दुइ महिला, दुइ देश, एउटा उद्धेश्य

फ्रान्सको इलिसी प्यालेस र अमेरिकाको ह्वाईट हाउस जितेर ‘पुरुषहरुको संसारमा’ इतिहास कायम गर्ने अभियानमा रहेका दुइ महिलाको कथा

दिनेश वाग्ले

पहिलो विश्वका दुइ महाशक्ति राष्ट्रमा दुइटी महिला इतिहास बनाउने दौडमा छन् । अभियानमा सफल भएमा दुबै आ-आफ्नो देशका ‘पहिलो महिला राष्ट्रपती’ हुनेछन् । भेटौं सेगोलिन रोयाल र हिलारी क्लिन्टनलाई जसले क्रमशः फ्रान्स र अमेरिकाको राष्ट्रिपतीय चुनावमा गरिरहेको प्रयासलाई विश्वले चासोसाथ हेरिरहेको छ । फ्रान्समा चुनाव दुइ महिना टाढा छ र सेगोलिनले राष्ट्रपतीय उम्मेदवारीका लागि आफ्नो सोसलिस्ट पार्टीको मनोनयन जितेकी छिन् । अमेरिकामा चुनाव झन्डै डेढ बर्षपर छ र हिलारी आफ्नो डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारीका लागि अग्रस्थानमा रहेर प्रतिस्पर्धा गरिरहेकी छिन् । ‘फरक मुलुक र फरक भाषी भएपनि यी दुइ महिलाबीच धेरै समानता छन्,’ ‘अन्डरस्ट्यान्ड फ्रान्स’ वेब र्साईटको ‘पेरिस डायरी’ पन्नामा ह्यारियट रोचफोर्ट लेख्छन्- ‘रुचाउनुस या नरुचाउनुस्, पुरुषहरुको यो संसारमा दुवै निकै बौद्धिक र आकर्षक राजनीतिज्ञ हुन् ।’ विशेषगरी फ्रान्समा एउटी महिलाको यसखाले राजनीतिक उदयलार्य अभूतपूर्व मानिएको छ जहाँ महिलाले सन् १९४४ मा मात्र मतदानको अधिकार पाए र संसदमा युरोपमै सबभन्दा कम महिला उपस्थिती छ ।

Segolene Royal

खासमा फ्रेन्च राजनीतिक परिदृश्यमा पुरुषहरुको दवदवा कति सम्म छ भने सेगोलिन (तस्बिरमा) ले गत सेप्टेम्बरमा राष्ट्रपतीय चुनाव लड्नसक्ने सम्भावना मात्र व्यक्त गर्दा घोचपेचको सामना गर्नुपर्यो । सोसलिस्ट पार्टीमा सेगोलिनकै मित्र र पूर्व प्रधानमन्त्री लरे फ्यावियसले र्सार्वजनिकरुपमा प्रश्न गरे- ‘(यदि सेगोलिन चुनाव लड्ने हो भने) बच्चाचाहि कसले हेर्छ त ?’ राष्ट्रपतीय प्रत्यासी हुनचाहने सोसलिस्ट पार्टीका पूर्व शिक्षा मन्त्री ज्याक ल्याङ्गले व्यंग्य गरे- ‘राष्ट्रपतीय चुनाव सौर्न्दर्य प्रतियोगिता होइन ।’

सेगोलिनको आगमनले ‘पुरानो गोरा पुरुषहरुको बाहुल्य’लाई कडा धक्का दिएको छ जसले महिलाबाट विरलै चुनौती पाएको छ या पाएपनि तिनलाई सहजै पन्साउन सफल भएको छ । ‘यसपाली चाहि उनीहरुका ती केटौले ठट्टाहरुले काम गरिरेहका छैनन,’ रोचफोर्ट लेख्छन्- ‘उनीहरुले आफ्नो रणनीतिबारे पुनसोच्नु परेको छ र, सेगोलिनको लोकप्रियता ह्वात्तै बढ्दा कम्तिमा र्सार्वजनिकरुपमा, उनीअरुले आफ्नो भाषा बदल्नुपरेको छ ।’

वितेका महिनाहरुमा सेगोलिनको लोकप्रियता यस्तरी बढेको छ, उनलाई अत्यन्त गम्भीर प्रतिस्पर्धीकारुपमा लिइएको छ र राष्ट्रपतीय दौडमा अग्रस्थानमा छिन् । -तर बुधबार र्सार्वजनिक एउटा र्सर्वेमा उनी आफ्ना मुख्य प्रतिद्धन्दी गृहमन्त्री निकोलास सार्कोजी भन्दा केही अंकले पछाडी परेको उल्लेख छ ।) हालै एकै महिनामा फ्रान्सका चारवटा साप्ताहिक पत्रिकाले सेगोलिनमाथि केन्द्रित हुदै आवरण कथाहरु लेखे । सेगोलिनले चुनाव जितिहाल्ने दाबी अहिले नै गर्न सकिदैन तर यदि राष्ट्रपतीय अभियान एउटा सौर्न्दर्य प्रतियोगता नै हुदो हो भने पनि यी महिला पछिपर्ने थिइनन् । ५२ को उमेरमा आकर्षक र करिस्मायुक्त व्यक्तित्वकी सेगोलिनको सौर्न्दर्यको निकै प्रशंसा हुन्छ । फोटोग्राफरहरु उनका रमाइलो मुद्राका तस्बिर खिच्न मरिहत्ते गर्छन् । गत अगस्टमा एकजना फोटोग्राफरले विकीनीमात्र लगाएको अवस्थामा तस्बिर खिचे । (फ्रेन्च गोपनियता कानूनले त्यस्ता फोटोग्राफरविरुद्ध मुद्धा हाल्न पाउने व्यवस्था गरेको छ र सेगोलिनले त्यसो गरिनन् ।) हालैका राष्ट्रपतीय अभियानहरुमा देखा पर्दा कपडा लगाउने शैलीमा बलदाव ल्याउदै अल्छिलाग्दो पारालाई त्याग्दै सेगोलिन विभिन्न शैलीका सुटहरुमा देखिएकी छिन् । हालैको चिली भ्रमणताका हाई हिलभएका जुत्ता लगाएकोमा उनको आलोचना पनि भयो । केही रिपोर्टहरुका अनुसार उनले आफ्ना दातसमेत मिलाएकी छिन् ।

Hillary Clinton

फरक पृष्ठभूमिका भएपनि धेरैले सेगोलिन र हिलारी (तस्बिरमा) लाई बारम्बार तुलना गर्ने गरेका छन् । दुबै बौद्धिक र क्षमतावान महिला मानिन्छन् । सेगोलिन फ्रान्सको विशिष्ट शैक्षिक संस्था एनईएबाट प्रशिक्षित हुन् जहा अहिलेका राष्ट्रपती ज्याक्स सिराक पढेका थिए । येल विश्वविद्यालयमा पढेकी हिलारी कानुन व्यवसायी हुन् । दुबै महिला आफ्नै पार्टीका विपक्षिबाट आउने अवरोधलाई सहजतासाथ सामना गर्न अहिलेसम्म सफल छन् ।

राजनीतिक करिअर थाल्ने र अघी बढाउने सर्न्दर्भमा सेगोलिन र हिलारीबीच केही भिन्नता छन् । विल क्लिन्टनलाई भेट्दा हिलारी यल विश्वविद्यालयमा कानून प्रतिभाशाली विद्यार्थी थिइन् जसका आफ्नै महत्वकाक्षा थिए । वकिलकारुपमा उनको आफ्नो करिअर भएपनि उनले ‘प्रथम महिला’कारुपमा बढी चिनारी र चर्चा पाइन् । सिनेटरकारुपमा आफ्नै परिचय बनाउन उनलाई बर्षौ लाग्यो । सेगोलिनले आफ्ना चार बच्चाका बाबु फ्रयाङ्कोइस् हल्यान्डलाई भेट्दा दुबै प्रतिस्ठित ‘साइन्सेस पो’ नामले चिनिने इन्स्टिच्युटका विद्यार्थी थिए । केही रिपोर्टहरुमा उल्लेख गरिएअनुसार उतिबेला सेगोलिनलाई राजनीतिप्रति खासै रुचि थिएन र फ्रयाङ्कोइस्ले उनलाई त्यो बाटो लिन प्रेरित गरेका थिए । पछि दुबैले सोसलिस्ट पार्टीमा आ-आफ्नो राजनीतिक करिअर बनाए । फ्रयाङ्कोइस् पार्टीका प्रमुख नेता हुन् । सामान्यता पार्टीका त्यो स्तरका नेता राष्ट्रपतीय पदका प्रत्यासी हुनेगर्छन् तर यसपाली स्थिती फरक भयो । यदि सेगोलिनले इलिसी प्यालेस (राष्ट्रपतीय निवास) जितिन् र क्षमतावान पार्टी नेता फ्रयाङ्कोइस्लाई प्रधानमन्त्री नियुक्त गर्न चाहिन् भने उनलाई नातावादको आरोप लाग्नेछ ।

हिलारीका पनि पति विल क्लिन्टन निकट राजनीतिक सहयोगी हुन् र सिनेट प्रतिस्पर्धामा विलले पत्नीको प्रचार अभियानमा ठूलो योगदान पुर्याएका थिए । यसपाली पनि उनी कम सक्रिय छैनन् । सोमबारमात्रै उनले आफ्नी पत्नीको प्रचार वेबर्साईटमा दर्ता भएकाहरुलाई एउटा पत्र पठाएका छन जसमा उनी भन्छन्- ‘के म मेरी पत्नीको राष्ट्रपतीय प्रचार अभियानबाट उत्साहित छु ? बाजि राखेहुन्छ, छु ।’ ह्वाइट हाउस जित्नका लागि उम्मेदवारबाट मात्रै नभई तल्लो तहका र्समर्थकहरुको सञ्जालमा समेत उत्साह र धैर्यता अवश्यक हुने बताउदै पूर्व राष्ट्रपतीले एक सातामा १० लाख डलर उठाएर सहयोग गर्न अनुरोध गरेका छन् । सम्भवत विल कुनै बेला हिलारीले लगाएको गुन तिरिरहेका छन् । हिलारी डियान रोधामकारुपमा जन्मिएकी महिला आफूलाई सधै हिलारी रोधामकैरुपमा चिनाउन चाहन्थिन् । तर श्रीमान्लाई विश्वकै शक्तिशाली पदमा आसिन गराउने त्यो लामो अभियानमा उनले आफूलाई ‘क्लिन्टन’ भनि चिनाउन थालिन् ।

उता सेगोलिनले चाहि कुनै अर्को थर जोड्नु परेको छैन किनकी उनले फ्रयाङ्कोइस् हल्यान्डसँग विवाहै गरेकी छैनन् । उनीहरु पती पत्नी नभएपनि ‘प्याक्ट सिभिल डे सोलिडारी’ नामको सम्बन्धमा छन् जस अर्न्तगत कुनै पनि लिंगका पौढले सम्बन्ध गास्न र जीवन साथीकारुपमा सगै बस्न पाउछन् । हामी स्वेच्छाले सगै भएका हौ, सेगोलिन भन्छिन्, कागजको टुक्राले हैन । तर सम्बन्ध समश्यारहित भने छैन । हालैका दिन जोडीबीच खटपट भएको रिपोर्ट र्सार्वजनिक भएका छन् तिनै हल्लाहरुबिच गत जनवरीमा सेगोलिनले फ्रयाङ्कोइस्का बारेमा एउटा टीभी कार्यक्रममा बोल्ने आफ्ना प्रवक्तालाई निलम्बन गर्नुपरेको थियो । ती प्रवक्ताले भनेका थिए- ‘सेगोलिन रोयलमा एउटैमात्र खोट छ- उनका साथी ।’

त्यस्तै कमजोरी र पार्टी भित्रका झगडाले केही यता सेगोलिनको प्रचार अभियानलाई धक्का पुगेको छ । सोमबारको एउटा टीभी वादविवादमा उनले आफूलाई महिला भएकैले यति धेरै प्रश्नहरु गरिएको गुनासो गरिन् । ‘मेरैजस्तो व्यवसायिक पृष्ठभूमी भएको कुनै पुरुषले स्थायीरुपमै यसरी क्षमता र बैधानिकताबारे प्रश्न सामाना गर्नुपर्ने थिएन,’ उनले भनिन्- ‘महिला हुन साह्रै गाह्रो छ ।’

सेगोलिन जन्मिदा ताका झन गाह्रो थियो । उनका आमाबाबुले नौ बर्षा आठ सन्तान जन्माए । महिलाहरु सन्तान उत्पादन गर्न र अह्राएको काम गर्नकै लागि मात्र हुन् भन्ठान्ने सेगोलिनका बाबु छोरीहरुलाई पढाउनेकुरामा विश्वास गर्दैनथिए । छोरीलाई सन्तान सम्म नगन्ने उनी सगौरव भन्थे- ‘मेरा पाच बच्चा र तीनटी केटी छन् ।’ सेनेगलको डकारमा म्यारी-सेगोलिन रोयलकारुपमा जन्मेकी केटीले स्कुल पढ्नका लागि बाबुसग संर्घष गर्नुपरेको थियो । बाबुलाई चकित पार्दै उनी प्रतिस्ठित र्साईन्सेस पो विश्वविद्यालयमा भर्ना भएकी थिइन् । आफ्नी आमालाई सम्बन्ध विच्छेद गर्न नदिने बाबु विरुद्ध सन् १९७२ मा मुदा हाल्दा सेगोलिन् १९ बर्षी थिइन् । धेरै बर्षो अदातली युद्धपछि फोक्सोको क्यान्सरले सन् १९८२ मा बाबु मर्नुअघि सेगोलिनले मुद्धा जितिन् । सेगोलिनकै जोडमा ८ मध्ये ६ सन्तानले बाबुलाई कहिल्यै नभेट्ने बाचा गरेका थिए ।

तत्कालीन राष्ट्रपती फ्रा स्वा मित्तेराका एकजना सहयोगीले सेगोलिनलाई १९८२ मा आफ्नो समुहमा ल्याएका थिए भने १९९२ मा वातावरण मन्त्री हुनुअघि उनले केही सरकारी जिम्मेवारी सम्हालेकी थिइन् । मार्च २००४ मा एउटा क्षेत्रीय राज्यको प्रमुखमा निर्वाचित भएकी सेगोलिन संसद सदश्य पनि हुन् ।

उता अमेरिकामा डेमोक्रेटिक पार्टीको उम्मेदवारी जित्न हिलारीसँग कम्तिमा चारजना पुरुष चुनावी मैदानमा छन् जसमध्ये बाराक ओबामालाई सबैभन्दा गम्भीर चुनौतीकारुपमा लिइएको छ । अश्वैत ओवामाले नै उम्मेदवारी र, अन्त्यमा, ह्वाईट हाउस जितेभने अमेरिकी राष्ट्रपती बन्ने उनी पहिलो काला हुनेछन् । हिलारीसँग आफ्नै नाम एउटा बलियो ‘ब्रान्ड’कारुपमा छ जसले उनलाई अमेरिकाभरी (र विश्वमा पनि) सजिलै चिनाउछ । उनीसँग निर्वाचन अभियानका लागि आवश्यक चन्दा उठाउन सक्ने क्षमता र सञ्जाल छ । त्यस्तै हिलारीको प्रचार अभियान टोली ठूलो र व्यापक पहुँच भएको छ जो उनका अन्य प्रतिस्पर्धीसँग छैन । तर इराक आक्रमणका लागि राष्ट्रपती जर्ज डब्लु बुशले चाहनालाई र्समर्थन गरेकोमा उनको अझै आलोचना भइरहेको छ । ओबामाले शुरुदेखि नै इराक युद्धको विरोध गरेका छन् ।

आ-आफ्नो देशमा ‘पहिलो महिला राष्ट्रपती’ बन्ने दौडमा रहेका महिलाहरुले यस अगाडी पनि थुप्रै क्षेत्रमा ‘पहिला’ रेकर्ड राखेका छन् । सेगोलिनका लागि एउटी महिलाकारुपमा चुनावी अभियानमा कुनै प्रमुख पार्टीको उम्मेदवारी जित्नु नै एउटा इतिहास हो भने अमेरिकी सिनेटमा निर्वाचित हुने हिलारी पनि प्रथम ‘प्रथम महिला’ हुन् । त्यस्तै न्यूयोर्कबाट चुनिने पनि उनी पहिलो महिला सिनेटर हुन् ।