धादिङ, ‘मैले फोवार्ड भनेपछि प्याडलले पानी पछाडि धकेल्नु होला,’ प्याडललाई कसरी दुवै हातले अँठ्याउने भन्ने सिकाएपछि उनले निर्देश गरे- ‘अनि डुंगा अगाडि जान्छ । म राइट ब्याक भन्छु, दायाँ पट्टकिो प्याडलले पानी पछाडि धकेल्नु, बायाँपट्टकिाले अगाडि । याद गर्नुस् है, र्यापिडमा मैले भनेजस्तो गर्नुस् । फरवार्डभन्दा ब्याक गर्ने होइन । (र्यापिडमा) एउटा बाटो हुन्छ, त्यसलाई फलो गर्नुपर्छ ।’
परिचय गरौं नरेश राईसँग । उमेर-३२, घर- धरान । अफिस- नेपालका केही चर्चित खोलाहरू, काम- हावाले भरिएका ठूला डुंगा चलाउँदै पानीको बहावसँगै दक्षिणतिर हानिने साहसिक शौखिनहरूलाई सहयोग पुर्याउने । शनिबारको घमाइलो दिन नरेश तयार भएका छन् धादिङको मलेखुबाट खटौतीसम्मको तीन घन्टे जलयात्राका लागि । आजको डुंगामा नेपाली पत्रकारहरूको एउटा टोली छ र नरेशका हरेक निर्देशन छचल्किएको पानीले भिजेको डायरीबाट च्यात्तिएका पन्नामा नोट गरिने छन् ।
धराने राईले नेपालीभाषी पत्रकारहरूसँग राफि्टङ गर्दा किन त्यति सारो अंग्रेजी शब्दहरू प्रयोग गरेका होलान् ? फरवार्ड (अगाडितिर), प्याडल (डुंगा खियाउने साधन), राइट (दायाँ), ब्याक (पछाडि), र्यापिड (तेजिलो बहाव र छालको संगम) । उसो त सगरमाथा अंग्रेजी नाम माउन्ट एभरेस्टबाट विश्वविख्यात छ । नेपाली हिमालहरू जस्तै खोला पनि गोराहरूले नै अन्वेषण गरेका हुन्, राईले बताए । नेपालीहरूले अलि धेरै संख्यामा र्याफि्टङ गर्न थालेको दुई, तीन वर्ष मात्र भयो । ‘र्याफि्टङलाई नेपालीमा के भन्छ थाहा छैन,’ उनले भने- ‘धेरैजसो र्याफि्टङ गोराहरूले गर्छन् । शब्द पनि अंग्रेजी चल्ने भयो ।’
लौ, कुरैकुरामा मलेखुभन्दा अलि तलको झोलुङ्गे पुलमुनि आइएछ । माथिबाट केही फुच्चेहरूले चेतावनी दिए- ‘तलतिर बाटो भत्केर जाम छ
है ।’ डुंगामा हासोको फोहोरा छुट्यो । नेपाली सडकहरूमा भइरहने दिक्क लाग्दो क्रिया धन्न खोलाको यात्रा सरेको छैन । तर जोक्सहरू पर्याप्त बनिसकेका छन् । अर्कोले थप्यो- ‘टायर पनि बालेको छ है ।’ संवाददाताहरू प्याडल खियाउन छाडेर हासे ।
टाउकामा प्लास्टिकको हेल्मेट र शरीरको माथिल्लो भागमा लाइफ ज्याकेट (पानीमा तैरिने सामग्रीले बनेको कपडा) लगाएपछि दुवै हातले प्याडल समाएर डुंगालाई पानी बगेको दिशातिर डोर्याउनु र्याफि्टङको मुख्य क्रिया हो । पानी छचल्किँदै उप|mेको ठाउँलाई र्यापिड भनिन्छ, जहाँ पुगेपछि डुंगा पनि त्यहीरूपमा उपि|mने हुँदा केही सतर्क हुनुपर्छ । ‘र्यापिडको तीव्रता अनुसार तिनलाई बर्गीकरण गरिएको हुन्छ र त्यही बर्गीकरणका आधारमा र्याफि्टङका लागि कुन खोला कति खतरापूर्ण हुन्छ भन्ने किटान गरिन्छ,’ र्याफि्टङ गाइड राईले बहिरहेको डुंगामा लिइएको अन्तर्वार्तामा भने- ‘क्लास फाइभ (पाँचौं बर्ग) भन्दा माथिका खोलाचाहिँ साँच्चै खतरापूर्ण हुन्छन् ।’ नेपालमा सातौं वर्गसम्मका खोला छन् तर आजलाई संवाददाताहरूले धन्दा नमाने हुन्छ, मलेखुदेखि खटौतीसम्मको रुटमा मुस्किलले क्लास दुईसम्मका र्यापिड छन् । पोखरा-चितवनको बीचमा र काठमाडौं नजिकै भएकाले त्रिशूलीमा र्याफि्टङ गर्नेको भीड लाग्छ । पदयात्राको भाषामा भन्ने हो भने त्रिशूलीको र्याफि्टङ हेलम्बुको ट्रेेकिङ जस्तै हो- हजुरबाहरूले समेत गर्न सक्ने । र्याफि्टङका लागि त्रिशूलीलाई सदावहार नेपाली खोलाका रूपमा वर्णन गरिने राईले बताए । ‘माथिल्लो भोटेकोसीचाहिँ र्याफि्टङका लागि विश्वस्तरको सदावहार खोला हो,’ उनले भने- ‘सुनकोसी र कणर्ाली पनि कम छैनन् । यी संसारकै उत्कृष्ट खोलामा पर्छन् ।’
बितेका १२ वर्षदेखि राई खोलाहरूको बहावसँग पौठेजोरी खेलिरहेका छन् र सबैभन्दा बढी र्याफि्टङ खेलिने एक दर्जनजति नेपाली खोलाहरूलाई नजिकबाट चिनेको उनको दाबी छ । पानी बग्ने मार्गमा हुने ढुंगाको आकार, सांघुरा खोच, बहावको तीव्रता र छोटो दूरीमै खोलाको उचाइमा हुने फरकले नेपाली खोलाहरूलाई विश्वस्तरका बनाएको राईको भनाइ छ । ‘कुनै पनि खोलाका ढुंगा, त्यसको बगाई र र्यापिड चिन्न कम्तीमा एक वर्ष त्यहाँ बिताउनुपर्छ,’ उनले भने- ‘खोला चिनेपछि बग्नु त फिलिलि ।’
रमाइलो र शोख पूरा गर्नका लागि एकाधपटक र्याफि्टङ गर्नु फिलिलि नै होला तर वर्षौंदेखि कामका रूपमा त्यो साहसिक क्रिया गर्नु कत्तिको रमाइलो छ ? ‘एकदम रमाइलो,’ उनले कत्ति समय नलगाई जवाफ दिए- ‘प्रत्यक्ष प्रकृतिसँग खेल्ने काम हो यो । पानीमा जीवन हुन्छ । पानीको आवज ध्यानपूर्वक सुन्नुस्, त्यसले केही भनिरहेको हुन्छ । पानीसँग नजिकबाट सम्बन्ध राख्दा सबैभन्दा ठूलो आनन्द आउँछ । त्यसबाहेक यो आफ्नो जागिर पनि हो । रमाइलो गर्दा पैसा पनि पाइन्छ ।’ र्याफि्टङ गर्न संसारभरिबाट अनेकौं थरी मान्छे आउने र तिनीहरूसँगको भेटघाट रमाइलो कामको अर्को आकर्षण भएको उनले बताए ।
‘ठ्याक्कै पत्रकारिता जस्तो,’ संवाददाताले पनि आफ्नो कामको बखान गर्ने लवजमा भन्यो- ‘हाम्रो पनि काम त्यस्तै हो । आज तपाइर्ंसँग मस्ति गरिएको छ, भोलि यही लेख्यो, अफिसले पैसा दिन्छ । अनि दिनहँु जस्तो तपाईंजस्ता नौला र शक्तिले भरिपूर्ण मान्छेहरूसँगको भेट कम्ती रुचिपूर्ण हँुदैन ।’
थुप्रै नेपाली र्याफि्टङ गाइडहरू विदेशमा काम गर्न गएका छन् र राईले पनि त्यो मौका हेरेका छन् । न्युजिल्यान्ड, अमेरिकाको कोलोराडो जस्ता स्थानमा उनका कयौं मित्र पुगेका छन् । उनका सहकर्मी ३२ वर्षे मीनबहादुर गुरुङ विदेश जानका लागि प्रक्रियामा रहेको बताए । ‘उनीहरूले अनुभव र तालिमको कागज खोज्छन्,’ यो क्षेत्रमा १२ वर्ष काम गरेका गुरुङले भने- ‘म त्यो मिलाइरहेको छु ।’ नेपालमै पनि अवसरहरू बढी रहेका छन् । राई र गुरुङ दुवैले काम गर्ने ‘लस्ट प्याडल एडभेन्चर’ नामको कम्पनी यसै वर्षको सुरुमा खोलिएको हो, जसले अघिल्लो महिनादेखि काम थालेको हो । ‘अब नेपालीले पनि र्याफि्टङ गर्न थालेकाले हामीमा उत्साह बढेको छ,’ प्रबन्ध निर्देशक विष्णु पौडेलले भने । खोलामै फर्किऊ । ‘र्याफि्टङमा टिमवर्कको बडो महत्त्व हुन्छ,’ र्याफि्टङ सकिएपछि खोला किनारमा बसेका राईले भने- ‘सबैले प्याडल खियाउनै पर्छ ।
मैले पैसा तिरेको छु भनेर ठूलो हुन पाइँदैन । मैले त गाडीको स्टेरिङजस्तै डुंगालाई सही दिशातिर लैजाने मात्रै हो, अगाडि बढाउने यात्रुहरूले हो । प्याडल खियाउँदा रिदम मिलेमा सबैलाई सजिलो हुन्छ ।’ यात्रुहरूबीचको समझदारी लामो र्याफि्टङ यात्रामा विशेष आवश्यक हुन्छ, जहाँ सुरुको र अन्तिम विन्दुमा मोटर हुन्छन्, बाँकी स्थानमा अनकन्टार जंगल या खोलाको आवाज । ‘सुनकोसीमा नौ र कणर्ालीमा ११ दिनसम्मका र्याफि्टङ एक्स्िपडिसन हुन्छन्,’ उनले भने- ‘त्यस्ता यात्रामा खाना, सुत्ने पाल डुंगामै बोकिन्छ । दिनभरि तैरेपछि पाल टांगेर सुत्ने ।’
लौ, सुत्ने कुरा गर्दा घरमा त यी ३२ वर्षे ठिटा एक्लै हुन्छन् । काम त्यस्तो रमाइलो, संसारका अनेकौं रंगका र थरी-थरी मनका मान्छे भेटिने, बिहेबारे उति गम्भीर भएर सोचेकै छैन । ‘समयै आएको छैन,’ उनले भने- ‘काम आउटडोर -घर बाहिर) को छ, बिहेपछि इन डोर -घरभित्र) हुनु परिगयो ।’ सुरक्षालगायतक र्याफि्टङ गाइडका लागि चाहिने अनेकौं तालिम लिएका राईले जिन्दगी यही पेसामा बिताउने निर्णय गरेका छन् । पेसाको उचाइ बढाउने उनको सपना छ । ‘सुरक्षा पहिलो प्राथमिकता हो,’ उनले भने- ‘आफू होसियार भए पानीसँग डराउनै पर्दैन । बरु अहिलेको चिन्ता नेपाली खोलाहरूको संरक्षणको हो । त्यसमा केही गर्नैपर्छ ।’
लौ, त्यसो भए ‘फरवार्ड’ राई जी ।’
Dinesh Wagle experience: White Water Rafting in Trishuli