कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै

उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा

दिनेश वाग्ले


कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु

‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा उनका भाई गोविन्द र अरु पाचजना अनौठो सोचाई लिएर बसेका छन् । ‘कच्ची बाटोहरुकी आमा’मा उफ्रिएको गाडीभित्र ठोक्किनबाट बच्न सबै डन्डीमा झुन्डेका छन्- एउटा हागोबाट अर्कोमा उफिन लागेको बादरजस्तै ।

उद्देश्य फरक भएपनि सडक यात्रा छनोटमा सबैको कारण एउटै थियो- जुम्लामा प्लेन ओर्लेन, मौसम विग्य्रा छ, टिकटको आश छैन । लक्ष्यमा पुग्न हतारो, बसिरहदा बेखर्ची होइने डर । एसएसली पास भएपछि क्याम्पस पढ्न नेपालगन्ज हानिएका, पत्रिकामा सिम्बोल नम्बर नदेखेपछि बुझ्न सानो ठिमी दौडिएका, आइएड परिक्षामा पहिलो विषय छुटेपछि दोस्रो भ्याउन सुर्खेत ओर्लिएका, दाजू भेट्न दार्जिलिङ् हिडेका र विदामा घर र्फकेएका प्रहरी जवानले जीवनकै अविस्मरणीय यात्रा थालेका छन् । अगाडीपट्टी दाङ्का गुरुजीले स्टेरिङ्मा छन् भने तीनका वायापट्टी एकजोडी केटाकेटी चुपचाप छन् ।


कुरा जुम्ला र कालिकोटको भइरहेको छ । ती जिल्ला जसको सडकसँग जोडिने लामो सपना थियो ।

खासाका सामानको व्यापार गर्ने हरिशंकरले सुर्खेत थुप्रैचोटी (अन्तिम पटक २०५८ मा) पैदल छिचोलेका छन् । ‘भाइको (सिम्बोल) नम्बर (पत्रिकामा) आएन,’ केही दिन अगाडीको एसएलसी रिजल्टको संकेत गर्दै उनले भने- ‘के भएछ, बुझ्न हिडेको ।’ नराकोट गाविसको भैरव उमाविका १८ बर्षो गोविन्द चौलागाईलाई अङ्ग्रेजीमा ‘डाउट’ छ ।

गाडीमा सेलिब्रिटीको झल्को दिने अर्का ठिटा छन् । ‘आजबाट परिक्षा सुरुभो,’ शिक्षा क्याम्पस सुर्खेतमा आइएड प्रथम बर्षा १७ बर्षो विद्यार्थी गगन थापाले भने- ‘अंग्रेजी छुट्यो, भोली ग्याप छ ।’ अर्का यात्री राजबहादुर सार्की नेपालीले नाम बताएपछि ‘अन्तिममा कलाकार थप्नु है, त्यसो भए मात्र मलाई चिन्छन्’ भने । दलित सेवा संघबाट १५ दिनको विदा लिएर नीजि काममा नेपालगन्ज हिडेका उनले यात्राको उद्देश्य ‘बताएर साध्ये’ नहुने बताए ।

सदरमुकामको चन्दननाथ उमावीबाट दोस्रो श्रेणीमा एसएलसी पास भएपछि १९ बर्षो मनबहादुर विश्वकर्मा अर्थशास्त्र या शिक्षा पढ्न कोहलपुर हानिएका हुन् । ‘एक दिन यो पाखोमा मैले पत्यक्ष भिडन्त देखे,’ गाडी दुनसेरा आइपुग्दा उनले भने ।

‘राती कि दिउसो?’ खिलबहादुर परियारले फुत्त सोधे ।

‘दिउसो,’ उनले भने- ‘आर्मीले घाटीमा समाएर ‘टाउको उचालिस भने मर्छस्’ भन्यो । मैले के पो ठाडो पार्थ्र्ये । झन निहुराए । एकछिन पछि ‘भाइ आज त्रि्रो भाग्य रैछ, टाउको उठाएको भए मथ्र्यौं’ भनेर छाडिदियो ।’

हाटसिजाको प्रहरी कार्यालयबाट २० दिनको विदामा गोर्खा घर हानिएका जवान खिलबहादुरलाई पहिलोपटक देख्दा ‘डेन्जल वासिङ्टन कताबाट यता-‘ भन्ने लागेको थियो । ”ट्रेनिंड डे’ भन्ने फिल्म हेर्नु भा’छ-‘ मौकामिल्ने वित्तिकै मैले सोधे । २७ बर्षेले हेरेका रहेनछन् । ‘त्यसको हिरो र तपाई उस्तै,’ मैले ‘उ’मा जोडदिदै भने- ‘शरिरको बनोट, रंग (कालो), आखा र ओठ । सबै त्यस्तै ।’ उनले फिल्म हेर्ने बताए ।


मेरा सहयात्रीहरु । डेन्जल वासिंटन सबैभन्दा देब्रे ।


कालिकोटका दीपबहादुर शाही जसले पहिलोपटक आज आफैले र गाउलेले खनेको बाटोमा मोटर चढेका हुन् ।

अरु यात्रीले ढुंगा हटाउने प्रयास गर्दैगर्दा शाही मिनि ट्रक पर्खिरहेका छन् ।

गत चैतको अन्तिम दिन ठूलो सजधजसाथ उद्घाटन गरिएको जुम्ला-सुर्खेत सडक (कर्णाली राजमार्ग) यात्राका लागि कुनैपनि हिसावले योग्य छैन तर मालवाहक ट्रयाक्टर र मिनि ट्रक कम्तिमा दुइ दिन लगाएर मुस्किलले ओहोरदोहार गर्छन् । बाटो पुरै नखुल्दै हेलिकप्टरबाट ओरालिएका ११ जीपले सदरमुकामबाट ३० किलोमिटर टाढा कालिकोट सीमानाको नाग्मासम्म यात्रु ओर्सार्छन् । असार वित्नैलाग्दाको यो दिन तिनैमध्येका दुइ गाडी प्लेन नपाउदा छट्पटिएका यात्रु लिएर सुर्खेत हानिइरहेका छन् । सेनाले बीचबीचमा पहराहरु काटेर बाटो सुधारिरहेकाले केही ठाउमा दिउसो गुड्न पाइदैन- त्यसैले यात्रा साँझ थालिएको थियो । तन्नेरीहरुले भाडामा विद्यार्थी छुटको बार्गेनिङ् थाल्दा उत्तेजित भएका गाडी मालिकले ‘बरु ओर्लिनुस्’ भनेपछि सबैले एक-एक हजार तिरे । रातभरी दौडिन पाए भोलीपल्ट १२ बजेसम्म पुगिने गाडीवालाले बताए । मौसमको योजना अर्कै थियो ।

राती ११ बजेतिर गाडी घ्याच्च रोकिदा थोत्रो स्पिकरबाट आइरहेको मिलन लामाको ‘झल्को लाली ओठको/ बाटो खुल्यो, मोटर चल्यो, जुम्ला कालीकोटको’ गीत बन्दभयो । मास्तिरबाट ह्वार्र माटो खसेपछि तर्सिएका चालकले गाडी पछाडी सारे । हामी राजमार्गको सबैभन्दा खतरनाक कालीकोटे भीर टिमुरेमा छौ र अगाडी ढुंगा खसेर बाटो अबरुद्ध छ । त्यसमाथि बीच बाटोमा ट्रयाक्टर राखेर गुरुजी कता गए, अत्तोपत्तो छैन । दुइ घन्टाजति अघि एउटा अर्को भीरमा (पाङ्ग्राको) पट्टा खुस्केको गाडी अब अगाडी नबढ्ने भयो । पानी दर्कियो, चुहेर जीउमा थोपाहरु बज्रिन थाले । गाडीले उफारेर जिउ थिलथिलो भा’छ, निन्द्रा लाग्या छ, भोकले पेट आन्दोलित छ ।

उफ्रिदै रिपोर्टिंग: पेन समाउदै वाग्ले । नोटबुक चाहि सहयात्रीले अठ्याइदिएका छन् ।

सडक किनारमा पहरामुनी खोलिएको अस्थाइ पसलमा खान्की किन्दै

विहान पाँच बजे झोलाभित्रबाट मोवाईलको अलार्म बज्नु अगावै मेरा आखा खुलेका थिए तर जीउ हल्लिदैन । घाटी भाच्चियो कि क्या हो ? गाडीबाट ओर्लेपछि देखियो, कति खतरामा सुतिएछ भन्ने । गाडी दुइफिट वाया गएको भए सोझै तीलामा- जो बाढीले फुलेको छ । पहरोको अक्करमा एउटा लाटोकोसेरोको गुढ छ जसबाट चिहाएको पन्छीले हामीलाई खुच्चिङ् भनेजस्तो लाग्यो । गाडी कामदारले ढुंगा निकाल्दै गर्दा १५ मिनेटजति हिडेर हामी ओडारमुनी खोचमा रहेको अस्थाई चिया पसलमा पुग्यौं । आजलाई बाचियो ।

पिली पुगेलगत्तै जीपको पट्टा फेरी खुस्केपछि हामी मिनी ट्रकको हुटमा चढ्यौं । एकजना बृद्ध दुबै हातले डन्डी समाएर, खुट्टा हातको विचमा अड्याएर बसेका थिए- धरापमा पर्नलाग्या चमेरो जस्तो । जीपभन्दा चाडो दौडिने ट्रकबाट शरिर उछिट्टीयो भने भेट्टाउन तीन घन्टा ठाडो ओरालो झर्नुपर्ने निश्चत छ । ‘सडकले सुख दिया’छ, हैन बाजे-‘ मैले कुराकानी थाले । ‘हामीलाई के सुख,’ गाडीको बेतोड उफ्राईमाझ उनले भने- ‘यसरी उराल्छ, बसाल्छ । यो सडक हामीलाई भन्दा तपाईहरुलाई हो । छोरा नातीलाई हो ।’ दाहा गाविस-६ का ६६ बर्षो दिपबहादुर शाहीको त्यो दिन पहिलोपटक गाडी चढेका रहेछन् । हिडेर दुइ घन्टा लाग्ने सदरमुकाम मान्म जादैगरेका बृद्धले त्यतिबेला गाडी हिडेको सडक आफूहरुले खनेको बताउदा उनको अनुहारमा खुशी झल्किन्थ्यो । सानो पहिरोबाट खसेको ठूलो ढुंगाले अबरुद्ध पारेको बाटोबाट जसोतसो हिड्न लागेको गाडी भिरपट्टी निकै ढल्किएपछि उनी फुत्त भित्तातिर हामफालेका थिए । २५ मिनेटजतिमा उनी सदरमुकाम पुगे जहा हामी अगाडी बढ्न प्रहरीले रोक लगाउदा चार घन्टा बस्यौं ।

‘प्लेन चढ्न लेखेकै रैनछ,’ गाडी रोकिएपछि जयराम विटालुले भने- ‘पोहोर प्लेन पर्खिदा पैसा सकियो, घर फर्किनु पर्यो ।’ केहि दिनपछि पाचदिनको पैदल यात्रापछि उनी सुर्खेत पुगेका थिए । त्यतिबेला ‘प्लेन नभए गाडी’को छनोट थिएन र पोहोरकै घट्ना नदोहोर्याउन २० बर्षोले यसपाली सडक रोजेका थिए । चारकक्षा सिध्याएपछि स्कुल छाडेका सिजा गाउका तन्नेरी सुर्खेत पुगेपछि नेपालगन्ज-काकडभिट्टाहुदै दार्जिलिङ् पुग्ने छन्- दाजू भेट्न । ‘खर्चवर्च उनीबाट माग्नु पर्यो,’ दशैतिर फर्किने योजना बनाएका जयरामले भने- ‘आफूले पनि अलिअलि कमाई गर्नुपर्ला ।’


कालिकोटकी एक महिला पछाडि गाडी पास हुदै गर्दा क्यामेरामा हेर्दै

कालिकोटको पिलि नजिकैको एक खतरनाक मोडमा काम जारी छ

कालिकोटमा मिनि ट्रकको हुडमा वाग्ले र अन्य यात्रु ।

मिनि ट्रकको हुडमा । पछीपछी ट्रयाक्टर आइरहेको छ ।

मान्म गाविस, कालिकोटका पसले भरतबहादुर शाही । उनले भने- ‘जव हाम्रो घरदैलोमा गाडी गुड्यो, तव हाम्रो चावी खुल्यो ।’

हाम्रो जीपका चालक दाङका केशव डागी पाङ्ग्रा मर्मत गर्दै ।

हाम्रो जीपका चालक केशव डागी दाङ्का रहेछन् । साथीमार्फ गाडी चलाउन जुम्ला पुगेका ३० बर्षोले त्यो दुर्गम जिल्लामा काम थालेको छ महिना भएछ । जुम्ला नेपालगन्ज पाच पटक ओहोर दोहोर गरिसकेका उनले पहराको भाग खतरनाक भएपनि तलव राम्रो भएको बताए । ‘खासमा सडक नजोडिइकनै हेलिकप्टरबाट झिकाएका गाडी चलाएर जुम्लीले सरकारलाई चुनौती दिएका थिए,’ टिमुरे भिर तर्दैगर्दाको गफमा अविवाहित चालकले भनेका थिए- ‘आखिर बाटो आइछाड्यो ।’

चारबजे छुटेको जीप अलि तल पुगेपछि फेरी विग्य्रो । खाजा किन्ने उद्देश्यले पैदल निस्केका हामी ४१ बर्षो भरतबहादुर शाहीको पसलमा पुग्यौं जहाँ मान्म गाविसको एउटा सूचना टासिएको थियो जसमा स्थानीयहरुलाई अभिभावक र बच्चाहरुलाई बीच सडकमा पानीको मुहान नछाड्न, ढुंगा राखेर बाटो अबरुद्ध नगर्न, गाडीमा ढुंगा हान्न, दौडिएको गाडी पछाडी नकुद्न र गाडीमा नझुन्डिन आग्रह गरिएको थियो । गत चैतमा सडक खुलेलगत्तै सामानले भरिएका ट्र्याक्टरले आफूहरुलाई पनि बोक्नुपर्ने भन्दै केही ठाउमा स्थानीय र चालकहरुबीच झगडा परेपछि प्रशासन, गाविस र माओवादीको सहमतीमा बैशाखमा सूचना टास्नुका साथै चेतना फैलाउन माईकिङ् गरिएको थियो । ‘जव हाम्रो घरदैलोमा गाडी गुड्यो, तव हाम्रो चावी खुल्यो,’ सडकका फाइदाबारे घन्टौसम्म कुरा गर्न तयार भरतबहादुरले हसिलो अनुहार पार्दै भने- ‘हजुर हाम्रो परिचय भयो- सडकले गर्दा । कपडा खाना सस्तोमा पाइएको छ । अब विजुली आउदैछ, सबैराम्रो हुदैछ यहाँ । परिश्रम त गर्नेपर्यो, सुतेर हुदैन ।’ सडक व्यवहार सुधार्न केटाकेही नमानेको गुनासो गर्दै उनीहरुको व्यवहारले ‘दिमाग खाई सकेको’ बताए ।

मान्म, कालिकोटबाट पाच बजेभन्दा अगाडी प्रहरीले जान नदिएपछि तीन घन्टा पर्खिनु परयो । स्थानीय केटाकेटीले वाग्लेलाई समय विताउन सघाए ।

मान्मका केटाकेटी गाडी पछाडी दौडिदै

केटाकेटीकै जस्तो सुताइ: वाग्लेको लगातार दोस्रो रात गाडीमै वित्यो ।

केही तल आएपछि गाडीपछाडी केही केटाकेटी दौडिए जसलाई निरुत्साहित पार्न डन्जल वासिङ्टन चिच्याए । ‘हे, चढ्छस्?’ उनले हपार्ने लवजमा चेतावनी दिए । एउटा फुच्चेलाई साह्रै रिस उठेछ, हामीपट्टी पिठ्यौं फर्काएर निहुरियो । उसको सुरुवालको पछाडीपट्टी ठूलै प्वाल रहेछ जसमार्फ उसले दिन खोजेको सन्देश प्रवाहित भयो !

दैलेखको रामाघाट आइपुग्दा रातीको १ बजेको थियो र खोला तर्न नसक्दा गाडीहरु अलपत्र परेका थिए । दोस्रो रात गाडीमै वित्यो । विहान पारीपट्टी आगलागीमा परेजस्तो एउटा बसदेखियो जो एकदिन अगाडी बाढीले तर्न खोज्दा ह्वात्तै आएको बाढीले बगाएको रहेछ । ३८ जना यात्रु र चालक नजिकैको डोजरको सहयोगमा तैरिएर बाचे । ‘खोलामा गाडी हाल्दा पानी सङ्लो थियो, अचानक बाढी आयो,’ चालक कृपाल सिंहले भने- ‘तार्न खोज्दै थिए, छोपिहाल्यो । ड्राइभर सिट बगाएपछि अब हुदैन भनेर हाम फाले ।’ गाडीले चार बल्ड्याङ् खायो र सय मिटर तल पुगेर अड्कियो । ठेकेदारको लापार्वाहीले नजिकैको पुल बनेको छैन, त्यो विहान गाडीवालाहरुले १५/१५ सय उठाएर डोजरलाई आग्रह गरेपछि खोला तर्न सकिने बाटो बनाइयो ।

रामाघाट खोला तरेपछि दिउसो सम्ममा सुर्खेत पुगिएला भन्ने आशा थियो जसलाई बड्डीचौर भन्दा २० किलोमिटर वरको पहिरोले निशारामा बदल्यो । केही गाडी कामदार पहिरो खन्ने अभियानमा थिए जो पुरै एकदिनमा पनि खोलिन असभ्भव देखिन्थ्यो । सहयात्रीमध्ये केही रामाघाटबाटै जीपसँग केही भाडा फिर्ता लिएर छुट्टीएका थिए । त्यो पहिरोमा पुगेपछि हामी (चौलागाई दाजूभाई, मनबहादुर, विटालु र म) पैदल बड्डीचौर हानियौं । १० किलोमिटर हिडेपछि एउटा जीप भेटियो त्यसलाई अर्को १ सय २० तिरेपछि राती १० बजे सुर्खेत पुगियो । ५२ घन्टा कच्ची सडकमा विताएपछि यति थाकिएछ, एकैछिनमा होटल कोठाको बत्ति निभाएर सुत्ने विचारले त्यत्तिकै ढल्किएको मान्छे, उठ्दा विहानको पाच बजेछ ।

एउटा डोजरले ढुंगा खसालेर बाटो बनाइदिएपछि रामाघाट नदी तर्दै गाडीहरु ।

रामाघाट नदी तर्दै वाग्ले

“भाग्य” लेखिएको बस साच्चै भाग्यमानी रहेछ । रामाघाट नदीमा अचानक आएको बाढीमा परेको यो बस पुरै जस्तो नष्ट भएपनि यात्रु सकुसल रहे ।

ध्वस्त बसका चालक कृपाल सिंहले भने: “तार्न खोज्दै थिए, छोपिहाल्यो । ड्राइभर सिट बगाएपछि अब हुदैन भनेर हाम फाले ।”

अन्तिम अवरोध: बड्डीचौर नजिकैको एउटा पहिरो जसले बाटो पुरै रोकेपछी हामी १० किमी हिड्यौं ।

United We Blog!: The Karnali Express: Bumping on for 52 Hours (Jumla to Surkhet)

12 thoughts on “कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै

  1. ज्यादै रोचक लाग्यो । नेपालको यथार्थ समस्याको स्पष्ट चित्रण हो यो । हाम्रा नेताहरु र काठमाण्डौका भाषणबाजहरुलाइ यो बाटोमा यात्रा गराउनु पर्ने ।

    Like

  2. Maila Pani 1 Years ago Nepaljung to Singa yattra Garda sarie garo vayo ko thiyo Tara Sarkar Lay Chhito Pich ko Pahal gariday ko Vaya Karnali baasi Laie Rahat Hunthyo Hola Sarkar Laie Kurchi bachhudai Thikka 6

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s