Tag Archives: election of constituent assembly

धाँधली होला है !

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Election Observers, Be Aware of Rigging!]

यो चुनावी मौसम हो त्यसैले व्यस्तता कान्तिपथस्थित निर्वाचन आयोग केन्द्रिय कार्यालयमा मात्र सीमित छैन । त्यो ठूलो भवन सामुन्ने सडक पारी एउटा सानो घरको साँघुरो कोठामा गत शुक्रबार हरिराम पौडेल र कृष्ण सुवेदीलाई भ्याई नभ्याई थियो ।

हरि केही कागजमा ड्यामकी ड्याम छाप हानिरहेका थिए । कृष्ण तिनलाई छिटोछिटो सम्याईरहेका थिए । स्टिच गरिएका तीन टुक्रामा तस्बिरयुक्त आईडी कार्ड, कार्ड वाहकको नागरिकता फोटोकपी र उसले खानुपर्ने सपथ विवरण थिए । एउटा कार्डमा सातवटा छाप हान्नु झन्झटिलो थियो तर कार्ड कम थिएनन् । त्यो दिन पाचसय कार्ड तयार पारेका उनीहरुले अघिल्ला दिनहरुमा समेतगरी जम्मा ८ हजार दुइ सय कार्ड बनाएका थिए । चैत २८ आओस्, ती कार्ड वाहकहरु देशका थुप्रै चुनावी बुथमा जाने छन् र मतदान प्रकृया नियाल्ने छन् । उनीहरु आयोगले स्विकृती दिएका निर्वाचन पर्यवेक्षक हुन् जो, आयोगको निर्वाचन पर्यवेक्षण स्रोत केन्द्रका अनुसार, यसपाली झन्डै ४० हजार हुनेछन् ।

ती मध्येकी एक हुन् सुष्मा केशी (तस्बिरमा) जो यसपाली चुनावी पर्यवेक्षणका साथै मतदानको पनि पहिलो अनुभव लिन आतुर छिन् । ‘कति एक्साईटेड छु,’ गत शनिवार विहान कालिकास्थानस्थित एउटा स्कुलमा पर्यवेक्षणबारेको प्रशिक्षणमा सहभागी २१ बर्षो युवतीले भनिन्- ‘अघिल्लो चुनावमा ११ बर्षकी थिए । अब त (भोट हाल्ने) आफ्नो र्राईट छ, त्यसको युज गर्नुपर्यो ।’ सुष्मा जस्तै अघिल्लो चुनावमा मतहाल्न उमेर नपुगेका र यसपाली ‘अधिकारको प्रयोग’ गर्न योग्य २५ बर्षमुनीका ३८ लाख ५४ हजार ३ सय ८८ युवा आयोगमा दर्ता भएका छन् । पर्यवेक्षण गर्न स्विकृती पाएका मध्यै थुप्रै त्यो उमेर समुहका भएको पर्यवेक्षण संस्थाहरुको प्रारम्भिक अनुमान छ । पर्यवेक्षक भएर अभूतपूर्व लोकतान्त्रिक अभ्यासलाई नजिकबाट नियाल्नु यी पहिलो-पटक-मतदाताका लागि ऐतिहासिक अवसर भएको छ । Continue reading