माओवादी मन्त्री, शपथ र सदन

सुबोध गौतम
चैत १८ – मन्त्रिपरिषदको पहिलो बैठकमा पस्ने बित्तिकै प्रधानमन्त्री कार्यालयका पश्चिम भित्तोमा झुन्डिएका राजारानीको फोटो देखेर वन तथा भू-संरक्षण मन्त्री मातृका यादव झस्किए । भने- ‘यी फोटो हटाइहाल्नुपर्‍यो ।’ त्यहीं उपस्थित एक पदाधिकारीले फोटो झिक्न खोजे तर सकेनन् । बैठक सकिएर बाहिरिएपछि यादवले सञ्चारकर्मीसँग भने- ‘मुख्य सचिवले हटाउँछु भनेका छन् ।’ बैठक सकेर बाहिरिएका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालाई सञ्चारकर्मीले ‘तपाईं त हाम्रो मन्त्री’ भन्दै रोके । माओवादीको सञ्चार नीति के हुन्छ भन्ने प्रश्नमा महराले भने- ‘अब माओवादीको कुरा मात्र नसोध्नुहोस् । म त सरकारको मान्छे भएको छु ।’

शपथ ग्रहण कार्यक्रममा पनि मातृकाकै चर्चा भयो । शपथमा उल्लेखित ‘सत्य निष्ठा/इश्वरका नाममा’ भन्ने शब्दमध्ये उनले ‘इश्वरका नाममा’ भन्ने शब्द सञ्चारकर्मीहरूलाई देखाउँदै काटे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेतले सत्य निष्ठाका नाममा भनी शपथ ग्रहण गराए । केही प्रशासक माओवादी नेताहरूसँग भलाकुसारी गरिरहेका थिए ।

संसद्मा पनि भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमी र स्थानीय विकास मन्त्री देव गुरुङले राष्ट्रिय योजना आगोगका उपाध्यक्ष जगदीशचन्द्र पोखरेल र अन्य सदस्यसँग गरेको भलाकुसारी पनि हेर्न लायकको थियो । छेउमै बसेका पदाधिकारी र उनीहरूबीच हात मिलाएर निकैबेर कुराकानी भएको थियो । यसले योजना र विकास निर्माणबीचको तालमेल हुनुपर्छ भन्ने संकेत गरेको देखिन्थ्यो । यी आफ्ना मन्त्री हुन भन्ने थाहा पाएका सचिवहरू उनीहरूको पछि-पछि लाग्नु त स्वाभाविकै थियो ।

ऐतिहासिक दिन भन्दै शपथ ग्रहण कार्यक्रममा सञ्चारकर्मी, पदाधिकारी र र्सवसाधारणको उल्लेख्य उपस्थित थियो । कुर्सीमा बस्ने र उभिनेको संख्या झन्डै-झन्डै उस्तै थियो । कार्यक्रम व्यवस्थित गर्न मुख्य सचिव भोजराज घिमिरेलाई हम्मेहम्मे परेको थियो । मञ्च ढाकेर उभिएका सञ्चारकर्मीलाई हटाउन उनले पटक-पटक आग्रह गरेका थिए ।

माओवादी मन्त्रीहरू कस्तो पोसाकमा आउँछन्, सुरक्षा गार्ड को हुन्छ भन्ने जिज्ञासा उपस्थितहरूमा थियो । माओवादी मन्त्रीहरू नियमित पोसाकमा थिए । सुरुमा माओवादीले आफ्नो सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने माग राखेका थिए । तरपछि यसले सेनाप्रति अविश्वास गरेको र्ठहर्छ भन्ने सुझाव आएपछि सेना नै राख्ने निधोमा पुगेका हुन् ।

Advertisements

3 thoughts on “माओवादी मन्त्री, शपथ र सदन

  1. अघि दाइको फोन आएको थियो पाल्पाबाट| स्थानिय माओबादि नेताले हिजो सरकारमा सामेल भएको खुशियालीमा गाऊमा भेलाको आयोजना गरेछन र भनेछन-

    “हाम्रो भागमा परेको मन्त्रालयहरुको काम हामीले नै गर्ने भएकोले अब देखि गा.बि.स. को सबै काम हामी मात्र गर्छौ | सामुदायीक बनबाट घाँस दाउरा ल्याउन परेमा हामीलाई कर तिरेर मात्र ल्याउन पाईन्छ | कसैले गाऊ छाड्नु परेमा वा नयाँ मान्छे गाऊमा आऊदा हाम्रो आनुमति लिनु पर्ने छ | कसैले यस्को ऊल्लंघन गरेमा हामी कारवाही गर्छौ र त्यसको जिम्मेवारी आफैले बोक्नु पर्ने छ|”

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )