Tag Archives: third world life

बस बाहिरका मान्छेहरू

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

हालैका साताहरूमा युद्ध जर्जियामा पो देखिएको हो तर केही महिनायता काठमान्डू सहरमा डुलिहिँड्दा प्रश्न मनमा आउँछ– के हामीमाथि आक्रमण हुँदै छ? मानिसहरू गाडीमा कोच्चिएर, तिनका छतहरूमा बसेर यात्रा गरिरहेका छन् मानौं उनीहरू आपतकालमा छन् र जसरी भए पनि सहरबाट निस्कन आँटेका छन्। स्टिभन स्पिलबर्गको सन् २००५ को फिल्म ‘वार अफ द वर्ल्ड्स’ का दृश्यहरू झल्झली भइरहेका छन्– टम क्रुज अभिनित रे फेरियर नामको पात्र आफ्ना बच्चाहरू रचेल (ड्याकोटा फ्यानिङ्) र रब्बी (जस्टिन च्याटविन) लाई बस्तीको एउटै मात्र काम लाग्ने गाडीमा हालेर न्युजर्सीबाट अर्को अमेरिकी सहर बोस्टन भागिरहेको छ। त्यस्तै अवस्था चित्रण गर्ने अन्य हलिउड फिल्महरूमा जस्तै त्यसमा पनि गाडीमा भागाभाग र अत्तालिएका मानिसहरूको हतारोबाट सिर्जिएको ट्राफिक जामले उनीहरूकै यात्रा अवरुद्ध गरेको छ। लगभग त्यस्तै जाम, जो हालैका महिनाहरूमा काठमान्डूमा बारम्बार देखिनु सामान्य भएको छ । Continue reading