वर्ग संक्रमणकाल

  • राज्य पुनर्संरचनाको मैदानमा ‘जनजाति’ र ‘गैरजनजाति’ लडाइँ

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ  र यहाँ  क्लिके हुन्छ । देशका थुप्रै आदिवासी जनजातिहरूले गए साता सन्तोषको लामो सास फेर्दा त्यसमा केही वर्षयता नेपाली राजनीतिलाई निर्देशित गर्ने उनीहरूको बढेको क्षमता झल्कियो । उनीहरूलाई सन्तोष र विजयको सास फेराउने त्यो घटनाले नेपालमा जारी संक्रमणकालीन द्वन्द्व मुख्यत ‘जनजाति’ र…

  • ‘युद्ध छाडेका छैनौं…जनसेनाको स‌ख्या बढायौ‌‌’; प्रचन्ड

    (माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सेनाको तेस्रो डिभिजनले २०६४ पुस १८ गते आयोजना गरेको भेलामा कमान्डरहरूलाई प्रशिक्षणका क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश । यो भाषणको भिडीयो अस्ती साँझ इमेज च्यानलमा पहिलो पटक प्रसारण भएको थियो । हिजो दिनभरी नै नेपाली टीभी च्यानलहरुले प्रसारित गरेको भिडियोलाई माओवादीले ‘पुरानो र अप्रासंगिक’ भनेको छ । ‘आन्तरिक पार्टी…

  • नेपाली सेनाको हतियार दर्ता शुरु

    ,

    नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ । नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिमहरु समक्ष आज पहिलो दिन दर्ता र भण्डारणको लागि प्रस्तुत गर्यो । यूएनडिपी को सहयोगमा राष्ट्रसंघका…

  • माओवादी मन्त्री, शपथ र सदन

    ,

    सुबोध गौतम चैत १८ – मन्त्रिपरिषदको पहिलो बैठकमा पस्ने बित्तिकै प्रधानमन्त्री कार्यालयका पश्चिम भित्तोमा झुन्डिएका राजारानीको फोटो देखेर वन तथा भू-संरक्षण मन्त्री मातृका यादव झस्किए । भने- ‘यी फोटो हटाइहाल्नुपर्‍यो ।’ त्यहीं उपस्थित एक पदाधिकारीले फोटो झिक्न खोजे तर सकेनन् । बैठक सकिएर बाहिरिएपछि यादवले सञ्चारकर्मीसँग भने- ‘मुख्य सचिवले हटाउँछु भनेका छन् ।’ बैठक सकेर…

  • बालुवाटारमा सहमती, एमालेले अडान छाड्यो, संविधान सभा चुनाव असार ६ मा

    ,

    आखिर कांग्रेसको अडानका अगाडी एमालेको केही लागेन । अन्तरिम सरकारमा प्रधानमन्त्रिपछिको बरिष्ठ मन्त्री एमालेकी साहाना प्रधान होइन, कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल हुने भएका छन् । आठ पार्टिको आज बालुवाटारमा बसेको बैठकले संविधान सभाको चुनाव असार ६ गते गर्ने निर्णय गरेको छ । यसैबीच संसदले आजको लागि कार्यसूचि जारी गरेको छ र अब केही बेरमै संसदमा…

  • अन्तरिम सरकारको नीति तथा कार्यक्रम

    ,

    आठ दलले अन्तरिम सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम, सरकार सञ्चालनको विधि, मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेका छन् । त्यसैगरी सहमतिमा सरकार सञ्चालनका लागि आठ दलका प्रतिनिधि रहेको उच्चस्तरीय संयुक्त समन्वय समितिसमेत गठन गरिने भएको छ । संविधानसभा चुनावका लागि सहज वातावरण बनाउन आठ दलको साझा प्रतिबद्धतासमेत शनिबार नै जारी गरिनेछ योजना छ । साझा…