lal-bahadur-shrestha-the-homestay-operator-of-chitlang

Lal Bahadur Shrestha runs a homestay business from his house in the Narayanhitti neighbourhood of Chitlang village. 

Lal Bahadur Shrestha runs a homestay business from his house in the Narayanhitti neighbourhood of Chitlang village. I had stayed at his house in 2013 for the first time when I hiked up to Chitlang and Markhu along with a colleague and his family. Lal Bahadur never went to school. He is primarily a farmer. He trained himself four years ago from an NGO to get into the hospitably sector.

He said he wanted to put his business on the internet to attract more customers from Kathmandu and beyond. But he didn’t know how to do it. I promised him to put him on the web so here are his numbers: 9891059337/9816268109 for those who wish to stay at his place. His two wives and two daughter-in-laws help him run the business which is profitable, he said. Customers are served with local vegetables including the buffalo meat that Lal Bahadur dries on his terrace on balmy days.

His elder son is with the Nepal Army and currently stationed in an African country. His younger son dropped out of high school and hasn’t been able to find a day job. Lal Bahadur wasn’t happy when he talked about his younger son. His eyes welled.

लालबहादुर श्रेष्ठ चित्लाङको नारायणहिट्टी टोलस्थित अाफ्नो घरमा पर्यटकलाई खाने बस्ने सेवा (होमस्टे) उपलब्ध गराउँछन् । उनको घरमा म यसअघि २०१३ मा बसेको थिएँ । त्यतिबेला म एकजना सहकर्मी र उनको परिवारसँग काठमान्डूबाट चितलाङहुँदै मार्खुसम्मको पदयात्रामा गएको थिएँ । लालबहादुर कहिल्यै स्कुल गएनन् । उनी मुख्यत: किसान हुन् । उनले चार वर्षअघि एउटा गैससबाट अतिथि सत्कार’bout तालिम लिएका थिए ।

काठमान्डू र अन्य ठाउँका बढीभन्दा बढी ग्राहक तान्न अाफ्नो व्यवसायलाई इन्टरनेटमा राख्न चाहेको उनले बताए । तर उनलाई इन्टरनेट भनेको के हो र त्यसमा अाफ्नो व्यवसाय कसरी राख्ने थाहा थिएन । मैले उनलाई इन्टरनेटमा राख्दिन दिएको बचन अनुसार माथि उनका दुई फोन नम्बरहरू राखेको छु । उनको घरमा गएर रात विताउनेले जानु अघि नै फोन गरेर स्थान अोगट्दा हुन्छ । उनका दुई पत्नि र दुई बुहारीहरूले अतिथि सत्कारमा सघाउँछन् । बिहे नहुन्जेल उनका दुई छोरीहरूले पनि सहयोग गर्थे । गृह सत्कारको कारोबार नाफामा रहेको उनले बताए । ग्राहकहरूलाई अाफ्नै बारी र छरछिमेकमै उत्पादित तरकारी र मिलेसम्म लालबहादुरको कौसीमा लाग्ने न्यानो घाममा सुकाईएको “ठूलो खसी”को मासु खुवाइन्छ ।

लालबहादुरका जेठा छोरा नेपाली सेनामा कार्यरत छन् र अहिले एउटा अफ्रिकी मुलुकमा कर्तव्यमा खटिएका छन् । सानोचैँ छोराले पढाइमा उच्चमाबि काट्न सकेनन् र अहिले भरपर्दो जागिर खान संघर्षरत छन् । कान्छोको कुरा गर्दा लालबहादुर उतिसारो खुसी देखिएनन् । उनको गह भरियो ।

Advertisements

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )