खोलामा तैरेपछि बालुवामा नृत्य

दिनेश वाग्ले

खटौती (धादिङ्)- त्रिशूलीको त्यो शक्तिशाली प्रवाह निरन्तर चलायमान रहँदा पूर्वी किनारको बालुवा मैदान -बीच) मा केही दर्जन तन्नेरीका खुट्टाका बुढीऔंलाले थपथपाइरहेका छन् । व्यस्त राजमार्गसँगैको त्यो खाली स्थानमा तीव्र गतिमा दौडेका बसका यात्रुको ध्यान तान्ने गरी कुनै पुरानो लोकगीतको रिमिक्स संस्करण घन्किइरहेको छ । ‘अब नाच्ने बेला भयो,’ डिजेको माइक हातमा लिँदै गायक दीपक बज्राचार्यले घोषणा गरे- ‘सबैजना चौरको मध्यभागमा आइदिनुहोला । लौ म सुरु गछर्ु ।’

Shake your body! The guy in the middle is Avash Karmacharya of the Kathmandu Post. The other guy on right is a very pleasing reporter from Channel Nepal.

तपाईं पढ्दै हुनुहुन्छ, शनिबार त्रिशूली किनारमा भएको एउटा मनोरञ्जक घटना विवरण जसमा दुई सय ५० तन्नेरीले र्‍याफटङ् गरेपछि किनारमा ओर्लेर डान्स पार्टीमा सहभागी भइरहेको दृश्य समेटिनेछ । बज्राचार्यले केही महिनाअगाडि ख्यातिप्राप्त र तिनका प्रशंसकहरूलाई नजिक्याउने उद्देश्यले थालेको ‘केटीएम कार्ड’ योजनाअन्तर्गत आजको साहसिक र सांगीतिक जमघट भएको हो जसमा कम्तीमा १५ जना गायक, कलाकार र ‘कार्ड’ लिएर सदस्य बनेकाहरू सहभागी छन् ।

‘नाच्देउ मैच्याङ् तिमी डम्फुको तालैमा…’ ले गति सम्हाल्नै लाग्दा मुख चोस्याउँदै र हात फैलाउँदै नाच्न थालेका ‘ओ अमिरा’ गायकलाई तन्नेरीहरूले पछ्याउन थाले । खुुट्टाहरू अब अर्को रिमिक्स ‘च्याङ्वा है च्याङ्वा’ को धुनमा हल्लिन थाले । यो रिमिक्सका गायक क्रान्ति आले लाज मानेझैं नजिकै उभिइरहेका छन् । ऊ पर्तिर कतै अर्का गायक दीपेशकिशोर भट्टराई पनि देखिएका छन् । नाच्नेहरूलाई आज गायकहरूसँगको सामिप्यताले भन्दा उनीहरूले निकाल्ने संगीतले उचालिरहेको जस्तो लाग्छ । नाच्नेहरू धेरैले खुट्टालाई जिन्स पाइन्टले छोपेका छन् तर ऊ ती एउटी केटीले आफ्ना सुन्दर र खिरिला खुट्टाहरूको जमेर प्रदर्शन गरेकी छिन्- छोटो सेतो ‘हाफ पाइन्ट’ को सहयोगमा । उनीसँगै केही ठिटा हल्लिइरहेका छन् जसका पाइतालाहरू भुइँमा सहजै अडिन मानिरहेका छैनन्- सायद बालुवाको फुस्फुसाइमा परेर होला । लौ, प्रायः डान्स पार्टीमा जस्तै अहिले पनि ‘मेरा हिपहरू झूटो बोल्दैनन्’ -माई हिप्स डन्ट लाई) भन्दै सकिरा स्टेरियो धुनमार्फत बालुवाहरूमा फैलेकी छिन्- किप अन रिडिङ् द साइन्स अफ माई बडी ! -तिमी मेरो शरीरको संकेत पढेरै

बसिराख ।) कुन तन्नेरीले कस्तो संकेत पढ्न भ्यायो तत्कालै थाहा पाउन सकिएन तर नाच्नेहरूको उत्साह देख्दा रोमाञ्चक तीन घन्टे र्‍याफटङ्मा प्याडल खिआउँदा कोही पनि थाकेका थिएनन् भन्ने सहजै बुझ्न सकिन्थ्यो ।

दिनको सुरुवात काठमाडौंबाट छुटेका बसको यात्राबाट भएको थियो भने साहसिकताको थालनी हावाले भरिएका रबरका डुङ्गामा चढेलगत्तै भएको थियो । अढाई सय यात्रुुलाई लिएर दुई दर्जनभन्दा बढी र्‍याफ्टहरू मलेखु नजिकैको किनाराबाट छुटेका थिए जसमा पानीमा तैरिएर खोला बहावसँगै गरिने यात्राको पहिलो अनुभव गर्न लागेकाहरूको बहुमत छ । डुङ्गाहरूलाई ‘लस्ट प्याडल एडभेन्चर’ का र्‍याफटङ् गाइडहरूले निर्देशन गरिरहेका छन् ।

‘मेरो त यो पहिलोपटक हो,’ खोलाको बीचमा अर्को डुङ्गामा भेट्टएिका एक जना युवकले भने- ‘छालमा डुङ्गा उपि|mंदा रमाइलो भयो ।’ डाक्टर सर्वेश मरहट्ठा भनी आफूलाई चिनाउने ती मान्छे दन्त चिकित्सक रहेछन् । अर्काको दाँत हेर्न रमाइलो कि डुङ्गामा बग्न ? ‘दुवै,’ उनी चिच्याए र आफ्ना सेता दाँत देखाए ।

एउटा डुंगाले चाहिँ बढी नै तैरिने विचार गर्‍यो र छालमा उदिमुन्टो खेल्यो । ‘डुबाएर पानी मुनि घुमायो,’ त्यो डुङ्गाका यात्री कृष्णप्रसाद दुवालले पछि डान्स पार्टीमा भने- ‘दिमागले सोच्नै सकेन । अबचाहिँ सिद्धिएँ भन्ने भयो । जब माथि आएँ, संसार अर्कै देखियो ।’ सबैले लाइफ ज्याकेट लगाएका थिए र सबै सकुशल रहे । दुवाल र उनका डुब्ने मित्रहरूले अब बढी चुनैती दिने भोटेकोसीमा गएर र्‍याफटङ् गर्ने साहस आएको बताए ।

र्‍याफटङ् गर्नेहरूमा छाएको खुसीले आयोजक गायक दीपक बज्राचार्यलाई सन्तुष्टि दिएको थियो । ‘प्रशंसकहरूबीच पनि अन्तक्रिर्या होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने- ‘साथै नेपालीले पनि र्‍याफटङ् गरेर आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न सक्छन् भन्ने सन्देश दिनु थियो ।’

Dinesh Wagle’s diary: White Water Rafting in Trishuli