The Colors.

Chitlang revisited

A farmer in Chitlang with his plough
A farmer in Chitlang on way to field with a plough on his shoulder

27/28 April: A hike up to Chitlang over the weekend. Passed through this village back in 5/6 May 2010 with Suraj on his motorbike.

The Maoists, still angry with President Yadav and Prime Minister Nepal almost a year after their exit from the government, had imposed an indefinite country-wide general strike with lofty aims of correcting the ‘regression’ and capturing Kathmandu (the Valley AND the Power Center). They had brought thousands of people in the Valley from different parts of Nepal (and, as we found out, Bihar). Some of these people, frustrated by the uncertainty that the ‘indefinite’ nature of the strike posed and mismanagement of the agitation program by the Maoist party, were fleeing Kathmandu. They were returning to their homes. They had to walk for as long as two days because no vehicles were plying on roads, thanks to the strike. We followed some of those people who were ‘escaping’ out of Kathmandu via Kulekhani/Bhimphedi. They were people with diverse backgrounds- reflective of the country itself. And most of them had pressing works to attend. Based on our conversation with them we filed a story for Kantipur. Here’s the report titled “गुराँस टिप्दै फर्किए आन्दोलनकारी“:

दिनेश वाग्ले/सुरज कुँवर

भीमफेदी (मकवानपुर), वैशाख २५- माओवादी हडताल कतिपय तराईवासीका लागि देशको पहाडी भाग चिन्ने र अनुभव गर्ने अवसर भएको छ । यत्ति हो- त्यो ‘अवसर’ उनीहरूले खुसीसाथ चाहेको होइन । बन्दमा पिल्सिएको काठमाडौं उपत्यकाबाट दैनिकजसो भटाभट उम्किइरहेका बारा, पर्सा र मकवानपुरका नेपाली तथा पारिपट्टिका बिहारी (भारतीय) लाई केही दिनयता कान्तिराजपथका घुमाउरा उकाला छिचोल्न संघर्ष गरिरहेको देख्न सकिन्छ ।

उनीहरूमध्ये आधाजसो गत साता माओवादीले ‘हिँड् अन्दोलन गर्न काठमाडौं’ भनी बसमा ल्याएका मानिस थिए । आन्दोलन अन्त्यको ठेगान नभएको, काठमाण्डूमा माओवादीको पहिले भनेजस्तो बसाइ/खुवाइको व्यवस्था नभएको, गाउँमा परिवार सुर्ताएको जस्ता कारण दर्शाउँदै उनीहरूले राजधानी छाड्ने निधो गरेका थिए । ‘कसैको बिहे छ घरमा, कसैको बीउ छर्ने बेला भइसकेको छ,’ बारा भवानीपुरका एक अधबैंसेले बुधबार भने, ‘अब कहिले हरताल खुल्छ, सहमति हुन्छ थाहा छैन ।’

वीरगन्जनजिकै ‘देहातको’ र आफूलाई दुखीराम भनी चिनाउने एकजना ५५ वर्षेले जिन्दगीमै पहिलोपटक पहाडी उकालो हिँडेको बताए । ‘मधेसमा कहाँ पाउँछ यो (उकालो),’ उनले भने, ‘समतल जगा छ । यत्रो दुःख पाउँदैन मधेसको मान्छेले । यस्तो चढाइ हुँदैन । अब त परेछ दुःख ।’

गत साता माओवादीको उक्साहटमा काठमाडौं पुगेका उनले एक-दुई दिन जुलुसमा हिँडौला अनि अर्को एक-दुई दिन मजाले सहर घुमेर फर्किहालौंला भन्ने योजना बनाएका थिए । ‘गयो हामी घुम्नका लागि,’ उनले मधेसी लवजमा भने, ‘अब हामीले सोच्यो कि त्यो हनुमानढोका, पशुपतिनाथ सब दर्शन गरेर, अलि सुस्ताएर फर्किने । तर जानेबित्तिकै बन्द भइसक्यो । कहाँ घुम्ने ?’

पहाडमा बटारिँदै बनेका राजमार्गसँगै मानिसहरू हिँड्ने ‘छोटा तर अप्ठेरा उकाला’ बाटाहरू पनि हुन्छन् । तर यिनीहरू पहिलोपटक पहाडी बाटो हिँडेकाले त्यस्ता ठाडा पैदलमार्गको ‘खतरा’ मोल्न चाहँदैनथे । त्यसैले उनीहरूले बढी हिँड्नुपर्‍यो । त्यस्तै, उकालो चढदा ढिलो हिँड्नुपर्छ, एकैछिन भए पनि दौडिनु हुन्न भन्ने जानकारी नहँुदा उनीहरू थप समस्यामा थिए । केही ‘भाग्यमानी’ ले चाहिँ सामान्यभन्दा निकै बढी तिरेर फर्पिङ या काठमाडौंको सीमान्त हुमानेभन्ज्याङदेखि कुलेखानी या चिसापानी गढीसम्म तरकारी ओसार्ने गाडीमा यात्रा गरेका थिए । साँझ साढे सात बजे कुलेखानीको त्यो उकालो मुस्किलले सकेका दुखीरामले देउराली डाँडामा बास नपाउँदा केही तल चिसापानी गढीस्थित एउटा निर्माणाधीन निजी घरको पिंढीमा रात बिताउनुर्‍यो । ‘मैले (यति धेरै) पैदल हिँडेको छैन आजसम्म,’ दुखीरामले भने, ‘मधेसमा मलाई एक माइल जाँदा नै साइकल चाहिन्थ्यो । हेर्नु न, (अहिले) खुट्टा दुख्यो ।’ बुधबार हिँडेका उनीहरू चाँडोमा शुक्रबारसम्म घर पुग्ने आशामा थिए । बुधबारको त्यो चिसो रात च्युरा, दालमोठ खान दुखीरामलाई उनका गाउँले र पर्साका अन्य केही युवा/वृद्ध र महिलाले साथ दिएका थिए । आफू सानो हुँदा परिवारसँग पैसा नभएकाले नौ कक्षाभन्दा बढी पढ्न नसकेका दुखीराम अहिले छतको ढलान गर्ने कामको ठेकदारी गर्छन् । उनले आफ्ना दुइटा छोरालाई बोर्डिङमा पढाएको बताए ।

कतिपय यात्रीले काठमाडौंमा माओवादीले बाँडेको च्युरा, दालमोठ रुमालमा पोको पारेर ल्याएका थिए जसलाई उनीहरूले सुनसान सडकमा थकाइ मार्दा खाए । तर उनीहरूसँग पर्याप्त पानी थिएन, लगभग नौ किलोमिटरको त्यो उकालोमा पानीको स्रोत पनि छैन । उनीहरूलाई तिर्खा लागेको थियो । ‘यो खानुहुन्छ दाइ ?’ स्कुल नपढेका बाराका एक १९ वर्षेले गोजीबाट दस गेडाजति काँचो काफल र एक झुप्पो तिर्खुला देखाउँदै सोधे । अनि भने, ‘खट्टाहुँदो रैछ !’

दुखीरामको समूहले देउराली डाँडामा पाँचजना युवालाई भेट्याएको थियो जो काठमाडौंको माओवादी आन्दोलन छाडेर वीरगन्जस्थित आफ्ना घर जाँदै थिए । माध्यमिक स्कुल पढदै गरेका तीनले दुई संवाददाताहरूसँग लामो अरू गफ गरेपछि मात्र आफूलाई माओवादी युथ कम्युनिस्ट लिग (वाईसीएल) का कार्यकर्ता भनी चिनाए । ‘हाम्रो कमान्डरले भनेथ्यो दुई-तीन दिनमा काम सकिन्छ,’ भवानीपुर, कलैयास्थित श्रीजनता स्कुलबाट यसपालि एसएलसी दिएका जमुनासा गुप्ताले भने, ‘अहिले कति दिन लागिसक्यो हेर्नु न । पत्रिकामा आए छैन तस्बिर च्युरा, दालमोठ खाएको ? त्यसरी कति दिन बस्ने ? फेरि दिनभरिमा दुईपल्टमात्र खुवाउने, दिनभरि घुमाउने । ‘रोडमा जुलुस गर’ भनिहाल्छ । काठमाडौंमा धेरै घाम सहन नसक्ने ।’

उनीहरूमध्ये एकजनाको घरबाट आमाले मोबाइलमा फोन गरेर चिन्तित हुँदै तत्कालै आइहाल्न भनेपछि युवकहरूले बाटो तताउने निधो गरेका थिए । कमान्डरले केही दिन पर्खन जोड गर्दै जान दिन मानेका थिएनन् । तर आफूहरूले घरको समस्या देखाएपछि बल्लबल्ल स्वीकृति मिलेको उनीहरूले बताए । लगत्तै उनीहरू यसअघि कहिल्यै नहिँडेको फर्पिङ (कुलेखानी-भीमफेदी-हेटौंडा -कान्तिराजपथ) को बाटो लागेका थिए । बितेका पाँच दिनमा जुलुसमा गएबापत दुईजनाले मात्र जम्मा दुई सय

रुपैयाँ भत्तामात्र पाएको उनीहरूले बताए । ‘उताबाट धेरै पैसा आएको थियो कि कमान्डरले चोर्‍यो थाहा भएन,’ जमुनासाले भने । ‘यति धेरै थकाइ लागिसक्यो,’ अर्काले थपे ।

थकाइमाझ पनि उनीहरूलाई बितेका तीन दिन काठमाडौैंका सडकमा बिताएको ‘उल्लासमय क्षण’ सम्झानामा नआएको होइन । कालीमाटी क्षेत्रमा उनीहरूले ‘टाउकामा हँसिया हथौडा भएको रातो कपडा बाँधेर, एक हातले बम्बु (बास) को लठ्ठी समातेर’ यदाकदा दौडिने सर्वसाधारणका मोटरसाइकल बडो सानपूर्वक रोक्दै थर्काएका थिए । साइकलमा चढनेहरूलाई उनीहरूले ओरालेर हिँडाएका थिए । ‘खुबै मजा आएको थियो,’ एकजनाले भने । ‘तर हामीले मोटरसाइकललाई लात्तीले हानेनौं,’ अर्काले तत्कालै प्रस्टीकरण दिए ।

कालीमाटीमा त्यति ‘शक्तिशाली’ महसुस गर्ने युवकहरूले कान्तिराजपथको यो उकालोमा आफूलाई पूरै निर्धो ठानेका थिए । ‘कसैले सोध्यो भने हामीले काठमाण्डू ‘कमाउन गएका थियौं, बन्दले गर्दा फर्केका’ भनेका छौं,’ जमुनासाले भने । वास्तवमा बुधबार र बिहीबार कान्तिराजपथ हुँदै मधेस झर्ने थुप्रैले दुईजना संवाददाताहरूलाई ठ्याक्कै त्यही उत्तर दिएका थिए । संवाददाताहरूले भेट्याएका चार दर्जन जति अन्य मानिस थोत्रा एटलस, हिरोजेट जस्ता साइकलमा थिए जो लामो कच्ची बाटोमा चलाएका कारण कुनै पनि बेला टुट्ने अवस्थामा थिए । ‘हामी बिहार मोतिहारीका,’ कुलेखानी इन्द्रसरोवरभन्दा मुनि उकालो सुरु हुने बिन्दुमा भेटिएका एक दर्जनजति साइकलवालामध्येका एकले भने, ‘तरकारी बेच्थ्यौं काठमाण्डूमा । अब बजार बन्द भयो । कहिले खुल्छ कहिले । कसरी बस्ने कमाइ नभएपछि ?’ आफ्ना सामानहरू एकजनाको कोठामा राखेपछि ताल्चा लगाएर हिँडेका उनीहरूले बजार र सडक खुलेमा अर्को महिना नेपाल फर्किने बताए ।

फर्किनेमा थुप्रै पहाडेहरू पनि थिए जसमध्ये दुईजना गाडी चालकहरू थिए । हेटांैडामा रहेकी सानी छोरी बिरामी परेकाले साथीसँग गियरवाला साइकल मागेर हिँडेका २५ वर्षे कुमार लामा हुमाने भन्ज्याङमुनि भेटिएका थिए । घरमा नौ वर्षमुनिका तीन छोराछोरी भएकाले श्रीमतीसँग फर्किएका चालक ३७ वर्षे विष्णुप्रसाद चौलागाई राति नौ बजेतिर भीमफेदी पुगेका थिए । ‘यही रूटमा कति गाडी चलाइयो आज यसरी दुःख पाइयो,’ विष्णुले भने । साउदी अरबका लागि भिसा पक्का भएपछि उड्ने तयारी गर्न काठमाडौं गएका उनी बन्दको मारमा परेका थिए ।

त्यसैबीच एजेन्टले देखाएको व्यवहारले उनलाई थप चिसो बनाएको थियो । ‘डेढ लाख खर्च गरिसकें तर एजेन्टले बन्दको निहँु निकालेर उडाएन,’ उनले भने, ‘अब मलाई शंका भएको छ । साउदीमा कस्तो कम्पनीसँग सम्झौता गरेको हो त्यो नहेरी जाने नजाने भन्न सक्दिनँ ।’ एजेन्टको कम्पनीको शाखा हेटौंडामा आफ्नो घरनजिकै भएकाले उनी शुक्रबार त्यता जाने योजनामा थिए । फर्किने कोही चाहिँ झन् महत्त्वपूर्ण चटारोमा थिए ।

‘अर्को हप्ता मेरो बिहे छ,’ कुलेखानी जलविद्युत् आयोजनाको ड्यामको फेदबाट उक्लिँदै गरेका बाराको अमरपति गाउँका १९ वर्षे मनोज यावदले भने, ‘तर अहिल्यै बाटैमा बिहे देखियो ।’ जीवनको एउटा महत्त्वपूर्ण भाग थालिहाल्नुअघि केही कमाइ हालौं भन्ने उद्देश्यले माघ अन्तिममा काठमाडौं आएका मनोज धोबीचौरको एउटा निर्माणाधीन भवनमा कामदार थिए । ‘अब कहिल्यै पनि म काठमाण्डू आउदिनँ,’ भोजपुरी लवजको नेपालीमा मनोजले भने, ‘नेपालमा आन्दोलनै आन्दोलन । जब कुकुर मर्छ, बन्द भइहाल्छ । इन्डियामा हुँदैन बन्द । अब म त्यतै जान्छु काम गर्न । पञ्जाबतिर ।’

तर जमुनासा र उनका साथीहरूले अबका केही वर्ष निश्चित रूपमा देशमै पठनपाठनमा बिताउने छन् । एसएलसी पास भए कलैयाकै कलेजमा पढने जमुनासाको योजना छ भने भने उनका आठ कक्षामा पढ्ने साथी मोहम्मद मन्सुरले फर्केपछि पढाइ र धेरैवटीको साटो एउटीमात्र प्रेमिकामा ध्यान केन्दि्रत गर्ने कुरा सुनाए । दुई प्रेमिकाहरूसँग अँगालो मारेका छुट्टाछुट्टै तस्बिर संवाददाताहरूलाई मोबाइलमा देखाएका मन्सुरले झोलामा भएको राष्ट्रिय फूलचाहिँ कसलाई दिने भनी त्यतिन्जेलसम्म टुंगो गरिसकेका थिएनन् । ‘दुःख पाइयो तर लालीगुराँसचाहिँ देखियो,’ जमुनासाले भने, ‘अहिलेसम्म हामीले टिभी र पत्रिकामा मात्रै हेरेको थियो, लालीगुराँस । यहाँ हामीले तोडेको छौं, हेर्नुस न ब्यागमा छ । गएर साथीहरूलाई देखाउनुपर्छ ‘यी हेर लालीगुराँस’ भनेर । तिनीहरू निक्कै खुसी हुनेछन् ।’ प्रकाशित मिति: २०६७ वैशाख २५ (Originally published at: http://www.ekantipur.com/np/2067/1/25/full-story/311253.html)

Chitlang kids waved to us as we drove by. May 2010
Chitlang kids waved to us as we drove by. May 2010

We stayed overnight in Bhimphedi in a “heritage lodge” that was partly destroyed. Next morning, we headed back to Kathmandu Valley following the footsteps of Prithvi Narayan Shah- sort of. We biked through the Chitlang valley and climbed up to the Chandragiri hill. We descended into the Kathmandu valley via Thankot.

This time I hiked up to Chitlang Valley via Thankot-Chandragiri pass. I was traveling with a young European family that included not-yet-two-year-old twins and their parents. We stayed overnight in Chitlang. They need to upgrade the quality of home stay. Some photos (of cat and electric bulb by Peter) from the latest trip:

4 thoughts on “Chitlang revisited

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s