स्लमडग नेपाली

slumdog_nepali_koseli_march14
ठूलो पार्न क्लिक गरे हुन्छ

स्लमडग मिलिनायरको हविगतमा दिल्लीका झुपडबस् तीमा बस् ने नेपालीको कथा-व्यथा पनि कम्ती दुःखदायी छैन ।

‘धेरै वर्स्ट छ,’ ‘खराब’ अर्थ दिने अंग्रेजी शब्द प्रयोग गर्दै हिन्दी लवजमा सुरज रानाले भने, ‘मैले सोचेको यो झुकी टुटोस, यहाँबाट फटाफट निस् कम । यहीँ खाने, यहीँ बस्ने, त कहिल्यै अगाडि बढ्दैन ।’

सोच्ने क्षमता विकास भएदेखि सुरजले मनमा त्यस्तो कुरा खेलाउन थालेका हुन् । अहिले उनी १५ वर्षका भए । दिल्लीको यही झुप्रेबस्तीमा उनी जन्मिए, यहीँ हुर्किए, यहीँ खेले, यहीँबाट स्कुल गए र यसपालि १० औं कक्षाको परीक्षा दिँदैछन् । ठ्याक्कै उनी जन्मेकै झुप्रो चाहिँ १० वर्ष अघि नष्ट गरएिको थियो । औद्योगिक क्षेत्र ओख्लाको फेज-२ अन्तर्गतको त्यो ठाउँमा अहिले एउटा बहुतल्ले अफिस भवन छ । त्यसैको कम्पाउन्डसँग जोडिएको खँदिलो, नाला तथा फोहोर व्यवस्थापन नभएको र मुख्यत झ्याल विहीन सयौं साना झुप्रा छन् । तिनैमध्येको एउटामा सुरज आफ्ना दुई दिदी र बाबुआमासँग बस्छन् ।

व्यापकरूपमा ‘स्लम’ भनिने यी झुप्रेबस्ती खासमा भारतीय गरबिीका प्रतीक हुन् । कतिपय भारतीयले ‘झुग्गी झोपडी’ भन्ने यी बस्तीमा मुख्यतः गाउँबाट कामको खोजीमा सहर पुगेका मानिस बस्छन् जो न्यून तलबमा निम्नस्तरको काम गर्छन् । (‘झुग्गी’ लाई प्राय सुरजले जस्तो ‘झुकी’ पनि उच्चारण गरिन्छ ।) भारतमा एसियाको सबैभन्दा ठूलो स्लम छ जहाँ झन्डै १० लाख मानिस बस्छन् । धारावी नामको मुम्बईको त्यो स्लममा यसपालि ओस्कार जितेको फिल्म ‘स्लमडग मिलेनियर’ को छायाङ्कन गरएिको थियो जसले स्लमको जिन्दगीलाई यसअघि कहिल्यै नमिलेको प्रचार र ‘ख्याति’ दिलायो । मुम्बईमै अरू थुप्रै स् लम छन् जहाँ अरू लाखौं बस्छन् । -विश्वकै सबैभन्दा ठूलो स्लम किबेरा चाहिँ केन्याको नाइरोबीमा छ । त्यहाँ २२ लाख मानिस बस्छन् ।) झन्डै डेढ करोड जनसंख्या भएको दिल्लीमा छरएिका स्लमहरूमा ३० देखि ३२ लाखसम्म मानिसहरू बस् ने तथ्याङ्क छ । गाउँको गरबिीबाट पिल्सिएर भारतमा रोजगारीका लागि आउने कतिपय नेपाली यिनै स्लममा बस्छन् । तीनैमध्येका एक हुन् सुरजका बाबु दिलबहादुर राहुँ जो बितेका २२ वर्षदेखि ‘जनता-जीवन क्याम्प’ भनिने यो स्लममा बसिरहेका छन् ।
‘अब उही भनौ न,’ ४१ वर्षे दिलबहादुरले आफू कसरी झुग्गीमा आइपुगे भनी बताए- ‘मेरो त आफ्नो समस्या थियो तर कुल मिलाएर हेर्ने हो भने रोजीको समस्याले आइयो ।’

उनी सानै छँदा आमा मरनि् र बाबुले दोस्रो र ती पनि मरेपछि तेस्रो विवाह गरे । तेस्री सौतेनी आमैको कठोरता सहन नसकेपछि प्यूठानको चुँजा-४, लुम्कास्थित घरबाट भाग्दा उनी ११ वर्षका थिए । डेढ वर्ष नेपालमै भौंतारएिपछि उनी दिल्ली आए, कोठीमा बच्चा हेर्न थाले । (कतिपयका लागि कोठीले बेश्यालयको अर्थ देला तर त्यसले सामान्य परविार बस्ने बहुतल्ले घर पनि जनाउँछ ।) ‘झाडु पोचा पनि गर्न नसक्ने उमेर थियो,’ उनले भने, ‘बाटोमा होटलमा भाँडा माझियो । सेक्युरटिी पनि गरयिो । १७ वर्षको भएपछि प्रेस मेसिनमा काम गरें । केही समयमै चलाउन पर्फेक्ट भएँ । दुःख पाएर हिँडेको मान्छेको दिमाग पनि तगडै हुँदो रहेछ ।’

पाँच वर्षमा उनी सुपरभाइजर भए तर कुवेतको कन्टिनेन्टल होटलमा काम गर्न भिसा लाग्यो भन्ठानेपछि त्यो काम छोडिदिए । त्यो सन् १९९४ को कुरो । दलालले त्यतिबेला लगेको उनको ६० हजार अहिलेसम्म दिएको छैन । एकपटक दिएको थियो चेक तर बाउन्स भयो -अर्थात् खातामा पैसा रहेनछ) । केही महिनामै उनी बस् दै गरेको र सुरज जन्मिएको झुग्गी भएको बस्तीमा डोजर हिँड्यो ।

‘त्यसलाई बचाउन संयुक्त संघर्ष समिति पनि बनाइयो तर झुकी टुट्यो,’ पाँच कक्षासम्म पढेका दिलबहादुरले ने, ‘पढेकाले सजिलै बुझ्छन् तर हामीले चेत खाएर बुझियो कहाँसम्म कस्तो पोलिसी र पावर हँुदो रहछ भन्ने ।’

‘धोखा र ठक्कर खाएर नलेज पाएको’ बताउने दिलबहादुर आफ्नो क्याम्पका प्रधान हुन् । त्यहाँ लगभग १ हजार झुग्गी छन् जसमध्ये ५० जतिमा नेपाली र बाँकीमा मुख्यत विहार र उत्तर प्रदेशका बस्छन् । प्रधान भन्नाले स्लम भएको वार्डका दिल्ली नगर निगम -एमसीडी) पार्षदको लियाजो अफिसर । आफ्नो पक्ष्ामा प्रचार गर्ने मध्येका अलि सक्रिय व्यक्तिलाई निगम पार्सदले अनौपचारकिरूपमा प्रधान नियुक्त गर्छन् । स्लमका हरेक समस्या प्रधानमार्फत निगम पार्सदसम्म पुर्‍याइने हुँदा त्यो अनौपचारकि पदको महत्त्व हुन्छ । स्लमहरू आफैमा राजनीतिक दृष्टिले संवेदनशील क्षेत्र हुन् जसलाईं पार्टीहरूले भोट व्यांकका रूपमा प्रयोग गर्छन् । भोटहरू प्रायः सामूहिकरूपमा हालिन्छन् । त्यसरी भोट हालेवापत नेताहरूले परेका बेला प्रहरी या सरकार समक्ष ‘स् लमडग’ हरूको स् वार्थको प्रतिनिधित्व गरििदन्छन् । ‘पैसा, खाना, रक्सी, स्लमको वातावरणमा सुधार र नभत्काइने ग्यारेन्टीका आश्वासन चुनावताका खुवै बाँडिन्छन्,’ ओख्लाका स्लममा बस्ने नेपालीबारे अध्ययन गररिहेका जवाहरलाल नेहरू विश्वविद्यालयमा पीएचडी अध्येता दिनेश प्रसाईले भने । नेपाली राजनीतिमा वामपन्थीहरूलाई समर्थन गर्ने यहाँका स्लमडगहरू भारतीय चुनावमा प्रायः कांग्रेस र हालैका वर्षमा बहुजन समाज पार्टी (बसपा) लाई समर्थन गर्छन् । भारतमा लामो समय सरकार चलाएको कांग्रेसले आफ्ना नेता नेहरूको बंशबाट कतिपय स्लमको नाम राखेको छ । जस्तो, नेह कोलोनी, इन्दिरा क्याम्प, राजीव क्याम्प, न्यु सन्जय कोलोनी ।

जनताजीवन क्याम्प-२ का कतिपय भारतीय विशेष गरी चुनावमा पराजित उम्मेदवारलाई सघाएकाहरूले दिलबहादुरको खुबै डाह गर्छन् । आफूलाई संकेत गर्दै स्लमका भारतीयले ‘देशीलोग मरगया क्या, ए नेपाली प्रधान बनगया’ भन्ने गरेको दिलबहादुरले बताए । प्रधान भएपछि त्यसको फाइदा लिँदै उनले आफ्नो झुग्गीमा तलो थपेर अर्को कोठा बनाए जो क्याम्पभरकिै एक्लो हो । ‘हुर्किंदा छोरी छन्, तिनलाई यस् तो वातावरणमा राख्न अप्ठेरो,’ कलेज जाने छोरीहरूका बाबुले भने, ‘जे पर्लापर्ला भनेर बनाएँ । ’ उनकी पत्नी भारतीय हुन् जसले गर्दा धेरैकाममा सजिलो भएको उनले बताए । उनी झुग्गीबाटै तरकारी पसल चलाउँछन् भने झुग्गीबाहिरको सडक किनारमा उनको चिया-नास्ता पसल छ ।

नेपाली राजनीतिको कुरा गर्दा उनी खाट्टी कम्युनिस्ट । अहिले आबद्ध पार्टी नेकपा एकीकृतको नाम सम्झिन केही क्षण लागेपछि उनले भने, ‘अहिले यो छ तर के थाहा राजनीतिक परविर्तनमा अन्त पनि जान सकिन्छ । ’ यता भारतीय राजनीतिमा पनि उनी मौसमअनुसार पार्टी परविर्तन गररिहन्छन् । दुई वर्षअघिको एमसीडी चुनावमा उनले बसपाका सरदार गिररिाज सिंहको पक्षमा प्रचार गरे । सरदारले जिते, उनी प्रधान भए । पछि सरदार भारतीय जनता पार्टी (भाजपा) मा गए । दिलबहादुरले केही महिनाअघिको दिल्ली विधानसभा चुनावमा भाजपा उम्मेदवारको पक्षमा प्रचार गरे । तिनले जिते र दिलबहादुर तिनका पनि प्रधान भए । ‘हामी विदेशमा छौं नि,’ उनले आफ्नो विचारसँग नमिल्ले भारतीय पार्टीलाई समर्थन गर्नुको कारण खुलाए, ‘एउटा कमराको लागि हजार-बाह्रसय भाडा पर्छ । यहाँ बस्दा त्यो त बचेको छ । हामी उनीहरूको आइडियोलोजीसँग किन सहमत हुनुपर्‍यो ? हाम्रो काम उनीहरूबाट गराउनुपर्‍यो, बस ।’

नेपालका अनगिन्ती कम्युनिस्ट पार्टीका प्रवास संगठनका आधार हुन् यस्ता झुप्रे बस्ती जहाँ बेलाबेलामा नेताहरू आएर भाषण गररिहन्छन् । हालैको एक दिन एकीकृतका नेता सीताराम तामाङका कुरा सुन्न जनताजीवन-२ क्याम्प नजिकैको एउटा हलमा पुगेका थिए विष्णु सारु ।

३४ वर्षे विष्णु बस्छन् ओख्लाकै ‘मजदुर कोलोनी क्याम्प’ मा जसलाई नेपालीहरू ‘पाल्पाली क्याम्प’ भन्छन् । पाल्पाको देवीनगर-९, बेलीपोखराका उनी १४ वर्षको हुँदा भारत आएका थिए । अढाई वर्ष अन्तैबसेपछि १९८९ मा दिल्ली आएर चपरासी काम गर्न थाले । तीन वर्षमै मालिक अमेरकिा बसाइँ सरे । विष्णुलाई पनि लान खोजेका थिए तर भिषा मिलेन । ‘केही महिना नेपाल बसेँ अनि आएर चाय दुकान खोलें,’ विष्णुले भने । अर्काको जग्गामा खोलेको दुकान स्थायी के हुन्थ्यो, सन् २००४ मा त्यो भत्काउनु पर्‍यो । त्यसयता उनले आफ्नो झुग्गीसँगै जोडिएको अर्कोमा तरकारी पसल खोलेका छन् । उनका ग्राहक झुप्रे बस्तीका बासिन्दा हुन् जसमध्ये नेपालीलाई महिनाको अन्तिममा पैसा लिनेगरी तरकारी बेच्ने विष्णुले बताए ।

दिल्लीको औद्योगिक क्षेत्र ओख्लामा लगभग १५ हजार नेपाली बस्ने अनुमान छ । यहाँ पहाडे- मुख्यत पाल्पाली, गुल्मेली र अर्घाखाँचेली बढी बस्छन् । धेरैजसो चाहिँ भाडाका कोठामा बस्छन् । अभागी मध्येका थोरै भाग्यमानीले मात्र झुग्गी भेट्टाउँछन् । ‘स्लममा बस्ने धेरैजसो नेपाली पहाडका र दलित छन्,’ दिनेश प्रसाईले भने, ‘त्यस्तै ब्राह्मण, ठकुरी र क्षेत्री परविारका पनि छन् । दिल्लीका अन्य भागमा पनि नेपालका अन्य भागका मान्छे भुरुप्प बसेको भेट्टाइन्छ । एउटा आएपछि गाउँको अर्कोलाई पनि ल्याउने प्रवासी चलन हुन्छ । विश्वभरकिा प्रवासीहरू सामाजिक सञ्जालकै आधारमा बसाइँ सर्छन् ।’

प्रायः सरकारी जग्गा कब्जा गरी स्थापित भएका स्लमहरूका विशेषत हुन् स्वच्छताको अभाव, खुज्मुज्जिएको बसाई, खुला नाला र असुरक्षित बिजुलीका तार जो सहजै देख्न सकिन्छ । जीवन अप्ठेरो छ तैपनि यो भाडामा बस्नुभन्दा लाभदायी छ । ‘लामो समय भाडा तिर्नु नपर्दा उल्लेख्य पैसा बच्छ,’ दिनेशले भने, ‘त्यसले अन्य सीप नभएका प्रवासीको तुलनामा स्लममा बस् नेहरूको जीवनमा स्थायित्व प्रदान गर्छ ।’ स्लमको बसाई अन्य कुराले पनि उपयोगी छ । रासन कार्ड, बिलो पोभर्टी लाइन/गरबिीको रेखाभन्दा मुनी (बीपीएल) कार्ड र मतदाता परचिय पत्रका लागि अत्यावश्यक ‘ठेगानाको प्रमाण’ पनि स्लममा बस्दा मिल्छ । त्यस्तै ‘स्लमडग’ हरूका लागि सरकारी स्वास्थ्य, शिक्षा कार्यक्रमहरू सञ्चालित हुन्छन् ।
स्लममा बस्ने कतिपयले ‘राम्रै प्रगति’ गरेको, ‘सानोतिनो घर किनेको’ पाएको दिनेशले बताए । ‘केही त घर भाडामा दिएर स्लममा आएका छन्,’ उनले भने । ओख्ला फेज-१ मा केही नेपालीले ढावा खोलेका छन् भने केही रिक्सा चलाउँछन् र कम्तीमा २५ जनासँग तीन लाख पर्ने टेम्पो भएको जानकारी पाएको दिनेशले बताए ।

हालैका केही वर्षहरूमा थुप्रै नेपालीका लागि दिल्लीमा मजदुरी गर्नुसाटो खाडीतिर जानु आकर्षक भएको छ । विष्णु सारुका भाइ कतारमा छन् र दुई दाजुभाइ आफ्ना जिल्लाबासीलाई खाडी जान सहयोग गर्छन् ।

उसो त विष्णुकै पनि यहाँको बसाइको ठेगान छैन । २०१० मा दिल्लीले राष्ट्रमण्डल खेल आयोजना गर्दैछ र त्यसका लागि सहरमा व्यापक सुधारका कार्यक्रम चलिरहेका छन् । स्लमले सहरी सौन्दर्य र माहोल बिगारेकोमा अधिकारीहरू सहमत छन् । एउटा स्लम तीन साता अघि भत्काइँदा कम्तीमा १० नेपाली परविार झुग्गीविहीन भए । ‘रोजिरोटी कमाउन परदेश हिँडेको, परदेशमा बास बनाको तर तोडिगो,’ आफ्नो झुग्गी डोजरले ध्वस्त पारेपछि इँटा सम्हाल्दै गरेका दैलेख रानीबन-२, एकपाटेका दुर्गा सिंहले भने । बितेका १८ वर्षदेखि स् लममा बसिरहेका विष्णुले भने, ‘झुकी भत्कायो भने मेरो त नोकरी पनि गयो, बसाइ पनि गयो ।’

त्यस्तो भएछ नै भने पनि उनी पूरै दुःखी हुने छैनन् । ‘पेटै भर्न पाल्पामा पनि अप्ठेरो छैन,’ एक छोरा र एक छोरीलाई पाल्पामै भाइ-बुहारीसँग राखेर स्कुल पढाइ रहेका विष्णुले भने, ‘अलिकति सिँचाइ गर्ने हो भने राम्रो सब्जी लाग्छ । तर बच्चा पढाउन र लुगाफाटोका लागि चाहिने पैसाका लागि यहाँ आउनुपरेको । नभए आफू जन्मेको त्यति राम्रो गाउँ किन छोड्नु पथ्र्यो । बिहान उठेपछि छर्लंग धौलागिरी अन्नपूर्ण देखिन्छ । यहाँ जतिबेला पनि गन्धकी नै गन्धकी ।’

त्यो भयो स्लममा बस्ने पहिलो पुस् ताका नेपालीको धारणा । एकपटक नेपाल गएका सुरजको योजना अर्कै छ, विजनेसम्यान बन्ने छ तर दिल्लीमै । ‘यतै पैदा भएको, यतै गर्ने हो,’ झुग्गीको पसलमा अडिएर उभिएका उनले भने, ‘तर मलाई यो झुकीबाट आउट हुनु छ । फ्ल्याटमा बस्नु छ ।

यो लेख पहिलोपटक आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s