सपनाको बगैचामा

Garden of Dreams, Kathmandu

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र: देवेन/कान्तिपुर

बराक ओबामाको ‘चेन्ज’ (परिवर्तन) को नारालाई बूढा जोन मक्केनले समेत अठ्याउँदै अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्विकारेको त्यो साता म दैनिकीमा हल्का बदलाव ल्याउन ८० रुपैयाँ तिरेर त्यो अग्लो पर्खालले घेरिएको शान्त र मनोरम बगैंचामा छिरेको थिएँ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरको सपनाको बगैंचा (गार्डेन अफ ड्रिम्स) कति रोमाञ्चक छ भने यहाँ एक्लै आए पछुतो मात्र हुन्छ। एक्लै रमाउनेलाई पनि दिव्य ज्ञान प्राप्त हुन्छ– जिन्दगी यसरी चल्दैन, एउटी (ा) चाहिन्छ। स्वप्न बगैंचाको अघिल्लो भ्रमणमा दुई घन्टा घोत्लिएर र दृश्यपान गरेपछि म एउटा दरिलो निष्कर्षसाथ त्यहाँबाट निस्केको थिएँ– यो ठाउँमा युवतीसँग आउनुपर्छ कि ल्यापटप ल्याउनुपर्छ।

यो मध्याह्न मसँग कम्प्याक प्रेसारियो ल्यापटप छ, जसले बगैंचामा प्रेमका तरंगहरूसँग पौंठेजोरी खेल्दै दौडिरहेका बेतारे इन्टरनेट संकेतहरूलाई अठ्याउने छ र मलाई समय बिताउने बहाना दिलाउनेछ ।

‘एउटा वाइफाई अकाउन्ट दिनुस्,’ मैले गेटमा प्रवेश टिकट लिएपछि भने।

‘अचेल नियम बदलिएको छ,’ उसले प्रिपेड फोन रिचार्ज गर्न प्रयोग गरिने जस्तै एउटा कार्ड थमाउँदै भन्यो– ‘यसको २ सय ५०। पाँच घन्टा चलाउन मिल्छ। तीन महिनाभित्र जहिले चलाए पनि हुन्छ।’

सायद उसलाई पार्क छिर्ने शुल्कको झ्वाट्ट सम्झाना भयो, त्यसैले लगत्तै थप्यो– ‘यहीँ आउनुपर्छ भन्ने छैन। हिमालयन जाभा र रोडहाउस क्याफेमा पनि यो चल्छ।’ उसले ठमेलका दुई स्तरीय खान्की केन्द्रहरूको नाम लिएको थियो। त्यहाँ छिर्न शुल्क लाग्दैन तर उत्कृष्ट कफी र पिज्जा प्रस्ताव गर्ने तिनका मेन्युले खल्तीलाई छिनमै हलुका तुल्याउने क्षमता राख्छन्।

इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले पहिले यही पार्क र जाभामा घन्टाको ३० रुपैयाँमा वाइफाई उपलब्ध गराउँथ्यो। अहिले ५०। महँगाइ कहाँ मात्र छैन? खासमा यो सहरमा सस्तो वाइफाईको आवश्यकता छ। प्रयोगकर्ताहरूलाई वायरलेस इन्टरनेटको अनुभव गराउने क्षमता नेपाल टेलिकमको जति अरू कसमा होला र तर त्यो सरकारी एकाधिकारले ग्राहक सन्तुष्टिमा अलिकति पनि समय दिन सकेको छैन। त्यसले वितरण गरेको पीसीएमसीआई कार्ड मेरो प्रेसारियोमा छ तर के गर्नु हालैका महिनाहरूमा त्यो सेवा कति खत्तम भएको छ भने झ्वाक चलेको बेला नोटबुकै फाल्दिऊँ जस्तो लाग्छ। फेरि सोच्यो– त्यसो गरे आफैंलाई घाटा।

त म अहिले यो युरोपेली शैलीको बगैंचाको दक्षिणपट्टीको ओतमुनि उत्तर फर्केर बसेको छु– सामुन्ने ग्रिक शैलीको सुन्दर एम्पिथिएटर छ, जसमा म कुनै एउटा सौम्य कर्न्सट भइरहेको कल्पना गर्छु। काखे कम्प्युटरले इन्टरनेट तरंग अठ्याइसक्यो तर आँखा स्त्रि्कनमा अडिनै मान्दैनन्। तिनले अर्कै तरंग समाएका छन्।

नाम मात्रै स्वप्न, खासमा यो प्रेम बगैंचा हो। सहरभित्रको शान्त, विशेष र हरियो डेटिङ भेन्युहो यो, जहाँ युगल जोडी चौरमा डनलप ओछ्याएर लम्पसार गर्दै या बेन्चमा एकअर्काको अँगालोमा बेरिँदै रमाइलो जिन्दगीको सपना देखिरहेका हुन्छन्। यत्ति नै खेर मेरो ध्यान पर कुनाको बेन्चले तानिरहेको छ– त्यो ठिटोले युवतीलाई यस्तरी अठ्याएको छ मानौं ऊ चिप्लेकीरा हो र अँगालो अलिकति पनि खुकुलो हुनेबित्तिकै फुत्किन्छे। अर्को एउटा जोडी मेरो देब्रेपट्टि चौरमा छ– युवक कुहिनो टेकेर पल्टेको छ भने युवती उसको कम्मरमा पल्टिएर ल्यापटपसँग खेलिरहेकी छे। दाहिनेपट्टि बेन्चमा एक युवक उसँग लपक्कै टाँसिएकी युवतीको कपाल बिस्तारै सुम्सुम्याइरहेको छ। कस्तो माया गरेको।

मलाई सोचमग्न तुल्याउने हरकतचाहिँ सामन्ने रूखमुनिको एउटा लामो बेन्चमा बाँडिएर बसेको जोडीले गरेको छ। युवक बेन्चमा विन्दास मुद्रामा उत्तानो परेर सुतेको छ– उसको एउटा खुट्टा तेर्सिएको र अर्कोको घुँडा उठेको छ। युवती भुइँको दूबोमा बसेकी छे, जसले गर्दा तिनीहरूका टाउका लगभग जोडिएका छन्। युवकको मुख आकाशतिर फर्केको छ, युवतीको पूर्वतिर। खुम्याएर छाती नजिकै ल्याइएका घुँडामाथि किताब राखेर युवती पढिरहेकी छे। नजिकै अर्को एउटा किताब छ। लाग्यो युवती युवकका लागि पढिरहेकी छे। कुनै मीठो कथा हुनुपर्छ त्यो। म टुंगोमा पुगें– बगैंचामा सबैभन्दा रोमाञ्चक र उत्कृष्ट जोडी त्यही हो। त्यो विशेष जोडी कुन किताबमा बाँधिएको छ भन्ने उत्सुकताले मलाई तत्कालै गाँज्यो।

……….
आज कति धेरै कन्ट्याकहरू अनलाइनमा! गुगल टक पनि एउटा पार्कजस्तै हो, जहाँ संसारैभरि छरिएका साथी र परिचितहरू भेटिन्छन्। सांघाई, बेइजिङ, न्युयोर्क, वासिङटन डीसी, लस एन्जलस, लन्डन, विराटनगर र काठमान्डू। ‘नेपाल जान चार दिन बाँकी,’ अल्फ्रेड फ्रेन्ड्ली फेलोसिपअन्तर्गत पिट्सवर्ग सहरको एउटा पत्रिकामा छ महिना काम गरेर फर्किन आँटेका नेपाल साप्ताहिकका रिपोर्टर मित्र दीपक अधिकारीको स्ट्याटसले भनिरहेको छ। सेता दाँत देखाउँदै कपाल सरक्क मिलाएको र कालो चस्मा लगाएको तस्बिर र स्माइल’boutको सन्देशसहित अर्का रिपोर्टर मित्र शरद चिराग टुपुल्किएका छन्। विराटनगरबाट भीम घिमिरे ‘बोल्न मन छैन मलाई’ सन्देशसहित देखिएका छन्।

‘हाई,’ युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज’ बाट पढाइ सिध्याएर फर्किन आँटेकी केटीले साथीले मेरो हाल सोध्दै सन्देश पठाई– ‘ह्वाट आर यू अप टू?’

‘हाई, म गार्डेन अफ ड्रिम्समा,’ मैले भनें र दृश्यको छोटो वर्णन गरें।

त्यति नै बेला मलाई लाग्यो, पार्कको तस्बिर खिचेर फ्लिकरमा अपलोड गर्छु। च्याट रोकेर क्यामेरा तेर्स्याएँ त्यो जोडीतिर। तस्बिर डाउनलोड गरेर जुम गरेपछि मेरो उत्सुकता मेटियो। तर कसरी! युवतीको हातमा पाउलो कोहेल्लोको ‘इलेभेन मिनेट्स’ छ। छेवैमा कोहेल्लोकै ‘द विच अफ पोर्टोवेल्लो’ पल्टिरहेको छ। दिमागमा अर्को तरंग फैलियो, जो ‘इन्टरनेट’ र ‘प्रेम’ को भन्दा सघन थियो। डेढ वर्षजति अघि अफिसमै एक साथीबाट लिएर ‘इलेभेन मिनेट्स’ सिध्याएपछि लागेको थियो– अहिलेसम्म पढेमध्येको सबैभन्दा कामुक किताब।

………
त्यति नै खेर ‘ह्याप्पी बर्थ डे गुगल’ भन्दै फ्लोरिडाबाट जोन टुपुल्कियो। अर्रे, मैले मनमनै भनें– ‘भोलि गुगलको जन्मदिन।’ माउन्टेन भ्यु क्यालिफोर्नियास्थित खोजी कम्पनी स्थापनाको दस वर्षमै विश्वका इन्टरनेट प्रयोगकर्ताको दैनिकीको अभिन्न अंग बनिसकेको छ। सोचें आजै र बितेका २५ मिनेटमै मात्र मैले कतिचोटि गुगलको प्रयोग गरें। देख्दा आफ्नै नाम र थरको मेरो इमेल ठेगाना खासमा गुगलकै जिमेलद्वारा प्रबन्धित छ। त्यसैको इन्बक्समा टाँसिएको च्याट सेवामार्फत म अहिले गफिइरहेको छु। यो टुक्रा लेख्न मैले थुप्रैपटक गुगल सर्च गरेको छु– ‘गार्डेन अफ ड्रिम्स’। सँगै प्रयोग गरिएको स्केचमा मिश्रित तस्बिर पनि गुगलकै फोटो खोजीमार्फत निकालेको हुँ। गुगल नभए लेख्नै असम्भवजस्तो लाग्छ कहिलेकाहीँ। लाइब्रेरी गएर पन्ना पल्टाउने कि गुगल बाकसमा टटटटट् टाइप गरेर ट्याक्क इन्टर थिच्दै खोजेको कुरो तत्कालै पाउने? ‘ह्या मलाई नसोध न यार,’ केही दिनअघि अफिसमा एकजनालाई फर्र्काएको सम्भि्कन्छु– ‘गुगल गर, सबै त्यही आउँछ।’ उतिबेला गुगल भर्खर सुरु हुँदा त्यसको उच्चारण गर्नै समस्या हुन्थ्यो र एक साथी त्यसप्रतिको मेरो मोहलाई संकेत गर्न ‘गुग्ले’ भनी बोलाउँथे। (गुगल’bout थप पृष्ठ ‘क’ मा।)

……
‘द कपल इज रिडिङ इलेभेन मिनेट्स (जोडीले इलेभेन मिनेट्स पढिरहेको छ)’ मैले गुगल च्याटमा राखें।

‘आहा…’ एउटाले तत्कालै एउटा स्माइली पठाउँदै अनुमान गर्‍यो– ‘तिनीहरू कहाँ पुगे होलान्?’ अर्थात ऊ जान्न चाहन्छ, तिनीहरू कुन पृष्ठमा होलान्। मैले बुझें उसको उद्देश्य। केही पन्नाहरूमा यति विछट्टैको वर्णन छ, किताब तिनै ‘द अल्काइमिस्ट’ का लेखकको हो या कुनै यौनशास्त्र, ठम्याउन कठिन हुन्छ।

कोहेल्लोका थुप्रै किताब नेपाली सहरी तन्नेरी पुस्तामाझ प्रिय छन् र ‘इलेभेन मिनेट्स’ पढ्ने थुप्रै मैले भेटेको छु। पक्कै झट्ट हेर्दा यौनले व्यापक प्राथमिकता पाएको देखिए पनि ‘एकादेशमा मारिया भन्ने एउटी वेश्या थिई’ जस्तो तीखो हरफबाट सुरु हुने त्यो किताबको मूल विषयचाहिँ अल्काइमिस्टमा जस्तै मुख्यपात्रले आफ्नै जीवन खोतल्ने यात्रा गर्ने नै हो। पात्रले यात्रा गर्दैगर्दा पाठकले चाहिँ वेश्यावृत्ति, पवित्रता र प्रेमको प्रसंगको यौन’bout भरपुर जानकारी पाउँछन्।

अर्कीले तत्कालै ‘माई फेब्रोइट लाइन फ्रम इलेभेन मिनेट्स’ (इलेभेन मिनेट्सबाट मेरो मनपर्ने हरफ) भन्दै गुगल च्याट स्ट्याटस बारमा एउटा हरफ उल्लेख गरी, जो नेपालीमा यस्तो अनुदित हुन्छ– ‘सपनाको राजकुमार देखिएला भनी पर्खिंदै गर्दा उसले गर्न सक्ने एउटै कुरा थियो– सपना देख्नु।’ सपना देख्नेवाली चाहिँ मारिया हो– ब्राजिलकी किशोरी, जो आफैंलाई उत्खनन गर्ने क्रममा कसकसो स्विजरल्यान्डमा पुगेर वेश्यावृत्तिको भासमा पर्छे। ‘इलेभेन मिनेट्स’ मैले गुगलमा टाइप गरें र हाने इन्टर। ‘वास्तविक प्रेम खोज्ने अभियानमा निस्केकी मारिया आफ्नै जिन्दगीले आफूलाई डोर्‍याउन लगाउँछे,’ किताब’bout एउटा साइटमा लेखेको छ– ‘ऊ त्यस्तो जिन्दगीमा प्रवेश गर्छे, जसले उसलाई यौन सचेतताको मार्गमा लैजान्छ र ऊ यौन अनुभवका सबै पक्षसँग परिचित गराइन्छे।’

जोडीको त्यो तस्बिर मैले फ्लिकरको साटो फेसबुकमा निजी हिसावले अपलोड गरे किनकि मलाई लाग्यो त्यो उनीहरूको निजी क्षण हो र म पापराज्जी होइन। एकैछिनमा मैले त्यसलाई मेटाए। एक मनमा प्रश्न नउठेको होइन– के गरिरहेका छन् यार तिनीहरू यो पार्कमा इलेभेन मिनेट्स पढेर? अर्को मनले भन्यो– के भयो त आखिर पढिरहेको छन् त्यति रोमाञ्चक शैलीमा ।

लाग्यो, खासमा काठमान्डूका प्रेमीलाई समय बिताउने राम्रो स्थानै पो छैन। कुन किताब पढेको भन्ने पनि टाढा बसेको अपरिचितले थाहा पाउने अवस्थामा के गोपनीयता रह्यो? तैपनि यो ठाउँले तिनीहरूलाई कम्तीमा त्यति वातावरण उपलब्ध गराएको छ। बगैंचाको शौचालयतिरको कुनोमा राखिएको लक्ष्मी र ग्रिक देवी नाइकेको मिश्रितस्वरूप झल्काउने मूर्तिसँगैको लेखोटले बगैंचा बनाउन केशरलाई मिलेको पैसाको स्रोत’bout जानकारी दिन्छ। केशरले बाबु चन्द्रसँग कौडामा एक लाख जितेपछि त्यो बनाएका थिए, जसलाई केही वर्षअघि पुनर्निर्माण गरिएको हो। बितेका थुप्रै दशकहरूमा समाज कति परिवर्तित भइसकेको छ भने कुनै सम्पन्न राणाले आफ्नो विलासिता निम्ति बनाएको पार्कमा सर्वसाधारण गएर रमाइलो लिइरहेका छन्। आखिर परिवर्तन (चेन्ज) अहिलेको ताता नारा, जो भएको छ!

Advertisements

18 thoughts on “सपनाको बगैचामा

  1. Ashlee g Wind

    To, Dinesh Ji…

    Your this article seems to be awesome….with so much passionate feelings….

    To, Lisa
    What do you meant by this ???
    “Dinesh tell me TRUELY Don”t you have girlfriend???
    Come on Man you are 29 and don’t have girlfriend,Its too much.”

    Girl…you say you are 19 and from your comments I assume that you want to be the next Palpasa in Drishya’s ( Dinesh ) life.

    Why you want to know that does he has his girlfriend or not……just to confirm????I felt like LOL…by ur comments I assume that you want to be next Palpasa…Best of luck….win heart…and be his girl…..

    To, Dipti
    It is you and Lisa who wants to find out readers like me don’t want to find out….he is a writer and I respect his writings…A writer should not be ever mistaken taking his personal history in account….

    Come on girls Best Of luck…..for your run to be the next Palpasa…..

    Like

  2. yatri

    दिनेस्जी को वाग्लेस्त्रीत जर्नल पढ्द मलाई नारायण वाग्लेको कफी गफ को याद आउछ, नारायण दाई जब देखी कान्तिपुरको सम्पादक हुनुवयो तबदेखी मैले वहाँ को कफी गफ मिस्स गरेको छु तर तेस्को तिर्सना मेटाउन मैले डिनेश को जर्नल छनेको छु धन्यवाद दिनेश!

    Like

  3. अनाम पुस्तकालय

    एउटा सुचनाः
    नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
    http://nepalibloglist.blogspot.com/

    Like

  4. Pradeep

    एउटा सुचनाः
    नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।

    एशिया प्यासिफिक मेडिकल कलेज टिचिङ हस्पीटलको उद्घाटन
    वीरगंज, ११ माघ/एफिनका अध्यक्ष्ँ ओम अस्पतालका डाइरेक्टर डा. भोला रिजालले नेपाल सरकारको दायित्वलाई निजी क्ष्ँेत्रले हातेमालो नगरेसम्म स्वास्थ्य सेवा प्रभावकारी नहुने कुरामा जोड दिएका छन् ।
    आज वीरगंजमा अत्याधुनिक सुविधासम्पन्न ३५० शैयाको एशिया प्यासिफिक मेडिकल कलेज टिचिङ हस्पीटलको उद्घाटन गर्दै नेपालका ११ वटा मेडिकल कलेज र ६५ वटा अस्पतालको जर्गेना गर्ने काम नेपाल सरकारको हो भनेका छन्।
    स्वास्थ्य तथा जनसंख्या सचिव डा. सुधा शर्माले निजी -र्सार्वजनिक साझेदारीलाई सरकारले प्रोत्साहन गर्ने नीति बनाएको बताएकी छन् ।
    सहसचिव डा. लबप्रसाद त्रिपाठीले ग्रामीण क्षेत्रमा गरिब जनताहरुलाई सेवा पुर्‍याउने लक्ष्य सबैले लिनुपर्ने बताएका छन् ।
    http://www.thehahoo.com

    Like

  5. पिंगब्याक: Taudaha diktat: hugging will cost you Rs. 1500, kissing 2000, fishing 15,000 | Wagle Street Journal

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )