दोस्रो र तेस्रो तल्ला पुरा नबनेको मध्यपुर ठिमीको लोकन्थलीस्थित तीनतल्ले घरको दोस्रो तल्लामा रुक्मिणी र बाबुराम खनालको जोडी ।
दिनेश वाग्ले/सुरज कुँवर
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाज्यूबाट नारायणहिटी दरबारमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’
आइतबार, आषाढ १ गते नारायणहिटीको दक्षिण पटाङ्गिनीमा गरिएको उक्त कार्यक्रममा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको नामबाट जारी निमन्त्रणा ‘कार्ड साथमा लिई पाल्नुहुन’ करिब १३ सय निम्तालुहरूलाई अनुरोध गरिएको थियो । कार्ड हुनेहरू मख्ख पर्दै गाडीमा या हिँडेरै दक्षिण गेटभित्र छिरे भने नहुने सयौं उत्सुकहरूचाहिँ कम्तीमा तीन घन्टा नारायणहिटीअगाडि सडकमा होहल्ला गर्दै, छिर्न नपाएकोमा गुनासो गर्दै, चुपचाप अचम्म मान्दै र घाटी तन्काएर चासोपूर्वक चिहाउदै उभिए ।
तीनै ‘ननिम्त्याइएका पाहुना’ मध्येका हुन्- कृष्णहरि विश्वकर्मा र गंगाराम कार्की जो सडकपेटीमा एकअर्काको काधमा हातराख्दै उभिएर दक्षिणी पट्टाङ्गीनीमा भइरहेका घट्ना नियालीरहेका छन् ।
‘जान मन लागेको छ,’ दोलखाको झुले गाउँका ४० वर्षो कृष्णहरिले भने- ‘कहिले पनि पस्न नपाएको ठाउँ । दरबार कस्तो न होला भन्ने जिज्ञासा छ ।’ झुलेकै ३२ वर्षो गंगारामले दरवार कस्तो होला भन्नेबारे आफ्नो अनुमान प्रस्तुत गरे । ‘राजाजस्तोले चयन गरेको ठाउँ,’ कार्कीले भने- ‘धेरै नै उत्तम खालको स्थान हो भन्ने लाग्छ । धेरै फरक, धेरै राम्रा कुराले र बहुमूल्य वस्तुले बनेको होला जस्तो लाग्छ । एकचोटि हेर्न पाए कस्तो न हुन्थ्यो जस्तो लागेको छ ।’
बाबुराम खनाल
‘नारायणहिटी दरवार संग्रहालय’ नामाकरण गरिएको त्यो भव्य परिसरमा छिरेर त्यहाँ राजाले कस्तो ‘शानका साथ चयन’ गरेका रहेछन् भन्ने थाहा पाउनु काठमाडौंमा घर बनाउने सपनासम्म देख्न नसकेका दुइ दोलखालीका लागि एउटा क्रुर व्यंग्य हुनसक्छ । कहाँ सातसय ५४ रोपनीमा फैलिएको कम्पाउन्ड भित्र वातानुकुलित महलहरू, कहाँ भाडाका एक-एकवटा कोठामा खुम्चिएका उनीहरूका जिन्दगी ।
‘आम्मै, एक छेउ पनि छैन यसको तुलनामा हाम्रो (जग्गा),’ गंगारामले गाउमा आफ्नो स्वामित्वको भूमीलाई नारायणहिटीसँग तुलना गर्दै भने- ‘हामीलाई अचम्मै लागिरहेको छ, एकैजनाको स्वामित्वमा यतिधेरै…।’
के तपाईलाई यतिकै फराकिलो ठाउमा आनन्दले बस्न पाए हुन्थ्यो भन्ने लाग्दैन ?
‘त्यो त सम्भवै हुने कुरा भएन,’ कृष्णहरिले भने- ‘सिंगै गाविस भन्दा पनि ठूलो छ यो ।’
‘हाम्रो गाउका सबै यहाँ अटाउछन्,’ गंगारामले भने ।
……
नारायणहिटी दक्षिणगेट अगाडि आषाढ १ गतेको झन्डोत्तोलन समारोह चिहाउदै (वायाँबाट) कृष्णहरि विश्वकर्मा र गंगाराम कार्की ।
वितेका झन्डै दुइ सय बर्षमा नारायणहिटीको स्वरूपमा अनेकौ बदलाव आएको छ । सात सय ५४ रोपनीको त्यो क्षेत्र पुरै त्यहा भित्रको नारायणको मन्दिरका कारण नारायणहिटीले चिनिन्छ जहाँ दर्जनौ घरहरू छन्- तत्कालीन राजा सुत्ने भवनदेखि घोडाराख्ने तवेला सम्म । वास्तवमा त्यो एउटा ‘गाऊ’ नै जुन क्षेत्र हुदै टुकुचा बग्छ । त्यहा कर्मचारी सचिवालय, आवास, चिडियाघर, सुसारेघर, सुरक्षाकर्मी र मन्दिरहरू रहेको बस्ने घर छन् । ती मध्ये नारायणहिटी दरबार, श्री सदन दरबार, त्रिभुवन सदन, महेन्द्र मंन्जिल, पूरानो नरायणहिटी आदी मुख्य दरबार हुन । त्यहाँ ठ्याक्कै कति घर कुन आकारका छन् कसैलाई थाहा नहुने गरेको महेन्द्रले २०१७ ताका नारायणहिटी पुननिर्माण गर्दा तत्कालीन सरकारद्वारा खटाइएका भवन विभागका इन्जिनियर शंकरनाथ रिमालले बताए । उनका अनुसार दक्षिण गेटबाट देखिने टावरसँगैको मुख्य दरवारको लम्बाई करिब ७ सय र चौर्डाई करिब १ सय फिट छ र करिब २ सय रोपनीमा फैलेको छ ।
पुरुषोत्तम शमशेर जबराको किताव ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ मा नारायणहिटीमा सबैभन्दा पहिले धोकलसिह बस्नेत र उनका सन्तान बस्न थालेको उल्लेछ । त्यसपछी त्यहाँ चौतरिया प्राण शाह, फत्तेजङ शाह लगायतका चौतरियाहरूले अधिपत्य जमाएका थिए । १९०३ भदौं ३१ गते त्यस क्षेत्रमा कोतर्पव भएपछी चौतरियाहरू काठमाडौंबाट निकाला गरिएपछि तत्कालीन कर्र्णोल रणोद्धीप सिंहले अधिपत्य जमाए । कोतपर्व गराउने तीनै निसन्तान रणोद्धीपको १९४२ कार्त्तिकमा ‘शमशेर राणा’ हरूले हत्या गरे ।
तत्कालीन प्रधानमन्त्री वीर शमशेरले करिब १ वर्षा त्यहाँका सबै भवन र दरबारलाई भत्काई वास्तुकलाविद् जोगलालको सहयोगमा नया दरबार निर्माण गरे र तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहलाई हनुमानढोकाबाट नारायणहिटी सारे । त्यसदिनदेखी त्यो ‘राजदरबार’ भयो ।
……
यो विल गेट्स या मुकेश अम्बानीका करोडौं डलर खर्चेर बनाइएका शानदार बंगलाहरको कुरा होइन । लाखौ सदश्यले एक छाक खान र एकसरो लाउन संघर्ष गर्नुपर्ने नेपाली समाजमा सयौं रोपनीमा फैलिएको जग्गामा आलिसान बंगला बनाएर बस्ने कुरा धेरैका लागि, कृष्णहरिले भनेजस्तै, ‘सम्भवै’ नहुने हो । गाउमा आर्थिक गतिविधीहरू विरलै देखिन्छन्, त्यसैले यहाँ कुरा शहरकै हुनेछ जहाँ सबैभन्दा फस्टाएको क्षेत्र मध्येको एक, संयोगले, निर्माण नै हो । मुख्यत काठमाडौं उपत्यकामा घरहरू कति तीब्र गतीमा बनिरहेका छन् भने केही अघिका खाली खेतमा अहिले बस्ती बसिसकेका छन् । र, याद गर्नुस्, सानो जागिरबाट कमाइएको, छोराछोरीलाई पढाएर बचेको, आफन्तबाट ऋणमिलेको तथा गाउमा जग्गा बेच्दा पाइएको पैसाबाट मुस्किलले साघुरो जग्गामा बनाइएका काठमाडौका हज्जारौ घरहरू फिनिसिङ् गरिएका छैनन् जसको पुस्टि सबैले देख्नेगरि तिनका ठडिएका पिल्लरहरूले गर्छन् । ती पिल्लर मध्यमबर्गीय नेपालीका पुरा नभएका सपना हुन् । घरमालिकका आकांक्षा ती नाङ्गा कङ्क्रिटमा प्रतिविम्बित हुन्छ । त्यस्तो आकांक्षा जो पुराभएको छैन ।
‘तल्ला थपिदैन, पुग्यो हामीलाई,’ बर्षौको आर्थिक संर्घषपछि मध्यपुर नगरपालिकाको लोकन्थलीमा मनोहरा किनारसँगै एकतल्ले घर बनाएको अन्जला झा र गुलाव झाको जोडीले हामीसँगको अर्न्तवार्तामा एकैस्वरमा भन्यो-‘छोराले सके बनाउला, नभए यतिमै…।’ उनीहरूको घरमा १२ वटा पिल्लर ठडिएका छन् । खाली डन्डीमात्रै राख्दा खिया लाग्ने र भविश्यमा तल्ला थप्न नमिल्ने भएकाले उनीहरूले सीमेन्ट र गिटीहालेर तिनलाई खम्बा आकार दिदै बाकी जिम्मेवारी छोराले पुरा गर्ने आशा गरेका हुन् ।
मध्यपुर ठिमी नगरपालिकाको लोकन्थलीमा मनोहरा किनारसँगै एकतल्ले घर बनाएको अन्जला र गुलाव झाको जोडी पिल्लर ठडिएको छतमा ।
जव धरहरा भिमसेन थापाले बनाएको या नारायणहिटी महेन्द्रले बनाएको कुरा हुन्छ, बुझ्नु पर्छ निर्माणमा ती व्यक्तिको संलग्नता व्यापकअर्थमा सांकेतिक हो । निर्माणमा उनीहरूको गहिरो संलग्नता हुदैन । तर मध्यम बर्गीयहरूले बनाएका काठमाडौंका घरहरूमा तिनका मालिकको बाक्लो सहभागिता किनपनि हुन्छ भने उनीहरू घर बनिनसक्दै त्यहाँ सरेका हुन्छन् र सीमेन्ट, बालुवा, इटा किन्ने तथा तिनको व्यवस्थापन गर्ने काममा प्रत्यक्ष संलग्न हुन्छन् । र, त्यो संलग्नता अधिकाँशका लागि ‘पहिलो’ हुदा उनीहरू ‘ठगिन’ तथा नजानिकनै चाहिनेभन्दा बढी खर्च गर्न प्रेरित हुन्छन् । कतिपय त एउटा रोचक निस्कर्षा पुग्छन्- एउटा घर बनाएपछि मात्र कसरी बनाउने भनि निपूर्ण होइन्छ ।
‘थाहै नुहुदो रहेछ,’ झा दम्पत्तीको घर भन्दा करिव दुइ किलोमिटर दक्षिणमा तीन तल्ले तर अपूर्ण घर बनाएका संखुवासभाका बाबुराम खनालले भने- ‘कत्रो घर भए आवश्यक हुन्छ भन्ने नजानिने । निर्माणको केही अनुभव हुदैन । सामान बेच्ने पसलेले पनि व्यापार बढाउन ‘लैजानुस् एकदुइ महिनाका लागि उधारोमा’ भन्दै उक्साने, मिस्त्री र ठेकदारले पनि ‘ह्या साहुजी, अलिकति थप्ने हो भने यति त बनिहाल्छ’ भनि उक्साउने । आफूलाई पनि शुरुमा टिनैमात्र हालेर बस्न पाए घरभाडा त तिर्न पर्दैन भन्ने हुन्छ । बनाउन थाल्यो, टिनैमात्र हाल्दा अरुले के भन्लान् भन्ने हुन्छ । भाडामा बस्दा साघुरोमा बसियो, आफ्नै घर भएपनि एउटा गेस्ट रुम राख्नै पर्यो भन्ने हुन्छ । त्यसपछि एउटा भेटघाट गर्ने रुम पनि चाहिन्छ भन्ने भयो । गर्दागर्दै यति घरै ठूलो भयो र पुरै हुनसकेन ।’
बाबुरामको तीनतल्लो घरको दोस्रो तल्लामा एउटा कोठा मात्र छ भने बाकीमा खाली पिल्लरको राज । निर्वाचन आयोगका शाखा अधिकृत उनले दुइ बर्षघि आफन्तहरबाट मिलेको ऋण सहितको झन्डै १८ लाखमा घर बनाउन थालेका हुन् । दुइ बच्चा, श्रीमती र भाईसँगै बसेका बाबुरामको अनुमानमा अबका चार पाच महिनामित्रै घर पुरा गर्ने हो भने सात लाख लाग्छ । तर प्राथमिकतामा त्यो छैन । ‘पहिले ऋण नतिरी त्यसबारेमा सोच्दिन,’ उनले भने ।
…………
यो एउटा संयोग हो, काठमाडौंमा आफ्नै घर भएको सपना नदेखेपनि नारायणहिटीको गेटबाट उत्सुकतासाथ चिहाइरहेका दुइ दोलखाली घरै बनाउने काम- ठेक्कापट्टा र मजदुरी- गर्छन् र साँझ धापासी र महाराजगन्जमा रहेका आ-आफ्ना कोठामा फर्किन्छन् । त्यही मौकामा लिइएको अर्न्तवार्तामा उनीहरूले आफ्ना लागि कस्तो घर हुनुपर्ने र त्यो कत्रो हुनुपर्ने छलफल गरे ।
‘स्तर हेरेर इच्छा हुन्छ,’ गंगाराम कार्कीले भने- ‘आर्थिक अवस्थाले सोचेजस्तो बनाउन नसक्ने हुन्छ ।’
क्षमता भए कस्ता बनाउनुहुन्थ्यो ?
‘६/७ जनाको परिवार अट्ने,’ उनले भने- ‘शान्त वातावरणको । परिवारलाई कसैको दवाव विना खुल्ला ठाउमा हिडडुल गर्न मिल्ने ।’
‘परिवारका प्रत्येकलाई एउटा कोठा पुग्ने घर भए पुग्छ,’ कृष्णहरि विश्वकर्माले भने- ‘बढीमा आधा रोपनी जग्गामा ।’
आफूले बनाउने थुप्रै घरहरू अपूर्ण हुनुमा मुख्यत तिनका मालिकको आर्थिक अवस्था र बढ्दो मुल्यको टकराव जिम्मेवार रहने उनीहरूले बताए । ‘पुरै फिनिसिङ् गर्ने निकै कम हुन्छन्,’ गंगारामले भने- ‘कामगर्दैजादा सामानको भाउ बढीदिन्छ, अनि उनीहरू बस्नलाई भइगयो, बाकी सक्दा बनाउला भन्छन् ।’
………..
‘सक्दा बनाउला’ भन्नुको तार्त्पर्य के भने धेरैका लागि काठमाडौमा घर बनाउनु बाध्यता हो किनकी जीवनका लागि आवश्यक अधिकाँश सुविधा यही केन्द्रित छन् । ‘राम्रो स्कुल, राम्रो हस्पिटल, राम्रो नोकरी सबै भ्यालीमै केन्द्रित छ,’ एक छोरा र एकछोरीकी आमा ४० बर्षो अन्जला झाले भनिन्- ‘छोराछोरी पढाउनकै लागि पनि यहा बस्नुपर्ने । बाध्यता हो ।’
त्यस्तो बाध्यताको बर्साई डेरामा सुखद कुनै पनि दृष्टिले हुदैन । अर्काको घर, कतिबेला मालिकले के भन्ने हो, कतिबेला छाड्नुपर्ने हो, थाहै हुदैन । २०३९ सालमा नापी विभागमा जागिर मिलेपछि काठमाडौं आएका ४५ बर्षो गुलाव झाले चार बर्षअगाडी आफ्नै घरमा र्सर्नु अगाडी बसेका डेराहरूमा भागेका थरिथरिका समश्या बर्णन गरे । ०४१ मा आयुर्वेद पढ्न काठमान्डू आएकी र ०४२ मा गुलावसँग विवाह गरेकी अन्जलाले भनिन्- ‘आफूले जिन्दगीभर भाडैमा विताईयो । कमसेकम आफ्ना छोराछोरीले त घरमै बसेर पढुन् भन्ने भयो ।’ त्यसैले उनीहरूले अर्ढाईलाख प्रति आनामा साढे पाच आना जग्गा किनेर घर बनाउन थालेका थिए जो ‘झन्डै झन्डै दुइ बर्ष लाग्यो र पाच लाख खर्च भयो । ‘अलिकति डीपीसी गर्यो, एक टिप इटा ल्यायो, अनि कसैबाट पैसा मिल्छ, पाचसात बोरा सिमेन्ट ल्यायो,’ गुलावले सुनाए । ‘एउटा झ्याल सम्म जोर्यो, त्यसपछि फेरी झ्यालभन्दा माथि जोर्यो,’ अन्जलाले थपिन्- ‘त्यतिखेर बच्चाहरू स्कुलमा पढ्थे । दुइचार हजार तलव बचायो, यसैमा लगायो । जग्गा त गहना बेचेर किनेको ।’
‘धेरै कठिन काम हो,’ बलौनी, महोत्तरीका गुलावले भने- ‘हाम्रोतिर छोरीको विहे गर्नु र घर बनाउनु ठूलो कुरा मानिन्छ । यी दुइ काम गरे पर्फेक्ट (पूर्ण) पुरुष मानिन्छ । पाको भइन्छ ।’
एकैछिनमा उनले थपे- ‘ठूलो काम गरियो । पुन्यको काम । आफ्नै पौरखमा बनाएको यो घर ।’
दुबै सरकारी जागिरे भएकाले र सञ्चयकोषबाट सहुलियतमा ऋण मिलेकाले तुलनात्मकरूपमा सजिलो भएको उनीहरूले स्विकारे । दुबै कर्मचारी हुनुका वेफाइदा पनि रहे किनकी अफिसका काममा व्यस्त रहदा बनिरहेको घर हेर्न समय पाइएन जसले गर्दा भनेजस्तो बन्न पाएन । ‘केही अनुभवै हुदैन, हामीलाई थाहै हुदैन, ठेकेदार र इन्जिनियरले अनेक सल्लाह दिन्छन्,’ अन्जलाले भनिन्- ‘कति बिग्रेको छ । किचनमा ठूलो झ्याल राखिदिएछ । ट्वाइलेटमा ढोका अर्कै ठाउँमा । अहिले यो टोलमा घर बन्यो कि म इन्जिनियर बनेकी छु ।’
त्यसपछि उनले थपिन्- ‘तर यति बलियो छ, एकतल्ला जति त भुइ तल्ला छ । भुकम्प प्रुफ छ । त्यतिखेर घर बनाएकोले कति राम्रो भयो । अहिले यही घर बनाउन १५ लाख जति लाग्छ, कहाँबाट ल्याउनु ?’
……..
लगानीको संस्कृतीले व्यापकता नपाइसकेको अवस्थामा अलिकति पैसा भयो कि घर बनाइहाल्ने चलन शहरी नेपाली समाजमा व्याप्त छ जसले पनि घरहरूको संख्या बर्ढाईरहेको छ । त्यस्तै अर्को चलन पनि व्याप्त छ- कसैले घर बनाउदै छ भने त्यसलाई सकेसम्म सहयोग गरिहाल्ने, ऋण दिएर होस या हौसला । ”दुइ चार महिनाको लागि सहयोग गरिदिन्छु, बना’ भनेर उकास्ने धेरै आफन्त भए,’ ४० बर्षो बाबुराम खनालले भने- ‘तर उनीहरूले लामो समयका लागि ऋण दिने कुरा हुदैन, केही समयपछि कस्न थाल्छन् ।’
दुइ बर्षअघि र्सदा जस्तो अवस्थामा थियो बाबुरामको घर अहिले त्यस्तै अवस्थामा छ । तत्कालै नभएपनि त्यो एकदिन पक्कै पुरा गर्ने उनको योजना छ तर अहिलेलाई उनका लागि घरबनाउदा मिलेको शिक्षा नै काफी छ ।
‘एउटा घर नबनाइ मान्छे पर्फेक्क हुदैन,’ बाबुरामले भने- ‘अनिमात्रै अनुमान हुन्छ । पहिलो पटक त कुन सामान कति र कसरी लाग्छ भन्ने हिसावै गर्न आउदैन । मैले सिकेको कुरा- जव त्यो हिसाव चेक गर्ने क्षमता विकाश गरिन्छ, तव घर बनाउनु पर्छ ।’