Category Archives: Kantipur

jeetman gharti

जहाँबाट “जनयुद्ध” शुरुभएको थियो…

jeetman gharti

जीतमान घर्ती

मेरो मध्य पहाड यात्रा जर्नलका कतिपय पन्नाहरू यहाँ प्रकाशित हुनै बाँकी छन् । तिनमा तस्बिरहरू पनि थप्न बाँकी छ । तर जीवन अगाडी बढीरहेको छ । यसैबीच मैले त्यही यात्राबाट संश्लेसित दुइ जर्नलहरू पत्रिकामा प्रकाशन गरिसकेको छु । एउटा “रुकुम-रोल्पा एक्स्प्रेस” शीर्षकमा अघिल्लो साता र अर्को “शान्तिको लामो सास” शीर्षकमा यो साता । ती दुबै टुक्रा मैले रोल्पाको लिबाङस्थित एउटा साइबर क्याफेमा बसेर लेखेको हुँ जसमा मुख्यत शान्तिकालमा गाउँले जनताको “परिवर्तित” जीवनीका केही झलकहरू प्रस्तुत छन् ।

तस्बिरमा देखिएका यी जीतमान कमरेडसँगको त्यो दिनको यात्रा रमाइलो भएको थियो । मैले चाहि दिनभर खुट्टा खोच्याउदै हिड्नु परेको थियो देब्रे घुँडाले धोका दिएपछि । यिनको एउटा गधाले मेरो सात किलो जतिको झोला बोकिदिएको थियो । अन्यमा मैले उनको गधाले भारी बोक्ने दर अनुसारको पैसा दिन खोज्दा जीतमानले लिएनन् । यिनी कुनै जमानामा माओवादी “पीएलए”मा भर्ती भएर केही आक्रमणमा सामेल भएका थिए ।

“उतिबेला पार्टीका पछाडी दौडीइयो, अहिले गधाको,” एउटा सन्दर्भमा उनले भनेका थिए । दसैंमा गाउँ लुकुममा मेला आयोजना गर्न उनले वाइसीएललाई १२ सय रुपैया चन्दा दिएको बताए । युद्ध सकिएपछि पनि पार्टिले सेनामै रहन दिएको दबाव नकारेर खच्चडमार्फतको व्यवसाय थालेका उनले पार्टीप्रति अझै सहानुभूति भएकाले त्यो चन्दा दिएको बताए । “काङ्ग्रेस, एमालेले मागेभने पनि दिनुहुन्छ त ?” मैले सोधे ।

“दिनुछु,” उनले भने । “१२ सयै त दिन्न तर दुइचार सय दिन्छु किनकी गाउकै मान्छेहरुले केही गर्ने खोजेर माग्न आए दिन्न भन्न कसरी मिल्छ ?”

जीतमानको थप कथा (र तस्बिर) यहाँ छ । अनि त्यो दिनको मेरो पीडादायी हिडाईबारेको विवरण (अ‍ंग्रेजीमा) चाहि यहाँ छ- Limping all day long with a Donkey caravan to reach Rukumkot

प्रधानमन्त्रीका दुई पाटा

लोकप्रियताको तुलो वितेका पाँच बर्षमा कसरी दाहालबाट भट्टराईतिर ढल्कियो ?

two faces of Baburam Bhattarai
Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started “People’s War” in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar via Kantipur

दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

two faces of baburam bhattarai

मुस्ताङ् चढ्ने, कर्मचारी सरुवा नगर्ने, सरकारी खर्चबाट आफूलाई बधाई विज्ञापन रोक्ने निर्देशनसँगै सबैभन्दा महत्वपूर्ण, शान्ति प्रकृया टुङ्ग्याउन एकलव्य भएर लाग्ने प्रधानमन्त्री बाबुराम भट्टराईका भनाई र केही हदसम्म कामले थुप्रै जनतामाझ उनलाई प्रिय बनाएका छन् । सर्वसाधारणले चिया पसलदेखि इन्टरनेटसम्ममा व्यक्तगरेका सकारात्मक र आशापूर्ण अभिव्यक्तलाई मापक मान्ने हो भने कुनै पनि व्यक्ति प्रधानमन्त्री चुनिंदा जनतामा त्यतिधेरै खुशी र उत्साह ल्याएको यो विरलै हुने घट्ना हो ।

[WSJ note: For those who are subscribed to this site but don’t understand Nepali: This article, first published in today’s Kantipur newspaper, takes an in-depth look at two sides of Prime Minister Baburam Bhattarai- his surprising popularity in the mass and his inconsistencies and contradictions in his politics. यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।]

२०१५ मा बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा, ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुँदा र ०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिदा पनि जनतामा लगभग यस्तै खाले आशा र उत्साह सिर्जना भएका थिए । सामान्यतः राजनीतिज्ञहरुलाई शंकाले हेर्ने र घृणा गर्ने कतिपय जनताले नै अहिलेका प्रधानमन्त्री भट्टराईलाई त्यस्ता शब्द प्रयोग गरिरहेका छन् जो सामान्य अवस्थामा प्रेमी या प्रेमिकाका लागि साँचिन्छन् । जस्तै- हृदयका राजा, आशाका केन्द्र, मेरा आइडल ।यो लेखको बाँकी भाग यहाँ छ ।

खुस्सी छु !

happiness

दिनेश वाग्ले

हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुडमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि खुसी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुसी हुनुहुन्छ ?’

कतिबेला कसले रोकेर गफ थाल्ला भनेझैंको मुडमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुस्सी छु बा ।’ उनी मुस्काए । Continue reading

भारतको लोकतन्त्र र नेपालसँगको सम्बन्ध

रामदेवसँगै विवादमा तानिएको छ, नेपाली राष्ट्रियता । सत्तासीन भारतीय राष्ट्रिय कंग्रेसका एकजना वरिष्ठ नेता दिग्विजय सिंहले ‘यो नेपालबाट अपराध गरेर आएको नेपाली हो’ भनिदिएपछि बालकृष्णले हतार-हतार बाबुआमा नेपाली भए पनि भारतमै जन्मेकाले आफू भारतीय भएको दाबी गरेका हुन् । केही सुखसयल र सम्पत्ति कमाउने मौका पाउँदा राष्ट्रियता नै त्याग्नेले ‘अपराधै’ गरेनन् होला भनी पत्याउन पनि अप्ठ्यारै पर्छ । तर सिंहको वक्तव्यमा भारतीयहरूले व्यापक रूपमा नेपालीप्रति राख्ने एउटा दृष्टिकोण झल्किन्छ ।


भारतको लोकतन्त्र र नेपालसँगको सम्बन्ध

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

योगी रामदेव दिल्ली पुग्दा अघिल्लो साता तीन केन्द्रीय मन्त्री विमानस्थलमै पठाएर राजकीय भ्रमणमा आएका विदेशी राष्ट्राध्यक्षलाई जस्तो व्यवहार गर्ने भारत सरकारले त्यसको तीन दिनपछि दिल्लीकै एउटा ठूलो मैदानमा आफ्ना समर्थकहरूमाझ अनशनमा बसेका तिनै रामदेवमाथि अश्रुग्यास हान्दै भगाएर बसमा एकदिन टाढाको अर्कै राज्य उत्तराखण्डको हरिद्वार पठाइदियो । ती घटनामा भारतीय लोकतन्त्रका दुई पाटा झल्किन्छन् ।

जनसंख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको निर्वाचित सरकारले रामदेवको प्रस्तावित अनशनअगावै उनका माग वार्ताबाटै सम्बोधन गर्न चाह्यो । भारतीयहरूले स्विट्जरल्यान्डलगायत विदेशी बैंकमा गैरकानुनी रूपमा जम्मा गरेको भनिएको कालोधन फिर्ता गराउनेलगायतका ती माग केही दिन या सातामै पूरा गर्न सकिने खालका थिएनन् । तर सरकारले माग सुन्यो र तिनलाई पूरा गर्ने प्रयासको वाचा गर्‍यो । त्यो भारतीय लोकतन्त्रको पहिलो पाटो । Continue reading

हक्की नेता- रामशरण महतको व्यक्तित्व चित्रण

युएनको पृष्ठभूमि, पाँचपटक अर्थ र एकपटक परराष्ट्रमन्त्री बनेका महत बितेका दुई दसकमा आफ्नो छवि ‘विकासवादी, सिधा कुरा गर्ने’ बनेको दाबी गर्छन् । तर उनका आलोचकहरू फुर्सदको बेला गल्फ खेल्ने महतलाई इलिटिस्ट (ठालुवादी), अङ्ग्रेजी र जोकसैले नबुझ्ने ‘जार्गन’ (शब्दावली) प्रयोग गरेर अर्थतन्त्रबारे ‘के-के न जान्दछु’ जस्तो भान दिँदै मानिसहरूको दिमाग भुट्ने व्यक्ति ठान्छन् ।

ram sharan mahat profile KANTIPUR

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले/कुलचन्द्र न्यौपाने

संविधानसभाको म्याद दोस्रोपटक थप्ने विषयमा नेपाली काङ्ग्रेसमा मतैक्य नहुँदा त्यो पार्टीले माओवादी लगायतका दलहरूसँग वार्ता गर्न खटाएको टोली पनि विभाजित थियो । थप्नै हुँदैन भन्ने पक्षको नेतृत्व सभामा नचुनिएका मनोनित महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए भने त्यसको उल्टो ध्रुवमा थिए- रामशरण महत । केही वर्ष अघिसम्म हालका पार्टी सभापति सुशील कोइरालाले समेत ‘माओवादीको गृहमन्त्री हो कि काङ्ग्रेसको’ चिन्न नसकेका सिटौलाको आश्चर्यजनक राजनीतिक यु-टर्नलाई थुप्रै काङ्ग्रेसीहरू त्यो उनको मौलिक नभई उनीमाथिको चर्को बाह्य प्रभावका रूपमा लिन्छन् । पक्कै काङ्ग्रेस माओवादीजस्तो भारतविरोधी राजनीतिमा फस्टाउने पार्टी होइन । त्यसैले भारतलाई लिएर हुने काङ्ग्रेसी विवाद ‘नोकरझैं भारतीय आदेशमा चल्ने’ या ‘मित्रझैं भारतसँग घनिष्ट सम्बन्ध राख्दै आन्तरिक मामिलामा आफैंले निर्णय गर्ने’ भन्नेमा घुम्छ । जस्तै-म्याद थप्ने/नथप्ने सन्दर्भमा भारतीय प्रतिनिधि सरह प्रस्तुत भएका सिटौलाको भन्दा उल्टो (‘थप्नुपर्छ’) विचार राखेर भारत विरोधीजस्तो देखिएका महत भन्छन्, ‘अर्थतन्त्रको कुरामा म भारतसँग प्रगाढ सम्बन्ध राख्नुपर्छ भन्ने विश्वास गर्छु । नेपालको जलस्रोतमा भारतलाई ल्याउनुपर्छ ।’

सानो देश र अन्तर्राष्ट्रिय स्तरमा लगभग निस्प्रभावी भए पनि नेपाली राजनीति चर्को प्रतिस्पर्धायुक्त छ । हालैका वर्षहरूमा तीव्र रूपमा बदलिँदो राष्ट्रिय परिस्थितिले बिहान सडकमा रहेकाहरूलाई बेलुकी ‘कुर्सी’मा पुर्‍याइदिन्छ र त्यति नै चाँडो त्यहाँबाट डङरङ्ग लडाइदिन्छ पनि । त्यसैले नेपाली राजनीतिमा टिकिराख्न व्यक्तिगत क्षमता र निश्चित गुट/नेतृत्वसँगको निकटताले मात्र पुग्दैन । भाग्य पनि हुनुपर्छ । महत त्यस्तै एक ‘भाग्यमानी’ हुन्, जो ०४६ को परिवर्तनपछिको नेपालमा निरन्तर देशका महत्त्वपूर्ण र निर्णायक पदहरूमा छन् । Continue reading

यस्तै छ साथी हाम्रो हाल

More photos and videos from the journey: A trip to rural Lalitpur (outside Kathmandu Valley)

This slideshow requires JavaScript.

Lalitpur Nepal Voter ID Cardदिनेश वाग्ले /कृष्ण ज्ञवाली
यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए: एक (पीडीएफ)दुइ (जेपीजी)

त्यो साँझ उनका घरमा सातजना माओवादी आए । तिनलाई खाना पकाइदिनुपर्ने भो । बेंसीको खेतमा काम सकेर घरतिर उक्लिँदै थिए उनी । ‘घर नजिकै अलि तल तिनै माओवादीले कट्याक कट्याक गर्दै बन्दुक तेस्र्याए मतिर,’ उनले सम्झिए, ‘हेर्नुस् है । मेरै घरमा जाँदैछु, मैलाई बन्दुक तेस्र्याउँछन् । एउटीले भनिन्, ‘ओहो बुवा, हामीले झन्डै ठोकेर सिध्याको ।’ त्यो बन्दुक तेर्स्याकै कारण त्यो साँझ माओवादीले ‘नमीठो’ स्वाद चाखे ।

त्यो कसरी अलि पछि लेखौंला, अहिलेलाई ४७ वर्षे सुरेन्द्रबहादुर सञ्जेलको परिचय । हालैको एक साँझ अबेर बास नपाएपछि छटपटिएका दुई संवाददाताहरूलाई एक रात सुताउन र एक छाक खुवाउन सहजै तयार भएका सञ्जेलले ललितपुरको दुर्गम अश्राङ गाविसस्थित वागमती किनार नजिकै बन्दै गरेको आफ्नो (बेंसीको) घर अगाडि ढलेको खयरको रूखमा बसेर पुराना दिन सम्झिएका थिए । Continue reading