिफिनेसन क्यामेराबाट खिचेका थिए । साहसका ती दृश्यलाई आगामी डेढ वर्षमा वृत्तचित्रका रूपमा काठमाडौंमा र्सार्वजनिक गरिनेछ । त्यसै मौकामा अमेरिकाको ‘युनिभर्सिटी अफ युटा’ ले आप्पा र लाक्पाको जीवनी प्रकाशन गर्नेछ । (जीवनी पुस्तकको पचास प्रतिशत रोयल्टी उनीहरूले पाउने छन् । पुस्तक लेखकको टुङ्गो भइसकेको छैन ।)

‘सगरमाथामा नेपालीले अनेकौं इतिहास कायम गरेका छन्,’ सबैभन्दा छिटो सगरमाथा चढ्नेमध्येका एक लाक्पाले भने- ‘तर त्यसको दस्तावेज छैन । वृत्तचित्र छैन । हामीले भोगेको दुःख आएन । विदेशीले बनाएको फिल्ममा आफैंलाई फोकस गर्छन् ।’

फिल्म र किताबमार्फ आफ्नो कथा भन्न लागेका सुपर शर्ेपा आप्पा दर्ुइ सातापछि अमेरिकाको साल्ट लेक सिटी (युटा राज्य) जाने छन्, जहाँ उनलाई पत्नी, छोरा र छोरीले स्वागत गर्नेछन् । त्यहीं छ उनको डेरा, जसका कारण उनका सन्तान अमेरिकी स्कुल जान पाएका छन् भने उनले आफ्नो कथा भन्न ।

भित्र्याउ जेरी माइकालाई जसले आप्पालाई अमेरिका लगेका छन् । ‘ए, हाम्रा आप्पालाई चोर्ने माइका तपाईं हो ?’ आप्पासँगै उभिएका विदेशीसँग हषिर्त मुद्रामा हात मिलाउँदै संवाददाताले त्यसोभन्दा जेरीले तत्कालै शिष्ट प्रतिवाद गरे । ‘प्लिज त्यसो नभनिदिनु होला,’ सुपर शेर्पा आरोहणको आयोजना र आप्पालाई अमेरिकी ओवान भिसा लिन मुख्यरूपमा सघाउने अमेरिकीले भने- ‘आप्पाले नेपाल छाड्नुभएको होइन । उहाँले छोराछोरीलाई राम्रो शिक्षा दिने चाहना गर्नुभयो, जसका लागि अमेरिका उपयुक्त हो । उहाँकै चिनजानलाई उपायोग गरेर मैले सहयोग गरेको हुँ । उहाँले कति ठूला मान्छेलाई सगरमाथामा पुर्‍याउनुभयो, तिनीहरूस“गको सम्बन्धलाई मैले उहाँकै लागि प्रयोग गरिदिएको मात्र हुँ ।

‘अमेरिकाले विज्ञान, कला, शिक्षा र खेलकुदमा असाधारण क्षमता देखाउने विदेशीलाई प्रदान गर्ने उक्त भिसा आप्पालाई दिलाउन सहयोग गर्नेमा अमेरिकी सर्वोच्च अदातलकी प्रथप महिला न्यायाधीश सान्द्रा डे ओ कन्नर पनि थिइन्, जसका छोरा ब्रायनलाई आप्पाले सन् २००३ मा सगरमाथा शिखरमा पुर्‍याएका थिए । अर्का प्रभावशाली सहयोगीमा युटा राज्यका गभर्नर जन हन्ट्सम्यान जुनियर थिए, जसले आप्पाले त्यहाँ आउन चाहेको थाहा पाउनेबित्तिकै डिनरमा बोलाएका थिए ।

‘कागजी प्रक्रिया एकदमै झन्झटिलो थियो,’ माइकाले भने- ‘तर अत्यन्त छिटो भयो । अक्टोबर २००६ मा थालेको, डिसेम्बरमा सकियो । अरूलाई वषौर्ं लाग्न सक्छ, आप्पालाई दुइ महिना । ‘माइका आप्पाका घरबेटी र ब्यापार साझेदार पनि हुन् । युटाको ड्रयापरस्थित माइका निवासमा शेर्पा परिवार बस्छ र हिमालबारे घन्टाको केही हजार डलर लिएर भाषण गर्नु नपरेको बेला आप्पा माइकासँग मिलेर खोलेको पर्वतारोहण सामग्री पसल कर्मा आउटडोरमा काम गर्छन् ।

‘बौद्धमार्गीका लागि दलाई लामाजस्ता हुन्, मेरा लागि आप्पा त्यस्तै हुन्,’ भन्ने माइका आप्पासँग सन् २००३ मा चिनाजानी गरेका थिए । आप्पा, लाक्पा, माइका र अर्का अमेरिकी रोबर्ट खेरले ‘सुपर शेर्पाज’ कम्पनी खोलेका छन् जसले यसपालिको आरोहण आयोजना गरेको हो । आरोहणका लागि एक लाख डलर आप्पाको नाममा चन्दा उठाइएको थियो, जसमध्ये ८५ हजार डलर एउटै डिनरमा जम्मा भएको माइकाले बताए । सोही रकमबाट पाँच हजार डलर पर्ने चारवटा एचडी क्यामेरासमेत किनिएको उनले बताए । २० हजार डलर चन्दा दिने लेन्स बङ्कर आप्पासँगै आधार शिविर र कालापत्थरसम्म पुगेका थिए ।

‘डिसेम्बरमा आप्पालाई भेट्नुअगाडि मलाई नेपाल या शर्ेपाबारे केही थाहा थिएन,’ उनले भने- ‘के वास्ता – भेटेपछि म शेर्पाहरूसँगको प्रेममा परें । जसरी पनि सहयोग गर्ने चाहना आयो । अहिले मेरी छोरी र आप्पाका छोरा तेन्जिङसँगै विश्वविद्यालय जान्छन् ।’ अर्का छोरा पेम्बा अल्टा हाइस्कुल र छोरी दाबा घरनजिकैको विल्लो स्प्रिंग्स इलिमेन्टि्रमा पढ्छन् ।छोराछोरीले शिक्षा लिँदै गर्दा आप्पा र पत्नी याङ्िजन पनि अंग्रेजी सिक्ने प्रयासमा छन् । जोडीले युटा पुग्नेबित्तिकै युनिभर्सिटी अफ युटामा भाषा कक्षा लिएको थियो ।

‘हा, हा हा, मेरो बूढो दिमाग के सिकौंला र,’ आप्पाले भने- ‘छोराछोरीले चाहिँ केही गर्लान् कि’ अमेरिका फर्केपछि आप्पा ‘र्सार्वजनिक स्थानमा प्रेरणादायी भाषण गर्ने कला’ सिक्ने कक्षामा भर्ना हुने माइकाले बताए । ‘अब उहाँले गर्ने भनेको घन्टाका दरले डलर लिएर भाषण गर्ने हो,’ उनले भने- ‘एकपटक सगरमाथा चढ्ने विदेशीले जिन्दगीभर त्यसैको कुरा गरेर आफूलाई पाल्छ । यहाँ हामी १७ पटक चढ्ने शेर्पाको कुरा गरिरहेका छौं । घन्टाको ६ हजारसम्म तिर्छन् । स्कुलहरूले केही सय डलर तिर्छन् र आप्पाको भाषण आफ्ना बच्चालाई सुनाउन तयार हुने स्कुल अमेरिकामा कति छन् कति ।’

माइकाका कुरा सुन्दा लाग्छ, न्युयोर्क टाइम्सले आप्पाबारे अर्को समाचार लेख्यो भने शर्ीष्ाक यस्तो हुनेछ- ‘यी शेर्पा किन भाषण गर्छन्? किन कि यो जागिर हो ।’

प्रकाशित मिति: २०६४ जेष्ठ ९ कान्तिपुर