दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
राजधानीको ‘हेडलाइन्स एन्ड म्युजिक एफएम’ का किरण अधिकारीले भने- ‘बिहीबार रातिदेखि आएको, यतै सुतियो अलिअलि । अर्को साथी पनि हुनुहुन्थ्यो, पालैपालो जाग्थ्यौं । बिहान (सभागृह परिसरमै) आराम गरियो, घर गइएको छैन ।’
काठमाडौं- रेकर्डिङलाई बिर्सिदिनुस् कुरा यहाँ लाइभ भइरहेको छ । हातमा मोबाइल फोन, झोलामा चाउचाउ र शरीरमा बेतोडको जोश भएका तन्नेरी संवादाताहरूले आ-आफ्ना रेडियो र टिभी स्टेसनमार्फ बिहीबार मध्यरातदेखि निरन्तर नेपाली जनतालाई चुनावी परिणाम बताइरहेका छन् ।
काठमाडौंका एकदेखि पाँच क्षेत्रको मतगणना भइरहेको राष्ट्रिय सभागृहको चौरमा उभिएर शुक्रबार दिउँसो रेडियो नेपालमार्फ निरन्तर अद्यावधिक सूचना दिइरहेका विमल ज्ञवाली बिहान ‘चाउचाउ खाएर’ खटिएका थिए । ‘फ्रुटी र बिस्कुट पनि खाइन्छ,’ रेडियो नेपालमा ११ वर्षघि काम थालेका ३० वर्षो पत्रकारले भने- ‘साथीहरू सीमित छन्, धेरै क्षेत्र समेट्नुपर्छ ।’
‘सीमित साथी’ र ‘धेरै क्षेत्र’ को मार रेडियो संवादादताहरूलाई कम्ती परेको छैन । खानको टुङ्गो हुनेलाई सुत्नेको छैन ।
‘अफिसबाट प्याक गरेर खाना ल्याइदिन्छ,’ सभागृह परिसरको एउटा पर्खालमा पछिल्लो नजिता पर्खिरहेका रेडियो कान्तिपुरका संवाददाता २५ वर्षो अनिल बोगटीले भने- ‘दुइ दिन भयो घर नगएको । बिहीबारदेखि बुथमा आजसम्म ।’ राजधानीको ‘हेडलाइन्स एन्ड म्युजिक एफएम’ का किरण अधिकारीले भने- ‘बिहीबार रातिदेखि आएको, यतै सुतियो अलिअलि । अर्को साथी पनि हुनुहुन्थ्यो, पालैपालो जाग्थ्यौं । बिहान (सभागृह परिसरमै) आराम गरियो, घर गइएको छैन ।’
मोबाइल नेर्टवर्कले बेलाबेलामा धोका दिने भएकाले सिडीएमए फोन पनि बोक्नुपर्ने बताउने रेडियो कान्तिपुरका अनिलले ब्याट्रीको धोकाबाट बच्न जगेडा मोबाइल पनि राख्ने गरेको बताए । ‘हेडलाइन्स एन्ड म्युजिक’का किरणले एउटा सीडीएमए फोन पनि बोकेका थिए । ‘मेरो मोबाइलमा व्याट्री कम हुन्छ,’ २५ वर्षो रिपोर्टरले भने- ‘भीडभाडमा कहिलेकाहीं नेर्टवर्क समस्या हुन्छ, त्यसैले बोकेको ।’
सूचनासँग छिनछिनमा खेल्न पाइने तथा विद्युतीय माध्यम भएकाले आफूजस्ता युवाका लागि रेडियो प्राथमिकतामा परेको यी तन्नेरीहरू ठान्छन् । ‘सबैभन्दा पहिले आफू अपडेट हुनपर्यो,’ अनिलले भने- ‘बढीभन्दा बढी सूचना लिन सक्नुपर्यो ।’ त्यसपछि त्यो सूचनालाई अरू स्टेसनभन्दा ‘पृथक ढंगमा’ प्रस्तुत गर्नुपर्ने चुनौती उनीहरूले सामना गर्नुपर्छ । रेडियोहरूको संख्या बढेको छ, प्रतिस्पर्धा चर्को छ, त्यसैले सूचना दिएरमात्रै पुग्दैन । ‘सूचना ब्रेक गर्ने भन्दा पनि फरक प्रस्तुति आवश्यक छ,’ किरणले भने- ‘श्रोताले मेरै एफएम किन सुन्ने ?’ रेडियो संवाददाताहरूले जतिसक्दो चाँडो सूचना दिन समाचारकक्षबाट निरन्तर दबाबको पनि सामना गरेका हुन्छन् ।
रेडियो रिपोर्टरहरूले मात्रै होइन, हालैका वर्षरूमा खुलेका टिभीमा पहिलोपटक चुनाव कभर गरिहेका सम्वादाताहरूले पनि चर्को समयसीमामा आफूलाई सञ्चालन गर्नुपर्ने हुन्छ । ‘तथ्य संकलन गर्न निकै ध्यान दिनुपर्छ,’ सभागृहमा पुगेकी सगरमाथा टिभीकी २५ वर्षीया श्रुती निरौलाले भनिन्- ‘रिपुटेसन (इज्जत) को पनि कुरा हुन्छ ।’ एभीन्युज टिभीकी २७ वर्षीया आशा थपलियाले गलत सूचना प्रवाहित भए तत्कालै गुनासो आउने भएकाले होसियार हुनुपर्ने बताइन् । ‘एकछिन घुम्यो, (क्यामेराअगाडि) गयो, अपडेट गर्यो,’ उनले भनिन् ।
रेडियो र टिभी दुवै माध्यममा मतगणना कभरेजको अनुभव छ सोहन श्रेष्ठलाई । अहिले कान्तिपुर टिभीको चुनावी समाचार संयोजन गरिरहेका सोहनले २०५६ को चुनावलाई रेडियो कान्तिपुरमा कभर गरेका थिए । त्यतिबेला अहिलेजस्तो मोबाइल/बेतारे फोनहरू उपलब्ध थिएनन् तर साधारण फोनमार्फत पूर्व ओलाङ्चुङगोलादेखि पश्चिम दार्चुला र माओवादी प्रभावित मध्यपश्चिम पहाडसम्मका भेगका चुनावी प्रगति सुनाएको उनले सम्झिए । ‘०५६ को मतगणनाकै दिन नेपालमा मोबाइल बाँडिएको थियो र मैले एउटा पाएको थिएँ,’ उनले भने- ‘भीएचएफ टु वे रेडियो सेट प्रयोग गर्दथ्यौं, मान्छेहरू पुलिस भनेर झुक्किन्थे ।’
अहिले कान्तिपुर टिभीले राजधानीका दुइसहित देशभरिका ११ मोबाइल टोलीबाट चुनावी अभियान कभर गरिरहेको छ र त्यसका लागि संवादाता र इन्जिनियरहरूको टोलीले नसुतिकनै खटेको सोहनले बताए । ‘जेनेरेटर, कम्प्युटर आदि बोकेर हाम्रा साथी गाडीमै सुतेका छन्,’ उनले भने- ‘एफएमको तुलनामा टिभीको टिम ठूलो र प्रविधिको बढी संवेदनशील भूमिका हुने गर्छ ।’
मानिसहरूले चुनावी परिणामको तिर्खालाई रेडियोहरूमार्फ कसरी मेटाएका छन् भने बाटामा थुप्रैलाई रेडियो हातमा लिएर या कानमा मोबाइलको इयरफोन घुसाएर हिँडिरहेको देखिन्छ । ‘भ्याइनभ्याई छ,’ सभागृहअगाडि उभिएर आफ्नो नोकिया मोबाइलमा एफएम स्टेसन चहारिरहेका ३८ वर्षो मनोज थापाले भने- ‘यो ऊ स्टेशन भन्ने छैन, जुनले मतगणना बताइरहेको छ, त्यो सुन्छु । त्यसले विज्ञापन बजाउन थालेपछि अर्कोमा गइहाल्छु ।’
[यो लेख आजको कान्तपुरमा प्रकाशित हो ।]
यसै सँग सम्बन्धित अंग्रेजी ब्लग: Nepal is Glued to Radios as Results of Maoist Victory Surprise Many (And Stun Some)