माओवादी शिविरमा देखिएका दृश्य

उजिर मगर

जनआन्दोनल पछिको सरकारसँगको शान्ती वार्तापछि माओवादी छापामारहरु देशभरी फैलिएका निश्चित शिविरहरुमा जम्मा हुन थालेका छन् । छोटो समयमा माओवादी सेना जम्मा हुनुपर्ने भएकाले सबैजसो सिविरहरुमा बसोबासको राम्रो व्यवस्था हुनसकेको छैन । विद्रोहीहरुले बस्ने स्थान बनाइरहेका छन् । हतियारको के कस्तो लेखाजोखा भइरहेको छ त्यो चाहि सार्बजनिक भएको छैन । के माओवादीहरुले देशभरी छरिएर रहेका सबै हतियार एकिकृतरुपमा भेला गरे त ? यो अहिलेकोलागि महत्वपूर्ण प्रश्न हो । देश चुनावमा होमिइरहेको छ, निर्वाचन प्रकृयालाई स्वच्छ तुल्याउन गाउमा हतियारहरु नछुटेको निश्चित गर्नु पर्छ । छुटेका हतियारबाट जो कसैले पनि चुनावलाई प्रभावित पार्न सक्छ जो शान्ति प्रकृयाका लागि दुर्भाग्यशाली ठहरिने छ । वार्तामा बसेको माओवादी नेतृत्वको छापामार तथा कार्यकर्तामा कत्तिको पकड छ भन्ने पनि यसैबाट थाहा हुने हो ।

हालै कान्तिपुरका पत्रकार उजिर मगरले सिन्धुलीको एउटा माओवादी छापामार सिविर भ्रमण गरेर यी तस्विर खिचेका हुन् । उनको निश्कर्ष छ- छापामारहरुको जीवनशैली खासै लोभलाग्दो छैन, उनीहरुका अचेल दुखले वितेका छन् । खानेकुराको टुंगो छैन, सुत्ने ठाउ राम्रो छैन ।

Maoists in a cantonment site

छापामार किशोरी सोचमग्न अवस्थामा । तर उनका ती तिक्ष्ण आखाले केही देखिरहेका छन् ।

Maoists in a cantonment site

उनका पछाडी उभिएका छन्, संगिनीहरु

Maoists in a cantonment site

बस्ने छाप्रो बनाउदै कमरेडहरु

Maoists in a cantonment site

बस्ने छाप्रो बनाउदै कमरेडहरु

Maoists in a cantonment site

Maoists in a cantonment site

दुई छापामार आफ्ना हतियार सहित

हतियारको व्यवस्थापन ? शिवरमा जम्मा हतियारको लेखाजोखा गर्दै एकजना माओवादी

Maoists in a cantonment site

पालमा हतियार राख्दै एक छापामार

Maoists in a cantonment site

माओवादी बाजे : गोलीहरु उनका लागि माला सरह ।

Maoists in a cantonment site

आमा, छोरा र बन्दुक : एउटी माओवादी छपामार आफ्नो बच्चा र हतियार लिदै

Maoists in a cantonment site

च्युराले चलाएको युद्ध ? पत्रकारसँग कुरा गर्दा च्युरा खादै एक माओवादी । तल्लो तस्विरमा छापामारहरु च्युरा नास्ता गर्दै ।

Maoists in a cantonment site

टिप्पणीहरु

“माओवादी शिविरमा देखिएका दृश्य” मा 10 प्रतिक्रियाहरू

  1. गौरव अवतार
    गौरव

    माओवादीले छापामारहरुलाई सिविरमा पठाएको देख्दा खुशी लागेको छ । शुरुमा केही दुख भएपनि अब सरकारले दिएको पैसाले उनीहरुलाई राम्रै हुने छ । यूएन आएर हतियार व्यवस्थापन गरेर देशमा शान्ती स्थापना हुने कुरा सोच्दा पनि मनमा खुशी उर्लिन्छ ।

  2. हाम्रो ब्लग अवतार

    माओवादी सेनाको अवस्था देख्दा अत्यन्त दुख लागेको छ । तर यसको कारक सरकार हैन स्वयम् माओवादीहरु नै हुन् । किनकी संयुक्त राष्ट्र संघले जनसेनाको बसोबासको लागि केवल पेच कस्नुमात्र पर्ने डमि सिविरहरु ल्याउने प्रस्ताव गर्दा उनका नेता कृष्णबहादुर महराले पर्दैन आफ्नै जनसेनाले बनाउंछन् भनेर भनेका नै हुन् ।
    के गर्ने त, नेताहरु काठमाडौंको सुविधासम्पन्न होटल र लजमा बसेका छन् । उनीहरुलाइ चिसोले छुन सकेको छैन । त्यसैले सकिन्छ भने आफ्ना नेतालाइ एक रात त्यो शिविरमा लगेर सुताउनुस् अनी बल्ल उनीहरुको होस खुल्छ । सबै दोष सरकारको मात्र हो भन्ने आफ्नो पुरानो सोचमा परिवर्तन गर्ने प्रयास गर्नु उत्तम हो जस्तो लाग्छ मलाइ ।

  3. Krishna अवतार
    Krishna

    I like that girl on the first photo. Seeing her almost makes me joining the Maoists! He..he.. kidding though. But I am happy that they are now coming in to cantonment sites. Keep it up. May peace prevail in Nepal.

  4. Raj Shrestha अवतार

    hoina yo nepali version kahile dekhi suru bhayo anyway best of luck for this..

  5. BK,UK अवतार
    BK,UK

    thanks for pictures. they have contributed for bright future of nepal, thanks to them.

  6. firante अवतार
    firante

    फायरपक्समा अक्षर फाट्टिएर आयो। p align=”justify” छ होला त्यसलाई “left” बनाउनुस त प्लिज

  7. Dipak Karmacharya + Krishna P. Subedi अवतार
    Dipak Karmacharya + Krishna P. Subedi

    thanks to show us such kind of photos to know about nepal’s current situation about maoists and their temporari residence. we are so sad for photos. because these girls, what they have knowladge about future? i don’t think so that they know what is going on in nepal? what is their target point wheather they win or lost or comformise. i am always worry about them.

  8. min अवतार
    min

    chhapamar haru pic 1 ra 2 ma alli bachcha vaya jasto lagyo. Yasari kisor kisori use nagarnu parne ho. J hos aba ta…….

  9. Pooja अवतार
    Pooja

    Plaease Chnage the font Style. It is so Bad atleast Use Akar it good.

  10. kamal अवतार

    thanks for nepal123 . I viewed in kuwaiit its the progeess of nepali and best of luck for maoist to create longlasting peace.