ठमेलमा एक रमाइलो साँझ

Life of Thamel in an evening

दिनेश वाग्ले
यो लेख पहिलोपटक आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘हप्तामा एकदिन ठमेल घुमेको राम्रो,’ नेपालका एकजना ख्यातीप्राप्त टेलिभिजन व्यक्तित्व तथा पूर्व सम्पादकले थुप्रै बर्षअघि एकदिन भनेका थिए- ‘संसारका सेलिब्रिटीहरुसँग जम्काभेट हुनसक्छ ।’ पश्चिमा संसारमा अलौकिक सांग्रिलाको छवि भएको मुलुकको यो मुख्य पर्यटकीय केन्द्रमा विश्वका ख्यातीप्राप्तहरुको उति बाक्लो उपस्थिती हुदैन तर खोज्दै जाने हो भने मिक ज्यागरदेखि रिकी मार्टिनसम्मका काठमान्डू महायात्राहरुको कथा भेट्टाइन्छ । त्यसो त ठमेलमा भेटिने सबै स्पेयर्सहरु व्रिट्नी स्पेयर्स हुदैनन्, न सबै फोर्डहरु अमेरिकी कार उद्योगका बादशाह हेनरी फोर्ड या ३८ औं अमेरिकी राष्ट्रपती जेराल्ड फोर्डका नातेदार हुदैनन् । न ती हलिउड अभिनेता ह्यारीसन फोर्ड नै हुन्छन् ।

‘एक्स्क्युजि मी सर !’ हालैको एक साँझ ठमेलको जिन्दगीबारे रिपोर्टिङ् गर्न जादा सञ्चयकोष भवन अगाडीबाट चाक्सीबारीतिर हानिइरहेका एकजना रमाइला विदेशीलाई मैले सोधे- ‘तपाईको तस्बिर खिच्न सक्छु ?’

Life of Thamel in an evening

‘ह्वाई नट !’ उनले गोरो अनुहार पुरै उज्यालो बनाएर भने- ‘किन नहुनु ? निश्चयै ।’ उनी क्यामेरामा मुस्काए ।

‘तपाईको नाम ?’

‘पिट फोर्ड ।’

‘फोर्ड?’ आखिभौं उज्याएर दुबै हातले गाडीको स्टेरिङ् घुमाएजस्तो गर्दै मैले भने ।

‘हैन, हैन,’ उनले भने- ‘ती फोर्डसँग मेरो नाता छैन । (मेरो नाम) पिट रिक्सा पनि हुनसक्छ ।’ (भवन निर्माण क्षेत्रमा काम गर्ने उनी ‘फोर्ड’ होइन ‘होल्डेन’ कार चढ्दा रहेछन् जो अमेरिकामा ‘सेभ्रोले’बाट चिनिन्छ ।)

त्यतिबेलै एउटा खाली रिक्सा ‘प्वापाउँ, प्वापाउँ’ गर्दै चोकतिर दौडियो । हाफ पाइन्ट लगाएका पिटका दुबै पिडौलाका पछाडी पट्टी ठूला ट्याटु थिए- दाइनेमा चमेरो, देब्रेमा ड्रयागन । सहयात्रीसँग ठूलो स्वरमा बात मार्दै हिडिरहेका उनी दुइ हात जतिलामो एउटा खिरिलो कागजी लौरो उज्याइरहेका थिए ।

‘के हो त्यो ?’

‘ओलम्पिक र्टच,’ उनले भने- ‘हा, हा, हा । बेइजिङ्बाट ल्याएको ।’

‘उनी अस्ट्रेलियन हुन्,’ टोली नेता ज्योफ मार्टिनले भने- ‘उनका सबैकुरा नपत्याउनु ।’

Life of Thamel in an evening

यो लेख मुनि निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । धन्यवाद 🙂

Enter your email address to follow this blog and receive notifications of new posts by email.

हा हा हा । उनीहरु २० जनाको समुह रहेछन्- सिड्नी र क्यानबराका । बेइजिङ्बाट रेलमा ल्हासा हुदै तिब्बतीतिर सगरमाथा क्षेत्रमा पदयात्रा गर्दै पाच हजार मिटर माथिका पास तरेर नेपाल छिरेका उनीहरु अघिल्लो दिन लुक्लाबाट काठमान्डू आएका थिए । चार दिन नेपाल बस्दा सगरमाथा हेर्ने मुख्य उद्देश्य थियो जसका लागि हिमाली उडान गर्ने उनीहरुको योजना थियो । त्यो साँझ काठमान्डू दरवार स्क्वायर घुम्दा उनीहरुले क्यान्सर उपचार सहयोगार्थ आयोजित कर्न्र्सट हेर्न पाएका थिए ।

‘साह्रै राम्रो,’ गोलो ह्याट लगाएका दाह्रीवाल जोन रिड्लीले भने- ‘मान्छेहरु त अप अप अप ।’ उनले दरवार स्क्वायरमा दर्शकहरु सिढिका खुड्कीलामा बसेको कुरालाई हातहरु एकअर्कामाथि राख्दै बर्णनगरेका थिए ।

‘ओहो रातो टिका क्या सुहाएको !’ समुहकै एउटी महिलालाई हेर्दै मैले भने ।

‘गुड लक हुन्छ भनेर साथीले लगाइदिएको,’ मुस्काएकी उनले निधारको सिन्धुर दाइने हातको र्साईली औलाले छाम्न खोजिन् र मेरो अनुहारमा हेरिन् । उनको नाम जेनी आयरल्यान्ड ।

‘आयरल्यान्ड ?’

उनी फेरी मुस्काइन् । ‘एकचोटी यूरोप जादा हल्यान्डमा मेरा श्रीमान र मैले बाइक भाडामा लिन खोजेका थियौं,’ उनले भनिन्- ‘अंग्रेजी उति राम्रो नबुझ्ने मान्छे थिए । उनले ‘मिस्टर एन्ड मिसेस अस्ट्रेलिया फ्रम आयरल्यान्ड’ पो लेखे । हामी ‘मिस्टर एन्ड मिसेस आयरल्यान्ड फ्रम अस्ट्रेलिया’ भनेको बुझेनन् ।’ छेवैमा उभिएका र झुन्डिएर मुटुसम्म पुग्ने ऋषिमुनी शैलीको सेतो दाह्री पालेका उनका पतीले हास्दै मुन्टो हल्लाए ।

‘नेपाल बर्साईमा त्यस्तो असमझदारी नहोस्,’ मैले भने- ‘साची कस्तो लाग्यो काठमान्डू?’

‘धेरै, धेरै, धेरै फरक,’ उनले भनिन्- ‘ट्राफिक एकदम व्यस्त ।’

‘हाम्रोमा चाहि बटुवा र गाडी छुट्टाछुट्टै ठाउबाट हिड्छन्,’ मिस्टर आयरल्यान्डले थपे ।

‘तर त्यति भइकन पनि यहा मान्छेको राम्रो व्यवहार,’ मिसेस आयरल्यान्डले भनिन्- ‘हाम्रोमा भए गाडी एकछिन रोकियो भने (चालक) चिच्याउन थाल्छन् ।’ साँझ सातबजेतिर अभिएर गरिएको बर्तामा उनले ठमेल अत्यन्त्य जीवन्त र गतिविधीले भरिएको बताउदै भनिन्- ‘साघुरो बाटो, सडकमै जोडिएका पसल । कति व्यस्त । कस्तो सजिव !’

Life of Thamel in an evening

जेनीले सही ठम्याईन् । उसै त ठमेल, त्यहा माथि पर्यटन सिजनको मध्य । झन यसपाली यात्रीहरु बढेका छन् । देशमा शान्ती छाएको सन्देश विश्वभरी पुगेकाले यो बर्षसन् १९९९ पछि सबैभन्दा बढी विदेशी आउने अपेक्षा छ । त्यो बर्षपाच लाख विदेशी आएका थिए जो पछिल्ला बर्षघटेर आधा भयो । यसपाली चार लाख आउने अनुमान छ । दशै सकिएको छ, तिहार आएकै छैन तर ठमेलमा घुम्दा लाग्छ यहाँ दुबै पर्व धुमधाम मनाइदै छन्- एकसाथ । सीडी पसलहरुबाट ‘ओम मणिपद्मे हु’ र ‘रेसम फिरिरी’का इन्स्ट्रुमेन्टल धुनहरु फैलिइरहेका छन् । विक्रेताहरु पसलमा राखिएका सामाग्री भन्दा बढी देशबाट आएका बहुरुपिया ग्रँहकहरुसँग टुटेफुटेको अंग्रेजीमा बार्गेनिङ् गरिरहेका छन् । बटुवाहरुसँगै जोडिएर गुडेका ट्याक्सी र बाइकहरुले ट्वा ट्वा, टी टी गरिरहेका छन् । ऊ काठमान्डू गेष्ट हाउससँगै जोडिएको त्यो दुइ तल्ला माथिको रेष्टुरेन्टबाट चर्को संगीत आइरहेको छ- ‘वान लभ, वान हर्ट । लेट्स गेट टुगेदर एन्ड फिल अल र्राईट ।’ अरे, मास्तिर गइसकेका बब मार्ली पनि आए क्या हो ठमेलमा ? हैन रहेछ, ‘द स्प्ल्यास’ व्यान्डका तन्नेरीहरु बारमा आएका ग्राहकलाई मनोरन्जन दिदैरहेछन् ।

कुनाको एउटा टेबुलमा सान मिगेल वियर र एएमएल चुरोट अगाडी राखेर २५ बर्षो वेलायती फिरन्ता विल ब्रोटन टमकिन केही गमीरहेका छन् । बोलर कुरागर्न चर्को धुनले साध्यै छैन, डायरीमा लेखालेख भयो- इन्टरनेटमा च्याट गरेजस्तो । ‘संगीत राम्रो छ,’ दुइ साता अगाडी नेपाल आएपछि अन्नपूर्ण डुलेका उनले आफ्नै भाषामा लेखे- ‘त्यसैले मलाई यहा ल्यायो ।’ उनी पछाडी दुइ सुन्दरी डिजिटल क्यामेराले आफ्नै तस्बिर खिच्दै थिए ।

Life of Thamel in an evening

सिसा टेरेसबाट निस्कदा बजिरहेको आइपोड इयरफोन कानबाट थुतेजस्तो । हातमा हात्ती लिएका भिमसेनदास गौत्तम नरसिंह चोकमा उभिएर जोखाना हेरिरहेका छन् । उनको काम कुइरेहरुलाई त्यो वरिपरि बच्चाहरु राखेको माउ हात्तीको हत्केलामा अटाउने मुर्ती र झोलामा भएका ‘टाइगर बम’ भनिने ‘टाइगर बाल्म’ भिक्सहरु बेच्नु हो । ‘एक्स्क्युजि मी सर, यू वाना इलिफेन्ट ? दिस इज फ्रम नेपाल । गुड क्वालिटी,’ त्यस्तो उनले कतिलाई भने कति । धेरै जसो समय ‘एक्स्क्युज’ भन्दा अगाडी रहेको विदेशी ‘मी’ भन्दा पाचहात पर र ‘सर’ भन्दा दृश्यबाटै हर्राईसकेका हुन्छन् । ‘कोही खुवै रिसाउछन्,’ उनले भने- ‘अरुले पनि बेच्न खोजेका हुन्छन्, पछि पछि हिड्दा गाली गर्छन् । कोही चाहि यो विचरालाई दुख परेको रहेछ भनेर नचाहिएपनि किन्छन् ।’ दिनमा डेढ सय सम्मलाई ‘एक्स्क्युज मी’ भन्ने ३० बर्षो भिमसेनले सिजनमा दिनमा एकहजार सम्मको व्यापार गर्छन्, अफ सिजनमा हप्तादिनसम्म हुदैन ।

Life of Thamel in an evening

व्यापार त्यस्तै हो, सधै राम्रो हुदैन । बढी पर्यटक आए भनिएपछि नरसिंह चोकमै मास्क बेच्ने कृष्ण गिरीमा उति खुशीयाली छाएको छैन । ‘क्वालिटी मान्छे नै आएका छैनन,’ उनले भने- ‘यूएसए र क्यानडाका राम्रा हुन्छन् विजनेशका दृष्टिले । इजरायली र इन्डियन चाहि ‘फयाङ्ले’ र ‘कन्चुस’ ।’

Life of Thamel in an evening

हुन त पसल कस्तो हो, त्यसमा पनि भर पर्छ । सीडी पसलमा बस्ने २७ बर्षो अच्युत नेपाललाई सधै रमाइलो- ग्राहक आएपछि भोल्युम घटाएर बार्गेन गर्ने होइन, उनले भने, बरु बढाउने । ‘केही ग्रँहक नाच्दै आउछन्,’ उनले भने- ‘अनि आफूलाई पनि जोश आउछ ।’ उनको पसलमा ‘मणि पद्मे हुँ’को तीब्बती संगीत र नेपालीहरु विश्वका विभिन्न बाद्य यन्त्रप्रयोग गर्दे तयार पारेको ‘त्रिकाल’ एल्बम खुबै विक्छन् ।

Life of Thamel in an evening

विक्नेमा इलामको चिया पनि पर्छ जसले सात घुम्तीमा सानो पसल थापेका सिताराम पान्डेको जिविका चलाएको छ । ‘(अन्त भन्दा) ठमेलै मन पर्छ,’ सामाखुशीमा बस्ने ३५ बर्षो नुवाकोटेले भने- ‘विश्वका भ्वाईस सुनिन्छ । खैरेसित बोल्दा बाठो पनि होइन्छ । अरु मान्छेसँग बोल्न लजाईदैन ।’

त्यस्तै नलजाउने तर सफा व्यवहार विदेशीले मनपराएको पाइयो । एउटा पसलमा ट्राउजरको मुल्यमा कुरा नमिलेपछि निस्केकी हल्यान्डकी २७ बर्षे यस्मिन स्कोल्टन्सले भनिन्- ‘मैले उनलाई मूल्य सोधेकी थिए । सात सय पचार रुपैया रे । महँगो भयो । मूल्य मिलाउन (अर्थात बार्गेनिक गर्न यहा) धेरै समय र शक्ति चाहिन्छ जो अहिले थाकेकी हुनाले मसँग छैन,’ उनले भनिन् । एक महिना अगाडी नेपाल आएर रोमान्टिक अन्नपूर्ण राउन्ड गरेर आएकी युवतीका व्वाईफ्रेन्ड फ्लोरिस भ्यान लार कुरा सुनिरहेका छन् । ‘रमाइलो भयो,’ उनले भनिन्- ‘पर्सी जादैछौं । आज उपहार किन्यौं । टिबेटेन झन्डा, टाइगर बाल्म, याक स्कार्फ। दुइ प्याकेट र्सूय र माल्बोरो चुरोट पनि किने । यहाँ निकै सस्तो ।’

‘म (धुम्रपान) गर्दिन,’ केटाले भने- ‘उनी गर्छिन् ।’

‘चुरोट सस्तो हुनु राम्रो होइन,’ केटीले भनिन्- ‘तर पर्यटनका लागि राम्रै हो ।’ कुरा सुनेर सन्तुष्ट ठमेलले सम्भवत धुवाको एउटा लामो सर्को फ्याकेको हुनुपर्छ ।

Advertisements

13 thoughts on “ठमेलमा एक रमाइलो साँझ

  1. मलाई हिप्पीका बारेको लेख पढ्न मन छ । अनि झोछेंका बारेमा पनि जँहा अहिले पर्यटक झुक्कीएर पुग्छन पहिले हिप्पी त्यतैमात्र डुल्थे क्यार ? मलाई राम्रो थाहा भएन । ठमेलका बारेमा सबै उस्तै तरिकाले लेख्छन्, तिनै कुराहरू बिदेशी, उसकी वा उसको प्रेमी र प्रेमिका अनि कफि!

    सातामा एकपटक ठमेल घुमेको राम्रो बिजय कुमारले भने होलान् (टीभी व्यक्तित्व र पुर्व सम्पादक भनेकाले अनुमान लाएको, उनको कार्यक्रम छैन क्यार आजभोली टिभीमा) तर हप्तामा एकपटक ठमेलको कफि र बिदेशीका बारेमा उस्तै किसिमले लेखिएका उस्तै कुराहरू पढ्नुचाहि खासै राम्रो हुन्न ।ठमेलमा कफि, बिदेशी, गाइने, नेपाली पसले मात्र छन्। अरू केही नयाँ छैन?

    Like

  2. अरू केही नयाँ छैन?

    There must be new things there in Thamel that the writer of this article has (probably) missed. I hear there are new strip bars (well, not exactly strip bars but still half naked girls dance and take tips just like in real strip bars) opening up in Thamel that give challenge to those in Bangkok! It appears that the writer didn’t visit those bars or somehow has forgotten to mention about them in the article if he visited. Why only visit Strip Bars in the US, go and see in Nepal too. May be Reader should go there and provide us some insights.

    It feels like a good story that talks about only good things about the place: many foreigners visiting, having fun, local/street vendors doing good business etc. What about the noise pollution in the area? Some locals are complaining that they are unable to have sound sleep during the night because of the high voltage of audio that comes from dohori restaurants?

    Thamel was created as an alternative to the crowded Freak Street, to provide peace of mind to the tourists. Now that’s completely ruined. It’s no more a peaceful place.

    [Sorry for typing in English, I don’t have Unicode.]

    Like

  3. On the article: I like the way you have started the conversation and, perhaps by a coincidence, you found an interesting group that had many stories (about surnames etc) to tell about. May be all people are interesting in Thamel? Let me also tell you that I got some new information about the place and people. Though I also visit the place occasionally (not in Strip Bars though) I hadn’t actually talked to the people.

    Like

  4. Really great story but I think it is half finished story…………may be Mr. Wagle will continue Thamel Story more often on every month so that We outside from the valley update the latest Nepal’s Tourism Information link i.e. Thamel most closely.
    The other side of Story of Thamel should be lamented as stated by UMBRELLA.
    Thanks.

    Like

  5. Good Story! He Saw something wrote something! That’s Good. Fluent language… little drama…. he is trying mannn….. don’t critisize him too much…. give him some praise….. good goood goooood…. not gooooogle
    thanks,
    sanumaya, new baneshwor

    Like

  6. तपाईको लेखले फेरी ठमेलको जिवन्ततालाई प्रस्तुत गरेको छ | ठमेलको अस्तब्यस्त तथा भत्के बिग्रेको सडकको सुधार गर्नु अति आवश्यक छ, या त नेपाल सरकारले या त ठमेलका ब्यापारी सबैले मिलेर | त्यस्तो हालतले रास्ट्रको छबीनै बीगा‍रेको छ |

    Like

  7. This is good article & main thing is this, we have to try to publish such type of article in international newspaper for wide publicity. Thamel is known as hub of tourist center from very beginning.
    Another important thing, thamel community should initiate to maintain the road & clean city. The government can’t pay attention to all the sectors, as you know the condition of Nepalese government just engage in equation of seats. So, I urge to local community to initiate for betterment starting from today.

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s