माओवादी अत्याचार: र्राईफल सिरानी वनाएर सुते

माघ २३ गते विहानै रेडियो नेपालमा समाचार वज्यो , दार्चुलामा कांग्रेस माओवादी झडप भनेर । भोजराज दाईले पसल के खालेका थिए, माओवादी कार्यालयवाट फोनमा धम्की आयो ‘ कान्तिपुरको पत्रकारलाई सबक सिकाउनु पर्ने भो’ ।

Bikram Giri diary of darchula

माओवादीले अहिले सम्म पनि कब्जामा लिएर राखेको र्सवसाधारणको घर । यो घरमा माओवादी कार्यकर्ता मिलेर वोर्डिङ स्कुल सञ्चालन गरेका छन ।

विक्रम गिरी

दार्चुलाका ग्रामिण भेगमा संविधानसभा निर्वाचनको प्रचार प्रसारका लागि एमाले र कांग्रेसको गाउं अभियान कार्यक्रम चलिरहेको थियो । अभियानमा जान दुवै पार्टीले आग्रह गरे । तर मेरो असहमती रह्यो । कारण कुनै एउटा पार्टीको एकल कार्यक्रममा जांदा फलानो पार्टीको पत्रकार रहेछ भन्ने आरोप लाग्ने डर मलाई थियो । कार्यक्रममा नजांदा केही नेता कार्यकर्ता रिसाएका थिए । संयुक्त रुपले कार्यक्रम गर्न एमाले, माओवादी र कांग्रेसका नेतालाई आग्रह गरे । तर सहमती हुन सकेन ।

हामी जिल्ला अधिवेशनको तयारीमा थियौं । पत्रकारहरुको दार्चुलामा पहिलो पटक संस्था गठनको प्रकृया चलिरहेको थियो । तर पनि कतिवेला के पो हुन्छ भनेर मेरो ध्यान कांग्रेसको अभियानतीर नै थियो । माघ ४ गते लटिनाथमा एमालेको सभा माओवादीले विथोलेका थिए । लटिनाथ उच्च माद्यमिक विद्यालयमा कार्यक्रम गर्न नदिए पछि बजारमा भेला राखेका थिए । तर त्यहां पनि माओवादी कार्यकर्ताले गर्न नदिए पछि एमाले सचिव गणेश ठगुन्ना लगायतका नेता कार्यकर्ता सदरमुकाम खलंगा फर्केका थिए ।

कांगे्रसका नेता गाउं पस्नु अघि तीनवटै पार्टीको वैठक बसेको थियो । वैठकमा पर्ूव मन्त्री तथा विधायक दीलेन्द्र प्रसाद वडुले संयुक्त रुपमा सभा आयोजन गर्ने प्रस्ताव एमाले र माओवादीलाई राखेका थिए । तर एमालेले सभा गरेर आइसकेको बताएको थियो भने माओवादीले आफ्नो पार्टींधे गाउंमै केन्द्रीत रहेकाले त्यसको जरुरत नभएको बताएका थिए । सहमती नभए पछि कांग्रेसले एक्लै गाउं जाने निर्णय गरेको थियो ।

Bikram Giri diary of darchula
गते पुर्व सुचना तथा सञ्चार राज्यमन्त्री दिलेन्द्र प्रसाद बडु माथी माओवादीले आक्रमण गरेको घटनास्थाल दार्चुलाको लटिनाथ गाविस रिल गाउं जादै संवाददाता विक्रम गिरी सिप्टी गाउंमा ।

माघ १४ गते बडु लगायतका नेता कार्यकर्ताले उकूवाट अभियानको थालनी गरे । लाली, खरकडा, रिठाचौपता, गोकले हुंदै बलांच पुग्दा सम्म कुनै अवरोध भएको थिएन । बडु लामो समय पछि गाउं पसेका थिए । त्यसैले दार्चुलाका र्सवसाधारणमा उनि प्रति आक्रोस छंदै थियो अझ त्यसमा पनि उनि जिल्लाको प्रतिनिधी समेत थिए । लामो समय पछि आउनु भो, भोट माग्न मात्र आउनुहुन्छ, तपाईका कार्यकर्ता ठिक छैनन, हाम्रा मागवारे वेवास्ता गर्छन भन्ने जस्ता सामान्य गुनासोको सामना सवै जसो ठउंमा विधायक बडुले गर्नुपरिरहेको खवर पाइरहेको थिए । तर बलांच पुगे पछि माओवादीले कालोझण्डा देखाएर विरोध प्रदर्शन गरेको खवर पाए पछि लटिनाथमा झडप हुने अनुमान गरीसकेको थिए ।

बलांच कार्यक्रम पछि लटिनाथमा कांग्रेस माओवादीवीच भिडन्त हुने देखेर प्रशाशनले थप सुरक्षावल पठाएको थियो । तर कार्यक्रम माघ २३ गते हुने खवर पाएका आधारमा २२ गते सांझ पुग्ने गरी सुरक्षाकर्मी खलंगावाट हिंडेका थिए । भिडन्तको सम्भावना देखेर प्रहरी प्रशाशनसितको निरन्तर सर्म्पर्कमा थिए । तर २२ गते सांझ कांगे्रस माओवादीवीच भिडन्त भएको, गोली चलेको तथा विधायक बडुको अवस्था अज्ञात रहेको हल्ला बजारमा चल्यो । लटिनाथको फोन ब्यस्त थियो । प्रहरी प्रशाशन घटनावारे वेखवर थिए । लटिनाथ प्रहरी चौकीमा सञ्चार सेट थिएन । बत्ति थिएन, तैपनि जेनरेटरको ब्यवस्था मिलाएर समाचार फ्याक्स गर्ने तयारी गरे । तर खवरको पुष्टी कतैवाट नहंदा रातको नौ वजिसकेको थियो । यत्तिकैमा माओवादी कार्यालयवाट फोन आयो, लटिनाथमा गोली चल्यो, प्रहरीको गोलीवाट दुइ कार्यकर्ता घाइते भए । फोन एक पटक होइन चार पटक आयो । संगै रहेका नेपाल टेलिभिजनका भोजराज जोशी, सुदुर सन्देशका सेरसिंह सामन्त, अभियान दैनिका नरेन्द्र कार्कीले त्यसैका आधारमा समाचार लेख्यौं । समाचार पठाउंदा रातको दश बज्नै लागेको थियो । कान्तिपुर दैनिकको रात्री डेस्कलाई समाचार पडाउन ढिला हुने खवर अगाडी नै गरेको थिए । होटल वन्द भैसकेकाले सवैजना भोकै सत्यौं ।

Bikram Giri diary of darchula
घट्ना पछि स्थिती साम्य पार्न दार्चुला सदरमुकाम खलंगावाट गएको प्रहरी टोली भांडावर्तनको अभावमा एउटै थालीमा खांदै ।

माघ २३ गते विहानै रेडियो नेपालमा समाचार वज्यो , दार्चुलामा कांग्रेस माओवादी झडप भनेर । भोजराज दाईले पसल के खालेका थिए, माओवादी कार्यालयवाट फोनमा धम्की आयो ‘ कान्तिपुरको पत्रकारलाई सबक सिकाउनु पर्ने भो’ । एकै छिनमा माओवादी कार्यकर्ता फोन फ्याक्सको पसलमा आए, समाचारमा ‘जनताले’ लेख्नु पर्ने माओवादी कार्यकर्ता भनेर लेखे । अव त ठिक गर्नु पर्ने भो भन्दै पडकिन शुरु गरे । ‘वीरेन्द्र शाहको अवस्था दार्चुलामा पनि आउने भो’ माओवादी कार्यकर्ताहरु म लगायत अन्य सञ्चारकर्मीलाई भेट हुने वित्तिकै भन्थे । दैनिक जसो मानसिक यातना खेप्नु परिरहेको अवस्था थियो । तैपनि आफ्नो धर्म निर्वाह गर्नुपर्ने वाद्यता म सित थियो ।

माओवादी नेतृत्व सुर्खेतमा प्रशिक्षणमा रहेकाले समाचार लेख्न मुश्किल भएको अवस्थामा माओवादी आफैले कार्यकर्ता गोली लागी घाइते भएको खवर गरेका थिए । सुर्खेतवाट नेतृत्व तहकाले बढी जान्ने किन भएका भनेर झपारे पछि माओवादी कार्यकर्ता मेरो खोजीमा विहानै निस्केका थिए ।

दिनभर तनावमै वित्यो । घट्नावारे यथार्थ कहिं कतैवाट पत्ता नलागे पछि घट्नास्थल लटिनाथ जाने निधो गरे । तर माओवादीको धम्कीका कारण जे पनि हुन सक्ने खतरा पनि उत्तिकै । धेरै शुभचिन्तकले खतरा नमोल्न आग्रह गरे । तै पनि २४ गते जिल्ला स्थित इन्सेक प्रतिनिधी मदन धामी र म लटिनाथ हान्नीयौं । वाटोमा माओवादी कार्यकर्ता भेट्टिए । स्थिती खतरनाक छ, सत्यतथ्य नवुझिकन समाचार नपठाउनुहोला भन्थे । सिप्टीमा वाश वसियो । सदरमुकाम छाडेको खवर राजधानी र महेन्द्रनगर ब्युरो कार्यालयमा गरे ।

Bikram Giri diary of darchula
माओवादीले चौकीमा आक्रमण गरी प्रहरीका भांडाकुंडा, लत्ताकपडा, अन्य सरसमान लुटेर लगेका थिए ।

माघ २५ गते दिउंसो लटिनाथ पुग्दा वजार सुनसान थियो । जताततै माओवादी कार्यकर्ता मात्रै । विद्यालयको पठनपाठन वन्द थियो । घट्नास्थल रील गाउं वजारवाट आधा घण्टा उकालो चढेर पुगिन्छ । एकै छिनमा गाउं जाने तयारी गर्न लाग्दा सेतो हेलिकप्टर आएको देखियो । अनमान गरे राजधानीवाट नेता मन्त्री आएका होलान । तर अनमिनको टोली रहेछ । परिचय पछि उनिहरुले एक्ला एक्लै घट्नाको विवरण लिन आग्रह गरे । प्रहरी निरिक्षक नृपवहादुर शाहको टोली पनि रील गाउंको उकालो काट्दै गर्दा भेट्टीयो । निरिक्षक शाह लटिनाथको चौकी समाल्न सदरमुकामवाट आएका रहेछन । विधायक बडु लगायतका अन्य नेता कार्यकर्ता आक्रमणमा पर्दा प्रहरीले उक्त चौकी छाडेका थिए । पछि प्रहरी निरिक्षक शाहले नेतृत्व लिए पछि सुरक्षकर्मी लटिनाथ फर्केका रहेछन ।

रील गाउं पुग्दा पिडीत धनविरसिंह धामी आंगनमा पल्टीरहेका थिए । उनको अगाडी आठ काठे घर खरानी वनेको अवस्थामा थियो । घर परिवारका सवै विचल्लीमा थिए । बस्ने ठाउं थिएन । आफन्तकोमा शरण लिएर वसेका रहेछन । तर १२ जनाको परिवार आफन्तकोमा बस्न निकै समस्या थियो । धनविरको घर गाउंकै ठुलो आकर्ष थियो । उनका भतिजा विक्रम सिंह धामी कांग्रेस महासमिती सदस्य भएकाले नेता कार्यकर्ताहरुको उठवस चलिरहन्थ्यो । माओवादीले घर खरानी वनाएको धनविरले बताए । लटिनाथ वजारमा पसल चलाएर वसेका धनविर घर घेराउ भएको अवस्थामा मात्र घट्नास्थल पुगेका थिए । घरवाट धुंवा अझै आइरहेको थियो । धनविरलाई शरिका घाउ देखाउन भ्याई नभ्याई भएको थियो । जीउ सुन्निएको थियो । उनकी श्रीमती र बच्चालाई पनि वांकी छाडेका रहेनछन । घर जलाउन २ सय भारी भन्दा बढी खर प्रयोग भएको बताए । यस्तै पराल पनि प्रयोग भएको धनवीरले बताए । स्कले वालवालीका किताव जलेर खरानी भएकाले पर्ढाई कसरी गर्ने भनेर चिन्तित थिए । छोरा वशन्त गाउं छाड्ने सोचमा थिए । तर धनविर आंगनवाट उठ्नै नसक्ने अवस्थामा रहेको पायौं ।

Bikram Giri diary of darchula
पिडित घरधनी धनविरसिंह धामी खरानी भएको घर हेर्दै, उनको ३० लाख भन्दा बढी क्षती भएको थियो । तर सरकारले चार महिना वित्दा पनि क्षतिपुर्ती उपलब्ध गराएको छैन ।

प्रहरी र अनमिन सोधपुछमा ब्यस्त थियो । इन्सेक प्रतिनिधी मदन र म पनि जानकारी लिनमै ब्यस्त । रात परेको पत्तै भएन । फर्किने क्रममा धनविरका परिवारजनले आफ्नो सुरक्षाको वन्दोवस्तको पहल गरिदिन हामीलाई आग्रह गरे । उनि भन्दै थिए-माओवादीले नमारी नछाड्ने भनेका छन, हामीलाई प्रहरी प्रशाशनले जसरी पनि सदरमुकाम खलंगा लगिदिनु पर्छ । उनिहरुले अझ थपे- बरु हामी भारतमा कुल्ली काम गरेर जिवीकोपार्जन गर्र्छौं तर गाउंमा वस्दैनौ, हामीलाई क्षतिपर्ुर्ती केही चाहीन्न । उनिहरुको रुवाईले हामीलाई पनि मर्माहत वनायो । देश संविधानसभाको तयारीमा रहेका वेला पश्चिमी कुनाको गाउंको एउटा परिवार भारत पस्ने तयारीमा थियो । हतार हतारमा लटिनाथ वजार झरयौं ।

लटिनाथ वजार पुग्दा घटनाको विवरण दिने प्रयास गर्दा पसलेले आनाकानी गर्न थाले । पछि थाहा भयो, भिस्याट प्रविधीको उक्त एक लाइन फोन पनि माओवादीकै कब्जामा रहेछ । तैपनि मैले जिद्धी गरेर कान्तिपुर एफएममा खवर टिपाए । हामी त्यहीं छंदै माओवादी कार्यालयवाट फोन आयो । फोनमा हाम्रा वारेमा सोधनी भैरहेको थियो । पसले जवाफ फर्काउंदै थिए-‘पत्रकारले हाम्रा विरुद्ध समाचार पठाए’ । एकै छिनमा फोन गर्न नदिन खलंगावाट माओवादीको निर्देशन आयो । थाहा पाए पछि बाशको खोजीमा लाग्यौं । हामी दुवै जना असुरक्षित थियौं । बाश बस्न कता जाने ? इन्सेक प्रतिनिधी मदन धामीले प्रश्न गरे । पछि राय सल्लाह मिलाएर प्रहरी चौकी भएको ठाउंमा जाने निर्णय गर्यौं । चौकीमा पुग्दा सुरक्षाकर्मी खाना पकाउने तयारीमा थिए । घटना भएको दिन चौकी छाडेकाले उनिहरुको सवै सामान लुटिएको रहेछ । भांडाकुंडा गाउंवाट मागेर खानपिनको जोहो गर्दै थिए ।

Bikram Giri diary of darchula
खरानी भएको धनविरसिंह धामीको घर

खानपिन पछि सुत्ने प्रवन्ध मिलाउन प्रहरी निरिक्षक शाहलाई हम्मे हम्मे पर्यो । चौकी राखीएको भवन पहिला पनि माओवादीदले ध्वस्त पारेका थिए । अन्त ठाउं नभएकाले टालटुल गरेर ३५ प्रहरी बसिरहेका थिए । घट्ना घटेका वेलदा चार नाल बन्दुक भए पनि त्यतिवेला दुइ दर्जन जति हतियार उनिहरु सित थियो । खटियामा विछयाउन कपडा थिएन । निरिक्षक शाहले आफ्नो स्लिपिङ ब्याग हाम्रा लागी पाहुना भन्दै विर्छाईदिए । ओड्ने लुगा पनि पर्याप्त थिएन । मदनजी र म प्रहरीसंगै सुत्ने तर्खरमा लाग्यौं । राइफल राख्ने ठाउं पुगेन । केही राइफल खाटमुनी त केही सिरानीमा राखीदिए । राइफलको सिरानी वनाउंदा निरिक्षक शाहले जिस्क्याउंदै थिए-‘राती बढी चलखेल गर्यो भने पडकिएला है ।’ यसरी दोस्रो पटक राइफलको सिरानी वनाएर सुत्न पुगे । पहिला माओवादीको हतियारको शिरानी त यसपाली प्रहरीको । तीन वर्षअघि कालापानी रिपोर्टिङमा जाने वेला माओवादीले अपहरण गर्दा राइफल शिरानीमा राखी दिएका थिए, संग संगै सकेट वम पनि । एक रात होइन तीन रात सम्म ।

रातभरी निद्रा परेन । हतियार सित त्यती परिचित नभएर होला के पो हुने हो भन्ने पीर परिरह्यो ।

अर्को विहान माओवादी जिल्ला कमीटी सदस्य गणेश खत्रीलाई भेट्न गयौं । आधी वाटो वाट माओवादी कार्यकर्ताले पिछा गरे । त्यो ठाउंमा कान्तिपुर टेलिभिजनका लागी माओवादीले अनिवार्य गरेको रातो पोषाकको रिपोर्टिङ गर्दा गत जेठमा उनै गणेश खत्री सित भनाभन परेको थियो । त्यो वेला माओवादीले कान्तिपुर टेलिभिजनका क्यामराम्यान तेजसिंह ‘मुस्कान’ र मलाई दुइ घण्टा बढी कब्जामा लिएका थिए । डरै डरले घटनाको वारेमा जानकारी लियौं । खत्री घटनामा संलग्न भएको पाए पछि उनलाई जसरी पनि भेट्नु पर्ने हाम्रो वाद्यता थियो । घटना चांजोपांजो मिलाउन खत्री पार्टीको प्रशिक्षणमा सुर्खेत समेत नगएको थाहा भयो । मार्मा क्षेत्रका पांच वटा विद्यालयका विद्यार्थीले बडुका विरुद्ध जुलुस निकालेको उनले बताए । तर आफु भने उनिहरुवाट कुटिने डरले घर फर्केको बताए । विद्यार्थीले कुटपिट गरेको बताए पनि खत्रीको शरिरमा कुनै निलडाम थिएन , हामीले केही तस्वीर लियौं । उनि विरामी भएको वहाना वनाउंदै थिए । तर विरामी भए एक घण्टा टाढाको घट्नास्थल किन गएको भन्दा उनको वोली नै फुटेन । जुलुसका अघि अघि आफु गएको उनले स्विकारे ।

Bikram Giri diary of darchula
कांगे्रस नेता दिलेन्द्र प्रसाद बडुलाई माओवादीले लटिनाथ गाविसको रिल गाउंका धनविरसिंह धामीको घर भित्र रहेका वेला वाहिरवाट आगो लगाउंदा जलेर खरानी भएको घर ।

प्रहरीकामा खाना खाएर दुवै जना खलंगा फर्कीने तरखरमा लाग्यों । हामीले घटननामा संलग्न विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई भेटयौं । केही र्सवसाधारणलाई पनि घट्नाको वास्तविकता वताउन गुहार्र्यौ । घटनामा तपोवन मावी, लटिनाथ उच्च मावी, लामबगड निमावी, सल्लेथुम प्रावी लगायतका विद्यालयका विद्यार्थी र केही र्सवसाधारण संलग्न रहेछन । चार कक्षा माथीका विद्यार्थी प्रदर्शनमा सहभागि थिए । तर ति अवोध वालदवालीकालाई रील गाउं कसले लग्यो त ? उनिहरुले बताए- ‘हामी माओवादी समर्थित विद्यार्थी संगठन क्रान्तिकारी र वाइसिएलको दवावमा गयौं ।’ शिक्षकले पनि त्यही भने-‘दवाव दिए पछि के गर्ने त ।’ हामी लटिनाथ रहंदा सम्म माओवादी कार्यकर्ताले हाम्रा वारेमा सुराकी गरीरहे । कसैलाई पनि एक्ला एक्लै भेट गर्न उनिहरुले मनाही गरेका थिए-‘खवरदार भेट्ने भए हाम्रा सामु ल्याएर भेट्नुस ।’

माओवादी नेता कार्यकर्ता तर्क गर्दै थिए-‘बडुलाई जनताले कार्वाही गरेको ।’ आखीर जनता को हो त ? जिल्लाको उक्त भेगमा एमाले, कांग्रेस र माओवादी पार्टी आस्था राख्ने र्सवसाधारण बस्छन । कसै न कसैले त उक्त हुलको नेतृत्व गरेको अवस्य हुनु पर्छ । माओवादीलाई संक गर्ने धेरै ठाउँ पायौं । घटनामा संलग्न नभए एमालेको जस्तै चुप लागेर बस्नु पथ्र्यो । तर उनिहरु घटनाको वारेमा जानकारी लिने जो कोहीलाई पनि खवरदारी गर्दै थिए ।

Bikram Giri diary of darchula
घटनास्थलमा संयुक्त राष्ट्र संघ अनमिनको हेकिप्टर

विधायक बडुले विकास निर्माणको आश्वाशन दिए होलान । तर पुरा गरेनन भन्दैमा घरभित्र राखेर आगो हालेर खरानी पार्ने घट्नाको कसैले पनि र्समर्थन गर्न सक्दैनन । बडुलाई मतदानमा मत नदिए कार्वाही गर्नु सरह नै थियो । तर जलाएर सिध्याउनु पर्छ भन्ने माओवादीको धारणाको कसैले पनि कदर गर्न सक्दैनन । उक्त घटनामा प्रहरी प्रशाशनले संयमता नअपनाएको भए धेरै नै मानविय क्षति हुनेृ निश्चित थियो । प्रहरीले आफुले कुर्टाई खाएर पनि गोली नचलाएको अवस्था छ । माओवादीले उक्त घटनाको छानविनमा सहयोग गर्नु पर्छ । वाधा अडचन पैदा गर्नु राम्रो होइन । माओवादीले कांगे्रस कार्यकर्ताले गोली चलाएको बताएका छन । गोली कसले चलायो सरकारले छानविन गर्नु पर्छ । उक्त घटनामा संलग्न भनिएका दुइ विद्यार्थी मात्रै होइनन अन्यलाई पनि गिरफतार गरिनु जरुरी छ । यसमा सवै पार्टीको सहयोग प्रहरी प्रशाशनलाई आवश्यक छ । संविधानसभाको मुखैमा आएर यत्रो ठुलो घटना घटेको छ । माओवादी अहिले पनि मार्मा क्षेत्रलाई आफ्नो आधार क्षेत्र भन्ने ढिपी गरिरहेको छ । तर अवको अवस्थामा त्यस्ता कुरा गरे संविधानसभाको निर्वाचन संभव छैन । माओवादीले कानुनी राज्यलाई स्विकार्नु पर्छ । हैन भने देश कता जान्छ त्यसको जिम्मेवारी अरु सकैले होइन माओवादी स्वयंले लिनु पर्छ । गल्ती गरेर त्यसको दोष जनताको टाउकोमा थोपार्ने प्रवृती माओवादीले त्याग्नु जरुरी छ । राम्रा कामको जस आफुले अनि नराम्रा कामको दोष जती जनतामाथी । पत्रकार मानवअधिकारकर्मीलाई धम्क्याउने काम तत्काल वन्द गर्न माओवादी नेतृत्वले कडा कदम चाल्नु पर्छ ।

Bikram Giri diary of darchula
अनमिन कर्मचारी घटनास्थलतर्फजांदै