सैनिक तानाशाहीविरुद्ध बर्मेली क्रान्ति

दिनेश वाग्ले

एकपटक लोकतन्त्र र स्वतन्त्रताको मीठो स्वाद लिइसकेका बर्मेली जनता सैनिक तानाशाहीको जरा उखेल्न फेरि एकपटक जागेका छन् ।

दक्षिणी फ्रान्सको कुनै एउटा भिल्ला या क्यालिफोर्नियाको भेनिसबीचमा बिदा मनाउने धेरैको सपना हुनसक्छ तर मलाई अहिले सैनिक तानाशाहीबाट मुक्ति पाउन प्रेरणादायी संर्घष गरिरहेको दक्षिण पूर्वी एसियाली देश बर्मा जाने चाहना छ । निश्चयै, यो उति रोमान्टिक योजना होइन तर बर्मेली सडकहरूमा भइरहेका अभूतपूर्व स्वतन्त्रता प्रदर्शन टीभी हेर्दा र तिनका बारे रेडियोमा सुन्दा मलाई हाम्रै देशमा अघिल्लो अप्रिल र त्यसअगाडि भएका लोकतान्त्रिक आन्दोलन शृंखला सम्झाएको छ ।

‘बर्मा गयो कर्मसँगै’ भन्ने उखानै चल्तीमा रहेको हाम्रो समाजको त्यो सुन्दर तर धन भएर पनि दुःख पाएको मुलुकसँग नजिकको सांस्कृतिक र भावनात्मक सम्बन्ध छ । क्षेत्रफलमा नेपालभन्दा तेब्बर, जनसंख्यामा दोब्बर र प्रतिव्यक्ति आयमा हामीभन्दा चार गुणा धनी बर्मामा कम्तीमा तीन लाख नेपाली छन् जसमध्ये दुइजनालाई मैले तीन वर्षगाडि काठमाडौंमा भएको गैरआवासीय नेपाली सम्मेलनमा भेटेको थिए । बर्मेली बसाईको अनुभव भएका थुप्रै नेपाली नेपालकै विभिन्न स्थानमा छन् । सोल्टी होटलको त्यो भेटमा ती नेपाली बर्मेलीहरू राजनीतिक कुरा गर्न हच्किएका थिए जो बर्माको अवस्था हेर्दा स्वाभाविक लाग्थ्यो । त्यस्तै, नेपालमा जन्मिएका बुद्धको दर्शन पछ्याउने बर्मा विश्वकै एउटा प्रमुख मुलुक हो जहाँ कम्तीमा चार लाख भिक्षु र लाखौं बौद्ध धर्मावलम्बी छन् । बर्मेली समाजमा अत्यन्त सम्मानित र कलेजी रंगको बस्त्र लगाएका तिनै भिक्षुले यसपालिको अदम्य साहसले युक्त आन्दोलनको नेतृत्व गरेका छन् ।

हामी सडक आन्दोलनमा बानी परिसकेकाले त्यस्तोमा जान पनि अदम्य साहस चाहिन्छ र भन्ने प्रश्न उठ्न सक्छ । तर बर्मा त्यस्तो मुलुक हो जहाँ विश्वकै सबैभन्दा दुष्ट र निर्दयीमध्येको सैनिक शासन छ । त्यहाँका जर्नेलको आदेशमा सन् १९८८ मा भएका शान्तिपर्ण प्रदर्शनीमा गोली चलाईदा तीन हजार निहत्थाको ज्यान गएको थियो । त्यतिबेला सरकारले बर्मेली मुद्राको अवमूल्यन गरेको थियो जसले गर्दा जनताले सञ्चय गुमाएका थिए । यसपालिको आन्दोलन सैनिक सरकारले डेढ महिनाअगाडि (अगस्ट १५ मा) पेट्रोल/डिजेलमा दोब्बर र गाडीहरू चलाउने ग्यासमा पाँच दोब्बर मूल्य बढाएपछि सुरु भएको हो ।

गाडी भाडा बढेपछि याङ्गुनलगायतका सहरमा काम गर्न जाने मान्छेहरू हिँडेर जान थाले, जो विरोध र्‍यालीमा परिणत भए । १९ अगस्टमा चार सयजनाले रंगुनमा र्‍याली निकाल्दा त्यो वर्षौंयताको सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । ती र्‍यालीमाथि घरकपड गरिँदा विरोध देशव्यापी फैलियो । २३ दिनअघि सेप्टेम्बर ५ मा पाकोक्कु सहरमा भिक्षुहरूले गरेको शान्तिपूर्ण र्‍यालीमाथि बल प्रयोग गर्‍यो । त्यसपछिको दिन भिक्षुहरूले केही सरकारी अधिकारलाई केही क्षणका लागि बन्धक बनाएर सरकारलाई क्षमा माग्न १७ सेप्टेम्बरसम्मको समय दिए । त्यो समयसीमा बितेपछि भिक्षुहरूले आन्दोलन तीव्र पारे, जो शुक्रबार ११ औं दिनमा छ । आन्दोलनको १० औं दिन बिहीबार रंगुनमा अनुमानित ७० हजारको भीडमाथि सेनाले हवाई फायर गर्‍यो जसमा केही हताहत भएको रिपोर्ट आएका छन् । यो आन्दोलन अब मूल्यवृद्धि होइन सैनिक तानाशाहीविरुद्ध लक्षित छ र भिक्षुहरूलाई लाखौंको संख्यामा र्सवसाधारण जनता र नजरबन्दमा रहेकी लोकतन्त्रवादी नेतृ आङ साङ सुकीको पाटी ‘नेसनल लिग फर डेमेक्रेसी’ का नेता/कार्यकर्ताले साथ दिएका छन् ।

निर्दयी, एक्ला र विश्व गतिविधिबारे न्यून जानकार जर्नेलहरूले २० वर्षछि पहिलोपटक सशक्त र अभूतपूर्व जनसहभागिताको आन्दोलनको सामना गरेका छन् । समय बदलिएको छ, जनता जागरुक भएका छन् र विश्वले त्यहाँ भइरहेका विकासक्रमलाई चाखपूर्वक नियालिरहेको छ । फोन र इन्टरनेटमा सैन्य जुन्ताले गरेको बन्देज बाबजुत त्यहाँका दृश्य र विवरण विश्व मिडियामा आइरहेका छन् । संसारका थुप्रै मुलुकले कडा वक्तव्य र नाकाबन्दीमार्फ जर्नेलहरूलाई संयमता अपनाउन चेनावनी दिइरहेछन् ।

बर्मामा सबैभन्दा बढी प्रभाव चीनको छ जसले थुप्रै कम्पनीमार्फ त्यहाँ अर्बौं डलरको व्यापारिक लगानी गरेको छ । त्यो लगानी सैनिक शासनका लागि बाच्ने मुख्य आधार भएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्बाट बर्मेली शासकमाथि कारबाही गर्ने अन्तर्राष्ट्रिय प्रयासलाई पनि चिनियाँ भिटोले रोकेको छ । प्रभाव पार्ने आर्थिक उन्नति गरिरहेको चीनमा लोकतन्त्र छैन, त्यसैले त्यो मुलुकबाट लोकतन्त्रको पक्षमा निर्णय होला भन्ने आशा गर्न पनि सकिदैन । तर चीनले आगामी वर्षविश्वलाई आफ्नो सम्पन्नता देखाउने उद्देश्यले ओलम्पिक आयोजना गर्दैछ र जनता दमन गर्ने बर्मेली सैनिकको र्समर्थन गरेर आफ्नो छवि धुमिल्याउने छैन भन्ने धेरैको आशा छ ।

एक्लै बस्न रुचाउने र विश्व गतिविधिबारे कम जानकारी भएका ७० बर्षो जर्नेल थान स्वेको नेतृत्वको तानाशाहीका कारण बा“की विश्वबाट अलग्गिएको बर्मा एउटा ठूलो बंकरजस्तै भएको छ । जर्नेलहरूको एउटा सानो झुन्डले आफूलाई जनताबाट पनि अलग्याएर ‘बंकरभित्रको बंकर’ बाट शासन गरिरहेका छन् । दर्ुइ वर्षघि नोभेम्बर ११ मा जर्नेलहरू कुनै कारण नदेखाई याङ्गुनभन्दा तीन सय २० किलोमिटर उत्तरको न्यापिँदा सहरमा गए जसलाई उनीहरूले नयाँ राजधानी घोषणा गरे । त्यो घटनालाई कतिपयले जर्नेलहरू आफूविरोधी जनता र विश्वबाट भागेको रूपमा पनि अर्थ्याएका छन् । जर्नेलहरू नेपालका राणा शासकजस्तै छन्- जनता शिक्षित र आफूभन्दा जान्ने भएको देख्न नसक्ने ।

अक्स्फोर्ड विश्वविद्यालयमा राजनीति, दर्शन र अर्थशास्त्र पढेकी सुकीलाई उनीहरूले बितेका १८ वर्षा ११ वर्षनजरबन्द अवस्थामा राखेका छन् । नेलसन मन्डेलाजस्तै लोकतन्त्र र स्वतन्त्रताका लागि विश्वभर प्रतीक बनेकी सुकीलाई १९९१ मा बर्मामा लोकतन्त्र ल्याउन गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कार दिईदा पुरस्कार समितिका अध्यक्षले ‘शक्तिहीनहरूकी शक्तिको ससक्त उदाहरण’ को संज्ञा दिएका थिए । उनी बर्मेली स्वतन्त्रता संग्रामका नायक जर्नेल आङ साङकी छोरी भएकाले पनि सुकीलाई बर्मामा व्यापकरूपमा रुचाइएको हो । जुलाई १९४७ मा बेलायती साम्राज्यबाट बर्मा स्वतन्त्र हुनु भन्दा छ महिनाअगाडिको संक्रमणकालीन समयमा पिता आङ साङको हत्या भएको थियो । (स्वतन्त्र भएदेखि १९६२ सम्म बर्मामा कायम लोकतन्त्र सैनिक कुले हटाएको हो ।) १९८८ मा भएको आन्दोलनका कारण दुइ वर्षछि भएको चुनावमा सुकीको पार्टी बहुमत पाएको थियो जसलाई सैनिक शासनले अस्वीकार गरिदियो ।

(विश्वस्तरकी यी नेतृबाहेक बर्माले उ थान्तजस्ता व्यक्ति पनि जन्माएको छ जो १९६१ देखि १० वर्षम्म राष्ट्रसंघका महासचिव रहे ।)

बितेका चार वर्षा गत वर्षरूमा बिरलै देखिएकी सुकी केही दिनअगाडि भिक्षुहरू उनको घरमा पुगेपछि ढोकासम्म आएकी थिइन् । उही परम्परागत चोलोजस्तो पहिरनमा लिपिस्टिक लगाएकी, चुल्ठो बाटेकी र खिरिलो शरीर भएकी ६२ वर्षो नेतृ स्वतन्त्रताप्रेमी बर्मेलीकी ढुकढुकी भएकी छन् । थुनामा रहँदाको समय उनले अध्ययन र शारीरिक अभ्यास गरेर बिताइरहेको केही सञ्चार माध्यमले जनाएका छन् । उनी ध्यान गर्छिन्, फ्रेन्च र जापानी भाषा सुधारिरहेकी छन् र पियानो बजाउँछिन् । यो त भन्नै पर्दैन, पियानोको धुनले पनि बर्मामा स्वतन्त्रता र लोकतन्त्र मागिरहेको छ ।