सूर्यास्त

तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउन पाउनु मेरोलागि खुशीको कुरा हुनेछ । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । धन्यवाद :) 

Enter your email address to follow this blog and receive notifications of new posts by email.

अाैला छिनमै सकिन्छन् काठमान्डूका खरावी गन्न थाल्ने हो भने ।

जस्तो कि, अचेल काठमान्डूमा वर्षा थामिएपछिकाे घमाइलोमा सकडहरू धुलाम्ये हुन्छन् । कार्यालय समय सकिएलगत्तैको हतारोमा तिनै सडकमा गाडी र बाईकहरू अटेसमटेस गर्दै घिस्रिरहेका हुन्छन् । मानिसहरू पनि दिनैभरी जस्तो कम्युटरमा अाँखा गाडेर निस्केका हुन्छन् । धुवा र धुलोबाट बच्न बटुवाहरूले मास्क लगाएका हुन् कि मुखुन्डो छुट्याउन कठिन हुन्छ । अत: त्यस्तो प्रतिकुल परिस्थितिमा धेरैलाई एकछिन अडिएर सूर्यास्त हेर्ने फुर्सद कसरी होस् । कतिलाई त रहर पनि हुन्न होला ।

साँझ छ बजेदेखि पौने सातसम्मको क्षण काठमान्डूको पश्चिमी अाकासमा, डाँडाहरूको टुप्मैमा कमजोर घाम अस्ताउनै लागेको हुन्छ । कमजोर तर बेजोड सुन्दर । मनमोहक । नाङ्गा अाँखाले सिधै हेर्न सकिने कमजोर । अाखाँ जुधाइरहन पनि हुने र त्यसै गर्न मनलाग्ने । राअाअाअातो । रातो? पहेहेहेलो । ल ल थुप्रै रंगहरूको मिस्रण जस्तो । त्यसले फालेका किरणहरूमार्फत गर्मी हैन शितलता फैलेको जस्तो हुने के । हात लम्काएर मुठ्ठीमा बाधौं जस्तो । छाम्न सकिने भए ‘नरम रैछ’ भनिने खालको ।

होअोअोअो त्यो डुब्नलागेको घाम मलाई अौधी मनपर्छ । कतिसम्म भने यो ऋतुमा धेरैजसो दिन म त्यही क्षण पर्खेर बस्छु । सकेसम्म नछुटाउने प्रयास गर्छु । उपत्यकामा सबैभन्दा राम्रोसँग त्यो दृश्य कहाँबाट देखिएला भन्ने पत्ता लगाउन खुवै चासो दिन्छु । (थाहा भए प्रतिकृयामा उल्लेख गर्दिनुस् ।) तर समयलाई रोक्न कहाँ सकिन्छ ? केही मिनेटमै त्यो घाम अाकाशमै विलाईहाल्छ । जे होस्, सूर्य अन्धकारमा डुब्नुअघि वा भनौं मलाई अधेरोमा डुवाउनुअघि सूर्यास्तले यो शहरका सारा कमजोरी र यहाँको बसाइका सबै चुनौतीहरूलाई विर्साइदिन्छ है । त्यति चैं गर्छ ।

त्यो रोमान्चक क्षण अवेर साँझसम्मै र धेरैजसो अवसरमा त ननिदाउँन्जेलसम्म मनमै रहन्छ ।

अस्ताउदै गर्दाको पलको कुरागरी साध्य छैन । एकैछिन त मन यति फुरूंग हुन्छ उभिईरहेको थुम्कोबाट स्पाईडर म्यान झैं उफ्रिउँ अनि हत्केलाबाट सूर्य लक्षित एउटा लामो जालो फ्याँकू । सके त्यसलाई त्यही रोकूँ नभए जालोमा झुन्डिदै त्यही पुगूँ । चाहनाहरू त्यसले असीमित सिर्जना गरिदिन्छ ।

वितेका थुप्रै दशकयता कुरूप बन्दै गरेको शहरमा सूर्यास्त चै किन सुन्दर रहिरहेको होला ? के यो संसारकै मनोरम सूर्यास्त हो ? काठमान्डूको भ्यागुतोले त त्यही निस्कर्ष निकालिसकेको होला ।

सूर्यास्त
सूर्यास्त

साना डाँडाले घेरिएको उपत्यकामा माैका मिले सूर्योदय र सूर्यास्त दुबै हेर्न पाइन्छ । नेपालका कतिपय पहाडी भिरालोमा बस्नेहरूकालागि चाँहि ती दुई मध्ये एउटा छनोट गर्नु बाध्यतै हुन्छ । म हुर्किएका ठाउँहरूमध्येको एउटामा बस्तीमा सूर्यकिरण ढिला अाउने र छिटै जाने हुन्थ्यो । पूर्व र पश्चिम दुबैतिर अजंगका डाँडाहरू थिए । घाम अाफूसम्म अाइपुग्दा अाघा विहान कटिसकेको हुन्थ्यो । त्यो अाफूबाट छुट्टीदा अाघा दिन बाँकी नै हुन्थ्यो । तर घाम उदाउदै गर्दाको भान जो अनुभव गरिन्थ्यो पश्चिमतिरतको पहरोलाई हेरेर त्यो सहजै कहाँ विर्सिइदोरहेछ र । त्यो अनुभव एउटा रूचिपूर्ण कथा पढेजस्तै हुन्थो । कथा कतिबेला सकिएला भन्ने हतारमा पान्ना पल्टाएजस्तै घाम कतिबेला पहरो अनि पहाडको भिरालोमा चिप्लिदै अाफूसम्म अाईपुग्ला भन्ने काैतुहल हुन्थ्यो । कतिपय विहान पहरामा घाम त्यसरी सरेको हेरेरै वित्थे । धेरै बर्षपछि थाहा भयो झन अग्ला र चम्किला डाँडाहरूको बीचमा उभिदा सूर्योदय र सूर्यास्तको नियमित प्रकृया झन बढी नाटकिय, रंगीन र रौनकपूर्ण हुदोरहेछ भन्ने ।

सम्झिन्छु अन्नपूर्ण अाधार शिविरको त्यो साँझ । हामी सबै पूर्व फर्केर घाम अस्ताएको हेरिरहेका थियौं । नाजुक सूर्यकिरण माछापुछ्रेको गर्धनमा ठोक्किएका थिए । त्यो विशिष्ट पहाडको अरूबेला अप्रेरणादायी अनि हिउँ अडिन नसक्ने पहरो भाग समेत अाखै नहटाई हेरिरहुँ जस्तो राम्रो भएको थियो । माछापुच्छ्रेको सुन्दर मुहार हेरेर बानीपरेकाहरू त्यो हिमालको अाधार शिविरबाट उसको विनाकुनै व्यक्तित्वको ढाड हेर्दा म जस्तै निराशाले पिरोलिन सक्छन् । तर अस्ताउदो सूर्यका किरण ठोक्किएको त्यो क्षण त्यो ढाड समेत नयनप्रिय भएको थियो । भोलिपल्ट विहान सबैका मुन्टा सूर्योदय हेर्न पश्चिम फर्केका थिए । ताजा किरणहरू भव्य अन्नपूर्णको पूर्वी टुप्पोेमा ठोक्किदै विस्तारै तलतल सर्दै थिए । हरेक सेकेन्ड कौतुहलपूर्ण थिए ।

अन्नपूर्ण र माछापुच्छ्रेभन्दा निकै होचा पहाडले घेरिएको काठमान्डुबाट देखिने सूर्यास्त (र सूर्योदय) अन्नपूर्ण अाधार शिविरबाट देखिने जस्तो नाटकीय त लाग्दैन तर यहाँको कोलाहल अनि बेहाल अवस्थाबाट मनलाई कतै टाढा रमाइलो ठाउँसम्म पुर्याउन पर्याप्त हुन्छ ।

3 thoughts on “सूर्यास्त

  1. सिंहदरबारको पश्चिम गेट भन्दा पारिको फराकीलो सडकपेटीबाट पनि राम्रो देखिन्छ सूर्यास्त। सर्वोच्च अदालतको छत अनि हाम्रो अफिसको छत बाट पनि औधि राम्रो देखिन्छ🙂

    Liked by 1 person

  2. उपत्यकामा सबैभन्दा राम्रोसँग त्यो दृश्य कहाँबाट देखिएला भन्ने पत्ता लगाउन खुवै चासो दिन्छु । (थाहा भए प्रतिकृयामा उल्लेख गर्दिनुस् ।)

    हाम्रो घरको कौशी बाट देखिन्छ मज्जाको🙂

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s