
मेरो मध्य पहाड यात्रा जर्नलका कतिपय पन्नाहरू यहाँ प्रकाशित हुनै बाँकी छन् । तिनमा तस्बिरहरू पनि थप्न बाँकी छ । तर जीवन अगाडी बढीरहेको छ । यसैबीच मैले त्यही यात्राबाट संश्लेसित दुइ जर्नलहरू पत्रिकामा प्रकाशन गरिसकेको छु । एउटा “रुकुम-रोल्पा एक्स्प्रेस” शीर्षकमा अघिल्लो साता र अर्को “शान्तिको लामो सास” शीर्षकमा यो साता । ती दुबै टुक्रा मैले रोल्पाको लिबाङस्थित एउटा साइबर क्याफेमा बसेर लेखेको हुँ जसमा मुख्यत शान्तिकालमा गाउँले जनताको “परिवर्तित” जीवनीका केही झलकहरू प्रस्तुत छन् ।
तस्बिरमा देखिएका यी जीतमान कमरेडसँगको त्यो दिनको यात्रा रमाइलो भएको थियो । मैले चाहि दिनभर खुट्टा खोच्याउदै हिड्नु परेको थियो देब्रे घुँडाले धोका दिएपछि । यिनको एउटा गधाले मेरो सात किलो जतिको झोला बोकिदिएको थियो । अन्यमा मैले उनको गधाले भारी बोक्ने दर अनुसारको पैसा दिन खोज्दा जीतमानले लिएनन् । यिनी कुनै जमानामा माओवादी “पीएलए”मा भर्ती भएर केही आक्रमणमा सामेल भएका थिए ।
“उतिबेला पार्टीका पछाडी दौडीइयो, अहिले गधाको,” एउटा सन्दर्भमा उनले भनेका थिए । दसैंमा गाउँ लुकुममा मेला आयोजना गर्न उनले वाइसीएललाई १२ सय रुपैया चन्दा दिएको बताए । युद्ध सकिएपछि पनि पार्टिले सेनामै रहन दिएको दबाव नकारेर खच्चडमार्फतको व्यवसाय थालेका उनले पार्टीप्रति अझै सहानुभूति भएकाले त्यो चन्दा दिएको बताए । “काङ्ग्रेस, एमालेले मागेभने पनि दिनुहुन्छ त ?” मैले सोधे ।
“दिनुछु,” उनले भने । “१२ सयै त दिन्न तर दुइचार सय दिन्छु किनकी गाउकै मान्छेहरुले केही गर्ने खोजेर माग्न आए दिन्न भन्न कसरी मिल्छ ?”
जीतमानको थप कथा (र तस्बिर) यहाँ छ । अनि त्यो दिनको मेरो पीडादायी हिडाईबारेको विवरण (अंग्रेजीमा) चाहि यहाँ छ- Limping all day long with a Donkey caravan to reach Rukumkot
You must be logged in to post a comment.