एप्पल vs गुगल [एउटा छलफल]

आखिर एप्पलले गुगललाई पछारेरै छाड्यो । ठुला कम्पनीहरुको विश्वव्यापी ख्याती (ब्रान्डको पहिचान) मापन गर्ने एउटा संस्था मिलवार्ड ब्राउनले यसै साता सार्वजनिक गरेको एक सर्वे अनुसार इन्टरनेट सर्च इन्जिन गुगललाई पछार्दै कम्प्युटर र आइफोन निर्माता एप्पल नम्बर एक स्थानमा पुगेको छ । वितेका चार बर्षयता त्यो राजकीय स्थानमा गुगल थियो । ब्राउनका अनुसार एप्पलको ब्रान्ड (नाम) को मूल्य एक खर्व ५३ अर्ब डलर (१० हजार सात सय १० अर्ब नेपाली रुपैया) छ । यो मूल्य गत बर्षको भन्दा ८४ प्रतिशत बढी हो । अर्कोतिर, पोहोरको भन्दा र्दुइ प्रतिशत घटेर गुगलको ब्रान्ड मूल्य एक खर्ब ११ अर्ब डलर पुगेको छ ।

विश्वभरी चिनिएका दुई कम्पनीहरुको नेपालमा उपस्थिती नहुने कुरै भएन । यसपाली ‘हेल्लो शुक्रबार’ले दुई कम्पनीका उत्पादनहरु प्रयोग गर्ने कान्तिपुरका दुई सम्वादाताहरुमार्फत एप्पल र गुगलबारे जानकारी दिने प्रयास गरेको छ । वितेको एक बर्षयता एप्पलको सबैभन्दा चलेको उत्पादन आइफोन प्रयोग गरिरहेका आशिष लुइटेल ब्राउनको सर्वे नतिजाबाट प्रसन्न छन् । दुई बर्षसम्म आईफोन चलाएर त्यो हराएपछि गुगलको सफ्टवेटरबाट चल्ने एन्ड्रोइड फोन प्रयोग गर्न थालेका दिनेश वाग्ले चाहिँ नतिजाबाट छक्कै नपरेपनि प्रतिस्पर्धा थप सघन बन्ने ठान्छन् । प्रस्तुत छ गुगल र एप्पलबारे दुइ पत्रकारबिचको संवाद:

aashis luitelआशिष –(एप्पल नम्बर एक हुन्छ, आफूलाई बधाई एसएमएसको ओइरो । विरामी भएका स्टिभ जब्सलाई पो पठाउनु पर्ने– स्वास्थ्यलाभको कामना गर्दै icon smile)

हेल्लो, फोनबाटै कुरा थालौं । पहिलोपटक २००७ मा स्किृनमा औला नचाउदै चलाउन मिल्ने फिजिकल कीबोर्ड विहीन फोन ल्याएर रेडर्क राखेको एप्पलले त्यसयता हरेक बर्षजस्तो नयाँ मोडलका फोन सार्वजनिक गरिरहेको छ । पछिल्लोपटक उसले आइफोन–४ ल्याएको छ । मैले त्यो आउनु अवागै आएको थ्रीजीएस भन्ने मोडल चलाउन थालेको थिए ।


dinesh wagleदिनेश– (के त्यो गुगल गरेर थाहा पाएको हो ?  सर्च इन्जिनको पावर icon smile)

तर खोजी इन्जिनबारे पछि कुरा गरौंला । अहिलेलाई फोनमै । गुगलले डिसेम्बर २००९ मा नेक्सस एस नामको फोन ल्याएको थियो । जुलाई २०१० मा त्यसलाई रोकेको गुगलले लगत्तै डिसेम्बरमा नेक्सस वान फोनको घोषणा गर्यो । गुगल आफैले चाहि हार्डवेयर (फोन सेट) बनाउदैन । उसको पहिलो सेट सामसुङ् र पछिल्लो एचटीसीले बनाएका हुन् । गुगलले मुख्यत फोन सञ्चालन गर्ने सफ्टवेयर (एन्ड्रोइड) बनाउछ र सेट निर्माता कम्पनीहरुलाई निशुल्क उपलब्ध गराउछ । अहिले म एचटीसीको वाइल्डफायर मोडल चलाउछु ।


आशिष – (हैन हो, एसएमएस आयो । सर्च पनि गर्नुपला एकैछिनमा मेरो यो सुन्दर फोनमै । एप्पल आफ्ना उत्पादनहरुको सौन्दर्य र प्रयोगमा सहजताका लागि ख्यातीप्राप्त छ । आइपोड या आइफोनहरुलाई कतिपयले ‘व्युटी मेसिन’ पनि भन्छन् । यसका म्याकन्टोस र म्याकबुक (दुबैलाई छोटोमा म्याक भनिन्छ) डेक्सटप र ल्यापटप कम्प्युटरहरको बनोट पनि कम्ती सुन्दर हुदैन ।)

एप्पललले मुख्यत दुईवटा सञ्चालक सफ्टवेयर (अपरेटिङ सिस्टम) हरु बनाउछ । म्याकका लागि म्याक ओएस र आइफोन, आइपोड टच र आइप्याडका लागि आइओस । म्याकका हार्डवेयर उत्पादनहरुलाई लोकप्रिय बनाउने नै सफटवेयर हुन् । यिनै सफ्टवेयरका कारण आइफोनले विश्वव्यापी लोकप्रियता पायो ।


दिनेश– (गुगलको सर्च इन्जिनको मुख्य पेजलाई पनि धेरैले सुन्दरै नभनेपनि सरलभनि प्रशंसा गर्छन् । तर फोनहरुमा त्यही ख्याती खासै छैन किनकी यसका हार्डवेयर, माथिनै उल्लेख भो, विभिन्न कम्पनीले बनाउछन् ।)

मोवाईल सफ्टवेयरमा गुगल ढिला आयो तर यो कम छैन । एन्ड्रोइड ओपनसोर्स र निशुल्क पाइने सफ्टवेयर हो जसलाई मोवाइल सेट निर्माता कम्पनीहरुले आफ्नो उत्पादनअनुकुल बदल्न पनि सक्छन् । निशुल्क र एकभन्दा बढी हार्डवेयर कम्पनीले प्रयोग गर्ने भएकाले एन्ड्रोइडको बजार बढ्दो छ । अक्टोबर २००८ मा सार्वजनिक भएयता मोवाइल सफ्टवेयर बजारमा एन्ड्रोइडले राज गरिरहेको छ, जवकी आइओएस,व्ल्याकबेरी प्रयोग हुने सफ्टवेयर र नोकिया फोनहरु सञ्चालन गर्ने सिम्बियको बजार निकै तल छ । तर सिम्बियनले लोकप्रियता गुमाउदै गएपछि अर्को बर्षदेखि नोकियाले माइक्रोसफ्टवको विन्डोज मोवाइल प्रयोग गर्ने भएको छ ।


आशिष –(सुन्दर कुरा के सस्तो होस् ? एप्पलको बजार भाग एन्ड्रोइडको भन्दा कम हुनुमा आइफोनहरुको महगो मुल्य पनि जिम्मेवार छ । एन्ड्रोइड फोनहरु महँगादेखि सस्तासम्म छन् नि । तर आइफोनहरु अमेरिकी बजारमा मोवाईल कम्पनीहरुले अनुदानमा दुई बर्षे सम्झौतासहित बेचेपनि अन्र्तराष्ट्रिय बजारमा चाहि एकैपटक तिर्नुपर्ने हुदा महगा पर्छन्, जो धेरैले चाहेर पनि धान्न सक्दैनन् ।)

अब कुरा संगीतको । जसरी माइकल ज्याक्सनले संगीतको परिभाषै बदलिदिए, त्यसैगरी एप्पलले पहिला आइपोड र त्यसपछि आइफोनमार्फत पानि संगीत सुन्ने तरिकामा क्रान्ति ल्यायो । २००१ मा आइपोड आउदा त्यसले सोनीको वाकमेनमा चक्का हालेर संगीत सुन्ने विश्वलाई चकित पारेका थियो– त्यति सानो भाडोमा हजारौं गीत अट्ने र तिनलाई सजिलै ‘क्लिक ह्विल’ चलाएर सुन्न मिल्ने । आइपोडको त्यही सुविधा आइफोनमा हालेको छ– एप्पलले । उसले आइट्युन्स सफ्टवेयर पनि बनाएको छ जसबाट कम्प्युटर/इन्टरनेटमार्फत गीत किन्न र आइपोड/आइफोनमा भर्न सकिन्छ ।


दिनेश– (सस्ता आइफोन पनि आउदैछन् ! एन्ड्रोइडको बढ्दो बजारलाई देख्न नसकेर एप्पलले पनि उसलाई पछ्याउदै भारत जस्ता नवोदित बजार कब्जा गर्न केही सुविधा हटाएर तथा स्किृन सानो पारेर आइफोन ल्याउदैछ । र, आइफोनकै हाराहारी पर्ने महगा एन्ड्रोइड सेटहरु पनि छन् ।)

संगीतमा एन्ड्रोइड फोनहरु कम छैनन् । ठ्याक्कै आइपोडै जस्तो छैन (त्यो हुनपनि परेको छैन) तर यिनको म्युजिक सिस्टम पनि चलाउन सजिलो छ । आइफोन,आइपोडहरुमा जस्तो एन्ड्रोइड फोनहरुलाई आइट्युन्सको बन्धन पनि छैन । इमेल, इन्टरनेटबाट सोझै डाउनलोड गरेर या ब्लुटुथ मार्फत फोनमा हालिएका गीतलाई सहजै बजाउन सकिन्छ । अनि डाटा केबुलमार्फत कम्प्युटरमा रहेका गीत ,भिडियोलाई पनि फोनमा सार्न सकिन्छ ।


आशिष –(पछ्याउदै रे ? एप्पलको आइप्याड आएपछि त्यसको नक्कल गर्दै खुलेका एन्ड्रोइड ट्यावहरुलाई चाहि के भन्ने नि ? गए फेब्रुअरीमा काठमान्डुमा भएको क्यान इन्फोटेक प्रविधि मेलामा पाच प्रकारका एन्ड्रोइड ट्याव थिए । ती सबै आइप्याडकै क्लोनहरु होइनन र ? icon smile)

कुरा गरौं एप्सहरुको । आइफोनलाई ‘आइफोन’ बनाउन अर्थात विश्वव्यापीरुपमा लोकप्रिय पार्न एप्स भनिने ससाना प्रोग्रामहरुको ठूलो हात छ । यी प्रोग्राम फोनमा इन्स्टल गरेपछि तिनले प्रस्तुत गर्ने सुविधा उपयोग गर्न सकिन्छ । फेसबुक, सीएनएन लगायतका जतिपनि लोकप्रिय वेबसाईट/इन्टरनेट सेवाहरुले आइफोन/आइप्याडलाई लक्षित गर्दै एप्स बनाएका छन् । यी सबै एप्सहरु एप्पलले सञ्चालन गरेको एप स्टोरमार्फत फोनमा डाउनलोड गर्न सकिन्छ ।


दिनेश– (त्यो ट्याव स्यावको कुरा अलि पछि गरौंला । आइप्याडकै आइडिया पनि एप्पलको आफ्नै मात्र होइन यद्यपी उसले न्युटन लगायतका उत्पादनमार्फत त्यसमा सन् ९० को दशक र त्यो भन्दा अघिदेखि प्रयास चाहि गरेकै हो । सन् २००० को शुरुतिर माइक्रोसफ्टले पनि ल्यापटपभन्दा सानो तर फोनभन्दा ठूलो ‘ट्वाब्लेट पीसी’ बनाएको थियो तर त्यो चलेन । हो, एप्पल भाग्यमानी ठहरियो, उसको सुधारिएको उत्पादनले बजार पिट्यो । अब त्यो बजार उसकै पोल्टामै मात्रा जान दिन त भएन ! त्यसैले गुगलसंगको सफट्वेयर मिलेमतोमा सामसुङ् लगायतका कम्पनीहरु उत्रिए प्रतिस्पर्धामा । उनीहरुले छोटै समयमा थुप्रै मोडलका ट्यावहरु बनाएर काठमान्डुजस्ता साना बजारमा समेत उपलब्ध गराएका छन् । प्रतिस्पर्धामा ब्ल्याकबेरी र पाल्म पनि सामेल हुदैछन् ।)

एप्सहरुको सवालमा एन्ड्रोइडको सम्भावना झन् तेज छ । अहिले एप्पलको स्टोरमा तीन लाख भन्दा बढी एप्स छन्, एन्ड्रोइडको मार्केट भनिने स्टोरमा चाहि दुईलाख भन्दा बढी । तर एउटा प्रक्षेपण अुनसार आगामी बर्षको अन्त्यसममा एप्सको संख्इामा गुगलले एप्पलललाई पछार्ने आकलन गरिएको छ । एन्ड्रोइडको बढ्दो बजार भागका कारण एप्स बनाउने सबै कम्पनीहरुका लागि मूख्यत दुबै मन्च (एप्पल र गुगल) उत्तिकै महत्वपूर्ण भएका छन् । खै, मेरो फोनको ट्विटर एप्समा नोटिफिकेसन आयो, चेक गर्छु, अनि गफियौला ।


आशिष– (कसले मेन्सन गरेछ ? कि डीएम (डाइरेक्ट मेसेज) परेछ ? न्यूटन असफल भएपनि एप्पलले मिहिनेत गर्न छाडेन । सत्य के हो भने आइप्याडले पनि आफ्नो क्षेत्रमा क्रान्ति नै ल्यायो । अहिले विशेषगरी इन्टरनेटले गर्दा प्रिन्ट ग्राहक गुमाउदै गएका अमेरिकी अखवार र म्यागेजिनहरुका लागि आइप्याड बरदान जस्तै भएको ठानिदै छ । गएसाता मात्रै अमेरिकाका तीन ठूला म्यागेजिन प्रकाशकहरु कन्डी नास्ट (‘न्यूयोर्कर’को प्रकाशक), टाइम वार्नर (‘टाइम’को प्रकाशक) र हस्र्ट (‘इस्क्वायर’को प्रकाशक) आफ्ना म्यागेजिन आइप्याड मार्फत बेच्न एप्पलसँग वार्ता गरिरहेको सार्वजनिक भएको छ यद्यपी ‘लाइफ’ लगायतका कतिपय ख्यातिप्राप्त म्यागेजिनका आइप्याड संस्करण आउन थालेको थुप्रै भइसकेको छ ।)

अप्रिल २०११ मा एप्पलले पहिलोपटक सार्वजनिक गरेको आइप्याडको दोस्रो संस्करण पनि आइसकेको छ । लामो व्याट्रि क्षमता भएको र ड्वेल कोर ए फाइभ प्रोसेसरबाट चल्ने यो सुन्दर मेसिनमा फिल्म हेर्न, पत्रिका पढ्न र आइफोन,आइपोडले गर्न सक्ने सबैजसो कुरा गर्न सकिन्छ । सिर्फ फोनमात्र गर्न मिल्दैन ।icon sad


दिनेश– (डीएम रैछ, कसैले मलाई स्काइपमा कुरा गर्न बोलाउदैछ । यो छिटै सिध्याउनु पर्यो।) तर एन्ड्रोइड सञ्चालित ट्याबहरुमा सिम कार्ड हालेर फोनै पनि गर्न मिल्छ । नेपालमै कतिपयले ट्याब चलाइरहेका छन् (उदाहरणका लागि कान्तिपुरकै सम्पादक जसले ग्यालेक्सी ट्याव प्रयोग गर्छन् ।) अमेरिकी बजार आइप्याडले पिटेपनि त्यो नपुगेका बजारहरुमा विशेषगरी सामसुङ्को बर्चश्व छ ।

अब म सर्चतिर पनि जाउँ कि ? icon smile एप्पलको छैन भनेर कुरै नगर्ने ? यसमा त गुगलको पुरै बर्चश्व छ– खोजीकै पर्यायबाची भएको छ, यो । इन्टरनेटमा हुने कुल खोजी बजारको ६० प्रतिशत उसको कब्जामा छ । एप्पलको सुन्य । icon smile गुगलको मुख्य आम्दानीको स्रोत पनि खोजी र एड वर्ड भनिने शाब्दिक विज्ञापन हो । त्यस्तो विज्ञापनले गुगललाई गत बर्ष थुप्रै अर्ब डलर आम्दानी गरायो ।


आशिष – (अब सिध्याउने, हामी दुबै कम्पनीका ग्राहक हौं, दुबै प्रयोग गर्नुपर्छ । प्रतिस्पर्धा उनीहरुबीचको हो , जसले ग्राहकलाई नै फाइदा पुर्याउला।)

एप्पलको पनि मुख्य आम्दानी पहिले कम्प्युटरबाटै हुन्थ्यो । तर आइपोड, आइफोन आएपनि यिनले खुबै नाफा दिलाए । त्यसैले खुशी हुदै एप्पल कम्प्युटरले आफ्नो संस्थाको नामबाटै कम्प्युटर शब्द झिकेर एप्पल इन्क बनायो ।


दिनेश– (कुरो सही हो । त्यसैले म एप्पलसँग हुदैन नभएको जीमेलको प्रशंग झिक्दीन ।)


आशिष – म पनि एप स्टोरमै मात्र पाइने (निशुल्क कल सेवा) भाइवरको कुरा गर्दिन icon smile


दिनेश– भाइवर अर्को हप्तादेखि आउदैछ एन्ड्रोइड मार्केटमा icon smile


यो लेख हिजोको कान्तिपुरको युवा परिशिष्ट ‘हेल्लो शुक्रबार’मा पहिलोपटक प्रकाशित भएको हो । यो छलफलमा तपाई‌ पनि सामेल हुन चाहनुहुन्छ भने शनिवार २ बजेदेखि ३ बजेसम्म facebook.com/youthkantipur र twitter.com/helloshukrabar मा भेटौ‌ ।

5 thoughts on “एप्पल vs गुगल [एउटा छलफल]

  1. i always support for open source platform and in this case the android platform. the companies like apple have always been profit oriented and levy huge money upon the customers which creates the illusion that their products are class apart. If an open source platform like Android which is more powerful than iOS is available and the product is much cheaper then the customers should opt for it. In my opinion limiting customers to services of their own company ( like that of apple; in case of all applications like itunes and so on) will eventually hamper the company itself.
    And at last this decade will surely see the rise of open source platform in the IT sector and the best contenders are Android for mobile devices and Ubuntu or Linux of similar platform for the computer sector.

    Like

  2. काँडाले कहिलै पनि आफ्नो रुखलाई कोपेको वा खोचेको पाइन्न!
    बिषालु सर्पले त आफ्नै साथी या सर्प लाई नै टोकेर मरेको पाइन्न !!
    तर मान्छे मान्छे मा किन यस्तो भएको होला !
    तर यहाँ आफ्नो भन्नेहरुले किन आफ्नै ले डसेको भेट्निछ!!

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s