बाहुनवादको राजनीति

जातीय शसक्तिकरणाका नाममा भइरहेका आन्दोलनले सबै बाहुनलाई एउटै दृष्टिकोणले हेर्नु भएन ।

दिनेश वाग्ले
यो लेख पहिलोपटक शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।

रामेछापको एउटा प्रतिष्ठित पण्डित परिवारमा जन्मिए पनि मैले आफू बाहुन भएको कुरा पहिलोपटक ११ वर्षको हुँदा बौद्ध, काठमाडौंको दोर्जे हाइस्कुलमा थाहा पाएको थिएँ । सन् १९९० को सुरुतिर म अंग्रेजी माध्यमको त्यो तिब्बती बोर्डिङ स्कुलमा होस्टलमै बस्नेगरी प्राथमिक तहमा भर्ना भएको थिएँ र तत्कालै थाहा पाएँ, त्यहाँ पढ्ने म तेस्रो ब्राह्मण थिएँ- अन्य दुई संयोगले रामेछापकै चौलागाईं दाजुभाइ थिए । तिब्बती मूल र पृष्ठभूमिका विद्यार्थीको बहुलता भएको उक्त स्कुलमा साथीहरू हामीलाई ‘बाहुन’ भनी बोलाउँथे र टुप्पी किन नराखेको भनी जान्न चाहन्थे । त्यसैबेला गीत हिट भएको हिन्दी फिल्म ‘आशिकी’को हिरोकै जस्तो कपालको फेसन चलेको थियो र त्यो शैली स्कुलभरिमा मलाई सबैभन्दा सुहाएपछि मेरो छवि ‘टुप्पी नभाको बाहुन’बाट ‘कुल आशिकी बाहुन’मा बदलिएको थियो- बस् एक सनम चाहिए, आशिकीके लिए !

तिब्बती पनि पढाइने हुने स्कुल रमाइलो भए पनि केही वर्षमै छाडेँ र कौशलटार, भक्तपुरको जनप्रेमी इङ्लिस स्कुलमा भर्ना भए जो आचार्य थरका कुशल ब्राम्हणले चलाएका छन् । वितेका बर्षहरुमा देशमा ‘बाहुन’बारे बहसले दिनहुँ उचाइ लिइरहेको छ, जसलाई म प्रायः रुचिपूवर्क पछ्याउँछु । केही महिनाअघि वेबसाइट ‘युनाइटेट बी ब्लग’मा छापिएको एउटा टिप्पणीले मलाई पुनः आफू बाहुन भएको कुरा सम्झाएको थियो भने गतसाता दक्षिण अफ्रिका मानवअधिकारवादी यास्मिन सुकासँगको भेटले यो लेखका लागि प्रेरित गरेको हो । नाम सुन्दा पटक्कै हिन्दू नलाग्ने ती हिन्दू महिला ब्राह्मणबारे जान्न चाहन्थिन् । ‘दिस होल ब्राह्मण थिङ इन नेपाली सोसाइटी इन्टि्रग्युज मि’, सत्यनिरूपण तथा मेलमिलाप आयोगबारे चर्चा चलिरहँदा कुरैकुरामा उनले मलाई चकित पार्दै भनेकी थिइन् । (नेपाली समाजको यो ब्राह्मण भन्ने कुराबारे जान्न मलाई निकै रुचि छ ।)

‘के तपाईं पनि बाहुनी हुनुहुन्छ हो ?’ मैले सोधेँ । आफू दक्षिण भारतबाट दक्षिण अफ्रिका बसाइँ सरेको हिन्दू परिवारकी तेस्रो पुस्ताकी सदस्य भएको उनले पहिल्यै बताएकी थिइन् ।

‘होइन’, उनले भनिन्- ‘हामी हिन्दू भए पनि दक्षिण अफ्रिकामा जातभात छैन । यो उत्तर भारत र नेपालमा मात्र हो । दक्षिण अफ्रिकामा गान्धीले गर्दा जातीय विभेद रहेन । उहाँले आफ्नै पत्नीलाई समेत नाली बढार्ने जस्तो काम गर्न प्रेरित गरेर बाँकी समाजमा उदाहरण कायम गर्नुभयो ।’

हाम्रामा गान्धीजस्ता सुधारवादी भएनन्, जसले गर्दा अहिलेसम्म जातीय विभेद र सशक्तिकरणकै मुद्दामा अल्भिmइरहनुपरेको छ । अझै केही भन्लिन् भन्ठानिरहेको बेला यास्मिनले फुत्त सोधिन्- ‘आर यु अ ब्राह्मण ? (के तपाईं ब्राह्मण हो ?)’

त्यो र त्यस्तै अर्को प्रश्न (तपाईं के थरी ?) सधैं मेरालागि अप्ठेरो हुने गरेका छन् र तिनको सोझो उत्तर दिन मन लाग्दैन । कुनै जमानामा ब्राह्मण हुनु फेसनेबल, इज्जतिलो र मृत्युदण्डजस्ता सजायबाट बच्ने उपाय थियो होला । तर मैले आफू ब्राह्मण हुनुमा कहिल्यै गौरव गरेको छैन । ‘हुँ’ मैले भनेँ र सांस्कृतिकभन्दा राजनीतिक परिचयतिर जोड दिँदै थपेँ- ‘तर होइन । कम्तीमा देशमा बाहुनबारे जारी वादविवादका सन्दर्भमा म परम्परागत रूपमा अथ्र्याइने बाहुन होइन ।’ ‘परम्परागत बाहुन’ म स्कुलदेखि नै थिइन । होस्टलमा भैंसीको मासु अनिवार्य र सबैभन्दा मीठो मध्येको खान्की थियो ।

त्यसपछि मैले ब्लग.कम.एनपीमा छापिएको ‘बाहुनिस्ट्स एन्ड बाहुनिजम : केयरटेकर्स अफ नेपाल्स फिउडल ट्रेडिसन‘ (बाहुनवादीहरू र बाहुनवाद : नेपालको सामन्ती परम्पराका संरक्षकहरु) शीर्षकको त्यो विश्लेषण सम्झिदै यास्मिनलाई भनेँ- ‘केही वर्षयता नेपालमा ‘बाहुन’बारे खुबै विवाद चलेको छ । म जन्मले बाहुन हुँ, तर सोचले बाहुनवादी होइन । बाहुनवाद एउटा खास सोच हो, जो बाहुनसँगै मात्र हुन्छ भन्ने छैन, एउटा राई या घले या परियार पनि बाहुनवादी हुनसक्छन् ।’

बोस्टनका ब्राह्मण

अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन सहर स्थापना गर्ने र न्यु इङल्यान्ड क्षेत्रमा बस्ने ब्रिटिस प्रोटेस्टेन्ट पृष्ठभूमिको एउटा सम्भ्रान्त वर्गलाई अमेरिकामा ँबोस्टन ब्राह्मण’ या बोस्टनको ‘पहिलो परिवार’ भनिन्छ । जातका कारण त्यसो भनिएको होइन । इन्टरनेट इन्साइक्लोपेडिया विकिपेडियाका अनुसार बोस्टन ब्राह्मणहरू कला, संस्कृति, विज्ञान, राजनीति, व्यापार र प्राज्ञिकतामा अति प्रभावशाली र नेतृत्व तहमा थिए । संस्कृत शब्दको अमेरिकी प्रयोग एटलान्टिक मन्थ्ली पत्रिकाको एउटा लेखमा ओलिभर वेन्डेल होल्म्स सिनियरले गरेका थिए । अमेरिकी स्वतन्त्रता घोषणा पत्रमा हस्तारक्षर गर्ने मध्येका एक र मासाचुसेट्सका चौथा गभर्नर स्यामुअल आडम्स (१७२२-१८३०) को परिवार लगायत क्याबोट्स र चाफिजका सन्ततिलाई ‘बोस्टन ब्राह्मण’ भनिन्छ ।

‘बाहुनवाद’ भन्ने शब्द मानवशास्त्री डोरबहादुर बिष्टले प्रयोगमा ल्याएका हुन् क्यारे । मैले उनको निकै उद्धृत गरिने किताब ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट इन नेपाल’ पढेको छैन । तर लाग्छ, ‘बाहुनवाद’ कुनै नियोजित उद्देश्य भएको आन्दोलन होइन । यदि हो नै भने पनि अन्य जातिहरू संगठित भएको अवस्थामा केही बाहुनहरूले कुनै संगठन खोले भने त्यसमा के आपत्ति । प्रस्ट पारौं- त्यस्ता कुनै पनि संस्थाको म सदस्य हुनेछैन, किनकि नम्बर एक- जातीयतामा मेरो कत्ति विश्वास छैन र त्यसका आधारमा गरिने विभेदलाई स्वीकार्ने कुरै भएन । मेरो टाउको दुखाउने सबैभन्दा ठूलो कुराचाहिँ बाहुनवादको विरोध गर्दा किन सबै बाहुनलाई एउटै घानमा हाल्ने ? किन ‘बाहुनवादी जनजाति’को प्रसंग नकोट्याउने ? बाहुन हैकमविरुद्ध आन्दोलन गर्नेले कसरी आफ्नो जातको हैकमको पक्षमा तर्क गर्न मिल्छ ? अधिकार सबैका लागि बराबर हुनुपर्छ होइन ? हो भने संघीयताको कुरा आउँदा किन देशलाई जातीय आधारमा विभाजन गर्नुपर्छ भनिन्छ ? पक्का हो, राजनीतिमा बाहुनहरूको पकड तोड्दै शासन पद्धतिमा सबै जातिको समान भनाइ स्थापना गर्ने भनिएका सबै आन्दोलन आवश्यक छन् तर तिनीहरूको नेतृत्वमा एउटा कमजोरी छ- मूल समस्या समाधान गर्नेतिर भन्दा कसरी मुद्दालाई तन्काइरहन सकिन्छ ताकि जातीय उत्थानका नाममा राजनीतिलाई निरन्तरता दिन पाइयोस् ।

एकाध प्रसंगमा आरक्षण उपयोगी होला, तर त्यसकै नाममा प्रतिस्पर्धालाई पाखा लगाउनुपर्छ भन्नु अक्षमहरूले गर्ने तर्क हो । सक्नेले खुला प्रतिस्पर्धामा उत्रनुपर्छ । केही साताअघि शिक्षामन्त्री प्रदीप नेपालले गरेको प्रश्न मलाई घत परेको छ- विश्वविद्यालयका महत्त्वपूर्ण पद नियुक्तिमा प्राज्ञिकतालाई प्राथमिकता दिने कि लैंगिकतालाई ? बाहुन हुँदैमा अवसर दिनुपर्छ या त्यसबाट वञ्चित गराइनुपर्छ भन्ने खालका विचार सुन्दा मलाई झोँक चल्छ ।

चलिरहेको विवादमा मलाई पत्यार नलाग्ने एउटा कुरा- राजनीतिक दृष्टिले फरक ध्रुवमा रहेकाहरू ‘बाहुन’ जातिको हितका लागि एउटै थलोमा आउँछन् भन्ने तर्क हो । जस्तो कि माओवादीको अध्यक्षमा पनि बाहुन, काङ्ग्रेसको सभापतिमा पनि बाहुन, निर्वाचन आयोगका प्रमुख पनि बाहुन र त्यो सब हुनमा बाहुनहरूको योजनाबद्ध एकता छ भन्ने खालका तर्कले मलाई चिन्तित तुल्याउँछ ।

‘युनाइटेड वी ब्लग’को त्यो लेखको एउटा अंश यस्तो छ- ‘बाहुनवादीहरूको कार्यशैलीको ‘सुन्दर पक्ष’ उनीहरू त्यो सब लोकतन्त्र, समावेशी, समानता र सामाजिक सद्भावका नाममा गर्छन् । अल्पमतको अधिकार, कमजोर र थिचोमिचोमा परेकाहरूका लागि आफूहरू रहेको र सबैभन्दा लोकतान्त्रिक रहेको छवि प्रवाहित गर्छन् ।’

लेखका मुनि त्यसका पक्ष र विपक्षमा लामो तर्कको सिलसिला चलेको छ । ‘स्पर्श’ नामका एकजना भन्छन्- ‘के नेपाली समाजमा व्याप्त अव्यवस्था र नकामका वास्तविक दोषी बाहुनहरू हुन् ? आफ्ना बेकामे बच्चाहरूलाई पनि राम्रो स्तर दिलाउन पण्डितहरूले गरेको धार्मिक भ्रष्टाचार मुख्य मुद्दा रहिआएको छ । मलाई लाग्दैन, हामीले बाहुनहरूलाई चुनाव लड्नबाट रोक्न सक्छौं । प्रार्थना गर्ने र मन्दिर जाने सांस्कृतिक पक्ष रहिरहनेछ । थिचोमिचोमा परेकाहरूको शैक्षिक र आर्थिक स्तर उकास्नुमा (त्यो प्रश्नको) उत्तर छ र नयाँ राजनीतिक वातावरण (त्यसका लागि) एउटा अवसर हो ।’

13 thoughts on “बाहुनवादको राजनीति

  1. The main issue I think is not of Bahunbad, Chettribad, Raibad, Limbubad – not of any Jatibad. I don’t think that the Bahuns are united so as to protect their Jatigat interest. But of course, they are in most of the important positions whether in administration and or in politics. It is not that there is no relationship (connection) of Bahuns and Chettris with people of other castes in higher position. If we believe that the people of higher postitions are responsible for ruining the country, then people of all castes in such positions are responsible-not only the Bahuns and chettris. Those in power, irrespective of their castes, seem to have joined hands in corruption, injustice and bad-governance.

    It is ironical that only the so called higher castes people have enjoyed the benefits. Lot of people from Bahun or chhetri caste also are very poor and are struggling for their survival. And there are people from other castes who also are well to do and live lavishly. Thus, the most important question is of poverty -not of ethnicity. Poverty and backwardness is a result of different reasons-geographical, political, social, etc. Whatever are the root causes, this is aggravated by bad-governance the inherited from age old feudal system and practices.

    However, the gravity of problems also should be looked into from caste and ethinicity perspective as well. For example, the Dalits are highly marginalised, so is the case of some other castes. But it does not mean that its should be looked from ‘ethinicity’ angle only. The problem can never be solved, if the ‘class’ factor and its root casues also are not addressed adequately. Today, the issue is highly exposed from ‘ethnicity’ aspect, only. If ‘class’ factor is ignored, future interventions will obviouly be wrong, and the problem will remain for ever. Therefore, the solution should be souhgt by truly providing more and better opportunities to those who have not got it becasue of different reasons. It is high time to advocate for fair treatment, positive-discrimination, good governance and justice to those who have been forced to lag behind – irrespective of castes and ethinic group. Otherwise, the services and benefits offered through various interventions will unltimately be consumed by those who are well to do and influencial (within Bahun, Chettris and every other ethnic group), and the poor and opressed (of all castes and groups) remain so foreover.

    Like

  2. There are bahunists in all castes which has been rightly argued in the article. Education is the most effective way to solve this problem rather than fighting in the street with strikes. Janajatis should send their kids to schools and help them do homework rather than keeping themselves busy in Bahun bashing.

    Like

  3. Firstly, racial biases are reality. Many Nepalis hurl racially charged statements against opponents or someone they do not like. Similarly, it is a habit with us to taunt us on racial basis. So, like you others too may have personal experiences to support/negate existence of Bahunbad in Nepal.

    It is true that present generation of Nepalis, mainly from Bahun community find it very disturbing with this issue of Bahunbad. Academics, mainly sociologist, have found its basis in the movers and shakers of the state, not in common Nepalis. So, many academics have talked about it. Please follow my following blog to understand what is bahunbad and how it is interpreted.

    http://changeinnepal.blogspot.com/2007/03/blog-post.html

    My opinion is that it is a matter of academic importance only. But, it is made infamous now by the politicians of all hues. Some of them use it to pull the leg of detractors and some of them use it to galvanize the support.

    Like

  4. Education is the base for all developmental activities.Cast system is deeply rooted in our and the Indian society we cannot illiminate that is one generation.Slowly it is integrating in the main socil life of all the Hindus.
    In Nepal or in any other country always those from the ruling class or closer to them had the upperhand compared to the other clan or social group.
    In a way Brahmins were the rule makers in the Hindu siciety they always put themselves above the others,even the great rulers always respected Brahmins and gave higher respected places than themselves.There was a time when the brahmins were the only community who were well educated.It will take another few generations for us to integrate.

    Like

  5. Is there a bahunbad? The answer to this question, I hope, can be answered by the ones who feel that they are bahuns or brahmans of any caste or creed.

    Do you still hesitate to touch the things touched by the so called ‘achhuts’, the untouchable. Do you still believe in the hierarchy of castes? If you unawarely still think you are the pure one, and there are some people who are not supposed to be unpure, then that is Bahunbad. One can ask onself, and the best anwers can be given not by others, but by yourself. Can you be honest to yourself enough to answer this question?

    Has Negating Bahunbad became a Hypocricy? something fashionable?

    Is there Bahunbad lurking at some hidden corners of your heart and mind? That feeling of superiority, the feeling of ‘pure race’, the feeling of ‘one race needs to govern other ‘People’ etc etc…JUST ASK ONESELF!

    Like

  6. Bhunes shouldnot be afraid…………………………

    We cant be strong unless we r locally strong . so in case of globalisation we must be strong locally . So a fedreal state where the ethinic groups can enjoy there culture and language is must.We can see India which is the great impowering country in the context of Globalization even increasing its states Jharkand and Chatish garn. Why they are doing So its all due to the developement of the devrived people of their state so they can rule on there own way. And they can enjoy the local resources properly.
    We can see the good examples in nepal of decenteralization like community forest Before in Forest when it was won by the government no body was intrested in protection but now days every community forest have good capital among them selves by utlizing those resources.So we can say that only way to Develop new Nepal is federal system.
    And the bhaun people sholdnt b afraid of it Because u people are developed If u go to HDI human develop index. Unless their is enequity there will be revolution so stop next war they should be able to give up some power as they are holding in the state to make country strong.

    Like

  7. hi everybody,
    it is right to raise the question about the bahunbad.bahunbad; we can express this word in this way.bahun-a cast,bad-not good.bahun are really bad but not all.most of the bahun people are thought thyself but ot other.thy just think how to raise in every sector?if they got the right time,they do each and every things and that works donot harm them.for intance, present situation of nepal.nepal is decending in every sectors.the main cause id bahunbad.we should eliminate the bahunbad.if not, the country will be african countries.
    federalism is most necessary for our country to develop and to eliminate the bahunbad.

    Jai Nepal!

    Like

  8. hey u man, u wrote about bahun bad……….. whoso ever u r but u r not a good human.
    nepal and nepalis are already down ridden by the said politicans castism…..now out of no where u have come to criticise bahuns?
    u know u wouldnt have survived if bahuns were not there…..read history. even if bahuns are not there people like u cannot survive in this world not even nepal’s one town.
    u come out of ne[pal and see your community in india or elsewhere….what r u doing?
    ha ha ha ha ha ha ha funny fellowwww talking about bahunbad…….i can see u trying to be a politican of nowhere.
    fuck u and think of better nepal or else people like u will make nepal beg………..
    shit

    Like

  9. malai jaha samma lag6 dinesh ji ko lekh sarai nai ramro lagyo jo hami bahaun bhayar pani dalit r jan jati ko sapot abaz authaudai kati balidani diyo baun haru le kahilai hami harule aa fulai baun bhnne kosis garen khali nepali bhanne kosis gariyo tar hamro janjati dalit sathi haru le hamilai baun katha bhaner sambhodan garda man dukhha 6

    baun bhanne bhay girija parsad lai bhane hun6 hami dinesh ji jastalai hoina kin ki hami sirf nepali ho kohi jat hoina

    Like

  10. nepalma jatiya samasya chhaina vaner kasaile vanchha vane tyo yathartata vanda bahira ko kura huna janchha. Jati karanle ekai kisimko apradhma farak farak danda sajay vayako kura hamro itashma sachhi chha.
    Tyso vandaima sabai bahun samanti, fataha, beiman ra anya sabai jati asal hunchha vani thannu sarbatha galat hunchha.Tara nepalma bahunbad havi vayako kura sanchho ho.
    Jatiya adhikar ko kura garne harule bahunbadko birodh garda sabai bahunlai ekai ghanma musnu pakkai ramro hoina.bahunharu dherai samaya samma rajya sattama vayako karanle uniharuko vasik, dharmik, sanskritik, jatiya pahichan adima uniharukai ekadhikar chha.
    samuhik rupma herda nepalma bahun domination pakkai chha. Tara ek gas khana napaune bahunko sanskritik, vasik adhikar, jatiya pahichhan majbut vaya pani uniharuko pani arthik awasthama jarur sudhar aunu parda chha.
    Nepalk0 pradhan samasya vaneko jatiya samasya nai ho vanne kura vane mero bimati chhhaina.

    Like

  11. nepalko sabai bhanda thulo satru bhaneko nai bahunbad ho. jasle mongol samudayko ta ke kura hami chhetri haruko samet chir haran gareko chha. aba hami le yo bahunbadko jarai uikhelera phyaknu parchha.

    Like

  12. “जन्मना जाएते शुद्र कर्मणा ब्रम्ह उच्यते ।।” जन्मिदा कोहि पनि ब्राहमण हुदैन त्योत उस्को कर्म वाटनै छुटिन्छ । वास्तवमा जो कोहि पनि ब्र्हामण हुन सक्छ यदि कोहि बाहुन जातिको घरमा जन्मियेको छा र उस्को व्यवहार नराम्रो कुलतमा फसेको छ भने उ शुद्रनै कहलिन जान्छ यदि शुद्र जातिमा जन्मियेको छ र उस्को आचरणमा, पढाईमा र व्यवरमा शुद्धता छ भने उ ब्रहमणमा गनिन्छ । त्येसैले सहि कर्म गरेमा जो कोहि पनि ब्राहमण बन्न सकिन्छ । मलाइ लाग्छ यो जात भातको कुरा अस्ली ब्रामणहरुले होईनकी स्वार्थी बाहुन भन्ने हरुले निकालेका हुन । हामि समाजमा अहिले पनि हेर्न सक्छौ एउटा जनजातिको दमाइले छोएको अर्को जनजाति विश्वकर्मा भन्नेले खादैन र प्रयोग मा लेराउदैन के यो छुवछुत होईन के येसमा उनिहरुको कुनै हात छैन किन बाहुन हरुलाईनै यो समाज बीगार्नमा दोस लगाइ रहेका छन् सोच्नु होला यो पनि बाहुन हो त्यसैले बाहुनको पक्षमा लेखिरहेको छ तर होईन मेरो घरमा पनि छुवाछुतको बिरोध हुन्छ त्यसैले हाम्रो घरमा अन्तर जातिय विवाह भएको छ । तर मेरो बुवा अहिले पनि ब्राहमणको काम गर्नु हुन्छ उहालेत कति जना जातिकोघरमा पनि पुजगरी दिनु भएको छभने कतिलाईत कुलत वाटनै छुटकारा दिलाइसक्नु भएकोछ त्यो पनि पुजा पाठ र ब्रतको नाममा , त्यसैले म के भन्छु भने यो समाजमा छुवछुतको जरो बिस्तारै हट्छ जादुको छडिले जस्तो चम्त्कारिक रुपमा हट्दैन, आज मेरो बुवाले जनजाति सङ्ग राम्रो व्यवहार गर्नु भयो तेसको अनुसरण गर्दै हामि उनिहरु सङ्गै बस्छौ , उनिहरुले छोएको खान्छौ भने हाम्रा सन्तानले बिर्सन्छन्की छुवाछुत पनि हुन्छकी भनेर । हो येसरिनै यो समाज छुवाछुत वाट मुक्त हुन्छ होईन भने झन बल्झिन सक्छ यसरी एस्को उस्कको भन्दै बिरोध गरेमा ।

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s