Tag Archives: Gyanendra

Janakpur: ‘परित्यक्त’ शहरमा एउटा ‘राजकीय’ यात्रा

"King" and "Queen" in their hearts. The man on the left, resident of Dhanusha district of which Janakpur is headquarter, camped at the hotel Manaki, Janakuur, for two days to get a glimpse of former king Gyanendra who was in town that has the famed Janaki temple as part of his religious tour in the some districts in southern Nepal. This man had worn daura suruwal yesterday.

‘King’ and ‘Queen’ in their hearts. The man on the left, resident of Dhanusha district of which Janakpur is headquarter, camped at the hotel Manaki, Janakpur, for two days to get a glimpse of former king Gyanendra who was in town that has the famed Janaki temple as part of his religious tour of some districts in southern Nepal. Photo taken on 20 June.

१९/२० जून, २०१३:  हामी जानकी मन्दिरमा पुगेका के थियौं ‘राजा’ अर्को ढोकाबाट निस्किहाले । हराउदै गएको साइरनको अावाजबाट मन्दिर परिसरमा उभिएका हामी पक्का भयौं ज्ञानेन्द्र होटल फर्किए । मन्दिर लगभग खाली थियो । तर संयोगै भनुम् हामी त्यही होटलमा बसेका थियौं जहाँ पूर्व राजाले रात विताउनेवाला थिए । सानो भिड थियो होटल मानकीमा । केही समर्थकहरू जम्मा भएका थिए । उनीहरू बडो उत्सुक थिए । ती समर्थकहरूका एकजना नेताले सफा सेतो कुर्ता सुरूवाल लगाएका थिए । उनी त्यो रात त्यही होटलमा बसेको हुनुपर्छ किनकी अवेरसम्म उनी त्यहीको रेष्टुरेन्टमा हाम्रोसँगैको टेबुलमा खाइरहेका थिए । िवहानै मैले उनलाई होटल परिसरमा माला हातमा लिएर उभिएको देखेको िथएँ । Continue reading

दरवारमा पूर्व राजाको पत्रकार सम्मेलनका दृश्य

दिनेश वाग्ले/सुरज कुँवर

[पूर्व राजा ज्ञानेन्द्रको प्रेश वक्तव्य]

काठमाडौं- संविधान सभाले आफू नेतृत्वको राजसंस्थालाई विघटन गर्ने र आफूलाई नागरिक तुल्याउने निर्णयबारे पहिलो सार्वजनिक प्रतिक्रिया पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबारको पत्रकार सम्मेलनमा दिएका हुन् ।

दक्षिणपट्टीबाट देखिने नारायणहिटी दरवारको मुख्य भवनको भुइतल्लामा रहेको कास्की बैठकहलमा शाह लगभभग निर्धारित समयमै अर्थात दुइ मिनेट ढिला पाच बजेर ३२ मिनेटमा पुगेका थिए ।

शाह हलमा पुग्नु आधा घन्टा अगावै पत्रकारहरु त्यहा उपस्थित थिए । नेपालमा आयोजना गरिएको सम्भवत सबैभन्दा ठूलो पत्रकार सम्मेलनमा लगभग साढे तीनसय तीनसय सम्वादाता, टीभी म्यामेराकर्मी, फोटोपत्रकार तथा प्राविधिक उपस्थित थिए । Continue reading