चार दिने यो पदयात्रा सहितको राफ्टिंग अनुभव हो ।
मार्च २८-३१, २०१३
अन्तिमको बाहेकका सबै तस्बिरहरू- पिटर एल्लेन । भिडीयो यहाँ छ ।
पहिलो दिन
यात्रा खासमा कोटेश्वरबाट सुरुभयो जब पिटर र म भक्तपुर जाने बस भित्र छिर्यौ (यसमा मैले मट्टितेल खोज्न तीनकुने क्षेत्रभरी झन्डै डेढघन्टा डुलेको कुरा समावेश गरेको छैन) । कमल विनायकमा हामी नगरकोट जाने बसको छतमा चढ्यौ । अनि त्यहाँबाट शुरू भयो हाम्रो चार घन्टे पदयात्रा इन्द्रावती खोला किनारको सानो व्यापारिक बस्तिलाई सिपाघाट लक्षित गर्दै । यो बस्तीहुँदै हेलम्बुतिर पुग्ने सडक जान्छ । यहाँ गाडी चालकहरू यदाकदा खाजाखान रोकिन्छन् ।

Day 1- This post talks about our four-day hiking cum rafting trip. It began obviously from Kathmandu. Peter and I stepped into a bus for Bhaktapur in Koteswor. At Kamal Binayak, we climbed at the top of a bus that took us to Nagarkot. From there began a four-hour-long walk to Sipaghat, a small village near Indrawati river. A dog followed us for long in the trail. We also walked with a talkative woman for a while. And a man, who Peter thought was drunk, accompanied us briefly in the trail.
हाम्रा झोलाहरूमा एक-एकवटा डुङ्गा (प्याकराफ्ट) र तीसँग सम्बन्धित सामाग्री थिए । पिटरकोमा चाहिं एउटा टेन्ट र त्यसका सामाग्री अनि खानेकुरा पनि भएकाले उनको झोला मेरो भन्दा ८ किलो बढी कूल १८ किलो गह्रौ थियो । तर उनलाई गुनासो थिएन । उनी म भन्दा केही छिटो हिडे तर सिपाघाट पुग्नै लाग्दा उनी केही बिरामी जस्तो भए जो एउटा सिटामोल र एक रातको सुताइ पछि ठिक भयो । Continue reading