Celebrating Success on Mountains

dinesh wagle
At the British Embassy yesterday to celebrate the 60th anniversary of the first ascent of Mount Everest. Pic by Peter

Nepal and the world of mountaineering celebrated 60th anniversary of the first successful ascent of Sagarmatha (Mount Everest) yesterday. I attended one celebratory reception at the British Embassy in Kathmandu (pic above by Peter Allen). Reinhold Messner and Lydia Bradey cut a cake in the shape of Sagarmatha. (Read more about the event here which is interesting). Friend Deepak Adhikari, who interviewed Messner at the event, said he loved the way an article that I wrote about Messner years back began. I couldn’t remember the story he was referring to. In the evening I Googled and found a few articles that I had written for Kantipur on mountaineering, the Sherpas and the world’s tallest mountains (Everest, Cho Oyu). I found one on Messner (written nine years ago) but I don’t think that’s the one Deepak was talking about.

चोयु महोत्सवमा पर्वतीय पर्यटन प्रबर्द्धनको चासो

‘नेपालले अब ८ हजार मिटर बाहेकका हिमालको डटेर प्रबर्द्धन गर्नुपर्छ,’ २० वर्षघि चोयु चढेका विख्यात आरोही रेनहोल्ड मेस्नर भन्छन् । ८ हजार मिटर अग्ला सबै हिमालको टुप्पामा पुगेका यी इटालेली आरोहीले मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली हिमाल- दिगो नेपाली पर्यटनका स्रोत’ विषयक सम्मेलनमा भने ।

मेस्नर ८ हजार मिटरभन्दा होचा हिमालहरूको पर््रबर्द्धन गर्नुपर्नेमा जोड दिँदै गर्दा अर्को सर्न्दर्भ पनि छुटाउन चाहदैनन् । ‘हिमालमा जति धेरै मान्छे चढे, त्यसको छवि त्यति नै घट्छ,’ कृत्रिम अक्सिजनबिना सगरमाथा पुगेका मेस्नर सुझाउँछन् । ८ हजार मिटरको साटो होचा हिमालतिर आरोहीहरूलाई लोभ्याएमा आम्दानी बढाउन र छवि पनि जोगाइराख्न सकिने उनको सोचाइ छ । उनी भन्छन्- ‘हिमाली आरोहीहरूमात्रै आम्दानीका लागि पर्याप्त हुने छैनन् । पदयात्रीहरूको संख्या बढाउन अभियान चलाउनु पर्छ  ।’ बाँकी

शेर्पा, सम्मान र सगरमाथा

दिनेश वाग्ले/सुरज कुँवर

काठमाडौ- अंग्रेजी शब्दकोषहरूमा ‘शेर्पा’ शब्दका प्रायः दुईवटा अर्थ भेट्टाइन्छन् । पहिलोले जनाउँछ नेपालका हाम्रा शेर्पा दाजुभाइ/दिदीबहिनीलाई । अंग्रेजी भाषाको आधिकारिक मानिने शब्दकोष ‘अक्स्फोर्ड’ले ‘शेर्पा’लाई यसरी अथ्र्याउँछ, ‘नेपाल-तिब्बत सीमानामा बस्ने हिमाली जनसमुदायका सदस्य जो पर्वतारोहण क्षमताका लागि ख्यातिप्राप्त छन् ।’

लगत्तै अर्को ‘अनौपचारिक’ भन्दै शेर्पाको अर्थ यस्तो उल्लेख गर्छ अक्स्फोर्ड, ‘एक सरकारी अधिकारी या कूटनीतिज्ञ जसले शिखर (सगरमाथा होइन है !) सम्मेलनभन्दा केही अगाडि त्यसको तयारी कार्यभार बहन गर्छ ।’

गत वर्ष जी-८ र जी-२० शिखर बैठकहरू भन्दा केही अगाडि ती बैठकमा अमेरिकी सहभागिताबारे तयारी गर्ने अमेरिकी राष्ट्रपति बराक ओबामाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्रोम्यानको व्यक्तित्व चित्रण गर्दै तयार पारेको लेखको शीर्षक विजनेस विक पत्रिकाले यस्तो राख्यो, ‘माइकल फ्रोम्यान, ओबामाका शिखर ‘शेर्पा’।’

सत्य हो, नेपालभन्दा बढी सगरमाथा र शेर्पाबारे विश्वले सुनेको छ । नेपालबारे नसुन्नेहरूले पनि त्यो सर्वोच्च शिखर र त्यसैको सेरोफेरोमा बस्ने एउटा नेपाली जात समुदायलाई विश्वले चिनेको छ । त्यसैले कतिपय नेपालीहरूलाई अमेरिका या युरोपमा ‘शेर्पा हौ ?’ भनी सोध्छन् । केहीले चाहिँ ‘सगरमाथा चढेका छौ ?’ भन्छन् मानौं सगरमाथा फुल्चोकी डाँडो जस्तै हो । त्यस्तै प्रश्नले आजित भएर होला अमेरिकामा बसेर ‘वासिंटन पोस्ट’मा काम गर्ने एक जना पत्रकार अनुप काफ्लेले केही अघि आफ्नो टि्वटर परिचयमा लेखेका थिए, ‘नेपालबाट आएको हुँ तर म शेर्पा होइन ।’ बाँकी

१७ पटक सगरमाथा आप्पा होई !

आङछिरिङ शेर्पा/दिनेश वाग्ले

काठमाडौं, जेष्ठ १० – ‘यी शेर्पा किन सगरमाथा चढ्छन्?’ आप्पा शेर्पाबारे दुइ वर्ष अगाडि न्युयोर्क टाइम्सको समाचार शीर्षकले त्यो प्रश्नलगत्तै उत्तर दिएको थियो- ‘किन कि यो जागिर हो ।’

‘परिवार पाल्न’ र ‘देशको नाम राख्न’ हिमाली चुचुरामा पुग्ने बताउने आप्पाले त्यतिबेला आप्पाले १४ पटक सगरमाथा चढेका थिए र बर्सेनी उनको बढुवा भइरहेको छ । एक साताअघि आर्श्चर्यजनक १७ औंपटक शिखरमा पुगेका शेर्पाले यसपालि जागिरका रूपमा सगरमाथा चढेका थिएनन् ।

‘आफ्नै लागि चढे,’ लुक्लाबाट बुधबार राजधानी ओर्लेपछि स्वागतका खादाले छोपिएका आप्पाले भने- ‘नेपाल र शेर्पाहरूका लागि चढें ।’

चन्द्र-सूर्य फहराएको खुला टोयोटा ट्रकबाट सडकका यात्रुलाई हात हल्लाउँदै विमानस्थलदेखि याक एन्ड यति होटल पुगेका विख्यात शेर्पा अहिले लाउन्जमा बसेर विशेष सगरमाथा अभियानबारे कान्तिपुरसँग कुरा गरिरहेका छन् । बाँकी

थप शीर्षकहरू

सगरमाथा शिखरमै प्रयोगशाला (बर्सेनि थरीथरीका रेकर्ड राखिने सगरमाथा शिखरमा आगामी मार्चमा बेलायती वैज्ञानिकहरूले यसअघि कसैले नगरेको काम गर्ने तयारी गरिरहेका छन् ।)

केटुबाट सगरमाथा हेर्दा (“दुइटी उत्तिकै सुन्दर महिला तपाईं कसरी तुलना गर्न सक्नुहुन्छ,” सबिर नाजिरले प्रश्न गरे र उत्तर दिए- ‘दुवै उत्तिकै अब्बल, सुन्दर र तीक्ष्ण छन् । प्राविधिक हिसाबले उत्तिकै खतरनाक पनि ।’)