भगवान भरोसा

religion and nepali people

भगवान नदेखेपनि थुप्रै नेपाली मन्दिर जाँदा मनमा शान्ति महसुस गर्छन् । किन ?

दिनेश वाग्ले/ सुरज कुँवर
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

रातको ११ बज्नै लाग्दा र अघिल्लो युगमा कृष्ण जन्मिएको पल नजिकिँदै गर्दा गतसाता पाटन कृष्ण मन्दिर परिसरमा राता सारी, हरिया पोते र नङपालिस लाएका महिला झुरुप्प बसेर गाउँदै, ताली बजाउँदै, हाँस्दै र नाच्दै थिए।

तिम्रो–हाम्रो भेट भा’को आजै हो
पहिलो पाला बोल्नलाई लाजै भो

छेवैमा उभिएका र जन्माष्टमी मनाउन त्यो रात त्यहाँ भेला भएका एकहुल अधबैंसेहरू तत्कालै महिलाका समस्या समाधान गर्ने मुढमा प्रस्तुत भए–

लाज मानेर नसोच्नु अर्को
हजुरजस्तै म पनि यो घरको

द्वापर युगको यमुना किनारमा भए दोहोरीले बिहानसम्म निरन्तरता पाउँथ्यो होला। तर यो कलिमा माहोल बिग्रने चिन्ताले पिल्सिएका प्रहरीले पुरुषलाई विनम्रतापूर्वक त्यहाँबाट धकेलेपछि महिला गफमा फर्किए। ललितपुरको सैंबु गाउँका १७ जनाजति ती श्रद्धालुले कृष्णका नाममा बत्ती बालेर, भजन गाएर र जाग्राम बसेर जन्माष्टमीको रात मन्दिर परिसरमै बिताउने योजना बनाएका थिए। बेलुका पाँच बजे पुगेका र बिहान चार बजे घर फर्किने उनीहरू एउटीको शब्दमा ‘भगवानको बड्डे खान’ त्यहाँ पुगेका थिए। ‘मान्छेको बड्डे केक काटेर मनाउँछन्’, उनले जन्मदिन अर्थ दिने अंग्रेजी शब्दावली ‘बर्थडे’को उच्चारण गर्दै भनिन्– ‘भगवानको बत्ती बालेर।’ बड्डे त फगत बहाना हो। शंकै छैन, धर्म गर्न मन्दिर पुगेका उनीहरू भगवानलाई भरपुर खुसी पार्न चाहन्थे, ताकि ‘केही होस्’!

religion and nepali people

‘केही धर्म होला कि भनेर आएको’, ४० वर्षे निर्मला थापाले भनिन्– ‘केही न केही होला, छोरानातिलाई केही मिल्ला भनेर। हामी त बूढी भइसक्यौं, उनीहरूकै सुख होस्, राम्रो होस्, के चाहियो।’

‘चाहेको कुरा मागेर भगवानले दिँदैन’, अर्कीले थपिन्– ‘आज मागेर भोलि दिने पनि होइन।’

‘पछिको लागि’, निर्मलाले भनिन्– ‘मरेपछि नर्क जानु नपरोस्, स्वर्ग पुगियोस्। त्यसैका लागि।’

…….
मान्छे र तिनका चाहनाहरू। को हुन् तिनका भगवान, जसबाट मानिस यति धेरै र विविध अपेक्षा गरिरहेका छन्? किन मानिस कहिल्यै नदेखिका र नभेटिएका भगवानको यतिविध्न विश्वास गर्छन्? के ती छन्?

‘के भगवान छन्?’ का अनेक र मुख्यतः विभाजित उत्तरहरू हुन्छन्, जस’bout छलफल गर्नु समय खेरफाल्नु जत्तिकै हो। न कसैले भगवान छ भन्ने पुष्टि गर्नसकेको छ, न छैन भन्ने। तर ‘विश्वास’ र ‘आस्था’ ’boutको प्रश्नको सबैभन्दा सजिलो उत्तर यस्तो हुनसक्ने एकजना अध्येता ठान्छन्– धेरैजसो मानिस कुनै न कुनै धार्मिक परिवेशमा जन्मिएका हुन्छन् र हिन्दू, क्याथोलिक, मुस्लिम या बौद्धमार्गीका रूपमा हुर्किन्छन्। प्रायः उनीहरूलाई आफ्नो ‘विश्वास’प्रति प्रश्न नगर्न सिकाइएको र आँखा चिम्लेर त्यसलाई पछ्याउन प्रेरित गरिएको हुन्छ सानैदेखि।

राष्ट्रिय जनगणनाको फारम होस् या कम्प्युटरसँग जोडिएका युवाहरूमाझ प्रिय सामाजिक सञ्जाल वेबसाइट फेसबुकको प्रोफाइल, तिनमा धर्म या त्यस’boutको दृष्टिकोण के भन्ने प्रश्न राखिएका हुन्छन्। जसले मानिसलाई एकभन्दा बढी धर्म या त्यस’bout बहुविचार राख्छन् भन्ने अपेक्षा गर्छन्। भन्नै पर्दैन, विश्वभरि अनेक धर्म छन् र मानिस व्यापक रूपमा तिनका आधारमा विभाजित छन्। धर्मकै नाममा युद्ध र मारकाट भएका छन्, जसबाट थुप्रैको ज्यान गएका छन्। एउटाले अर्काको धर्म नस्वीकार्ने र आफ्नैलाई मात्र भगवान मान्ने चलन नयाँ होइन। तर केही मानिस ठान्छन्, जे नामले पुकारिए पनि सारमा धर्म एउटै छ।

‘आत्मनह प्रतिकुलानी परेसाम् समाचरेत’, प्राध्यापक ऋषिराम पोखरेलले संस्कृत श्लोक उल्लेख गर्दै भने– ‘आफूलाई मन नपर्ने कुरा अरूलाई नगर्नु नै धर्म हो।’ भगवान पनि एकै र एउटै सत्य भएको र त्यसलाई बुद्धिमानहरूले अनेक रूपमा व्याख्या गर्ने गरेको उनको विचार छ। ‘कसैले ईश्वर भन्लान्, कसैले अल्लाह र इसु तर भगवान एउटै छन्’, उनले भने– ‘सबै आठ ऐश्वर्य, सबै आठ सिद्धी, सबै तीन शक्ति तत्त्वलाई भवः भनिन्छ। ती सब गुण जोसँग हुन्छ, त्यो भगवान।’

religion and nepali people

………..
धर्मलाई राजनीतिक रंग दिनेहरू थोरै हुन्छन्। तर विश्वका धेरै विश्वासीहरूले माथि उल्लेख गरेजस्तै, जन्मिदै आफूलाई निश्चित धार्मिक परिवेशमा पाएका हुन्छन् र आफूलाई त्यसैअनुरूप ढाल्दै ईश्वरप्रतिको आस्थालाई निरन्तरता दिएका हुन्छन्। त्यस्तै मध्येकी एक हुन्– चार्टर्ड एकाउन्टेन्टकी विद्यार्थी रविना थापा, जो आफ्नै मिहेनतले फाउन्डेसन परीक्षा पास भएर इन्टरमिडियटका लागि योग्य भएपछि ‘भगवानलाई थ्याङ्क यु भन्न’ हालैको एक बिहान पशुपतिनाथ पुगेकी थिइन्।

‘इक्जाम अघि राम्रो होस् भनी प्रार्थना गरेकी थिएँ’, सहपाठी र उही उमेरकी सोनी मानन्धरसँग मन्दिर पुगेकी १९ वर्षेले भनिन्– ‘राम्रो भयो, फेरि आएकी। आफूले मिहेनत गरेँ, तर कहिलेकाहीं लक चाहिन्छ।’

‘कतिवटा फ्याक्टर हुन्छन्’, सोनीले थपिन्– ‘शिक्षकले कपी जाँच्दा उनको सानो गल्तीले नम्बर तलमाथि पर्छ, कपी हराउन सक्छ। आफूले मिहेनत गरेरमात्रै के गर्ने, भाग्य नभए?’

भगवानसँग मागेर परीक्षामा नम्बर पाइएला र? रविनाको जवाफ थियो– ‘रूखको पात हल्लिन त हावा चाहिन्छ भने मान्छेको यत्रो जिन्दगी चलाउन पक्कै डिभाइन पावर (दैवीशक्ति) चाहिन्छ।’

धर्मप्रति यस्तो आस्थाका लागि कक्षामा किताब पढिरहनु पर्दैन, परम्परा काफी छ। ‘आमाले गर्नुभयो, हजुरआमाले गर्नुभयो, हामीले पनि गर्नैपर्‍यो’, कृष्ण मन्दिरमा भेटिएकी एउटीले श्रीमानको दीर्घायुका लागि लिइने व्रत’bout भनिन्– ‘नगर्दा यसले गरिन भन्दै कुरा काट्छन्, धर्म नाशी भन्छन्।’

‘चलनै त्यस्तो’, अर्कीले थपिन्।

religion and nepali people

……….
धार्मिक पर्वहरू सामाजिक माहोल सर्जक र उल्लास मनाउन जम्मा भएका एउटै छातामुनिका मानिसहरूले आपसमा सञ्चार गर्ने अवसर पनि हुन्। घरबाट निस्केर कृष्ण मन्दिरमा जम्मा भएका र तुलनात्मक रूपमा केही स्वतन्त्र महसुस गरेका ललितपुरे महिलाहरूले जन्माष्टमीलाई त्यस्तै मौकाका रूपमा लिएका थिए। ‘हिँड्न पायो भने सबै रमाइलो’, एउटीले भनिन्– ‘घराँ बस्यो भने के रमाइलो?’

‘हिँडेपछि सब देखिन्छ’, अर्कीले भनिन्– ‘हेरिन्छ। हाहा–हुहु हुन्छ, रमाइलो हुन्छ।’

रमाइलो, आत्मसन्तुष्टि र मनको शान्ति एउटा कुरा, तर मिहेनतपूर्वक कर्म नगरी (धर्मैमात्र गरेर) फल पाइँदैन भन्ने भगवानले पनि भनेकै हुन्। पृष्ठभूमिमा त्यो भनाइ र अग्रभागमा श्रद्धालुहरूको महोलबीच राति २ बजे पाटन संग्रहालय दरबारमा अडेस लागेर ठूलो थालीमा चुरोट र पुष्टकारी बेचिरहेका रामशरण गिरी सोचमग्न थिए।

को कति धार्मिक?

‘अचेलका तन्नेरी, अध्यात्मप्रति कहाँ चासो राख्छन् र?’ भन्ने शंकालुहरूले ती सहरी युवाहरूलाई हेरे पुग्छ, जो काठमाडौंका बसहरूमा चढ्दा नजिकै मन्दिर देखिए दाहिने हातलाई छिटोछिटो छाती र निधारबीच हल्लाउँछन्– तीनपटक जति। मानवशास्त्री डोरबहादुर विष्टका अनुसार, धेरैले कर्मलाई भन्दा भाग्यलाई प्राथमिकता दिने नेपाली समाज गहिरो रूपमा धार्मिक छ। तर सबैभन्दा धार्मिकचाहिँ होइन।

जनवरी २००४ मा बीबीसीले १० मुलुकमा गरेको सर्वेक्षणले विश्वमै नाइजेरिया सबैभन्दा धार्मिक भएको देखाएको थियो। त्यो अफ्रिकी मुलुकका ९० प्रतिशतभन्दा बढीले भगवानमा विश्वास गर्ने, नियमित प्रार्थना गर्ने र आस्थाका लागि मर्ने बताएका थिए। लेबनान र अमेरिकामा ७१ प्रतिशतले भगवान या आस्थाका लागि मर्न तयार रहेको बताए भने धेरैजसो देशमा औसतमा ८० प्रतिशतभन्दा बढीले भगवान र कुनै त्यस्तो उच्च शक्तिप्रतिको विश्वासले आफूलाई राम्रो मानव बनाएकोमा सहमति जनाए।

religion and nepali people

‘कहिलेकाहीं अरूलाई ठग्न बसेको हुँ कि जस्तो लाग्छ’, उनले भने– ‘किनकि म यहाँ भगवानको भक्ति गर्न आएको होइन। नाफा कमाउन आएको। राति बढी व्यापार हुन्छ। फेरि अर्को मन भन्छ– यी मानिसलाई मैले यति राति आवश्यक कुरा उपलब्ध गराएको छु, के त्यो धर्म होइन र?’
चौतारा, सिन्धुपाल्चोकमा घरखेती भ्याएपछि फुत्त काठमाडौं छिर्ने ५० वर्षे राम आफ्नो कामलाई ‘यसो नुन–मट्टितेल पुर्‍याउने’ र ‘काल पर्खिने बाटो’का रूपमा वर्णन गर्छन्। बितेका ३० वर्षदेखि अनियमित रूपमा नाङ्ले पसल (‘धर्म भने पनि पाप भने पनि’) गर्ने उनी ‘कर्मै नगरी डुल्दा पृथ्वीलाई लोडमात्र’ हुने ठान्छन्। ‘जन्मेपछि परिश्रम गर्नैपर्ने’, धाएर मन्दिर कहिल्यै नगएको उल्लेख गर्दै उनले भने– ‘मुखाँ माड लाउनैपर्‍यो।’
पक्कै, मुखाँ माड नलाए सम्भवतः भगवानको पनि केही चल्दैन। तर विश्वका ती करोडौं मानिस दैनिक कुनै न कुनै बहानामा फुर्सद निकालेर किन मन्दिर, मस्जिद या चर्च धाउँछन्? के छ भगवानमा त्यस्तो जसले उनीहरूलाई जतिसुकै सफलता मिले पनि मन्दिर जान उत्प्रेरित गरिरहन्छ? अनि मानिसहरू किन भगवानका सामु व्यक्तिगत समस्या र चाहना लिएर जान्छन्?

‘पुरुषार्थ गरेर केही पाएपछि मान्छेले त्यो राखिरहन चाहन्छ’, प्राध्यापक पोखरेल भन्छन्– ‘तर सक्दैन। अनि ईश्वरका शरणमा जान्छ।’ आफूसँग नभएको वस्तु प्राप्त गर्नु (योग) र त्यसलाई जोगाएर सदुपयोग गर्न सकियोस् भन्ने चाहना सबैमा हुन्छ।

त्यसैले होला, मान्छे यस्तो बन्न सकियोस् भन्दै ईश्वरको प्रार्थना गर्छन् र बनेपछि त्यो टिकिरहोस् भनेर प्रार्थना गर्छन्, बोका काट्छन्, मन्दिर धाउँछन्। हे भगवान, मलाई यो देऊ, त्यो देऊ!

‘स्वभावैले मागिन्छ’, अर्को दिन अस्टे्रेलिया जाने छोराको शुभयात्राका लागि शिवको सद्भाव लिन पशुपति पुगेका झापाका महेन्द्र उप्रेतीले भने– ‘सबै माग पूरा हुन्छन् भन्ने छैन, तर भगवानप्रति अटल आस्था छ।’ मन्दिरबाट निस्केका ४४ वर्षेले भगवान ‘नदेखेको’ तर काठमाडौं आउनासाथ पशुपति पुग्ने गरेको र मन्दिर पुग्दा ‘सन्तुष्ट महसुस’ हुने बताए।

त्यस्तै सन्तुष्ट थिए, बुटवलका २२ वर्षे बर्थ डे ब्वाई युवराज पौडेल, जो आफ्नो जन्मदिनको बिहानै भगवानप्रति श्रद्धा दर्शाउन गतसाता पशुपति पुगेका थिए। ‘टाइम–टाइममा आइरहन्छु’, त्रिचन्द्रमा बीएस्सी दोस्रो वर्षका विद्यार्थीले भने– ‘दर्शनका लागि। मन पनि शान्त हुन्छ।’ मन्दिर जानुलाई ‘भगवानसामु पुग्नु’ भन्ने तन्नेरी त्यसो गर्दा ‘जिन्दगीका अप्ठ्याराहरूबाट मुक्ति’ र ‘दिमागको शान्ति’ मिल्ने ठान्छन्। ‘मूर्ति पूजा गरेर के हुन्छ र?’ उनले भने– ‘तर भगवान नजिकै छु है भन्ने सोच आउँछ। सत्यमार्गको प्रतिनिधि नै भगवान हो। गलत बाटोमा नलागियोस् भन्नका लागि चाहियो नि एउटा सन्दर्भ विन्दु। भौतिक आश गरी ‘मलाई आत्मविश्वास देऊ’ भन्छु। ‘बाटो देखाइदेऊ, म आफैं हिँड्छु’ भन्छु।’

एकछिनपछि उनले थपे– ‘तर एक रुपैयाँ चढाएर एक करोडको अपेक्षा राख्दिन।’

Advertisements

8 thoughts on “भगवान भरोसा

  1. ” ‘आमाले गर्नुभयो, हजुरआमाले गर्नुभयो, हामीले पनि गर्नैपर्‍यो’, कृष्ण मन्दिरमा भेटिएकी एउटीले श्रीमानको दीर्घायुका लागि लिइने व्रत’bout भनिन्– ‘नगर्दा यसले गरिन भन्दै कुरा काट्छन्, धर्म नाशी भन्छन्।’ ”

    Iam completely Shaken by the statement of this Lady.
    Our mothers,grandmother did things like dis just to please their “in laws”.They never thought about themselves,They always thought about their family,children & their husband,actually they lost their identity,their talents,their dreams & this Lady is saying that she would do the same just because her mother and grandmother did it & just because she want them to be happy with her but is she happy???
    My grandmother always talked something like this “She must do these works coz her mother and mother-in-law did it..”She did everything to satisfy her husband,her in-laws,her mother,she was a good daughter-in-law as a whole but she always never had her freedom,she couldnot go to her “Maita” when she wanted,she couldnot do what she wanted just because there would be noonne in home to cook their meal & wash their clothes & I Say THIS IS NOT FAIR!
    Talking about my mother She is extremely beautiful & interested in acting,She could not Persue her career in acting just because of fear from her family & society, She too did the same what her Aama & Hajur Aama did So,her talent and her Passion died away on her.She still regrets that she couldnot go against her family.Standing on the door of Kitchen & looking at my mother & grandmother working I always found a question inside me Is this what We women are born for???
    This is not the Sole Story of my mother & grandmother,this is the representative story of all Nepalese Women.And its time to wake up,Do things not to please ur society but to be happy & proud about what you did.It depends on you to go to mandir or not,to go on fasting or not,It depends upon u what to wear & what career to choose you don’t have to follow ur mother & grandmother blindly & Believe Me Dats When you’ll know what Happiness means!!!!!

    Like

  2. मेरो बिचारमा धर्मं भनेको एउटा नियम कानून हो, पाहिले पहीलेका मन्छेहरुले यो संसारलाई चालौनको लगी बिभिन्न नियमहरु बनाएका थिए, मान्छेलाई नकारात्मकताबाट सकारत्मकतातिर ल्यौनको लगी स्वर्ग, नर्क, भगवान्, राक्षश जस्ता कुराहरुको कथा सुनाउने गर्दथे . हाम्रो घरमा पनि सानैबाट त्यस्तै बातावरण बन्दै गयो, र हामी पनि त्यस्तै बन्दै गयौ . सानैमा घरमा बुबा, आमाले हामीलाई मन्दिरमा लग्नुहुन्थ्यो, अनि त्यों डुन्गाको मुर्तिलाई देखौदै yi भनेका हामी सबैका पालनकर्ता भागवान हून, हामी सबैलाई यिनले नै पालेका छन, हामी सबैले ईनको पूजा गरेर भाग्वानलाई खुशी पार्नुपर्छ भनेर भंनुहुन्थ्यो . हामी पानी तेसतई गर्दै आएका छऊ . ahile २१ au shataabdima aayer ishwar chhaina भनेर jatisukai okaatal gareta पनि manko १ kunama ishwarprati सदा shrddabhav rahirahanchha . सानैमा hamilai bubaaamale ishwarko डर dekhayera aaja हामी यो sthansamm aaipugo kuralai bhulnuhudaina….

    Like

  3. Hamro parampara nibhaunu hamro dharma

    ho …yeslaai kahile pani bhulaaunu hudaina.

    yedi kohi aatma tripti ko laagi pujaa garchha

    bhane galat hoina ..tara dharma ko naam ma

    andha biswasi hunu dherai galat ho….

    tara ke garnu dharma ko naam ma

    ek aarka laai aaghat puryaauna pani

    pachhi pardainan…..dharma ko naam liyer

    byaapar garne haru pani thuprai chhan

    yini haru ko kura kasai le pani biswas gari halchhan

    yesta manchhe haru bata aaphu pani

    bachnus aarkaa laai pani bachaunus

    Like

  4. this is the time for women and the old patriarchical rule is defenitely gone.
    look what it did to the world not only nepal
    Our grandmothers did not want the earth to die or their grand and greatgranddaugthers to be wasted in a villa, women are to be active part of society but for this to happen they have to raise their sons responsibly and doing dishes and giving them some true appreciation shabaz and help.

    Like

  5. नेपालको हाल जापानस्थित वेबसाइत : http://www.nepal-embassy.org/
    यो वेब साईट हेरेर मलाई दिक्क लगेर आयो, हाल जापानमा अद्ध्यन्रत आफुलाई रेजिस्तेर गर्न मिल्छकी भनेर आएको त वेब साइत को दशा देखेर दिक्क लागेर आयो, यसमा नत कुनै नेपाल सम्भन्दित सामाग्रीनै भेते नत कुनै जापान सम्भन्दितनै, एउटा मात्र पेज भएको यो साइत हेरेर यस्मा पनि भ्रस्ताचर हुन सकेको सन्केत मैले देखेको छु, यदी नेपाल दुतवासले यती जाबो वेब साईटको लागि पनि पैसा दिन सक्दैन भने यो वेब साईट म सित्तैमा बनायिदिन तैयार छु। यसरी बिदेश मा नेपालको बेइज्जत भयी रहेकोमा सबैको ध्यानाकर्षण गर्न चाहन्छु । यदी कुनै जापानिजले यस्तो गती देखे भने कसो होला ?

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )