Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

हिड प्रिय हिड

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

हुनसक्छ केही क्षणमै पत्रिका फ्यात्त फ्यालेर तपाई कतै हिड्ने सुरमा हुनुहुन्छ ? गाउमा हिडाइ धेरैहदसम्म बाध्यता हो तर शहरमा त्यो सचेत छनोट हुनसक्छ । हिर्डाईलाई उद्देश्यमुलक पाइलाचलाई ठान्नुहुन्छ भने यहाँ कुरा त्यसको मात्रै भइरहेको छैन । यत्तिकै हिड्ने क्या । फोकटमा । टहलिने । बरालिने । यसो एकाध घन्टा ? वा थोरोका झैं कम्तिमा चार घन्टा ?

‘दिनमा कम्तिमा चार घन्टा-सामान्यतया त्यो भन्दा बढी-सांसारिक व्यस्तताबाट पुरै छुटकरा लिएर जंगल, डाडा तथा खेतहरुमा बरालिइन भने मलाई लाग्छ म आफ्नो स्वास्थ्य र उत्साहको रक्षा गर्न सक्दिन,’ हेनरी डेभिड थोरोले सन् १८६२ को निबन्ध ‘वाकिङ्’मा लेखेका छन् । ‘जव कहिलेकाही मलाई सम्झाइन्छ कि मेकानिक तथा पसलेहरु मध्यान्हअघिमात्र होइन मध्यान्हभरी पनि पलेटिमारेर बसिरहन्छन् मानौ तिनका खुट्टा उभिन र हिड्न होइन बस्न बनाइएका हुन् म ठान्छु तिनीहरुलाई धेरै अघि नै आत्महत्या नगरेकोमा जस दिइनुपर्छ ।’

हिर्डाईले शारिरिक फाइदा पनि दिन्छ तर थोरोको उद्देश्य त्यो हुदैहोइन, उनी व्यायाम निम्तिको हिर्डाईलाई दुत्कार्छन् । जोगीहरुको हिर्डाई उनका अर्थमा पक्का हिर्डाई हो । उनको सल्लाह छ- ‘उँट झैं हिड्नुपर्छ जो हिडिरहदा उग्राउने (तथा गम्भीर सोचमा डुब्ने) एउटैमात्र जनावर हो भनिन्छ ।’

यो थोरोको जमाना कहाँ रह्यो नयाँ किताव किनेर पुरानो कोट लाउने ? उनका पालामा अहिले काठमान्डूका सडकमा जस्तो अर्टाई नअर्टाई गाडी कहाँ थिए र ? गम्भीर सोचमा डुविरहदा पछाडीबाट गाडीले ड्याम्म हान्यो भने गन्तव्यमा होइन पुगिन्छ मास्तिर । कोटेश्वर पूर्व अरनिको राजमार्गमामा हिड्दा बर्षौ अघि एकजना स्कुले मित्रले गरेको टिप्पणी मैले अझसम्म विर्सन सकेको छैन- ‘यो बाटोमा हिड्नु नाइन्टीनाईन पर्सेन्ट ज्यान खतरामा ।’ हाम्रो शहरी ‘स्ट्रिट’हरुले देशको टुटेफुटेको दुरावस्थाको र्छलङ्ग परावर्तन गर्छन् ।

‘काठमान्डूका स्ट्रिटहरु सबैका हुन् र कसैका पनि होइनन्,’ केही साता अघि द काठमान्डू पोष्टमा शिव रिजालले गुनासो गरे- ‘पार्टीले प्राय ‘सडक तताउने’ कुरा गर्छन् । उनीहरु काठमान्डूका स्ट्रिटलाई शक्तिमा पुग्ने पुलकारुपमा प्रयोग गर्छन् । उनीहरुका लागि स्ट्रिट राजनीतिक क्षेत्र हुन् । उनीहरुले स्ट्रिटको मानवीय र सास्कृतिक पक्ष बुझेकै छैनन् ।’ कुनै जमानामा हिप्पीहरुले मस्ति गर्नेगरेको झोछेंको ‘फ्रिक स्ट्रिट’ हुदै असनबाट या ठमेल निस्कदा चर्को हर्न बजाउने बाइकवालाहरुसँगको जम्काभेट दिक्कैलाग्दो हुन्छ । नारायणहिटीको दक्षिणी भाग हुदै दरवारमार्ग या जयनेपाल तिरको फराकिलो बाटो हिड्न जति मजा आउछ त्यतिकै नमज्जा गौशालाको भिड छिचोल्दा, तीनकुनेबाट कोटेश्वर उक्लिदा हुन्छ । शहरी हिर्डाई उसै पनि डाडाकाडाको भन्दा बढी तनावयुक्त हुन्छ । ‘मानसिक थकाई हुन्छ,’ एकजनाले भने- ‘छेउबाट गाडी सुइय सुइय दौडेका हुन्छन् । एकैछिनमै छाडिदे वाकिङ् स्वाकिङ्, चढिदे गाडी भन्ने हुन्छ ।’

शहरी बटुवाहुनुका निश्चित फाइदा छन् जो गाडीमा चढ्नेले पाउदैनन् । अर्न्तक्रिया हुन्छ, बोलेरै नभएपनि आखाले । ती अनेकौ अनुहारमा चिन्ता, हासो, सन्तुष्टि, पिरालो र दुख महसुस गर्न सकिन्छ । भिड छिछोल्दै हुत्तिएका शरिर आपसमा ठोक्किदा ‘सरि है’ या ‘ला…’ भन्दै वा आखा तर्काउदै हिड्नुमा चुनौती र रोमान्च हुनसक्लान् । बटुवाहरुले मोटरवालासँग निरन्तरको सजगता र यदाकदा वैरभाव राख्नुपर्ने हुनसक्छ । केही दिन अघि नयाँबानेश्वरको जेब्राक्रसमा हरियो बत्तिबलेपछि एकयुवा सडक काट्दै थिए । जेब्राक्रसमै आएको एउटा कारका ड्राइभरले ती युवालाई आखातरेछन् । ‘सा… निहुँ खोज्छस्’ भन्दै ती युवाले कारको बायाँ हेडलाईटनेर लातमारे । त्यो घट्नामा मैले दुइटा कुरा देखे- एक, वितेका केही बर्षा साधारण नेपालीहरुमा तथाकथित ठुलाबडाको बलमिच्याईको प्रतिवाद गर्ने क्षमता बढेको, दुइ, सडकको अराजकता ।

एउटा मोटरको मालिक बन्ने चाहना धेरैलाई हुनसक्छ तर त्यो नहुन्जेल मोटरवालालाई कतिले उतिराम्रो दृष्टिमा राख्दैनन् । ‘मोटरवालाहरु असामाजिक र इगोले भरिएका व्यक्ति हुन्,’ सडकको मानवशास्त्रीय अध्ययन गरेका साइकलका सोखिन व्यारी आफ्नो वेबर्साईटमा लेख्छन्- ‘कार शरिरभन्दा ठूलो हुन्छ जसले एउटा ज्यानले ओगट्ने ठाउभन्दा बढी क्षेत्रमा फैलेको त्यो कारवालाको इगोको संकेत गर्छ । अर्न्तक्रियालाई इगोहरुबीचको झडप ठान्नेभएकाले उनीहरु अन्य मानिसलाई टाढै राख्न चाहन्छन् ।’ व्यारीको आलोचनाले बटुवाहरुलाई पनि छाडेको छैन । मोटरवालाहरुभन्दा ‘सामान्यत सकारात्मक उपस्थिती’ जनाउने बटुवाहरु चाहि ‘इगोविहीन’ हुने उनको अध्ययनले देखायो । ‘बटुवाहरु आफैलाई घृणा गर्छन् त्यसैले उनी र्साईकल चलाउदैनन्,’ उनी भन्छन्- ‘१८६१ मा र्साईकलको आविस्कार हुदा उनीहरुले त्यसलाई अस्विकार गर्नुको कारण हो- साइकलले प्रतिनिधित्व गर्ने जीवनको गुणस्तरीय बृद्धीमा सामेलहुन उनीहरुको आत्मघृणा गर्ने बानीले रोक्यो ।’

खै, व्यारीको अध्ययन र त्यसबाट उनले निकालेका कतिपय निस्कर्षताज्जुव लाग्दा छन् जसलाई यही छाडौं । कुरा यहाँ हिड्नुको छ, बरालिनुको छ, टहलिनुको छ । हिर्डाईका आफ्नै काइदा हुन्छन् । एउटा खुट्टा जमिनमा हुनैपर्छ, नभए त्यो दौड भइगायो । ‘हिर्डाई’ ओलम्पिकमा सामेल एउटा खेल पनि हो जसलाई दौड हिर्डाई (रेस वाकिङ्) भनिन्छ जसमा खेलाडीको अगाडीको कुर्कुच्चाले नटेकेम्म पछाडीको बुढिऔलाले भुइ छाड्न पाउदैन । ओलम्पिक तहका कुरा भइरहेको बेला म यहा लोसे हिर्डाईको किन कुरा गरु – ‘रेस वाकिङ्’ भन्दा ढिलो तर लोसे भन्दा निकै तगडा हिर्डाईलाई ‘पावर वाकिङ्’ भनिन्छ जो मेरो मनपर्ने हिर्डाई हो । उफ, तपाईलाई लाग्ला, ६० बर्षअघि सम्म गाडी नचढेको, अझैपनि गाडीसम्म नदेखेका थुप्रै जनता भएको, सडकको पहुच यो क्षेत्रमै सबैभन्दा कम भएको र धेरैजनाको घोडापाल्ने हैसियत नभएको यो हिमाली मुलुकमा हिर्डाईबारे के गफ दिइरहेको ? के गर्ने, हामीसँग रकेट भए शायद त्यसैकाबारे कुरा हुन्थ्यो होला !

ठट्टाको एउटा कुरा तर साच्चै हिर्डाई प्राविधिक कुरा हो जसमा हिडुवाको शरिरको क्यालोरी, खुट्टचलाईको गति, फड्काईको लम्बाई जस्ता अनेकौ कुरा ठ्याक्क मिल्नुपर्छ । अन्यथा हिड्नु चानचुने कुरा होइन । ‘मानवीय हिर्डाई दोहोरो पेन्डुलम भनिने रणनीतिबाट पुरा गर्न सकिन्छ,’ १५ बर्षम्म अमेरिका र इटालीमा अनुसन्धान गरेका बैज्ञानिहरुले २००१ को ‘न्यू साइन्टिस्ट’ पत्रिकामा प्रकाशति गरेका थिए- ‘अघिल्तिर बढ्दा जमिन छाडेको खुट्टा कम्मरबाट अघिल्तिर हुइकिन्छ जो पहिलो पेन्डुलम हो । त्यसपछि त्यो खुट्टो कुर्कुच्चो मार्फत जमीनमा बज्रिदै बुढीऔलोसम्मले टेक्छ जुन गतिलाई उल्टो पेन्डुलमकारुपमा बर्णन गरिन्छ ।’ अफ्रिकी महिलाहरुले खुट्टालाई पेन्डुलमकाझै बढी प्रभावी ढंगमा हल्लाउने भएकाले उनीहरु अमेरिकीहरुभन्दा बढी भार टाउकामा राखेर हिड्न सक्ने यूनिभर्सिटी अफ मिलानका हिर्डाई अध्येता जिओभान्नी क्यभाग्नाले एवीसी टीभीलाई बताएका छन् ।

उफ ! जन्मेको नौदेखि १५ महिनासम्ममा थालिने हिर्डाई यति जटिल होला भन्ने मैले अघिल्लो साता त्यसबारेमा अनुसन्धान नगरुन्जेल थाहा पाएको थिइन । तर सम्झिल्याउदा त्यसको अनुभव चाहि पहिल्यै गरेकामा म पक्का भए । शहरी जिन्दगीवाट वाक्क भएपछि डेढबर्षघि पोखराबाट मास्तिर उक्लिदा मेरा सहयात्री दुइ अमेरिकी युवतीहरु थिए जो नेपालमा कुनै कामले आएकोबेला ‘लेट्स ट्रेक’ भन्दै डाडातिर हानिएका थिए । एउटी थिइन अलि गरुगो ज्यानकी, तर हिम्मतवाली है, जसलाई घोरेपानी पुग्दा नपुग्दैको उकालोले खुत्रुक्कै गलाईहाल्यो । भोलिपल्ट विहानै उनीहरु विनै पुनहिल उक्लेर म्याग्दीको सौर्न्दर्य नियालेपछि मैले आफ्नो व्याकप्याक उचाल्दै भनेको थिए- लौ है केटीहरु, सरी, म चाहि तिमीहरुको पेस मा हिड्न सकिन । मलाई अलि छिटो हिड्नुपर्ने, तिमीहरुको ढिलो गति मलाई झिंझो लाग्यो । अन्यथा नमान्नु, म अघि लागे, सि यू गल्स इन घान्द्रुक ।’

पक्कै त्यो एउटा स्वार्थी निर्णय थियो, हाईकिङ् भनिने त्यो हिर्डाईको सबै सहयात्री आपसमै हिड्नुपर्छ भन्ने सामान्य नियम तोडिएको थियो । तर के गर्ने, कुरा त्यहा ‘पेस’को थियो जो व्यक्तिपिच्छे फरक हुन्छ र त्यसमा अरुको सुविधाका लागि सम्झौता गर्न सकिदैन । पक्कै सकिदैन, चाहे सहयात्री २५ चानचुनका पश्चिमा युवती नै किन नहोऊन् । पेससँग सम्झौता गरेर ढिलो हिड्नेले छिटो हिड्नेका तालमा (या त्यसको उल्टो) हिड्दा हिडाइमा असर पर्छ । एक त व्याकप्याकको भार त्यसमाथि अप्राकृतिक चालमा हिड्दा त्यो भार झन् बढेको महसुस हुन्छ, थकाई झन बढी लाग्छ ।

त्यसलाई अर्कोतिरबाट हेर्नुस्, ढिलो पेसवालाले जव छिटो पेसवालासँग ताल मिलाउन थाल्छ, त्यो पनि हिर्डाईका लागि बाधक बन्न सक्छ । ‘लौ त्यसो भए त्यो माथिको डाफें लेकसम्म म पनि तपाईंसँगै जान्छु,’ रेकर्डधारी म्याराथुन धावक हरिबहादुर रोकायाले एकपटक जुम्लाको खलंगाबजारबाट मुगुको रारा हानिन लागेको मलाई भनेका थिए । ‘ए, किन नहुनु’ भन्दै म पनि खलंगाबजार वरीपरीका डाडाहरुमा केद्रित रोकायाका बाल्यकालका दौड बृत्तान्त सुन्दै उनकै पेसमा फटाफट हिडेको थिए । भनिहाले मेरो पनि फड्को लामो र पेस छिटो छ तर उचाई दौडका विशेषज्ञ तथा एभरेष्ट म्याराथुन तीनपटक जितेर गिनिजबुकमा नाम लेखाएका रोकायाको जस्तो लामो र छिटो चाहि पक्कै होइन । विहान डेढ घन्टा उनका गफसुन्दै र उनलाई पछ्याउदै उक्लिदा खासै थकाइ लागेको थिए तर जव मुख्य डाडो काट्ने समय आयो मैले तिरिमिरी झ्याई देख्न थाले । त्यतिबेला उनी फर्किसकेका थिए तर म चाहि उनले ‘यो मेरो लोसे हिर्डाई, तपाईका लागि विस्तारै हिडेको’ भनेको सम्झिरहेको थिए । के को लोसे हिर्डाई हुन्थ्यो ? बेलुका छाती दुख्न थाल्यो, रारा नपुग्दै वितिएला जस्तो भयो । त्यही दिन चिनिएका र बेलुका सँगैबसेका बटुवा साथीले भने- ‘हरिबहादुरको तालमा हिडेर हुन्छ ? उसले जति विस्तारै भनेपनि त्यो हाम्रो लागि दौडिए जस्तै हो । विहान भएर तपाईलाई थाहा भएन, अहिले असर देखियो ।’ भोलिपल्ट विस्तारै भेडीगोठ हेर्दै कराली खर्क उक्लेर रारा पुगेको दुइदिनपछि दुखाई हराएको थियो ।

उफ्, मैले महशुस गरे, यति पढिसक्दा तपाईलाई हरिबहादुरसँग हिड्दा मलाई लागेजति थकाई लाग्यो ? थोरोका कुरा सुन्नुस र टहलिन निस्कनुस् ऊँट झै !

2 responses to “हिड प्रिय हिड”

  1. Reality Bites Avatar

    ramro 6 lekh……tara tasbir chahi khatara 6 , kasko art ho yo?