वर्ग नेपाल-भारत सम्बन्ध

  • माओवादी-भारत सम्बन्ध: पहिले विस्तारवाद, अहिले अवसरवाद

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।  प्रधानमन्त्रीका रूपमा माओवादी नेता बाबुराम भट्टराई भारतको औपचारिक भ्रमणमा रहेको यो अवस्थामा नेपालमा विपक्षी कांग्रेसका नेताहरू हात बाँधेर मुस्काइरहेका छन् । उनीहरूको त्यो मुस्कुराइ झन्डै १५ वर्षअघिको एउटा सानो जस्तो लाग्ने घटना र त्यसपछिका भयङ्करजस्ता…

  • दिल्लीबाट काठमान्डु

    , ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’ बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने…

  • मेघालयका “घरज्वाइँ’हरु

    ,

    दिनेश वाग्ले लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न । रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए ।…

  • खटपटमा छन् गोर्खा र प्रवासी

    ,

    सिलाङ (मेघालय)- नजिकैको गाउँ बडापानीका ७० वर्षे लोकनाथ बास्तोलाको हत्या तथा अन्य आक्रमणहरूले सुन्दर र चिसो सिलाङ डाँडोमा दुई सय वर्षदेखि बसिरहेका गोर्खा र प्रवासी नेपाली समुदायमाझ एकखाले मानसिक त्रास उब्जाइदिएका छन् । गोर्खालीहरूको बाहुल्य भएका सहरका बारापथ्थरजस्ता ठाउँका साइबर क्याफेमा युवाहरू नेपालीमा चिच्याउँदै ‘काउन्टर स्ट्राइक’ भिडियो गेम खेलेको, नजिकैको सीडी पसलहरूमा नारायण गोपाल, नेपथ्य…

  • यहीँ जिउँदै जलाए बुवालाई

    ,

    बडापानी (मेघालय)- बलराम शर्मालाई जेठ ३ को त्यो भयानक क्षण सम्झँदा सपनाजस्तो लाग्छ । ‘यो त्यही ठाउँ हो, जहाँ मेरो बुवालाई जिउँदै जलाएर मारियो,’ पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी सिलाङनजिकैको बडापानी गाउँका यी ४१ वर्षे गोठालाले आँखाभरि आँसु निकाल्दै भने । त्यो बिहानको रात गोठमा बलरामसँगै सुतिरहेका उनका पिता ७१ वर्षे लोकनाथ बास्तोलालाई एक हूल…

  • कोइलाखानीको जिन्दगानी

    , ,

      दिनेश वाग्ले   लाड्रम्पाई (मेघालय)- श्यामप्रसाद पोखरेललाई बलको आवश्यकता दिनहुँ पर्छ । दुई सय फिट गहिरो इनारको फेदबाट धरापझैं लाग्ने गरी अड्याइएका काठका चिप्ला खुडकलामा टेक्दै थुन्सेभरी कोइला बोक्नु उनको दैनिकी हो । दुई साताअघि ज्यान खतरामा पर्दा उनलाई थप बल चाहिएको थियो । पूर्वोत्तर भारतको बंगलादेशी सीमानजिक कोइलाखानीमा काम गर्ने उनीजस्ता नेपालीलाई मेघालय…

  • मेघालयका नेपालीभाषी जे भोगिरहेछन्

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल लाम्पी (असम)- पूर्वात्तर भारतका दुई राज्य असम र मेघालयको सीमास्थित यो विवादास्पद गाउँ अचेल युद्धमोर्चाजस्तो देखिन्छ जहाँ दुईतिरका सीमा रक्षक सैनिक-प्रहरी एकअर्कालाई बन्दुक तेस्र्याएर उभिएका छन् । गहिरो जातीय र सांस्कृतिक रेखामा बाँडिएका यहाँका खासी र नेपालीभाषी गोर्खाहरू आफ्नापट्टकिा सुरक्षाकर्मीलाई खाना खुवाउँछन् भने अर्कोपट्टकिालाई त्रासपूर्ण र शंकालु दृष्टिले हेर्छन् ।…

  • गच्छदारको भारत यात्रा

    ,

    दिनेश वाग्ले थुप्रैपटक मन्त्री बनेका, तीनवटा पार्टीको उच्चस्तरीय अनुभव सँगालेका र सत्ता समीकरणको पछिल्लो खेलमा सही गोटी चालेकाले देशको उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छदारका निम्ति गत साताको भारत भ्रमण ‘पहिलो’ थियो । ‘पहिलो कुन अर्थमा भने यसअघि उहाँ कहिल्यै पनि राजनीतिक मिसन लिएर दिल्ली आउनुभएको थिएन’, उनीसँगै आएका एक सहयोगीले गतसाता भने । ‘यसअघि कि त…

  • राष्ट्रपतीय भ्रमणका अनौपचारिक कुरा

    नेपालका राष्ट्रपति रामबरण यादवले गए साता भारतको (पहिलो विदेश) राजकीय भ्रमण गरे । भारतमा रहदाँ उनले थुप्रै नेताहरुलाई भेटे । तर दिल्लीमा सबै कुरा नेपालले चाहेजस्तो भएन । भ्रमणमा आउने नेपाली सरकारी टोली प्रायः अलमलमा परेको महसुस गर्न सकिन्छ ’cause सदस्यहरू प्रायः नयाँ या अनुभवहीन हुन्छन् । भ्रमण सकिनु एक दिनअघिसम्म पनि नेपाली टोलीका उच्च…

  • विहार अब त्यस्तो छैन

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल गए साता काठमान्डूमा भारतीय राजदूतले त्यही गरे जो उनले गर्नुपर्ने हो- आथितेय मुलुकको आन्तरिक मामिलामा अनावश्यक चासो दिनुको साटो आफ्नो देशको प्रवद्र्धन गर्ने । ‘केही मानिस नेपालको विहारीकरण हुने कुरा गर्छन्,’ २६ जनवरीका दिन भारतीय गणतन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा राकेश सुदले भनेछन्– ‘तर बिहारलाई हेर्नुहोस, आर्थिक बृद्धि ११ प्रतिशत…