Tag Archives: coffee house girl

कफी हाउसकी केटी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘ओके, आइ ह्याभ टु गो टु दिज फोर प्लेसेस (ल, मैले यी चार ठाउँ घुम्नु छ)’ भन्दा मेरो टेबुल पर्तिरकी एउटी विदेशी उसको देब्रे हातको बूढी औंला कान्छीको फेदमा पुर्‍याउँदै छे।

एकजना अधबैंसे र झ्याप्प सेता दाह्री पालेको विदेशी र अर्को लगभग त्यही उमेरको तर सफा गाला भएको नेपाली उसलाई हेरिरहेका छन्।

स्वरबिनाको इन्स्ट्र्युमेन्टल धुन पनि अलि पर कतैबाट आइरहेको छ।

देब्रेपट्टिको अर्को टेबुलमा दुई केटाहरू कुनै गहिरो ग्लासमा कोल्ड कफी पाइपले पिइरहेका छन्।

वास्तविक ताजा र भर्भराउँदो कफी एउटा लत हो, जसले यदाकदा ममा उखरमाउलो सिर्जना गर्छ। त्यस्तो हुटहुटी मेटाउन सहरका केही स्थान सधैं तयार हुन्छन्, जसमध्ये एउटा हिमालयन जाभा कफी हाउस हो, जो काठमान्डूको पर्यटकीय केन्द्र ठमेल प्रवेशद्वारैमा छ। त्यो नेपालीका लागि होइन भन्ने कुरा त्यसको मेनुले प्रस्ट पार्छ तर कफी पनि हाम्रो पेय होइन भन्न धेरै गमखाइरहनै पर्दैन। तर त्यो लत, त्यो हुटहुटी पक्का नेपाली हो, जसलाई एस्प्रेसोको त्यो तीतोपना या लात्तेको बाफमा फैलेको बासनाले मात्र शान्त पार्न सक्छ। Continue reading