Day 2: Continuously four hours into Indrawati river. I was a bit nervous in the beginning. There was a mild rapid withing 100 meters from our starting point. Could I pass through that hurdle? I did. What about many more that may lie ahead? It turned out to be the most challenging rapid in the whole duration. We met and saw many kids in and by the river who were swimming, fishing, playing and returning home from their schools. Some tried to chase us in river. By the time we reached Dolalghat I was very tired. My arms were aching. I was hungry. But the river was easy, I was in control of my boat, I maneuvered well and took the boat wherever I wanted. There were some scary moments but I handled them well. At Dolalghat, I got off the boat as a confident rafter. Fish and Sprite at Dolalghat. Then into a bus for Jalbire. When too many people came into the bus we decided to go at the top.

खोलामा झोला । ढुंगामा डुंगा । पानीमा छप्ल्यांग । Packrafting- @ Indrawati, Balephi and Sunkosi River

चार दिने यो पदयात्रा सहितको राफ्टिंग अनुभव हो ।
मार्च २८-३१, २०१३
अन्तिमको बाहेकका सबै तस्बिरहरू- पिटर एल्लेन । भिडीयो यहाँ छ ।

पहिलो दिन

यात्रा खासमा कोटेश्वरबाट सुरुभयो जब पिटर र म भक्तपुर जाने बस भित्र छिर्यौ (यसमा मैले मट्टितेल खोज्न तीनकुने क्षेत्रभरी झन्डै डेढघन्टा डुलेको कुरा समावेश गरेको छैन) । कमल विनायकमा हामी नगरकोट जाने बसको छतमा चढ्यौ । अनि त्यहाँबाट शुरू भयो हाम्रो चार घन्टे पदयात्रा इन्द्रावती खोला किनारको सानो व्यापारिक बस्तिलाई सिपाघाट लक्षित गर्दै । यो बस्तीहुँदै हेलम्बुतिर पुग्ने सडक जान्छ । यहाँ गाडी चालकहरू यदाकदा खाजाखान रोकिन्छन् ।

This post describes our four-day-long hiking cum rafting trip. It began obviously from Kathmandu. Peter and I stepped into a bus for Bhaktapur in Koteswor. At Kamal Binayak, we climbed at the top of a bus that took us to Nagarkot. From there began a four-hour-long walk to Sipaghat, a small village near Indrawati river. A dog followed us for long in the trail. We also walked with a talkative woman for a while. And a man, who Peter thought was drunk, accompanied us briefly in the trail.
Day 1- This post talks about our four-day hiking cum rafting trip. It began obviously from Kathmandu. Peter and I stepped into a bus for Bhaktapur in Koteswor. At Kamal Binayak, we climbed at the top of a bus that took us to Nagarkot. From there began a four-hour-long walk to Sipaghat, a small village near Indrawati river. A dog followed us for long in the trail. We also walked with a talkative woman for a while. And a man, who Peter thought was drunk, accompanied us briefly in the trail.

हाम्रा झोलाहरूमा एक-एकवटा डुङ्गा (प्याकराफ्ट) र तीसँग सम्बन्धित सामाग्री थिए । पिटरकोमा चाहिं एउटा टेन्ट र त्यसका सामाग्री अनि खानेकुरा पनि भएकाले उनको झोला मेरो भन्दा ८ किलो बढी कूल १८ किलो गह्रौ थियो । तर उनलाई गुनासो थिएन । उनी म भन्दा केही छिटो हिडे तर सिपाघाट पुग्नै लाग्दा उनी केही बिरामी जस्तो भए जो एउटा सिटामोल र एक रातको सुताइ पछि ठिक भयो ।

नगरकोटबाट शुरू भएको अोरालो बाटोमा हामीलाई धेरै समय एउटा कुकुरले पछ्यायो । त्यसको नाम हामीले काले राख्यौं । केही बेर त यस्तो लाग्यो कालेले हामीलाई सिपाघाट सम्मै पछ्याउछ । तर पछि त्यो कतै हरायो ।

त्यसैबीच हामीले आफूहरूलाई एउटी अधबैंशे महिलासँग हिंडिरहेको पायौं । उनी चुपचाप हिड्ने खालकी थिइनन् । उनी माइती गाउँमा थिइन् र नजिकैको गाविस कार्यालयमा नागरिकतासम्बन्धी कामका लागि जादै थिइन् । पिटर साथमा भएकाले उनले विदेशीसँगको पहिलो भेटकाबारे पनि उल्लेख गरिहालिन् । उनी सानै छँदा उनको गाउँ घुम्न आएका एक विदेशीले उनलाई आफूसँगै विदेश लैजान चाहेका रहेछन् । उनकी हजुरआमाले नमानेपछि उनी जान पाइनछन् । अहिले उनी हजुरआमासँग किन खुशी छैनन् भने त्यतिबेला जान दिएकै भए पनि, उनलाई लाग्छ, चाहेको बेला सजिलै नेपाल फर्किन पाइहालिने रै’छ ।

I asked him, "how are you Ramesh?" He said he was fine. Turned out that Ramesh was his actual name.
I asked him, “How are you, Ramesh?” He said he was fine. Turned out that Ramesh was his actual name.

बीचमा एउटा फुच्चे पनि भेटिए जसलाई मैले “के छ रमेश” भनेको, नपत्यारिलो भावले मुस्काउदै “ठिक छ” भनेर जवाफ दिए । उनको नामै रमेश रै’छ । तर हामीले उनलाई उनले मागेझैं पैसा दिएनौं ।

सीपाघाट पुग्नै लाग्दा हाम्रो भेट एक अधबैंशे पुरूषसँग भयो । उनी स्वस्फूर्तरूपमा हामीलाई बाटो देखाइदिन राजी भए । पिटरका अनुसार उनी मातेका थिए । म मान्छे माते न मातेको हत्तपत्त ठम्याउन सक्दिन । मलाई उनी ठिकै जस्तो लागेको थियो । नभए म उनीसँग गम्भीर भएर किन बातमार्थ्ये र ।

दोस्रो दिन

दस मिनेट हिडेर इन्द्रावती खोला किनारमा पुगियो । खोला नियालियो । बेग नाप्न खोजियो । यसअघि सुनकोसीलिखुमा दुइ चार मिनेट मात्र राफ्टिंग गरेको अनुभव थियो मसँग । त्यसैले हल्का डर थियो नै । त्याँ माथि शुरूवाती विन्दुबाट एक सय जति मिटर भित्रै एउटा छाँगो थियो । त्यो सहजै कटिएला नकटिएला भन्ने थियो । फेरी त्यो कटेपछि अरू कति आउने हुन् भन्ने चिन्ता पनि थियो । अलिअलि अभ्यास गरें, दुइचारपटक वारपार गरें । केही साहस आयो । थालियो यात्रा । पहिलो छाँगो, जो आफैमा २० मिटर जति लामो थियो होला, सहजै काटियो । आखिर त्यही नै सबैभन्दा चुनौतीपूर्ण छाँगो ठहरीयो पुरै चारघन्टे जलयात्रा अवधिभर ।

Day 2: Continuously four hours into Indrawati river. I was a bit nervous in the beginning. There was a mild rapid withing 100 meters from our starting point. Could I pass through that hurdle? I did. What about many more that may lie ahead? It turned out to be the most challenging rapid in the whole duration. We met and saw many kids in and by the river who were swimming, fishing, playing and returning home from their schools. Some tried to chase us in river. By the time we reached Dolalghat I was very tired. My arms were aching. I was hungry. But the river was easy, I was in control of my boat, I maneuvered well and took the boat wherever I wanted. There were some scary moments but I handled them well. At Dolalghat, I got off the boat as a confident rafter.  Fish and Sprite at Dolalghat. Then into a bus for Jalbire. When too many people came into the bus we decided to go at the top.
Day 2: Continuously four hours into Indrawati river. I was a bit nervous in the beginning. There was a mild rapid within 100 meters from our starting point. Could I pass through that hurdle? I did. What about many more such or more difficult rapids that may lie ahead? It turned out to be the most challenging rapid in the whole duration. We met and saw many kids in and by the river who were swimming, fishing, playing and returning home from their schools. Some tried to chase us in the river.

खोलामा थुप्रै किशोरहरू भेटिए । धेरैजसो त इन्द्रावतीमै डुबुल्की मार्दै थिए । कति चाहिं माछा मार्दै थिए । ती मध्ये धेरै स्कुल नजाने किशोरहरू थिए भने बाँकी चाहिं स्कुलमा जाँच चलिरहेको र त्यो सिध्याएर घर फर्किनेबेला दुइ चार डुबुल्की मारिहालौ न त भनेर खोलातिर लागेका थिए । किनारमा केही महिला र किशोरीहरू पनि देखिए नुहाउँदै र लुगा धुँदै । पौडीइरहेका केही केटाहरूले हाम्रा डुंगा पछ्याउने प्रयास गरे । उनीहरूले नभेट्टाउन् भनेर तीब्रबेगमा अघि बढ्न छिटोछिटो डुंगा खियाउनु पर्ने । त्यो गरियो तर त्यसो गर्दा पाखुरा साह्रै दुख्ने । विचरा केटाहरू पौडिएरै कतिसम्म पो खोला बगेतिर आउन् । एउटा समुहलाई चाहिं हामीले हाम्रा डुंगाहरू छुन र तिनमा झुन्डिन दियौं ।

चार घन्टाको विश्रामरहित जलयात्रापछि दोलालघाट आइपुग्दा म थकित त थिएँ नै-पाखुरा र तीघ्रा साह्रै दुखेका थिए- साथै भोको पनि । तर म सन्तुष्ट पनि थिएँ । खोलो सजिलो ठहरियो । मैले आफ्नो डुंगालाई पुर्ण नियन्त्रणमा राखेको थिएँ । त्यसलाई खोलामा जता पनि लैजान मैले सकेको थिएँ । केही डरलाग्दा क्षणहरू नभएका हैनन तर मैले तिनको सहजै प्रबन्धन गरेँ । दोलालघाटमा आफ्नो डुंगाबाट म एउटा आत्मविश्वासी जलयात्रीकारूमा उत्रेको थिएँ ।

दोलालघाटमा स्प्राइट र भुटेको माछा खाँदासम्म पनि हामी अब कहाँ जाने टुंगोमा थिएनौं । त्यो रात दोलालघाटमै बस्ने या इन्द्रावतीमा डुंगा चलाएर अलि तल पुगेर सुनकोशी भेट्टाएर त्यसको किनारमा टेन्ट गाढेर बस्ने या माथिल्लो सुनकोसीमा डुंगा चलाउन खाडीचौर तिर हानिने आदि विकल्प थिए । हामीले जलवीरे जाने निर्णय गर्यौं सानो तर अलि अप्ठेरो खोलो बलेफीमा भोलि डुंगा चलाउने योजनासाथ । जाने के निर्णय गरेका थियौं काठमान्डूबाट जलवीरेका लागि, साहुजीका अनुसार, अन्तिम बस पनि आइहाल्यो हुइकिदै । कसोकसो गुरूजीले हाम्रो रोक्ने संकेत देखे र हामी छिर्न पायौं ।

बलेफीमा पुगेपछि जलवीरेको बाटो छुट्टिन्छ अरनिको राजमार्गबाट । त्यहा बस रोकियो थप यात्रु हाल्न । चाप बढेपछि पिटर र मैले बसको छतमा जाने टुंगो गर्यौं । बस हिंडेपछि थाहा भयो बाटो पुरै कच्ची र खाल्डाखुल्डीपूर्ण रहेछ । छतबाट उम्किइएला भन्ने ठूलो चिन्ता भो । धन्न जलविरे आइपुगियो ।

By the time we reached Dolalghat I was very tired. My arms were aching. I was hungry. But the river was easy, I was in control of my boat, I maneuvered well and took the boat wherever I wanted. There were some scary moments but I handled them well. At Dolalghat, I got off the boat as a confident rafter. Fish and Sprite at Dolalghat. Then into a bus for Jalbire. When too many people came into the bus we decided to go at the top (see above).
By the time we reached Dolalghat I was very tired. My arms were aching. I was hungry. But the river- Indrawati- was easy. I was in control of my boat. I maneuvered well and took the boat wherever I wanted. There were some scary moments but I handled them well. In Dolalghat, I got off the boat as a confident rafter.
We at fried fish and Sprite in Dolalghat. Then we hopped into a bus for Jalbire. When too many people entered into the bus at Balephi bazaar we decided to go and sit at the top of the bus (see above).

होटलको सडकसँगै जोडिएको तर होटलभित्रैको खानाखाने टेबलमा एकजना व्यक्ति अरूकेही व्यक्तिलाई आफूले कसरी अहोरात्र मिहिनेत गरेर सेवा परिक्षामा तेस्रो प्रयासमा सफल भएर विद्यालय निरिक्षक भएको कथा सुनाउदै सफलताका केही सुत्रहरूबारे जानकारी दिंदैथिए । तिनले त्यति गर्न दुइ घन्टा लगाए ।

Day 3 Little bit of tourism in the morning. The old part of Jalbire village has nice mud and stone houses. Most of them are four-story buildings which was a new sight to me.
Day 3- Little bit of tourism in the morning. The old part of Jalbire village has nice mud and stone houses. Most of them are four-story buildings which was a new sight to me. I was born and brought up in a three-story mud and stone house.
Jalbire village
Jalbire village

तेस्रो दिन

विहान जलवीरेको थोरै पर्यटकीय फेरो मारियो । ढुंगामाटोका घर मेरा लागि के नौला भए र ? तर ढुंगामाटोका चार तल्ले घरचाहि मेरा लागि नौला थिए । यस अघि ढुंगामाटोका चार तल्ले घर देखेको मलाइ सम्झना छैन । तीन तल्लेमा त म जन्मेहुर्केकै हुँ ।

झोला बोकेर खोलामा पुगियो । पिटरले दुइ लिटर पानी फिल्टर गरिसक्दासम्म मैले मेरो डुंगा निकालेर हावा भर्न थालिसकेको थिएँ । दोलालघाटमा उत्रदाको मेरो आत्मविश्वासमा आज विहान पनि केही कमी आएको थिएन ।

डुंगा तयार पारेर मूल भगालोमा हेलिनु अघि मैले छेवैको सानो भगालोमा केहीबेर अभ्यास गर्न चाहें । दुइटा ढुंगाको बीचमा डुंगा अड्क्यो । फर्काउन उत्रिदा सीसाको टुक्रामा टेक्न पुगेछु । पानी रंगीन हुन थाल्यो ।

At the Balephi river, still full of confident, I unpacked the raft, inflated it and started paddling. Peter went ahead. I quickly followed only to hit a rock in the first rapid that was within 30 meters from our starting point.
At the Balephi river, still full of confident gained in Indrawati river, I unpacked the packraft, inflated it and started paddling. Peter went ahead. I quickly followed him only to hit a rock in the first rapid that was within 30 meters from our starting point.

पिटर हानिए मूल भगालोमा । लगत्तै मैले उनलाइ पछ्याएँ । भगालो उति ठूलो थिएन तर पानीको बेग इन्द्रावतीको भन्दा तीब्र थियो र ढुंगाहरू धेरै अनि ठूला । बीचमा रहेको पुरै नडुबेको एउटा ढुंगा मैले छल्नै सकिन । प्रयास गर्दागर्दै म, इन्द्रावतीमा मैले समेटेको मेरो आत्मविश्वास र डुंगा एकैचोटी पल्टियौं ।

पानी भित्र डुब्दा सुनिने आवाज मैले सुने । एउटा ढुंगामा टाउको बज्रिएको मैले महशुस गरें तर ठक्करको पीडा हेलमेटलाई भयो मलाई भएन । तीन सेकेन्डजति मेरो टाउको पानीमा पूर्णरूपले डुब्यो होला र म धेरै भए दुइमिटर जति बगें हुँला । तर त्यसपछि मैले आफूलाई उठाएँ, डुंगामा अड्किएका खुट्टा त्यहाबाट निकालेर खोलामा टेक्न भ्याए र डुंगामै तैरिरहन म सकें । निलेको त्यो नमिठो र प्रदुषित पानी अोकल्न खोजें । त्यतिबेला ठ्याक्कै के के बगायो देख्न सकिन किनकी बगेका चीजमध्ये एउटा मेरो चस्मा पनि थियो । त्यो भेटिएन । त्यो त्यही चस्मा थियो जसलाई अघिल्लो महिना शिम्लाको हनुमान मन्दिरमा एउटा फटाहा बादरले निशाना बनाएको थियो । आपतकालीन अवस्थामा प्रयोग गर्ने डोरी, जो मेरो डुंगाबाट उम्किएको थियो, लाई पिटरले अठ्याउन भ्याएका थिए । एक घन्टाअघि मैले जलवीरे बजारमा किनेको जोडी चप्पलको एउटा चाहीं थिएन ।

पिटरले सुनाए मेरो डुंगा ठोक्किएको ढुंगो छल्न उनलाई पनि आच्छुआच्छु भएको थियो । उनी मलाइ सचेत तुल्याउन आफ्नो डुंगालाई छेऊ लगाउदै थिए तर म भगालोमा होमिइहाले । आखिर इन्द्रावतीबाट मिलेको आत्मविश्वास जो थियो ।

हामीले बलेफीमा जलयात्रा त्यही रोक्यौं ।

I fell into water. Lost my glasses that a monkey had stolen (and returned) from me. That's my boat- after I fell in.
I fell into water. Lost my glasses that a monkey had stolen (and returned to me) from me in Shimla few weeks back. That’s my boat- pictured after I fell in.

डुंगा प्याक गर्नु अघि पिटरले दुइसय मिटरजतिमा सतर्कतासाथ प्रयास गरे । बहाव तीब्र अनि ढुंगा धेरै भएको निस्कर्ष उनले निकाले ।

खोलोमास्तिरको जलवीरे बजारमा आउदा एक बजेको थियो । त्यहाबाट काठमान्डूका लागि जाने अन्तिम बस छुटिसकेको थियो । १२ किलोमिटर टाढाको बलेफी बजार पुग्न हामीले बजारमा रहेको एउटैमात्र ट्रक भाडामा लिनै पर्ने भो ।

बलेफी बजारमा ट्रकबाट उत्रेपछि हामी तीन मिनेट हिडेर सोझै त्यो विन्दुमा पुग्यौं जहा भयंकर ठूलो सुनकोसीमा बलेफी मिसिन्छ ।

आत्मविश्वास मेरो लगभग गुमिसकेको थियो अनि गाढा हरियो सुनकोसी देखेपछि मन हच्किएको पनि थियो । तर मलाई लाग्यो यहाँ बलेफी खोलामा जस्तो ढुंगा छैनन् त्यसैले म पल्टिने सम्भावना कम छ । पल्टिइहालेछु भने र राम्रोसँग पौडिने सीप नभएपनि लगाइरहेको जीवन रक्षक ज्याकेटले उत्रन सहयोग गर्ला । डुंगा खोले। त्यसमा हावा भरें अनि सुनकोसीमा हेलिए । हरियो सम्मपरेको र बलेफी मिसिनुभन्दा २० मिटर जति माथिको भागबाट डुंगा खियाउदै पारि पुगें । आत्मविश्वास अलिकति फर्किएकोजस्तो भयो । जंगलबाट सुनकोसीमा पानीखान झरेको एउटा लंगुरले मलाइ जिस्क्याए जस्तो गर्यो ।

म फेरी वारी फर्किएँ । बलेफी मिसिएको ठाउँहुदै हेलिनुपर्ने थियो । एउटा लामो सास तानेर म अघि बढें । यो भगालो तेज थियो र पानीको मात्रा इन्द्रावती र बलेफीको भन्दा कता हो कता बढी थियो । बलेफी त मिसिई नै सकेको थियो । यो लामो भगालो मैले सहजै पार गरें । मैले आफैलाई धाप मारें । तर मलाई अब धेरै अघि बढ्नु थिएन । एक त घाम अस्ताइसकेको थियो, साँझ ढल्किदै थियो । अर्को नाकाँ डिलाँ चस्मा छैन । टाढाको दृश्य उति प्रष्ट छैन । अनि आत्मविश्वास पनि पुरै कहाँ फर्किसकेको थियो र । शायद पाँच प्रतिशत फर्किएको थियो होला ।

एउटा अर्को छाँगो तरियो कि । त्यसपछि अर्को झन डरलाग्दो छाँगो देखेपछि हामीले यात्रा रोक्यौं । पिटर त सूरिदै थिए तर मलाइ लाग्यो म त्यो छाँगो काट्न सक्दिन । कम्तिमा आज त सक्दै सक्दिन ।

हामी रोकियौं र टेन्ट गाड्ने ठाउँ खोज्न थाल्यौं । पारिपट्टी अरनिको राजमार्गमा गाडीहरू दौडीरहेका थिए । पारीपट्टी खोलाकिनारमा एक व्यक्ति माछा मार्न जाल फ्यालिरहेका थिए । थाहा भयो वारीपट्टी ढुंगामा बसेर ढुकीरहेका किशोर तीनका छोरा रहेछन् । हामी रोकिएको ठाउँमा लामो र फराकिलो दह थियो । दह सकिएकै विन्दुबाट छागो सुरु हुन्थो जसमा हेलिन मलाइ डर लागेको थियो ।

पारीपट्टी राजमार्ग छेवैको पसलमा उक्लेर पिटरले टुबोर्ग ल्याए । बलेफीसँगको त्यो दिनको पराजय विर्सन केही पिउनु अतिआवश्यक देखियो ।

फुच्चेले मारेको एउटैमात्र माछा उसले भनेको भन्दा दोब्बर पैसा दिएर किनियो तर पोलेर खाने जागर आएन ।

सुरुमा स्टोभ बल्न अप्ठेरो मानेपनि आखिरमा बोकेर लगेको सुख्खा खानामा पानी हालेर पकाइयो, खाइयो र पल्टिइयो । तर निद्रा लागेन । अघि हावा भरेको डस्ना एकैछिनमा पातिलियो । असमथर र लामा झिक्राभएको जमिनमा डस्नालाइ यताबाट उता र उताबाट यता सार्दा त्यसमा प्वाल परेको टुंगो लाग्यो । तर रात त पुरै बाँकी थियो । सुनकोसी बगी नै रहेको थियो । थाकेको ज्यानलाइ निद्राले नछोप्ने कुरै भएन ।

This is what you do to emerge out of the long day that includes an embarrassing setback- hitting a rock and falling down from your boat. End of Day Three.
This is what you do to emerge out of the long disappointing day that includes an embarrassing setback- hitting a rock and falling into water from your boat. End of Day Three. We camped nearby.

चौथो दिन

उठ्दा पिटरले खाजा पकाइसकेका थिए । स्टोभले विहान दु:ख दिएनछ । उठेर यसो त्यो छाँगोलाई हेरें जसले मलाइ बेलुका रोकेको थियो । सक्छु कि जस्तो लाग्यो । “यू क्यान डू इट,” पिटर कराए । उनी मेरो आत्मविश्वास गुमेको देखेर थकथक मान्दै थिए । “दिनेश ह्याज लस्ट हिज मोजो,” उनले थुप्रैपटक भने । “बट यू विल गेट इट ब्याक ।”

विहान त मलाइ पनि लाग्यो मेरो गुमेको मोजो फर्क्यो कि क्या हो । हामीले आफ्ना डुंगाहरूमा हावा भर्दै गर्दा दुइजना फुच्चेहरू गाडीका पांग्रा चढेर पारीपट्टीबाट त्यो दहमा तैरीदै हामीतिर आए ।

तिनीहरूसँग मैले अगाडीका छाँगा र भगालाहरूबारे खुवै सोधपुछ गरें । त्यहाँ तल पुलमुनीकोमा त धेरै मान्छे डुब्छन्, एउटाले भन्यो । पुल मास्तिरको छागो नजिकै चाहि हाम्रो चियान छ, त्यो डरलाग्दो छ छागो, अर्कोले थप्यो । अलिअलि फर्केको मोजो फेरी हराउला जस्तो भइगयो ।

म सुनकोसीमा हेलिएँ । बेलुका निकै डरलाग्दो लागेको छागो अहिले त्यति डरलाग्दो लागेन । तर आगामी छाँगा कस्ता हुने हुन् मन ढुक्क चाँहि भएन । एउटा अर्को पनि पार गरें । लगत्तैको अर्को छागो चाँहि डरलाग्दै थियो । मैले डुंगा छेउलगाए । यो छाँगोमा चाहिं म हेलिनेवाला थिइन । म किनारबाट हिडेर तल गए । पिटरले फर्केर मेरो डुंगालाई समेत त्याए । त्यो क्रममा उनले चारवटा जति छाँगा दुइपटक छिचोले। एकपटक उनको आफ्नै डुंगामा र दोस्रोपटक मेरोमा ।

एउटा छाँगो त यति ठूलो र तीब्र थियो पिटरले यसपाली चाहि आफूले पनि आफ्नो सीमा महसुस गरेको बताए । त्यो चुनौतीपूर्ण छाँगोमा सामुिहक राफ्टिंगमा आएको एउटा टोलीका सदश्यहरू अत्तालिएको या उत्तेजनाले चिच्याएको मैले देखें । हामी चढेको सानो र हलुका डुंगाबाट त्यो छाँगो तर्नु साहसिक काम थियो जो पिटरले गरे । मेरो मोजो छाँगाहरूका लागि फर्किएन तर खोलाको अन्यभागमा चाहि मैले डुंगा चलाएँ र हामी सुकुटे बजारमा आएर उत्रियौं ।

अनि एउटा साह्रै नै द्रुत गतीमा चल्ने एउटा बसले हामीलाई काठमान्डू ल्याइदियो ।

On the last day of our trip, I did a couple of rapids before finally realizing that my mojo, that lost in Balephi, hasn't returned to do more challenging rapids of Sunkoshi (which was much bigger than Indrawati and Balephi). Peter did all the rapids, many of them twice so that he could bring my boat down. At Sukute bazaar we ended our trip. I was completely exhausted. In this photo, my image is reflected on  Peter's glasses which, unlike me, he didn't lose in the river.
Day 4- On the last day of our trip I did a couple of rapids in Sunkosi before finally realizing that my mojo that I had lost in Balephi hadn’t returned to do more challenging rapids of Sunkosi. This river was much bigger than Indrawati and Balephi. Peter did all the rapids, many of them twice so that he could bring my boat down. Very impressive indeed. I walked on the bank of Sunkosi to avoid big rapids and took some photos and videos as Peter encountered the Sunkosi Force. At Sukute bazaar we ended our trip. I was completely exhausted. In this photo, my image is reflected on Peter’s glasses which, unlike me, he didn’t lose in the river.