दिलिप शमसेर राणाको भाषणको दोस्रो भाग । भाषणको पहिलो भाग यहाँ छ ।
तर्राईको वर्तमान गतिविधिहरुमा सुधार हुन नसकेमा
२५) वर्तमान अवस्थामा तर्राई भेगमा सृजना भएको द्वन्द्वको परिस्थितिमा सुधार भई सामान्य अवस्था सृजना नभएको खण्डमा र राज्यपक्षबाट संचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमताबाट स्थिति बाहिर हुन गएमा स्थितिलाई सामान्यकरण गराउने सिलसिलामा नेपाली सेना पुनः संचालित हुन सक्ने सम्भावना रहेको पुर्वानुमान गर्न सकिन्छ । यसको निमित्त यस पृतना हेडक्वाटरबाट नेपाली सैनिक जंगी अड्डालाई नेपाल सरकार, संयुक्त राष्ट्रसंघ र ने.क.पा. (माओवादी) वीचमा एक सीमित अवधिको लागि नेपाली सेनालाई परिचालन गराउने तर्फएक अन्तरिम समझदारीको व्यवस्था गरिन पहलकदमी हुन पर्ने बारे अनुरोध गरी सकिएको व्यहोरा अवगत गराउन चाहान्छु । तर्सथ आगामी दिनहरुमा विशेषः २२ बाहिनी अड्डाले एड टु सिभिल अथोरिटीको अवधारणामा संचालित हुनको निमित्त आफ्ना अन्तरगतलाई मानसिक एवं भौतिक रुपमा तालिमरत रहेक तयारी गरेर बस्न हुन समेत निर्देशन दिन चाहान्छु ।
दीर्घकालीन शान्ति स्थापना भएमा
२६) आउँदा दिनहरुमा माओवादीहरु हतियार लिएर जंगल पस्ने सम्भावना झिनो मात्र रहेको हुँदा हाल अगाडि बढी रहेको शान्ति प्रक्रियाले मुर्तरुप लिने सम्भावना प्रबल रहेको मलाई लाग्दछ । तर्सथ भोलिका दिनमा हाम्रो मुख्य चुनौतिका रुपमा हालको संगठनात्मक संरचनामा रहेका फौजहरुको निमित्त बासस्थान तथा भौतिक पूर्वाधारहरुको यथोचित व्यवस्थापन पनि प्रमुख रुपमा रहेको छ । सधै लर्डाईकै परिस्थितिमा जस्तो फौजलाई बंकरहरुमा मात्रै राखि राख्न उपयुक्त नहुने साथै लामो समय सम्म बंकरमा बसी रहँदा अप्रिय अभिष्टहरु समेत उत्पन्न हुन जान सक्ने हुँदा त्यस तर्फसमेत विशेष ध्यान पुर्याई कुन कुन स्थानमा ब्यारेक लोकेशनहरु राख्न उपयुक्त हुन्छ, तपाई बाहिनीपतिहरुले समयमा नै छनौट गरी आवश्यक प्रकृया तथा कारवाही अगाडि बढाउने तर्फपनि तपाईहरुको ध्यानाकर्षा गराउन चाहान्छु ।
२७) साथै वर्तमान परिवर्तित तरल अवस्थाको पृष्ठभूमिमा हालै संयुक्तराष्ट्र संघको उपस्थितिमा नेपाल सरकार र माओवादीवीच सम्पन्न हतियार र सेना व्यवस्थापन तथा अनुगमन सम्झौता अनुसार माओवादी सेना र तिनका हतियारहरुलाई निर्धारित शिविरहरुमा कन्टेनरमा राख्ने र नेपाली सेनाका हकमा हालसम्म तैनाथ रहेका स्थानहरुमा नै राखेर कुनै पनि पक्ष विरुद्ध हात हतियार प्रयोग नभएको सुुनिश्चिता गर्ने सहमति अनुरुप कार्यान्वयनका लागि हालसम्म भएका निर्देशनहरु बमोजिम गर्नु गराउनु हुनेछ । साथै संयुक्त राष्ट्रसंघका अनुगमन कर्ताहरुको ब्यारेकहरुमा हुने भ्रमणमा समेत पूर्व निर्देशानुसार सहयोग पुर्याउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
तालिम
२८) कुनै पनि सेनाको मुख्य कर्तव्य भविष्यमा आइपर्ने चुनौतिहरुलाई सामना गर्न तयार रहनु हो । यसको लागि निरन्तर समय सापेक्ष तालिमको आवश्यकता पर्दछ । तर्सथः वर्तमान समयमा Cohesiveness सिर्जना गर्ने किसिमको तालिमहरुमा केन्द्रीत हुनुपर्ने आवश्यकतालाई बाहिनीपतिहरुले हृदयमग गरी तालिमको योजना तगा संचालन गराउनु हुनेछ ।
२९) विगतमा परिस्थितिवस अपरेशनको चापको कारण तालिमहरुको निरन्तरता दिने क्रममा केही बाधा परेको महशुस गरिएकोले सेनाको तालिम नीति अनुरुप समय समयमा पृतनाबाट दिएको निर्देशनहरुलाई मनन गरी एकातर्फबृत्तिविकासका तालिमहरु र साथसाथै आक्रामक क्षमताको विकासको लागि अपग्रेड तालिम एवं परिस्थिति जन्य अन्य तालिमहरु संचालन गराउनुपर्ने आवश्यकता रहेको व्यहोरा अवगत गराउन चाहान्छु ।
३०) हालको गतिविधिहरु एवं परिस्थितिलाई ध्यानमा राखि Cohesive सवयुनिटमा व्यवस्थित भएर अपग्रेड तालिम तथा शहरी प्रतिविद्रोह सम्बन्धि तालिममा विशेष जोड दिई तयारी एवं कारवाहीका लागि योजना गर्नुहुनेछ । साथै बृत्ति विकास सम्बन्धी तालिमहरुको योजना तथा कार्यान्वयन गराउने क्रममा पत्ति, से.मु., तथा गुल्म स्तरको तालिम र अभ्यास अधिकतम मात्रामा संचालन गरी जुनियर कमाण्डरमा पहलता लिन सक्ने गरी विश्वास बढाउने तालिमहरु संचालन गराउनु हुन म निर्देशन दिन चाहान्छु ।
मनोवैज्ञानिक तथा जनहितका कार्य
३१) जनता र सेनाको सम्बन्धको महत्वलाई ध्यानमा राखि जनताको नेपाली सेनाप्रतिको विश्वास एवं आत्मियतालाई अझ बृद्धि गर्न तथा जनताको मन मस्तिष्क जित्नका लागि बाहिनीहरुले प्रशासन, प्रहरी र स्थानीय बुद्धिजीवीसँग समन्वय गरी मनोवैज्ञानिक तथा सम्भव भए सम्म जनहितका लागि उपयुक्त र उचित कारवाहीहरु संचालन गर्नु हुनेछ ।
३२) साथै आफ्नो मातहतका सकलदर्जाहरुलाई सेना भित्र फुट ल्याउन संचालन हुन सक्ने अवाञ्छनीय तत्वहरुको मनोवैज्ञानिक कृयाकलाप सम्बन्धमा समेत सचेत र सजग गराउनु हुनेछ । देशमा हालसम्मको स्थिति र विगतमा भएका घटनाहरुलाई विश्लेषण गरि हेर्दा देशको राजनैतिक स्थिति अझै पनि सुनिश्चत हुने बाटो सम्म पुग्न नसकेको अवस्थामा नेपाली सेनाले प्रदर्शन गर्ने बलिदानी एक्यबद्धता तथा कर्तव्यपराणयता एवं राज्यप्रतिको बफादारीतालाई देखेर विचलित र हतास मानसिकता लिएका केही अवाञ्छित विखण्डनकारी तत्वहरुले नेपाली सेना भित्र नेतृत्व तह तथा तल्लो तहमा फुट ल्याउने र भइरहेको संस्थागत एकतामा खलल ल्याउने उद्देश्यले बेला बखत विभिन्न किसिमका अनरगल एवं भ्रामक अफवा वा हल्लाहरु पिर्टाई जनमानसमा तथा जवानहरुमा नकारात्मक सन्देश फैलाउने कुचेष्टाहरु प्रशस्त हुने गरेको अनुभव हामीे गर्दै आएका छौं । तर्सथ यस्ता भ्रामक, असत्य र तथ्यहिन हल्लाहरुबाट सजग रही अनरगत प्रचार प्रसारको असरबाट मातहतका फौजलाई हमेशा तटस्थ राख्न बाहिनीपतिहरुले पहल गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै माओवादी पक्षबाट जनयुद्धको शुरुवात देखि नै सेनाको सांङ्गठनिक संरचनालाई कमजोर गर्ने हेतुले हाम्रो संगठनमा Horizontal Split ल्याउँने प्रयासहरु बारेमा हामी सबै सचेत नै छौं । आउदा दिनहरुमा वर्तमान तरल राजनैतिक अवस्थाको फाईदा उर्ठाई विभिन्न हतकण्डाहरु मार्फ माओवादी तथा अन्य विखण्डनकारी सोच रहेका अवाञ्छित तत्वहरुबाट नेपाली सेनाको संरचनामा हुन सक्ने Vertical Split को प्रयासहरुमा समेत तपाई बाहिनीपतिहरु तथा अन्तरगतका नेतृत्वहरुले सफलता पाएमा देशको एक सवल सुरक्षा संयन्त्र तहस नहस हुन सक्ने हुँदा यी संरचनाहरुमा सदैव सचेत रहनु भई आफ्नो नेतृत्व वर्गलाई समेत गर्राई राख्नु वर्तमान अवस्थामा अत्यन्त आवश्यक भएको ठान्दछु ।
प्राकृतिक प्रकोप/उद्धार कार्य
३३. बाहिनीहरु अन्तरगत जिम्मेवारी क्षेत्रहरुमा प्राकृतिक प्रकोपको बेला तत्काल उद्धार गर्नको लागि फौजलाई जतिसक्दो चाँडो प्राकृतिक प्रकोप भएको स्थानमा फौज परिचालन गराउन बाहिनीहरु तथा मातहतका युनिट/सब युनिटमा समेत फौज तयारी राख्न लगाउनु हुनेछ ।
३४. प्राकृतिक प्रकोप उद्धार कार्यको लागि खटिदा सकलदर्जाहरुले स्थानीय बासिन्दा, कर्मचारी एवं अन्य संघ संस्थाबाट उद्धारकार्यमा सहयोग पुर्याउन खटिएका व्यक्तिहरुसँग मेलमिलाप एवं सहयोगी व्यवहार गर्दै थप धनजनको क्षति हुनबाट रोक्न आवश्यक फौज परिचालन गराउनु तपाईहरुको जिम्मेवारी हुनेछ ।
३५. प्राकृतिक प्रकोप सम्भावनाको मूल्याङ्कन गरी स्थान विशेषमा उपलब्ध आवश्यक श्रोत र साधनको समयमा नै व्यवस्था गर्नु गराउनु उपयुक्त हुनेछ ।
निजामति, नागरिक तथा संचार जगतसँगको सम्बन्ध
३६. स्थान विशेषमा निजामति निकायहरुसँग आवश्यकता अनुसार आपसी सद्भाव एवं विश्वासको वातावरणलाई बृद्धि गर्दै स्वस्थ समन्ययात्मक र उपयुक्त सम्बन्ध निर्माण गर्ने गराउने तर्फबाहिनीपतिहरुको ध्यानाकर्षा गराउन चाहान्छु ।
३७) नागरिक समाज, भद्रभलाद्मी, विशिष्ट व्यक्तिहरु, पत्रकार, मानवअधिकारवादी सबैसँग सम्बन्ध राखि प्रजातन्त्रप्रतिको प्रतिबद्धता, कार्यकुशलता आदि अभिबृद्धि गर्ने कार्य गर्नुहुनेछ ।
३८) विभिन्न दर्जा ब्यारेक बाहिर रहँदा होटेल, रेष्टुरेन्ट या अन्य र्सार्वजनिक स्थानहरुमा गई झगडा, बादविवादमा फस्दा या व्यक्ति विशेषले गल्ती गर्दा हालको परिस्थितिमा एक व्यक्तिको सानो गल्तीलाई समेत अतिरन्जित बनाई सम्पुर्ण नेपाली सेनाको संस्थामा नै आँच आउने गरी र्सार्वजनिक दबाब आउने अस्वस्थ अभ्यासहरु हुने गरेको देखिएकोले यस्तो स्थितिबाट अलग रहन बाहिनीपतिहरुले आवश्यक पहलकदमी गर्नुपर्ने अवस्था रहेको तथ्य पनि स्मरण गराउन चाहान्छु ।
मानवअधिकार
३९) मानव अधिकार हनन्को क्रियाकलापलाई नेपाली सेनाको जिरो टलरेन्सको नीतिलाई यस पश्चिम पृतनाले पनि पूर्णरुपमा आत्मसाथ गरेको व्यहोरा पृतनाको पूर्व निर्देशनहरुबाट तपाईहरु अवगत नै हुनुहुन्छ । तर्सथ मानवअधिकार हनन्को किसिमको कुनै पनि कारवाही गर्न नदिन बाहिनीपतिहरुले समय समयमा प्राप्त भएका नीति निर्देशनहरु तथा विगतमा घटेका घटनाहरु बारे मातहतका सकलदर्जालाई जानकारी गर्राई कर्तव्य पालनाको शिलसिलामा मानव अधिकारको सम्मान गर्नु सिपाहीको परम कर्तव्य हो भन्ने बारे सबैलाई बुझाउनु हुन निर्देशन दिन चाहान्छु ।
४०) एक अर्काप्रति वा आमजनतासँग व्यवहार गर्दा भाईचारा तथा मानवअधिकारको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय मूल्य र मान्यता अनुरुप मातहतका सकलदर्जाहरुलाई काम गर्न लगाउनु हुनेछ । मानवअधिकार हनन्का घटनाहरुलाई उच्च प्राथमिकताकासाथ छानवीन गरी दोषी उपर प्रचलित नियम कानून बमोजिम कारवाही हुने हुँदा मानवअधिकार तथा मानवीय कानून पनि सैनिक कानून सरह हो भन्ने ज्ञान सकल दर्जालाई दिलाउने तर्फविशेष जोड दिई रोलकल, दरबार कवाज तथा तालिममा समावेश गरि यस बारेमा पर्याप्त ज्ञान दिलाउन विशेष जोड दिनु हुन बाहिनीपतिहरुलाई म निर्देशन दिन्छु ।
व्यवस्थापन तथा अनुशासन
४१) नेपाली सेनाको शक्तिको दुरुपयोग भएमा सैनिक पेशा तथा संस्थाको अवमूल्यन हुनुको साथै जारी शान्ति प्रकृयालाई समेत नकारात्मक असर पर्न जाने हुँदा सकलदर्जाको उच्चस्तरको अनुशासन, हौसला, नेतृत्व तथा वर्तमान तर राजनैतिक वातावरणमा अधिकतम आत्मसंयमता प्रदर्शन गराउने तर्फबाहिनीपतिहरुले विशेष ध्यान दिनुहुनेछ । विद्यमान शान्ति प्रकृयालाई अवरोध पुर्याउने कुनै पनि कार्यहरु गर्नु गराउनु हुने छैन भनी म बाहिनीपतिहरुलाई विशेष निर्देशन दिन चाहन्छु ।
४२) सकलदर्जाको हौसला तथा मनोबल उच्च राख्नको लागि असल नेतृत्व, व्यवस्थापन तथा प्रेरणा अपरिहार्य हुने हुँदा सिपाहीमा सकारात्मक सोचाई, आक्रामक प्रबृत्ति र जित्ने अभिलाषालाई अभिबृद्धि गर्नको लागि बाहिनीपतिहरुले सकलदर्जाहरुलाई उच्चस्तरको तालिम, हातहतियारमा भरोसा, राम्रो बन्दोबस्ती कार्यहरु एवं पतिहरुको उच्च स्तरको नेतृत्वमा भरोसा पैदा गराउने विषयहरुमा महत्वका साथ व्यवहारमा उतारी फौजको हौसला एवं मनोबल सदैव उच्च राख्नुहुनेछ ।
बन्दोबस्ती
४३) बाहिनीपतिहरुले आ-आफ्नो मातहतमा रहेका जवानहरुले आत्मासम्मानमा अभिबृद्धि गराउने क्रियाकलापहरुको योजना र कार्यान्वयन गराउनमा विशेष जोड दिन निर्देशन दिन चाहान्छु । जवानहरुलाई विभिन्न समयमा काउन्सेलिङ्ग, दरबार कवाज, रोलकल आदिका माध्यमबाट उनीहरुको व्यक्तिगत तथ पेशा सम्बन्धी सिप विकास हुने साथै निजी शैक्षिक स्तरमा समेत अभिबृद्धि गराउन अन्तरगतका सबै युनिटहरुमा योजना तथा कार्यान्वयनका लागि निर्देशन दिन्छु । हालको परिवर्तित परिस्थितिमा कमाण्डरहरुले मातहतका सकलदर्जामा उत्कृष्ट नेतृत्वको उदाहरण प्रस्तुत गर्ने संस्कारलाई निरन्तरता दिने परम्परालाई कायम राख्न सदैब दत्तचित्त रही लोभानी पापानीमा लाग्ने पुरानो सोचाईलाई परिवर्तन गरी नयाँ सकारात्मक दिशामा लाग्न र मातहतका सकलदर्जालाई अभिप्रेरित गराउनु हुन बाहिनीपतिहरुलाई यसै अवसरमा निर्देशन दिन चाहान्छु ।
४४) साथै जवानहरुको खानपिन, बसोवास तथा अन्य आधारभूत भौतिक पूर्वाधारहरुको सुविधा मिलाउने तर्फनितान्त आवश्यक हुने हुँदा त्यसतर्फसमेत दृष्टि पुर्याउन आग्रह गर्दछु ।
४५) फौजको संचालन गर्न आवश्यक सामानहरुको निरन्तर र समयमा नै आपूर्तिको अतिरिक्त फौजको मोराल, मोटिभेसन, बेलफेयरमा बाहिनीपतिहरुले विशेष ध्यान दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।
४६) सकलदर्जालाई आफ्नो जिम्मेवारी तथा डिउटीमा बाधा नपर्ने गरी बिदा छुट्टी छाड्ने प्रबन्धलाई व्यवस्थित गर्नु हुनको साथै मुलुकमा राजनैतिक स्थायित्व नआएसम्म सधै रोलकल, विफिङ्ग गरेर मात्रै छुट्टी बिदा छाड्ने व्यवस्था गर्नु हुन तथा अन्तरगतमा समेत सोही किसिमको व्यवस्था कार्यान्वयनका लागि स्मरण गराउन चाहन्छु ।
संक्षेप
४७) नेपाली जनतालाई केन्द्रविन्दु मानी नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, तथा र्सार्वभौमसत्ता जोगाउन प्रजातान्त्रिक पद्धतिमा पूर्ण प्रतिबद्ध रही नेपाली सेनाले नेपाल सरकारको आदेश बमोजिम काम कारवाही गरिरहेको परिप्रेक्षमा श्री पश्चिम पृतना अड्डा अन्तरगतका बाहिनीहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा यस “पृतना कन्फरेन्श-२०६३” ले निश्चय नै मार्ग निर्देश प्रशस्त गर्ने छ भन्ने तर्फविश्वास व्यक्त गर्दै मेरो यो मन्तव्य यही अन्त्य गर्दछु ।
धन्यवाद
भाषणको पहिलो भाग यहाँ छ ।