तन्नेरी जुम्लीको पढाउने रहर

यो भौगोलिकतामा जागिरको सानो अवसरका लागि ठूला पहाडहरु नाघ्दै दौडिनु अस्वभाविक होइन । एउटा जुम्ली तन्नेरीको कथा ।

दिनेश वाग्ले

लालबहादुर चौथा गाउको त्यही विद्यालयमा जहा उनी शिक्षक भएर पढाउने आशा गर्छन् ।

हालैको एक विहानी तातिदो घाममा जुम्ला मास्तिरको डाफें लेक उक्लिदै गर्दा ब्राजीली फुटबल टिमको जर्सी घुडामुनीसम्म सारिएको निलो जिन्स लगाएका एक तन्नेरी फेला परे । मलाई डाडासम्म छाड्न हिडेका रेकर्डधारी जुम्ली म्याराथुन धावक हरिबहादुर रोकाया र मैले लगाइरहेको ‘पल्पसा क्याफे’ टी-र्सटले लालबहादुर डागी र मलाई तत्कालै नजिक्याएका थिए । (चर्चित उपन्यासका प्रशंसकले रोकायाकाबारेमा क्याम्पस परिक्षाका लागि एउटा ‘केस स्टडी’ गर्न चाहेका रहेछन् ।) त्यसबाहेक हामी दुबैको त्यो साझको लक्ष्य एउटै थियो- बुम्रमाणी चौर गाविसको चौथा जसलाई ‘जुम्लाकै विकट’ गाउ भनिन्छ । भोलीपल्ट त्यहाबाट रारा हानिने मेरो योजना थियो भने लालबहादुर ‘विशेष काम’मा त्यता गइरहेका थिए जसको वरीपरी यो लेख घुम्ने छ ।

चौथाको एउटैमात्र र सरकारी प्राविमा एकजना शिक्षकको जागिर खुलेको रहेछ जसमा आफ्नो भाग्य परिक्षा गर्न २३ बर्षो लालबहादुर उकालो लागेका रहेछन् । जुम्ला बजारको कनिका निशा अंग्रेजी स्कुलमा पढाउने उनी बेरोजगार निश्चयै होइनन् तर सुनिश्चित भविश्यको चिन्ताले उनलाई झन दुर्गम ठाउमा धकेलेको थियो । ‘पाए प्राविमै पनि खान्छु,’ निमावी पढाउने लाईसेन्स भएका र बीएड तेस्रो बर्षो परिक्षा नतिजा पर्खिइरहेका तन्नेरीले भने- ‘सरकारीमा भयो भने आन्तरिक (प्रतिस्पर्धा) मा मावीका लागि लड्न पाइन्छ, थर्ड इयर क्लियर भएपछि । अधिकृत सरह । बोर्डिङ्मा त्यस्तो केही पनि हुदैन ।’ त्यति भनेपछि उनले छनोट प्रकृया निष्पक्ष र पारदर्शी भए आफू छानिने विश्वास व्यक्त गरे र भने- ‘भएन भने बोर्डिङ् जिन्दावाद ।’ अधिकृतका लागि लोकसेवाको तयारीलाई पनि तिव्रता दिने उनको योजना छ ।

यो भौगोलिकतामा जागिरको सानो अवसरका लागि ठूला पहाडहरु नाघ्दै दौडिनु अस्वभाविक होइन । सपनाहरु त्यस्तै हुन्छन् जसले व्यक्तिका जता पनि डोर्याउछन् । एउटा चाहना पुरा नभए अर्को उत्पन्न हुन्छ । ‘खासमा राम्रो खेलाडी बन्ने इच्छा थियो,’ लालबहादुरले भने- ‘फुटबल । तर अवसर पाइएन ।’ सदरमुकाम केही परको लाम्रा गाउका तन्नेरीमा खेलाडी बन्न नसक्ने निश्चित भएपछि सरकारी शाखा अधिकृत हुने चाहना पलाएको थियो जो सरकारी शिक्षकका लागि दौडिरहदा सम्म कायमै छ । झोलामा आवश्यक कागजात र र्सर्टिफिकेट बोकेका लालबहादुरले जागिर मिलेमा घरभन्दा डेढ दिनपरको रेडियोसमेत राम्ररी नटिप्ने गाउमा र्सर्ने योजना बनाइसकेका थिए ।

सुनिता बुढा र उनकी आमा । शुरुमा तस्बिर खिच्न हिच्किचाएकी युवतीले आमाले रुचिदेखाएपछी त मलाई अरु फोटो पनि खिचिदिन आग्रह गरिन् ।

अलिमाथि डाडामा पुगेपछि संयोगले तीनजना गाउले भेट भए जो चौथाकै रहेछन् र सदरमुकामतिर ओर्लिदै थिए । उनीहरुलाई शिक्षक पदपूर्तीबारे राम्रो जानकारी रहेछ र गाउकै आवदेशकले पाच अंक बढी पाउने नियम भएको उल्लेख गरे । ‘म तपाईहरुको बच्चाको भविश्यका लागि जे पनि गर्न तयार छु,’ गाउलेले बोकेको रोटी र टिमुर मिसाएको खुर्सानी खादै गर्दा लालबहादुरले भने । तीन मध्येका बृद्धले प्रतिक्रिया दिए- अब तिम्रो क्षमता हेरौं । पक्ष गरेर नाम निकाल्ने कुरा आउदैन क्यारे । खुला प्रतिस्पर्धा हुन्छ ।’ यस्तो लाग्यो, त्यो एउटा पदपूर्तीलाई पुरै गाउले चासोसाद हेरिरहेको छ ।

आफूहरु अशिक्षित भएपनि बच्चाहरुलाई त्यस्तो हुन नदिन गाउलेहरु कटिबद्ध छन् र त्यसका लागि गतिलो शिक्षक छान्न उनीहरु होसियार छन् । र, छानिएका शिक्षकले चौथामा बस्न र खानको चिन्ता गर्नुपर्ने छैन । ९५ विद्यार्थी र तीनवटा शिक्षक दरवन्दी भएको स्कुलमा लाइसेन्स नभएका एकजना हटाइएपछि एक स्थान खाली भएको थियो । भएका दुइ जना महिला चौथामै बस्दा स्कुलबाट अलिटाढाका बस्तिलाई केही अप्ठेरो परेको रहेछ । स्कुलबाट रारातिरको डेढ घन्टा उकालो हिडेपछि पुगिने बुलबुले भन्ने ठाउमा भोलिपल्ट विहान मलाई चिया खुवाउने पसलमा दर्ुइ जना अविभावकले नयाँ शिक्षक छानिने वित्तिकै तिनलाई आफ्नो गाउमा ल्याईछाड्ने बताए । ‘खान, बस्न, कोठा फिरी,’ रनवीर भन्डारीले भने- ‘सरले सुरक्षासाथ (केटाकेटीलाई स्कुल) लाने, (घर) ल्याउने । यता विद्यार्थी पढ्न साह्रै लो । टाढा पर्यो । एकजना मास्टर यता भए विहान बेलुका पढ्ने हुन्थ्यो ।’ सँगैका देवीलाल भन्डारीले थपे- ‘हामी विग्य्रौं, बच्चा नविग्रिउन भन्ने उद्देश्य छ । हामीहरु पढ्नवेलामा यति जोश जागर पनि थिएन ।’ चार कक्षासम्म पढेका दुबै पौढले आफ्ना पालाको पर्ढाई अहिलेको भन्दा स्तरीय भएको बताउन चुकेनन् । ‘नेपालमा पर्ढाई साह्रै लो,’ रनविरले भने- ‘क्लास मात्र बढाउने ।’ देवीलालले थपे- ‘तर हामी पढ्दा स्तरीय । उतिबेलाको चार, अहिलेको ८/९ बराबर ।’

सुनिता, उनकी आमा र नातेदार । सुनिताका आमाछोरीको अनुरोधमा खिचिएको तस्विर ।

लालबहादुर अहिलेका बच्चालाई त्यही स्तरीयता दिन कटिबद्ध छन् । तर डाफे लेक काटेपछि त्यो विहानीको खाना खादैगर्दा उनको शिक्षण कहानीमा आएको अनेक्षित ‘ट्विस्ट’ लाई यहा उल्लेख गरिहालौं । ‘मेरो चिट लिने तिमी हौ,’ छिटोछिटो बोलिएको स्थानीय लवजमा होटल साहुनीकी छोरीले त्यसो भनेको मैले टिप्न भ्याए । सदरमुकामको चन्दननाथ माविबाट यसपाली एसएलसी दिएकी सुनिता बुढाको अंग्रेजीको दिन लालबहादुर गार्ड परेका रहेछन् र साथी कल्पनाले फालेको चिट सुनिताले नटिप्दै उनले थुतेका रहेछन् । नतिजा भोली र्सार्वजनिक हुनेवाला थियो र सुनितालाई त्यही अंग्रेजीमै शंका रहेछ । आमा छोरी एकैचोटी पाहुनामाथि बर्षिए- गुनासो मार्फत ।

‘कहिले भेटौला र गाली गरौला भन्ने थियो,’ सुनिताले भनिन् ।

‘आफ्नो भन्ने कोही हुदैन,’ आमाले थपिन् । त्यसो भनिरहदा दुबै आमाछोरीले लालबहादुरलाई खाना पुगे नपुगेको सोध्न र पानी दिन भने छुटाएनन् ।

‘जिशिअ त्यही नजिकै थिए, म गार्ड बसेको मान्छे, नसमातेको भए तिमीलाई निकाल्थे,’ लालबहादुरले भने ।

‘त्यो त हो तर इग्लिस लाग्यो भने तिम्रो जिम्मा,’ छात्राले चेतावनी दिइन् ।

‘तिम्री बुइनीलाई त मैले पढाउने हो नि,’ लालबहादुरले भने ।

‘बहिनीलाई पढाउने, दिदीलाई विगार्ने!’ अर्का एकजना पाहुनाले ठट्टा गरे ।

पछि बाटो लाग्ने बेलामा मैले टाढाबाट लालबहादुरलाई होटल बाहिर केही समय सुनितासँग भलाकुसारी गरेको देखे । ‘खुशी भइन् त?’ उनी नजिक आएपछि मैले सोधे । लालबहादुर मुस्काए ।

United We Blog!: A Young Jumlee’s Dream of Teaching