वाग्ले गफ : कफी, क्याफे र पल्पसा

नारायण वाग्ले
नारायण वाग्ले

पत्रकार तथा ‘कफीगफी’ नारायण वाग्लेले आफ्नो पहिलो उपन्यास ‘पल्पसा क्याफे’ लेखेका छन् । आगामी महिना बजारमा आउने उपन्यासको परिचय हिजो केही निम्तालुहरु उपस्थित एक समारोहमा गरियो । त्यसै र्सर्न्दभमा कान्तिपुर पत्रिकाका सम्पादक समेत रेहका उपन्यासकार वाग्लेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।
-दिनेश वाग्ले

तपाईँ किन लेख्नुहुन्छ ?
आफूलाई अभिव्यक्त गर्न ।

तपाईँले आफ्नो सिर्जनामा के भन्न चाहनुभएको छ ?
मैले देखे, भोगे र सुनेको पहाड र घटनाहरू भन्न चाहेको छु ।

आफ्नो सिर्जनाबाट के आशा गर्नुहुन्छ ?
बढीभन्दा बढी पाठकहरूले पढिदिउन् भन्ने आशा गर्छु ।

सिर्जनामा तपाईको जीवनको कुन भाग प्रकट भएको छ र त्यो बदलिएको वा यथास्थितीमै प्रकट भएको छ ?
मेरो संगत र सरोकार यस उपन्यासमा प्रकट भएको छ । तिनमा कतिपय ठाउमा मैले गरेको प्रगतिशिल कल्पना मिसिएको छ ।

सिर्जनामा तपाईँ कसरी प्रकट हुनुभएको छ ?
मुख्य पात्रको एक साथीका रूपमा म प्रकट भएको छु जो संयोगवशः काठमाडौंमा पत्रकार छ ।

आफ्ना पाठकले किताब पढेपछि कस्तो महशुस गरिदिउन् भन्ने चाहनुहुन्छ ?
पाठकलाई खल्बल्याउन म चाहन्न तर मेरो रचनाप्रति तिनको समय माग्न चाहन्छु ।

तपाईँको सिर्जना कहाँ आधारित छ र किन ?
काठमाडौं र पहाडमा आधारित छ । किनभने म त्यही जान्दछु ।

आफूले लेख्न चाहेको तर सक्दिन जस्तो लागेको कथा कुन छ ?
धेरै छन् तर सक्दिन म भन्न । मन लागे प्रयत्न गर्ने एउटा लेखकको कर्तव्य हो ।

कस्तो कथा तपाईँ लेखिरहनु भएको छ जो तपाइ चाहनुहुन्न ?
देश अहिले जसरी गुज्रिरहेको छ त्यो म अझ बढी हेर्न चाहन्न ।

लेख्नका लागि यस्तो ज्ञान आवश्यक छ भन्ने थाहा हुदाहुदै पनि आफूलाई जानकारी नभएको कुरा के छ ?
धेरै विषय छन् जसमा मेरो जानकारी वा बाक्लो ज्ञान छैन ।

तपाईँका लागि लेखन किन महत्वपूर्ण छ ?
किनभने लेखन विना म आनन्दले समय भोग्न सक्दिन ।

सामान्यतया तपाईँ कहिले/कतिवेला लेख्नुहुन्छ ?
जतिबेला कुनै विचारले ममाथि आक्रमण गर्छ ।

तपाईँले पढेकामध्ये सबैभन्दा उत्कृष्ट कथा/पुस्तक कुन हो र किन ?
धेरै छन्, उदाहरण दिइहाल्न हिच्किचाउछु ।

आफूले पढेको सबैभन्दा उत्कृष्ट कथा/पुस्तक पढ्दा तपाईँ कहाँ हुनुहुन्थ्यो र उमेर कति थियो ?
बाल्यकालमा पढेका पाठ्यपुस्तकका केही कथा त्यतिबेला उत्कृष्ट लागेका थिए । पुस्तकले समय, चेतना र परखअनुसार आकषिर्त गर्छ भन्ने म ठान्छु ।

तपाईँलाई मनपर्ने लेखक ?
एउटै लेखक म भन्न सक्दिन तर अर्नेष्ट हेमिङ्ग्वे मलाई मनपर्ने लेखकमध्ये एक
हुन् । नेपालीमा वीपी, पारिजात र शंकर लामिछाने लगायत छन् ।

तपाईँको जीवनमा सबैभन्दा प्रभाव पारेको पुस्तक ?
त्यो पनि एउटैलाई म ठोकूवा गरेर भन्न सक्दिन ।

कफी या क्याफेसँग तपाईँको पहिलो परिचय कहिले भयो ?
पत्रकारितामा लागेपछि । प्रजातन्त्र पुनर्स्थापनापछि भन्नु अझ सही होला ।

कफी गफ स्तम्भलाई किन त्यो नाम दिइयो ?
कफी पिउँदै केही लेखिरहेको बेला झ्वाट्ट यो विचार आयो । बाह्र वर्षजति अघि ।

मानिसलाई तपाईँ कफीगफ स्तम्भबारे कसरी जानकारी दिनुहुन्छ ?
पन्ध्र मिनेट पढ्नुहोस् आनन्दले । बस्, विचारको तरंग उठ्यो भने पुग्यो ।

हालैका दिनमा कफी गफ देखा त परेको छ तर लामो समय पछि । किन ?
समय, आलस्य र ऊर्जाविहीनताको शिकार भएको हो कफीगफ । अब फेरि परीक्षा दिदैछु ।

धेरै मानिसहरु तपाइ प्रसिद्ध हुनमा ।कफी गफ’ र अन्य समाचार केही रिपोर्टहरुको को योगदान देख्छन् । यहाँ म तपाईँलाई त्यो लोकप्रिय स्तम्भबारे प्रश्न गर्छु । त्यसलाई पाठकहरु तथ्य र आख्यानको मिश्रण ठान्छन् । कुन हद सम्म कफी गफ वास्तविकतामा आधारित हुन्छ ?
कहिले बढी तथ्य र कहिले बढी कल्पना । तर प्रायः दुबै घोलेर तयार पारिएको कफी । कफी वास्तविकता होइन भन्न तपाईं सक्नुहुन्न । र कफी भनेको स्वादमात्र हो ।

आगामी कथा के लेख्दैहुनुहुन्छ ?
अहिले त कफी गफ लेख्दैछु विशेषगरी कोरिया र जापान भ्रमणबारे ।

यथार्थको संसारबाट आख्यानको संसारमा जादा कस्तो महशुस भइरहेको छ ?
कफी गफबाटै मैले त्यो अनुभूति गर्दै आएकाले धेरै नौलो लागेको छैन तर पहिलो उपन्यास आकारको कफीगफ भएकाले निकै रोमाञ्चित भइरहेको छु । किनभने पाठकले साढे दर्ुइ सय पृष्ठसम्म कफीगफको स्वाद लिन सक्छन्, सक्दैनन् भन्ने चस्का लागिरहेको छ ।

तपाईँ सबैभन्दा बढी केबाट मनोरन्ज लिनुहुन्छ ? तथ्य र कल्पना ।
दुबै मिलाएर लेख्न बसेको बेला ।

भनिन्छ, पत्रकारिता लेखनको जीवन त्यति दीर्घायू हुदैन । तर साहित्यको हुन्छ । के तपाईँले आफ्नो करिअर लम्ब्याउन साहित्यलाई छान्नुभएको हो ?
समाचारको भौतिक आयू छोटो हुनसक्ला तर राम्रो समाचारको प्रभाव पछिसम्म रहन्छ । साहित्यिक किताब हुदैमा भविष्य दीर्घ हुदैन । लेख्ने लगावसामू करियर वा लेखकीय आयू गौण हुन्छ ।

फिल्मलाई पनि आख्यानको एउटा माध्यम मानिन्छ । फिल्मप्रति तपाईँको दृष्टिकोण के छ – फिल्म क्षेत्रमा तपाईँको कुनै आकाँक्षा छन् ?
फिल्म पनि समाचार, लेख, उपन्यास वा कफीगफजस्तै हो । लेखनको दृश्यात्मक विस्तारमात्र हो भन्ठान्छु फिल्मलाई । त्यसैले सुन्दर फिल्मप्रति म सधैं हुरूक्क हुन्छु । कुनै दिन फिल्मको पटकथा लेख्ने र सके निर्देशन गर्ने आकांक्षा छ ।

बृत्तचित्र ‘भेडाको ऊन जस्तो’मा सङ्गीतकारहरुको एउटा टोलीलाई लिएर तपाईँ लाङ्टाङ् क्षेत्रमा एउटा लोकगीतको खोजीमा जानुभएको छ । त्यसमा कामगर्दाको अनुभव बताइदिनुहुन्छ कि ?
काठमाडौंबाट लहडै लहडमा हामी निस्केका थियौं लाङटाङतिर । भेडी वा चौंरीगोठ पुगेर गोठालाहरूसूग भेट्ने सुर थियो तर आठ वर्षछि पुग्दा मैले पहिला सुनेका गोठालाहरूमध्ये कैयौं मलेशिया पुगिसकेका थिए । त्यो एउटा दृश्यात्मक कफी गफ थियो हाम्रो यात्रा जसको छायाँङ्कन यति लोकप्रिय हुन्छ भन्ने हामीले सोच्न सकेका थिएनौं ।

‘भेडाको ऊन जस्तो’ मा पनि आधारभूतरुपमा तपाईँले कथा भन्नुभयो, एउटा यात्राका बारेमा । बृत्तचित्र या समाचारपत्र या उपन्यासमार्फ कथा भन्नुमा के फरक छ?
माध्यममात्र फरक हो । वृत्तचित्रमा क्यामराको होश पुर्याउनुपर्छ, समाचारपत्रमा तथ्य र पृष्ठभूमिको होश पुर्याउनुपर्छ र उपन्यासमा लेखनकलाको ।

साहित्यमा भाषाको विभाजन (अङ्ग्रेजी र नेपाली) लाई तपाईँ कसरी लिनुहुन्छ ?
व्यक्तिगत रूपमा म नेपालीमा बग्न मन पराउँछु किनभने यसमा मेरो पकड छ । अंग्रेजी भए अन्तर्राष्ट्रिय पाठक पाउन सकिन्छ । भाषा अवरोधक हुदैन तर यसले पाठक संख्याको सीमा निर्धारण गर्छ ।

एकजना लेखककारुपमा आफूमा के कमजोरी छन् जस्तो लाग्छ ?
म फरक ढंगले लेख्न सक्दिन ।

तपाईँलाई देशकै सबैभन्दा धेरै यात्रा गर्ने पत्रकारहरुमध्ये लिइन्छ ।तपाईँका लागि यात्रा के हो ?तपाईँको लेखनमा यात्राले कसरी मद्धत पुर्याएको छ ?
यात्रा नगरेको भए न कफीगफ लेख्न सक्थें न यो उपन्यास । भूगोल, समाज, संस्कति र राजनीति बुझाउने सबभन्दा ठूलो शिक्षक यात्रा हो भन्ने मलाई लाग्छ ।

‘पल्पसा क्याफे’मा कुन पक्ष -यात्रा वा दैनिक कार्य-ले बढी प्रभावित गरेको छ ?
दुबैले । यात्राले मलाई पात्र र परिवेश चिन्न सघाएको छ भने दैनिक कार्यले व्यस्ततासँग मलाई अभ्यस्त गराएको छ । सिर्जनामा यी दुबैको उत्तिकै योगदान छ ममाथि ।

तपाईँका देशकै सर्वाधिक चल्तिको पत्रिका कान्तिपुरको सम्पादक पनि हुनुहुन्छ । कान्तिपुरको सम्पादक हुनुको अर्थ के हो ?
धेरै जिम्मेवार हुनु ।

सम्पादक र सम्बाददाताबीचको फरक के छ ?
संवाददाता स्वतन्त्र हुन्छ र सम्पादक बन्धनमा ।

अघिल्लो प्रश्नमा उल्लेखित दुइ जिम्मेवारीमध्ये तपाईँलाई कुन बढी मन पर्छ र किन ?
अहिलेको अवस्थामा पत्रकारिता स्वतन्त्र राख्ने प्रयत्न गर्नु । किनभने यो निकै चुनौतिपूर्ण छ ।

तपाईँको कामको, विशेषगरी सम्पादककारुपमा, सकारात्मक र नकारात्मक पक्ष के छन् ?
मेरो सकारात्मक पक्ष मेरो सकारात्मक धारणा हो । नकारात्मक पक्ष धेरै छन् जसबारे म अहिले नै पाठकहरूलाई थाहा दिन चाहन्न ।

पत्रकारिता र लेखन एकअर्काका लागि कसरी परिपुरक हुने ठान्नुहुन्छ ?
दुबै अभिव्यक्तिका माध्यम हुन् । लेखन राम्रो भए पत्रकारितामा स्वाद आउँछ र पत्रकारितामा स्वाद पाए लेखन राम्रो हुँदै जान्छ ।

तपाईँ आफ्नो रिपोर्टिङ्बाट सबैभन्दा बढी सन्तुष्ट कहिले हुनुभएको छ ?
धेरै सन्तुष्टीको मोहमा म फसेको छैन । बरू हरेक रिपोर्टिङपछि बरू असन्तुष्ट हुँदै गएको छु । केही न केही नपुगेको हुन्छ हरेकपल्ट ।

आफ्नो करिअरको सबैभन्दा उत्कृष्ट क्षण कुन ठान्नुहुन्छ ?
जब-जब रिपोर्टिङका क्रममा बाहिर पहाडतिर पुगेको हुन्छु ।

आफूले भ्रमण गरेको सबैभन्दा रोमान्चकारी स्थल, नेपालमा र नेपालबाहिर, कुन ठान्नहुन्छ ?
नेपालमा हुम्लाको सीमान्तवर्ती यारी उपत्यका । बाहिर जापानको क्योटोको घुमाउरो सडक हुँदै पुगिने पहाडहरू ।

तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । धन्यवाद :

Enter your email address to follow this blog and receive notifications of new posts by email.


5 प्रतिक्रियाहरु to “वाग्ले गफ : कफी, क्याफे र पल्पसा”

sanukarnali@gmail.com ले लेख्नुभयो :

जुलाई 18th, 2005,11:51 am
before i started my carrier in journalisum, i was a regular reader of Coffee Guff. At that time if i did not got chance to read that article, than i would come to dhangadhi to read because in our city kantipur came 2 days late means in sunday we reed national paper in mnr, at that period i didnot see mr narayan wagle, once upon a time he come in our city where i was starting my journalisum carrier ,when i saw him i feel to much glad & happy.

coz that before i saw mr wagle i dreamed about him & i think ….who was this guys?where did he live ? where was that place where he born ? and who was that luckey&quit lady who got chance to maridge with him? etc,,,,,, but when i saw his lifepartner ,i took his inteview i am feel to much happy & relif because that guys who was my dream chracter he came true in frot of me ,

and today i got his palpasaca in my hand , i read top to bottem i feel……….

3 years ago at mahendranagar i asked one question.that question was saved in my mind now also -why did y stop your coffeeguff ,he reply “i am starting to write nobel” from that period i was waiting his book.

heartly i prey to god ….come soon & bring fast that fiction which I was waiting for

today i give lotttttttt of thanks to him & all caracter of novel

and nitika who help him to write a historical novel in future also we r waiting for such novels…

thanks for blog

grandmerci
kanchanpur

Shankar ले लेख्नुभयो :

जुलाई 19th, 2005,5:06 am
I am a regular reader of coffee guff by Narayan Wagle. I really liked it as I found it gives some sort of thrills and some sort of cafine and nicotinamide when you are having loads of tiredness. You know, I used to be working in remotest northern hills of Sankhuwasava, where a weeklong collection of news paper are shipped weekly…and stragtly I used to read coffee guff…..kunae ta ho kati majjako hunchha…I still remember one, YUMA…and so one. he is extraordinary in writing coffee guff than what he crafts other stuffs. His other stuffs do not provide thrills to me…..,

Once I fetch the coffee guff to my father. He asked some critical question to me. What are the learning you got from this essay. He pointed out the sentences first, and than the permanency of it….and he concluded, its just a story to be told to kids…hahahahahaha. But still I like it whatever you say, I replied it to him.

ck ले लेख्नुभयो :

जुलाई 21st, 2005,6:26 pm
anta ta kitab niski chhadyo… narayan lai badhai chha.

praja ले लेख्नुभयो :

जुलाई 26th, 2005,11:42 pm
good admiration you are gaining. I am cureaus to go through your nobel

hamropalo.com ले लेख्नुभयो :

अगस्ट 4th, 2005,10:16 pm
i like the book very much since its touching all it can as a journalist

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s