Tag Archives: restaurant

Khojuwa: kathmandu searching dog

image

As seen on the wall of a restaurant- Picasso- in Patan. The full name goes like this: Picasso- Artist de la Cusine.

Albatross the band will start playing live music momentarily. They have set up their instruments outside. U’ll have to buy a prepaid Rs. 500 coupon at the entrance gate to enter a spacious dining room to eat food of your choice. Well, there is not much to choose from, says my restaurant critic friend Deepak Adhikari looking at the menu that, according to an waiter, has been trimmed for the day.”This is a new menu for me too,” says the waiter.”Today is the first day of our new Friday event.”

Posted from WordPress for Android

KFC को लाईन

kfc ko line kantipur hello friday

ठुलो पार्न क्लिक गरे हुन्छ ।

दिनेश वाग्ले

काठमान्डूको दरवारमार्गमा अचेल कुखुराप्रेमीहरुको लाईन देख्न छाडिएको छ। तीन महिना अघि राजधानीका कतिपय मानिहरुमा उत्साह भर्दै खुलेका केन्टकी फ्राइड चिकेन (केफएसी) र पिज्जा हटका कक्षहरुमा अहिले पनि भिड कायमै छ तर, धन्य भगवान, छिर्नैका लागि मानिसहरु आधाघन्टासम्म लाईनमा उभिएको चाहि देख्नु पदैन।

शायद त्यो खुशीको कुरो हो तर त्यो लाईनले त्यहाँ उभीनेहरु भोेका छन् मात्रै भन्दैनथ्यो। उनीहरुका लागि त्यो इज्जतको सवाल थियो। त्यहाँ त्यसरी उभिनु या भित्र गएर चिकेन या पिज्जा खानु उनीहरुका लागि ‘वाह्, हामीले पनि विदेशीकै जस्तो गर्‍यौं’ भन्नु जस्तै थियो। यहाँ विदेशी भन्नाले अमेरिकी, युरोपेली र अन्य अतिविकशित मुलुक भन्ने बुझ्नु पर्छ। लाईनमा उभिने या अहिले पनि केएफसीमै भिड सिर्जना गर्दै खान चाहने नेपालीले मात्रै त्यस्तो सोच्दैनन्। भारतमा पनि कुरा त्यस्तै हो।

दिल्लीमा केएफसी र पिज्जा हटका थुप्रै रेष्टुरेन्ट छन्। त्यस्तै अर्को बहुराष्ट्रिय अमेरिकी सञ्जाल म्याक्डोनाल्ड्सका हाँगाहरु पनि प्रसस्तै छन्। यी सबै ठाउमा जानेहरु मुख्यत तन्नेरी र युवा व्यवसायी हुन्छन्। ती दुबैबीच एउटा मुख्य समानता हुन्छ- सम्पन्नता । खर्चगर्ने पैसा तिनीहरुसँग टन्न हुन्छ र ती खानेठाउँका बर्गर, पिज्जा जस्ता खान्कीको मुल्य अरु पसल या विक्रिस्थलमा भन्दा महगै हुन्छ।

केएफसी र भारतका शहरी तन्नेरीहरुले छोटकरीमा म्याक्डी भन्ने म्याक्डोनल्डस् ख्यातिप्राप्त पश्चिमा चिन्ह हुन् जसले त्यताको सम्पन्नता र विपन्नताको एकैपटक प्रतिनिधित्व गर्छन्। ती संसारभरी फैलिएको अमेरिकी (सामान्यत पश्चिमा) सांस्कृतिक, आर्थिक र राजनीतक प्रभावका प्रमाण हुन्। कोक र पेप्सी पनि त्यही प्रमाणको अर्को पाटो हुन्। लिभाईज र एडिडास पनि त्यस्तै हुन्। तर अमेरिकामै चाहि केएफसी र म्याक्डीको छवि नेपाल र भारतमा भन्दा उल्टो छ। त्यहाँ यी खान्की कम्पनीलाई गरिवहरुका अखडा ठानिन्छ। कम शिक्षित, कम सम्पन्न र कामदार बर्गले मुख्यत तिनका पसलमा गएर सस्ता खानेकुरा खान्छन्। जङ्क भनिने त्यस्ता खानेकुराले थोरैपैसामा पेट टन्न हुन्छ तर स्वास्थ्यलाई उति राम्राे गर्दैन। त्यसबारे सचेत र पैसा हुनेहरुले अमेरिका जस्ता विकशित मुलुकमा तुलनात्मकरुपमा अलि महगो पर्ने तर स्वस्थ जैविक खान्की खान्छन्। हो, बर्गरले आमरुपमा अमेरिकी जीवनशैलीको प्रतिनिधित्व गर्छ तर त्यहा केफसी र म्याक्डीमा जानुलाई ‘वाह्, क्या कुल’कारुपमा लिइदैन। कतिपय मानिसका लागि त्यहा जानु बाध्यता हो किनकी जैविक खानाका लागि उनीहरुसँग पर्याप्त पैसा हुदैन या पकाएर खाने राम्रो व्यवस्था हुदैन। Continue reading