मेघालयका नेपालीभाषी जे भोगिरहेछन्

Kantipur lampi assam story

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

लाम्पी (असम)- पूर्वात्तर भारतका दुई राज्य असम र मेघालयको सीमास्थित यो विवादास्पद गाउँ अचेल युद्धमोर्चाजस्तो देखिन्छ जहाँ दुईतिरका सीमा रक्षक सैनिक-प्रहरी एकअर्कालाई बन्दुक तेस्र्याएर उभिएका छन् ।

गहिरो जातीय र सांस्कृतिक रेखामा बाँडिएका यहाँका खासी र नेपालीभाषी गोर्खाहरू आफ्नापट्टकिा सुरक्षाकर्मीलाई खाना खुवाउँछन् भने अर्कोपट्टकिालाई त्रासपूर्ण र शंकालु दृष्टिले हेर्छन् । गोर्खाहरू असम प्रहरीप्रति कृतज्ञ छन् भने खासीहरू मेघालय प्रहरीप्रति । खासी बाहुल्य क्षेत्रमा प्रहरी उपस्थितिबाट पनि आश्वस्त हुन नसकेका गोर्खाहरू राति हातमा लाठी, कम्मरमा खुकुरी र काखीमुनि गुलेली बोकेर सामूहिक गस्ती गर्छन् ।

‘गोर्खा हौं हामी, डराउँदैनौं,’ लाम्पीनिवासी चक्रबहादुर छेत्रीले कान्तिपुरसँग झर्रो नेपालीमा भने, ‘जन्मेपछि मान्छे नमरेको हामीले देखेका छैनौं । मर्नु त छँदैछ त्यसैले अन्याय किन सहने ?’

‘युद्धमोर्चा’ जस्तो गाउँमा बसेका छेत्री खासमा एकजना लडाकु सरदारजस्तै छन्, जसले बितेका तीन दशकदेखि आफ्नो जातिको नेतृत्व गरिरहेका छन् । उनी लाम्पीका मुखिया हुन् जसलाई औपचारिक रूपमा ‘गाउँबुढा’ भनिन्छ र स्थानीयहरूले ‘गाम्बुरा’ भनी बोलाउँछन् । गाउँमा सरकारको सबैभन्दा तल्लो तहको तर अधिकारसम्पन्न प्रतिनिधि हो गाउँबुढा, जसले स्थानीय समस्या राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउने, सत्ताबाट गाउँमा आएको अनुदान अनुगमन गर्ने र गाउँलेहरूको व्यवस्थापन गर्ने जिम्मा पाउँछ ।

‘हाम्रो स्वार्थ मिलेको छ,’ गाउँबुढाले लाम्पीका नेपालीलाई संकेत गर्दै भने, ‘मलाई खेतमा काम नगरी डुलिखान मनपर्ने, यिनीहरूलाई आफ्ना कुरा राज्यसम्म लगिदिने सक्रिय मान्छे चाहिने । म यिनीहरूको सहारा, यिनीहरू मेरा सहारा ।’

lampi assam kantipur storyसक्रियताका कारण छेत्री खासी समुदायमा राजनीतिक गर्नेहरूको तारो बनेका थिए । मे १४ मा लाम्पी बाहिरका करिब एक हजार खासी खासमा छेत्रीलाई नै सिध्याउन गाउँको बीचमा रहेका छाप्राहरूमा बस्ने सानो शुक्रबारे हाटमा पुगेका थिए । हाटमा रहेका केही नेपालीलाई कुट्दै नेपाली बस्तीतिर बढ्दा उनीहरू असम सीमा रक्षाबल -सशस्त्र) को क्याम्प पुगे । उनीहरूले क्याम्पतिर पनि गुलेली तन्काउँदै मट्याङ्ग्रा हान्न थाले । झोक्किएका पुलिसले गोलीले त्यसको जवाफ दिए, चार जना खासी चौरमै ढले । दुई शव उनीहरूले आफंैसँग लिएर गए, बाँकी दुईलाई सीमा प्रहरीनजिकै रहेको असमकै जनपद प्रहरीले नियन्त्रणमा लियो ।

त्यो घटनाबाट विक्षिप्त भएका खासीहरूले तत्कालै आफ्नो रिस मेघालयभरि बस्ने गोर्खा र नेपाली कामदारमाथि प्रकट गरे । त्यसयता खासीहरूको कारबाहीबाट प्रत्यक्ष या अप्रत्यक्ष रूपमा झन्डै १७ जना गोर्खा र नेपालीको ज्यान गएको रिपोर्टहरू सार्वजनिक भएका छन् जसलाई मेघालय सरकारले अस्वीकार गरेको छ । उसले सिलाङबाट १५ किलोमिटर मुन्तिर असमतिर जाने बाटोको छेवैमा रहेको बडापानी गाउँका धनपति बाँस्तोलालाई जिउँदै जलाइएको घटनाबाहेक अरू हत्या नभएको दाबी गरेको छ ।

मेघालयका मुख्यमन्त्री मुकुल साङ्माले ‘अफवाह फैलाएको’ भन्दै नेपालका मिडियाको बुधबार भत्र्सना गरेका छन् । उनले गोर्खा र नेपालीलाई मेघालय छाड्न दिइएको सूचना कसैले नदिएको दाबी गरे । ‘बढाईचढाई गरी आधारहीन समाचार नेपालका मिडियामा आएको छ,’ साङ्माले सिलाङमा संवाददाताहरूसँग भने, ‘यस सम्बन्धमा नेपालबाट कसैले पनि मेघालय सरकारसँग कुरा ल्याएको छैन । कुत्सित मनसायले नेपालका मिडियामा हल्ला फैलाइँदै छ ।’ उनले मेघालय छाड्ने चेतावनी -नेपालीभाषीलाई केही खासी समूहहरूले दिएको) सन्दर्भमा गुनासो गर्न पनि कोही नआएको बताए ।

नेपालीभाषी गुनासो गर्न जाने मनस्थितिमा पनि छैनन् । सिलाङका बारापथ्थर, झालपाडाजस्ता बस्तीमा बस्ने करिब २० हजार गोर्खाली ‘हैन, अब यो कुरालाई यहीं टुंग्याउँ’ भन्ने गर्छन् । अर्कातिर लाम्पीका झन्डै तीन हजार गोर्खाली भने डटेरै बस्ने अडानमा छन् ।

असम-गोर्खा भाइ-भाइ

सन् १९७२ मा छुट्टै राज्य भएर असमबाट मेघालय छुट्टएिदेखि नै लाम्पी गाउँ दुई राज्यबीच झगडाको विषय भएको छ । घना जंगलले भरिएका डाँडामा युरेनियम लुकेको लक्षण देखिएपछि दुवै राज्यका शक्तिशाली राजनीतिज्ञले त्यो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएका छन् । मेघालय आफूसँग छुट्टनिासाथ असमले एक टोली सीमा प्रहरीलाई लाम्पी पठाएको थियो । मूलधारका असमीहरू डाँडामा बस्न रुचाउँदैनन् भने खासीहरू डाँडामै मात्र बस्न रुचाउँछन् ।

आफ्नोतर्फबाट पर्याप्त जनता डाँडामा नबसे गुहावटीबाट झन्डै एक सय १० किलोमिटर परको जंगली भूभागमाथि नियन्त्रण कायम गरिरहन मुस्किल पर्ने निष्कर्ष निकालेर असम सरकारले हालैका वर्षमा ती डाँडामा जान चाहने जोकोहीलाई हार्दिक स्वागत गर्ने गरेको छ । डाँडामाथिको स्वामित्वको त्यो लडाइँमा असमले गोर्खालीमा भरपर्दो सहयोगी पाएको छ ।

‘१९ वर्षको उमेरमा मेरा बा यहाँ आउनुभएको,’ गाउँबूढा छेत्रीले भने, ‘त्यो एक सय एक वर्षअघिको कुरो हो । म कहिल्यै पुगेको छैन तर नेपालमा पूर्व तीन नम्बर ओखलढुंगा लिखु खोला, ठूलो बाम्ती, गैह्री गाउँबाट आएका रे मेरा बा । आमा त यहीं जन्मिनुभएको । सानामा खासीहरूसँग खुबै मित्रता हुन्थ्यो । तर जति मित्रता भए पनि उनीहरूको घरमा जाँदा यो मेरो साथी भनेर चिनाउँदैन थिए । ऊ डखार -विदेशी) भन्थे । त्यतिबेलै मैले बालाई भनेको, जाउँ हामी हाम्रै देश । बाले भन्नुभयो, हे चुपलाग । हेर, कति धेरै भैंसी छन् यहाँ, यत्रो जंगल र चरन छ । खासीहरूले छुट्टै राज्य पाएपछि त बढी नै दुःख दिन थाले तर अब छाडेर गइँदैन ।’

खासी र गोर्खा समुदायबीच भाषिक, धार्मिक र सांस्कृतिक भिन्नताबाहेक जग्गाको उपयोग गर्ने सन्दर्भमा पनि मतभिन्नता थियो । देवनागरी लिपिभन्दा फरक (कुनै निश्चित लिपि नै नभएको) भाषा बोल्ने, परम्परागत सैविक धर्म छाडेर क्रिस्चियन भएका (गाई खाने) र पूर्णतः मातृसत्तात्मक खासीहरूसँग नेपालीभाषी, हिन्दु र पूर्णतः पित्रृसत्तात्मक गोर्खाहरू मिलेर बस्नु पनि कतिपयका लागि अनौठो लाग्न सक्छ । त्यसमाथि गोर्खाली खाली जग्गामा जनावर पाल्न रुचाउने, खासीहरू खेती गर्न ।

खासीहरूसँग त्यो भिन्नता भएका गोर्खाहरूको असमीसँग चाहिँ समानता बढी भए । भाषा दुवैको संस्कृतसँग नजिक, धर्म एकै, अनि पितृसत्तात्मक पनि । असमका अन्य भागमा पनि मेघालय, नागाल्यान्ड र अरुणचलले दाबी गर्दै, मिच्दै आएका छन् । ती क्षेत्रका बासिन्दा असमीभन्दा बढी सम्बन्धित राज्यकै भएकाले असमलाई सीमा जोगाउन सजिलो भएको छैन । ती क्षेत्रमा गार्खाजस्ता अडिग र असमप्रति इमान्दार नागरिक पनि छैनन् । मेघालयसँगको सीमा विवादमा लाम्पीका बासिन्दा असमका नागरिक सीमा प्रहरी भइदिए । ‘मेघालयले लाम्पीमात्रै दाबी गरेको हो र ?’ छेत्रीले भने, ‘गुहावटीसम्मै मागेको छ । हामी यहाँबाट हटिदिउँ मात्रै, खासीहरू ख्वार्रै तल र्झछन् । त्यसैले हामीले असमको सीमा रक्षा पनि गरिदिएका छौं ।’

जातीयतामा आधारित संघीयताले जनताविरुद्ध जनता कसरी भिडाउँछ भन्ने कुराको उदाहरण भएको छ, लाम्पी विवाद । असम सरकारले राज्यका अन्य भागका गोर्खालीलाई त्यो क्षेत्रमा जान र खासीको प्रतिवाद गर्न प्रेरित गरेको छ । लाम्पीमा जानेलाई जग्गा निःशुल्क मिल्छ र सरकारले त्यहाँ विकास कार्यक्रमलाई तीव्र तुल्याएको छ । दुई वर्षअघि ३० किलोमिटर कच्ची बाटो नबनुन्जेलसम्म गुहावटी पुग्न चार घन्टा हिँड्नुपथ्र्यो । अबका दुई वर्षभित्र बाटो पक्की गराउने काम जारी छ ।

‘पक्की भएपछि यो गाउँमा हाम्रा दाजुभाइको संख्या बढाउन निक्कै सजिलो हुन्छ,’ लाम्पी गाउँभन्दा १० किलोमिटर तल सडक बनाइरहेका ४७ वर्षे डम्बर भट्टराईले भने, ‘जो आउन चाहन्छ त्यसलाई माटो -जग्गा) को व्यवस्था भइसकेको छ ।’

लाम्पीका प्रायः सबै प्रौढहरूले नेपालका कुनै न कुनै जिल्लाको नाम लिँदै ‘मेरा बाजे त्यहाँका’ भन्ने गर्छन् तर नेपालसँगको त्यो सम्बन्ध उनीहरूले अहिलेलाई त्यतिमै सीमित राख्न खोजेका छन् । ‘कहिलेकाहीं मलाई गल्ती गरेँ कि जस्तो लाग्छ,’ गाउँबूढा छेत्रीले गोर्खाहरूलाई संकेत गर्दै भने, ‘के मैले पो यिनीहरूलाई विदेशी पारेको छैन ? म नभएको भए सायद यी मान्छे उहिल्यै नेपाल गएर थन्किन्थे, देश त पाउँथे । तर अर्को मनले सोच्छु, के भयो त, माटो त्यसै पाइन्छ ? संघर्ष नगरी ? फेरि असम सरकारले त हामीले चाहेकोभन्दा बढी सहयोग गरिरहेको छ । अनि यस्तो ठन्डा माटो, मज्जा छैन त बस्न ? अब यो रास्ता पिच भएपछि त यो ठाउँ दार्जिलिङभन्दा राम्रो हुँदैन ?’

‘रास्ता’ पनि प्रतिस्पर्धाबाट बाहिर छैन । असमले लाम्पीसम्म बाटो खन्न थालेपछि मेघालयले पनि त्यसलाई आफूतिर जोड्न गत वर्ष कच्ची सडक खन्यो । सुरुमा असम प्रहरीले मेघालयलाई बाटो खन्न दिएन तर पछि ‘विकासकै काम त हो’ भन्दै त्यो गर्न दिइयो । तर त्यो सानो सहमतिले गाउँमा खासी र गोर्खाबीचको गहिरो खाडल पुरेको छैन । जस्तो कि, खासीहरू प्रशासनिक कुनै पनि काम असमतिर गर्दैनन्, गराउँदैनन् । गाउँमै असम सरकारले खोलेका प्रावि र निमाविमा उनीहरू बच्चा पठाउँदैनन् ।

मेघालयले उनीहरूलाई सय मिटर पर्तिर खासी माध्यममा पठाइ हुने प्रावि खोलिदिएको छ । यहाँसम्म कि एउटै चौरमा खासी र गोर्खाका दुईवटा फुटबल खेलिन्छन् । मेघालय राज्य बन्नेबित्तिकै साविकको चौरमा खासीहरूले गोर्खालाई खेल्न दिएनन्, अनि गोर्खाहरूले अलि पर्तिरको चौरमा खेल्न थाले । अचेल त्यो चौरमै आएर खासीहरू खेल्न थालेका छन् ।

केही महिनाअघि त्यो क्षेत्रबाट मेघालयको विधानसभामा प्रतिनिधित्व गर्ने विधायकले डोजर ल्याएर पछिल्लो चौर सम्याएपछि खासीहरूले गोर्खालाई ‘तिमीहरू पुरानौ चौरमा गएर खेल’ भन्न थालेका छन् । ‘अब हामी किन जाने पुरानोमा ?’ गाउँबूढाले भने, ‘त्यसैले एउटा गोलपोस्टमा हाम्रा केटा खेल्छन्, अर्कोमा खासीहरू । हामीले सेतो बल ल्याउँदा उनीहरू कालो र हामीले कालो ल्याउँदा हरियो ल्याउँछन् ।’

जनपदलाई सघाउन प्रहरीकै सहमति र स्वीकृतिमा गोर्खाले आफ्ना तन्नेरीलाई भीडीपी -भिलेज डिफेन्स पर्सन) लेखिएको परिचयपत्रसहित पालैपालो गाउँ डुलाउँछन् । ‘खुकुरी र लाठी हाम्रै हतियार भइहाले,’ भीडीपी गस्ती गरिरहेका २६ वर्षे शिवराम शर्माले भने, ‘गुलेलीचाहिँ खासीहरूको हतियार हो । अब उनीहरूकै विद्या समातेर उनीहरूलाई हराउने हो ।’

यो लेख पहिलोपल्ट आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए माथिको तस्बिर क्लिके हुन्छ ।

3 thoughts on “मेघालयका नेपालीभाषी जे भोगिरहेछन्

  1. नेपालमा पनि जतिय आधरमा सङ्ग्घिय राज्य छुट्टिने हो भने यस्तै हुने पक्का छ ।

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s