Tag Archives: books

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

काठमान्डूको कैदी

थुप्रै महिनाअघि द प्रिजनर अफ काठमान्डू पढ्दा म भेटिने हरेकजसोसँग बडो उत्साहित र उत्तेजित हुँदै यो किताबको उल्लेख गर्थेँ । नेपाली इतिहासको एउटा महत्वपूर्ण पाटो यो पुस्तकले समेटेको छ । कतिपय धट्नाक्रम नेपाली पाठककालागि नौला छैनन् तर खुबै पठनीय छन् । सरल भाषामा सजीव वर्णन गरिएका छन् एेतिहासिक क्षणहरू । यो पोस्तक भन्दा पहिल्यै हड्सनका’boutमा थाहा नभएको होइन । नेपालका कतिपय एेतिहासिक दस्ताबेज उनले संकलन गरेर बेलायत पुर्याएको कुरा सु्निदै अाएको हो । तर त्यो सबै कसरी गरे विस्तृतमा थाहा पाउँदा म रोमान्चित भएँ । किताबपछि टुङ्गोमा पुगेँ हड्सन नेपाली इतिहासको एउटा कालखन्डको महत्वपूर्ण पात्र रहेछन् । मलाई “प्रिजनर” को प्रस्तुतिकरण सजिलो र सहज लाग्यो ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂 

Enter your email address to follow this blog and receive notifications of new posts by email.

पुस्तकको समश्या, मलाई लागेको, यसमा अतीव कम नेपाली स्रोतहरू छन् । कथा पुरै ‘उता’बाट भनिएको छ । त्यो किन भयो, मैले अनुमान मात्र लगाउन सक्छु किनकी, अपसोच, मैले नेपालको इतिहास बताउने किताबहरू खासै पढेको छैन । त्यतिबेलाका घटनाको नेपाली इतिहासकारहरूले यथेष्ट अभिलेख नराखेर पो हो कि ? हड्सनले नेपालका’bout जति सूचना र जानकारी बटुले त्यही ढङ्गमा नेपाली पक्षले उनका’bout जानकारी नराखेकोले पो हो कि ? भीमसेन थापाका’bout हड्सन र उनीभन्दा अघिल्ला ब्रिटिश रेजिडेन्ट एडवार्ड गार्डनरका टिप्पणी र दृष्टिकोणहरू मलाई रोचक र गजब लागे । पढ्दा साह्रै मज्जा अायो ।

गिरीश गिरीको किताब वीरगन्ज

गिरीश गिरीको किताब वीरगन्ज । यस’bout मेरो प्रतिक्रिया पढ्न फोटोमा क्लिक गर्नुहोस् ।

पुस्तकमा हड्सन पुरै नायककारूपमा चित्रित छन् जसलाई मैले विनाप्रश्न स्वीकार्न सकिन । लेखक उनीप्रति पुरै नतमस्तक भएजस्तो लाग्छ । हड्सनका कमीकमजोरीहरूलाई पनि सकारात्मकताको घुम्टो अोडाइएको जस्तो भान हुन्छ । यसो पनि हुनसक्छ कि हड्सन साच्चै त्यस्तै असल व्यक्ति थिए । तर त्यस्तो हुन कठिन छ किनकी उनी त्यस्तो हुँदाहुन् त अौपचारिकरूपमा बिहे नगरेकी तर अाफ्ना सन्तानकी अामा अर्थात् अाफ्नी “पत्नी”लाई काठमान्डूमै छाडेर उनी नभाग्दा हुन् स्वदेश । पछि उनी नेपाल नजिकै दार्जिलिङ्गमा बस्दा पनि उनले ती महिलालाई लगेको या लाने प्रयास गरेको मैले देखिन ।

वितेका केही वर्ष हरेकदिन जसो हड्सनको फोटो भित्तामा देखेकाले हो वा हड्सनका २१ अौं शताब्दीका उत्तराधिकारीहरूसँग नजिकरहेर काम गरेकाले हो मलाई पुस्तक पढुन्जेल दुईसय वर्ष अघिका घटना चलचित्रजस्तो अाँखैमा झलझली भए । दुईसय वर्षअघि हड्सनले कसरी काम गर्थे भन्ने थाहा पाउँदा र उनको कार्यालयको अहिलेको स्थितिसँग तुलना गर्दा म रोमान्चित भएँ । एउटा पत्र पठाउनु कुन महाभारत हुन्थ्यो । अहिले इमेल पुरानो र ढिलो भइसक्यो, प्रत्यक्ष अनलाईन सदृश्य कुराकानीका अगाडि ।

त्यतिबेलाका बेलायती प्रतिनिधिको त्यतिबेलाको नेपाली राजनीतिमा हुने प्रभाव’bout थाहा पाउँदा पनि म रोमान्चित भएँ । दूतावासको नेपाल राज्यसँगको सम्बन्धको पनि रमाइलो वर्णन पढ्दा म छक्क परेँ ।

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

शीर्षक मलाई बडो कल्पनाशील लाग्यो । काठमान्डूको कैदी । लेखक चार्ल्स एल्लेनले त्यसलाई अर्थ्याएका छन्, सुरूमै, त्यो शाब्दिक हैन लाक्षणिक हो भनेर । काठमान्डूले हड्सनलाई कैद गरेको हैन बरू काल नै त्यस्तै थियो । सहज अाउजाउ थिएन । काठमान्डू अाएपछि बेलायत वा ब्रिटिश इन्डियाको राजधानी कलकत्ता फर्किन ऋतु र स्वास्थ्यमा भरपर्नु पर्थ्यो । त्यतिबेलाको नेपाल सरकार र ब्रिटिश इन्डियाका प्रशासकले हड्सनका गतिविधिमा केही अंकुश लगाएका थिए तर मूलत उनी परिस्थितिका बन्दी थिए । अाफ्नै भाग्यका कैदी थिए । जीवनका २२ वर्ष नेपाल उपत्यकामा सीमित उनी त्यसैमा रमाएका थिए, तब न कलकत्तामा रहेका ब्रिटिश इन्डियाका गभर्नर जनरलले उनलाई काठमान्डूको ब्रिटिश दूतको पदबाट घोक्रयाउँदा पदावधी लम्ब्याउन हड्सनले मरिहत्ते गरेका थिए । विस्मयकर हैन त? अर्को कुरा काठमान्डूका त्यतिबेलाका ब्रिटिश दूत कलकत्तास्थिति ब्रटिश इन्डियाका लन्डननियुक्त उच्च प्रशासकबाट निर्देशित/नियन्त्रित हुन्थे भन्ने थाहा पाउँदा मलाई अचम्मै लाग्यो ।

किताब पढ्दा एउटा कुराले मलाई तोडले हान्यो । दुईसय वर्ष अगाडि नै कलकत्ता कति अघि रहेछ हाम्रो काठमान्डूभन्दा । बाहिरियाहरू अाउँदा नराम्रा कुराहरू ल्याए होलान् तर उनीहरूले विचार र ज्ञान पनि त ल्याए भारतमा । कलकत्तामा त्यतिबेलै फोर्ट विलियम कलेज जस्ता शैक्षिक संरचना स्थापित थिए । कला साहित्य’bout जोडदार अनुसन्धान र विवेचना हुन्थ्यो । त्यो हेरिकन काठमान्डू त ढुङ्गे युगमा थियो भन्ने लाग्यो मलाई । त्यसको झन्डै एक सय ६० वर्षपछि म जन्मिएका नेपाली पहाडहरू झन् कुन हालमा थिए होलान् भनि कल्पिदा म दिक्क भएँ ।

किताब सिध्याउँदा मैले अाफूलाई अलि खिन्न अवस्थामा पाएँ । मुख्यत: हड्सनप्रति सहानुभूत भएको अवस्थामा किताबले मलाई छाड्यो ।

यो किताब मैले फेरि पढ्ने विचार गरेको छु ।

  • अर्कोपाली म निर्वाणकहर का’boutमा प्रतिक्रिया दिनेछु ।

यो टुक्रा तपाईँले वेब साईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । प्रतिकृया दिन फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुपर्छ । यो लेख इमेलमा पढिरहुन भएको छ भने प्रतिकृयाका लागि रिप्लाई थिच्नुहोला । यसलाई फेसबुक ट्विटर अादिमा सेयर गर्न तलका बटन थिच्नुहोला । धन्यवाद ।

Advertisements

वीरगन्ज

गिरीश गिरीको किताब वीरगन्ज

गिरीश गिरीको किताब वीरगन्ज

किताबको अावरणमा उल्लेख गरिएअनुसार वीरगन्ज  गिरीश गिरीको सहरको कथा हो । वर्णनले अहिलेको नेपालकै हालखबर उतारिदिन्छ र पो यी तीनसय पन्ना सबैले पढ्नुपर्ने दस्तावेज बनेका छन् ।

वीरगन्ज  अगि दक्षिण नेपालको यो सानो पुरसँग म खासै परिचित थिइन । कहिलेकाँही समाचार कक्षमा वीरगन्जका पत्रकार र त्यहाँको पत्रकारितालाई त्यो नगरको व्यापारिक हैसियतसँग जोडेर गरिएका विनोदपूर्ण टिप्पणी मैले सुनेको थिएँ । तर नगरको खास महत्वचाहिँ गतवर्ष ठ्याक्कै यति नै बेला अनुभव भयो जब म काठमान्डूमा यताउता निस्कनुपराे कि साइकलमै कुदिहाल्थेँ ।

“देखा, नभन्” तरिका अपनाइएका लेखन प्रस्तुतीहरू विशेष स्वादिला हुन्छन् । कसैले लगाएको लुगा, खाएको खाना, बोलेको लवज र कसैको अनुहार या हातका अौलाहरूको अवस्था इमानदार वर्णन मार्फत शब्दमा उतार्ने काम लेख्नेको । त्यो बखान पढेपछि बनेको मानसिक छविमा अाधारित भएर वर्णितका’boutमा अवधारणा बनाउने या टुंगोमा पुग्नेकाम पढ्नेको । लेख्नेले नै चक्की पिसेर पढ्नेलाई पियाउनुपर्छ भन्ने मलाई लाग्दैन । ’twas भने किताब अल्छिलाग्दो हुन्छ । वीरगन्ज  मा अधिकाँश ठाउँमा “देखा, नभन्” तरिका प्रयोग भएकैले मलाई यो किताब नौलो, पठनीय र जानकारीमूलक लागेको हो ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂

Enter your email address to follow this blog and receive notifications of new posts by email.

हरेक मानिसको कथा हुन्छ । तर सबैको कथा उत्तिकै रोचक हुँदैन । सबैको कथाले उत्तिकै सशक्त ढंगमा कुनै प्रबृत्ति उजागर गर्न सक्दैन । स्थानको सीमितताले गर्दा कुनै पनि लेखनीमा सचेत ढंगमा त्यस्ता पात्र छानिन्छन् जसमार्फत कुनै विशिष्ट कथा प्रभावकारी ढंगमा भन्न सकियोस् । वीरगन्जलाई “देखाउने” क्रममा गिरीले उतारेका पात्रहरूले नै मलाई यो सहरको कथा भन्छन्, अवस्था बुझाउँछन् । किताबको सवल पक्ष यो भएको मैले ठहर्याएको छु । पात्र चयन र उनीहरू’boutको पूर्वजानकारीमा गिरीको क्षमता झल्किएको छ । पहिले नै परिचित ती पात्रहरूसँग उनले फेरि भेटेकैले वास्तविक चित्र उतार्न उनलाई सजिलो भएको बुझ्न सकिन्छ । त्यसाे गर्दा चित्र थप प्रष्ट पनि भएको छ । प्रतिवेदन सवल भएको छ । सिर्सिया नदीमा धेरै पानी बगिसकेको अवस्थामा वीरगन्जका गिरीलाई “पात्र उही.. परिस्थिति उही” लाग्नु अनाैठाे भएन । तर तिनै पुरानै पात्र र नबदलिएकाे स्थितिलाई उनले पठनीय चित्रण गरेकैले किताब’bout यति लेख्न जाँगर चलेको हो । एउटा अतीव मनपरेको वाक्य यो हो: “वीरगन्जलाई जब अावाजमा वर्णन गर्नुपर्छ, सबैभन्दा अघिल्तिर झुमक ब्यान्ड उभिन पुग्छ ।”

दह्राेढङ्गले चलिरहेका राजनीतिक प्रदर्शनहरूको पृष्ठभूमीमा लेखिएकाले वर्णनको मूलधार अान्दोलनमा लपेटिएकाे छ । त्यसले किताबलाई राजनीतिक पनि बनाएकाे छ । सम्भवत: थप रूचिपूर्ण पनि । गैरराजनीतिक प्रसंग त किताबका ज्यान हुन् । देवताको भूमिका निर्वाह गरेको तथा धीरेन्द्र पछ्याउँदाको क्षण लगायतका थुप्रै रोचक विवरणले भरीएको किताब पढाईको अनुभव रोमान्चक र विनोदपूर्ण भयो ।

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू । यो किताब’bout मेरो प्रतिक्रियाका लागि फोटोमा क्लिक गर्नुहोस् ।

पोस्तकका सबै कुरासँग सबै पाठक सहमत हुन सक्दैनन् । अस्वाभाविक होइन त्यो । झन् अहिलेको जस्तो सामाजिक-राजनीतिक परिस्थितिमा ‘नाकाबन्दी सहर’काे एउटा कथासँग सबै सन्तुष्ट र सहमत हुन सक्दैनन् । मलाई के मन परेन ? दुई या तीन ठाउँमा लेखक जब वर्णन गर्न अर्थात उतार्न (“देखाउन”) छाडेर “भन्न” थाल्छन्, मलाई ‘अोहो, त्यसो नगरेको भए हुन्थ्यो’ जस्तो लाग्यो । म त्यसमा कुनै योजनाबद्द खराबी देख्दिन । अाफ्नै ठाउँ सहरको कुरा भएकाले र धादिङ्गे पहाडबाट एक पुस्ताअघि वीरगन्ज झरेका हुनाले लेखक अलि भावुक भएका पनि हुनसक्छन् जसले उनलाई “हैन, यति त भन्छु” भन्ने तहसम्म पुर्याएको पनि हुनसक्छ । तर म एकजना पाठककारूपमा निचोडमा अाफै पुग्न चाहन्थेँ । म अर्कै सारमा पनि अाउथेँ होला । जे पनि हुनसक्थ्यो । इमानदार वर्णन पढेर अाफै टुङ्गो लाउन चाहने म पाठकलाई लेखकको ठहर उचित नलागेको पनि हुनसक्छ । त्यसैले मलाई उनको निधोसँगभन्दा बढी चित्त नबुझेको चाहिँ उनले मलाई निष्कर्ष दिए भन्नेप्रति हो । तर कतिपय पाठकलाई त्यो मन पर्न पनि सक्छ ।

गैरअाख्यान किताबका पात्रहरू स्मरणीय हुनु लेखकको सफलता हो भन्ने मलाई लाग्छ । वीरगन्ज का पात्रहरूले अाफ्ना कथा जोडदारढंगमा भनेका छन् । छोटेलाल र उनको परिस्थितिको त कुरै नगरौं । छोटेलाल मार्फत गिरीले एउटा महत्वपूर्ण प्रबृत्तिको बयान गरेका छन् । छोटेलालको कथामा सामाजिक र राजनीतिक सन्देशहरू छन् । पशुपति रौनियार, विनोद परियार र उत्तमसागर डंगोलले पनि मलाई वीरगन्ज बुझाए । किताब पढ्दा मैले समग्र सहर र क्षेत्रकै एउटा तस्बिर पाएँ जसका’boutमा म पहिले जानकार थिइन । पोस्तकबाट भरपुर फायदा मिलेको महसुस भयो ।

  • काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रिजनर अफ काठमान्डू ’bout मेरो प्रतिक्रिया यहाँ छ

यो टुक्रा तपाईँले वेब साईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । प्रतिकृया दिन फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुपर्छ । यो लेख इमेलमा पढिरहुन भएको छ भने प्रतिकृयाका लागि रिप्लाई थिच्नुहोला । यसलाई फेसबुक, ट्विटर अादिमा सेयर गर्न तलका बटन थिच्नुहोला । धन्यवाद ।

दसैँ उपहारको किताब सूची

मैले एकजनालाई यो दशैंमा पढ्न दिएका पुस्तकहरू

मैले एकजनालाई यो दसैँमा पढ्न दिएका पुस्तकहरू

रक्षा क्षेत्रको एउटा अाधिकारिक पाटोमा काम गर्ने एकजना सा’पलाई यसपालीको दसैँमा पढ्न भनि पाँचवटा किताब उपहार दिएँ । केही सातायता “खै, मेरोलागि किताब छैनन्?” भनि उनले करकर गरिरहेका थिए । उपहारमा मैले पढीसकेका र तत्काल मैसँग भएका केही शीर्षक परेका छन् । यी मध्ये केहीको नाम सुन्दैमा उनले ‘अोहो, खुबै सुनेको तर अहिलेसम्म पढ्न पाएको छैन’ भनि प्रतिकृया दिए । बाँकी, मैले हल्का पृष्ठभूमी बताउदै पढ्न जोडदार सिफारिस गरेका पुस्तक हुन् । यही मौकामा यी किता’bout मेरा ‘दुइ शब्द’ भनिहाल्ने निर्णय गरें ।

सुधीर शर्माको प्रयोगशाला

सुधीर शर्माको प्रयोगशाला

प्रयोगशाला को सबभन्दा सवल पक्ष, मलाई लागेको, यसमा सामेल सूचना र जानकारी हुन् । तिनलाई जसरी प्रस्तुत र प्रतिवेदन गरिएको छ त्यसले यो किताबलाई सर्वथा पठनीय र रोमाञ्चक बनाएको छ । साथै सरल भाषाले किताबलाई जोकसैले बुझ्ने तुल्याएको छ । गैरअाख्यान लेखनमा कल्पना (द्वयार्थ छैन है!) को पनि सही प्रयोग हुनुपर्छ । अन्यथा त्यो रुखो हुन्छ जसलाई पढ्दा रमाइलो होइन सजाय पाएको अनुभव हुन्छ। पैसा हालेर आफैलाई सजाय दिने मुर्ख्याइँ कसले गर्छ ? गैरअाख्यानमा प्रयोगशाला  र अाख्यानमा पल्पसा क्याफे मलाई उस्तै लाग्छन् । क्याफे जस्तै चिरप्रतिष्ठित र पढ्नै पर्ने किताब भएको छ प्रयोगशाला । दुबै अाअाफ्नो क्षेत्रमा मानक बनेका छन् जसलाई भेट्टाउनु या नाघ्नु पुस्तककै लेखकहरूलाई चुनौतीपूर्ण हुने या भएको देखिन्छ ।

केही साता अघि मैले काठमान्डूका दुइजना परिचित युवतीहरूको वार्तालाप संयोगले सुनें । एउटी व्यापारिक क्षेत्रसँग नजिक रहेर काम गर्छिन् त अर्की मानवअधिकारको संसारमा । त्यो क्षण उनीहरूबीच नेपाली राजनीति’bout कुरा चलिरहेको थियो । पछिल्लीले फ्याट्ट एउटा प्रश्न गरिन् जो म यहाँ उल्लेख गर्दिन । जवाफ निकै लामो, झन्डै पुस्तक अाकारकै हुन्थ्यो । तर अघिल्ली त्यो झन्झट मोल्न तयार थिइनन् । त्यसैले उनले यस्तो सटिक जवाफ दिइन्- “प्रयोगशाला पढ न । सबै छ त्यो किताबमा ।”

माअोवादी अान्दोलनको पृष्ठभूमीमा नेपाल-भारत सम्बन्ध मात्र हैन समग्र नेपाली राजनीति बुझ्न प्रयोगशाला एक ‘अावश्यक पाठ्य’ भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Pilgrims Book House, Kathmandu

Pligrims Book House, Thamel, Kathmandu. 8 July 2013.

Pligrims Book House, Thamel, Kathmandu. 8 July 2013.

Background:
1. रातभरि आगो दन्किरह्यो
2. Pilgrims burns down, ignites old memories, new hopes
3. पिल्ग्रिम्स जलेकै छैन
4. धन्यवाद भगवान्, तिमीले पिल्ग्रिम्स जलाइदियौ

Harry Potter and Reading Culture in Nepal

Thanks to the exposure that the Nepali society has gotten over the last decade and the new trend of marketing the books via glittering advertisement campaign, writers becoming celebrity is becoming a mainstream in Nepali society.

“It’s sad that even after the arrival of the seventh book,” wrote a disgruntled reader from Dolakha in Kantipur after the newspaper published an article about Harry Potter phenomena in the last week of July, “[Not a single] Harry Potter book has been translated into Nepali.”

It’s almost certain that many people will continue to remain sad in the foreseeable future because, despite the entire hype surrounding Potter brand in Nepal, the books will not come in Nepali anytime soon. There is not enough market for that and Potter is all about market. But the lack of translation isn’t stopping many Nepali book lovers to get the pleasure offered by the series.

With the arrival of Potter books, especially the latest and last one, the Nepali book world has turned an important page. People calling a book store to book a copy of a certain book before it gets published or stand in queue to get hold of it or wait for several minutes to receive an autograph from the writer is something that wasn’t in practice until a few years ago. Thanks to the exposure that the Nepali society has gotten over the last decade, thanks to the new trend of marketing the books via glittering advertisement campaign and a big thanks to writers like Samrat Upadhyay, Manjushree Thapa and Narayan Wagle, writers becoming celebrity is becoming a mainstream in Nepali society. Therefore it was really not a big surprise when Educational Book House (EBH), a book store in downtown Kathmandu, said that it had received around 120 orders from curious readers of the book that’s priced at Rs. 1560 a copy.

“It’s a recent development,” said Raman Raut, a staff at the EBH who started working for the book store six years ago. “We started booking since the sixth book [that came in July 2005]. Very few came when fourth book was released. And even I was unaware about this Harry Potter thing before that.” For the Deathly Hallows, as many as 85 people had paid Rs. 100 each two months prior to the book’s official release date. A formal program to launch the book was scheduled to begin at 3 PM on Saturday, 21 July. A crowd of dozens had gathered in the book store. The flight got delayed by two hours and Raman was struggling to calm down the restless Potter fans. “They were in queue and started shouting,” he said. “Then I rushed to the airport and finally brought back the book at 5 PM.” Renowned dramatist and Professor Abhi Subedi launched the book amid clapping ceremony that also saw jubilant fans eating cake that had a picture of their favorite character embedded. The store sold 95 copies within a couple of hours, and another 90 the next day. Other book stores like United Book House, Pilgrims and Mandala Book Point were also selling the books. Aggregate figures collected from different sources put the total sales of Deathly Hallows to 700 copies in the first week of publication in Nepal. And some stores are out of stock and the number of willing buyers is increasing. पढ्नेक्रम जारी राख्नुहोस्