Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

मु्र्डोकको पोल्टामा वाल स्ट्रिट

दिनेश वाग्ले

संसारकै प्रमुख एकजना मिडिया सम्राटले विश्वकै प्रतिष्ठित एक अखबार किनेका छन्, जसले अमेरिकामा सम्पादकीय स्वतन्त्रताबारे बहस सिर्जना गरेको छ ।

अघिल्लो वर्षअप्रिलमा अमेरिका जाँदा नर्थवेस्ट एयरलाइन्सको बैंकक-टोकियो उडानमा ‘वाल स्ट्रिट जर्नल एसिया’ पत्रिका हात पर्दा मुटुको धड्कन बढेको थियो । जर्नलमा मेरोबारे समाचार थिएन, बरु विश्वकै उत्कृष्ट र प्रभावशाली मध्येको अखबार पहिलोपटक समाइरहेको थिएँ । वेब साइटमा पढ्न पनि क्रेडिट कार्डमार्फ पैसा तिर्नुपर्ने, नेपालमा नपाइने हुँदा अन्य केही अमेरिकी अखबारसँगै ‘जर्नल’ मेरो ‘स्वप्न सूची’मा थियो । चार वर्षअगाडि थालिएको मेरो निजी वेब साइटको नामै त्यो पत्रिकाबाट प्रभावित छ- वाग्ले स्टि्रट जर्नल, जसमा म सडकदेखि महलसम्मका अनुभवयुक्त दैनिकी लेख्छु । त्यसैले जर्नल हात परेको त्यो क्षण तत्कालै समाचार पढ्नु अघि मैले त्यसलाई महसुस गर्न चाहेँ, अगाडि-पछाडि हेरेँ, संरचना र डिजाइन नियालेँ । वासिङटन डीसी पुगेपछि मुख्य (अमेरिकी) संस्करण हेरेँ, तर डिजाइनले मलाई आकषिर्त गरेन । नेपालमै पत्रिकाहरूले चौडाइ घटाएर ‘अन्तर्राष्ट्रिय आकार’ अँगालिसकेको अवस्थामा जर्नल भद्दा थियो र रंगीन तस्वीरको साटो थोप्ले चित्र (हेडकट्स) थिए ।

गत जनवरीमा जर्नल आकार घटाएर स्लिम भयो, तर विश्वभरि फैलिएको त्यसको इज्जत, विश्वसनीयता र पाठक संख्याजस्तै ‘हेडकट्स’ कायमै छन् । वेबसाइट हर्ेन पैसा लाग्ने भएर पनि होला, न्युयोर्क टाइम्स या वासिङटन पोष्टका तुलनामा जर्नल मेरो मनपर्ने पत्रिका हुनसकेको छैन । तर विश्वकै प्रभावशाली मध्येका एक मिडिया धनाढ्यको जर्नल आकर्षाले विश्व पत्रकारितामा तातो बहस सिर्जना गरेको छ । मिडियामार्फ राजनीतिक र व्यापारिक स्वार्थपूर्ति गर्ने भनी आलोचित ती व्यक्ति र्रुपर्ट मुर्र्डोकले जर्नलको प्रकाशक संस्था डाउ जोन्स एन्ड कम्पनीलाई बुधबार पाँच अर्ब डलर (तीन खर्ब पच्चीस अर्ब रुपैयाँ) मा किनेका छन् ।

(कान्तिपुरमा प्रकाशित यो लेखको बाकी अंश पढ्न यहाँ क्लिक गरे हुन्छ ।)