
माइस्पेस, फेसबुक या ट्वीट्टर जस्ता सामाजिक सञ्जालका सदश्य बन्न सबैभन्दा पहिला तिनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनुपर्छ जो ती वेबसाईट प्रयोग गर्ने सबैलाई थाहा भएकै कुरा हो। ‘गुगल बज्’ले चाहि सामाजिक सञ्जाललाई नै इन्बक्स भित्र ल्याईदियो। कम्तिमा जीमेल प्रयोगकर्ताहरुका लागि। फेब्रुअरी नौ यता जीमेल प्रयोग गर्नेहरुले पहिलो साइन(इनमा गुगल बज’bout सूचना देखे जसलाई स्विकार्नेवित्तिकै फेसबुक र ट्वीट्टरमा मिलिरहेका र थप सुविधा सहितको सामाजिक सञ्जाल साईट ’emको इन्बक्समै आयो।
एउटा उपयोगी व्यक्तिले अचानक घरैभित्रै आएर हेल्लो भन्दा तपाई जति चकित, उत्तेजित र केही रिसाएको जस्तो बनेजस्तै भए गुगल बज्को आगमनबाट जीमेल प्रयोग कर्ताहरु। चकित किनकी त्यस’bout गुगलले त्यसअघि खासै केही कुरै गरेको थिएन । उत्तेजित किनकी कुनै झन्झटविनै निकै सुविधाहरु भएको सेवा इन्बक्समै हाजिर थियो। अनि रिसाएको चाहि किन भने उपयोगी नै सही तर कुनै बाहिरिया मान्छे थाहै नदिइ अचानक घरभित्र छिर्दा उसले तपाईलाई अन्तरंग अवस्थामा फेला पार्छ। अर्को शब्दमा भन्दा तपाईको गोपनीयतामा केही आँच पुग्छ। उदाहरणका लागि, घरमा कोही हाफ पाइन्ट लगाएर बसेको हुन्छ, कोही झगडा गर्दै हुन्छ, कोही गोप्य छलफल गर्दैहुन्छ।
हो, त्यही गोपनीयताको सन्दर्भमा गुगल बज्ले सार्वजनिक भएको दिनदेखि नै प्रयोगकर्ताहरुको रिस सामाना गर्नुपर्यो। कतिले त्यसलाई बजमै गाली गरे, कतिले ट्वीटेर या ब्लगेर (ब्लग गरेर) झपारे, कतिले पत्रिकाका पन्नामा समिक्षा मार्फत त्यसको झाको झारे। लगत्तै गुगलले त्यसमा सुधार ल्यायो। अझै त्यसमा निखारता आउन बाकी छर तर आजको दिनमा गुगल बज उपयोगी, सुविधा युक्त र आकर्षक सेवा भएको छ। तर नहुनु क्षती भइसकेको थियो, अहिले मलाई बज्ले उति सारो आकर्षित गर्न सकेको छैन।
जसरी ६ बर्षअघि सार्वजनिक भएकै क्षणदेखि जीमेल मलाई उत्साहित, प्रयोग गरुँ गरुँ बनाएको थियो, गुगल बज्ले गर्न सकेन। यस अघि गुगलले इमेलको स्वरुप नै बदल्ने भनि हल्ला गर्दै ‘निम्तोमा मात्र’ थालेको सेवा गुगल वेभले पनि हावा खाएको मान्न सकिन्छ। यो लेख्ने क्रममा मैले झट्ट वेभमा आफ्नो खाता हेरे, सबैभन्दा नयाँ सन्देश ठ्याक्कै तीन महिना अघिको रैछ जसमा एकजना मित्र भन्छन्- ‘एभ्रीडे साइन इन गर्यो केही हुदैन। केही त लेखौं साथीहरु!’ अब के मात्रै कतिठाम्मा लेख्नु, मान्छेलाई थकाई पनि लाग्छ, यी अनगीन्ती, एकपछि अर्को, इन्टरनेट उत्पादनहरु चलाउदा चलाउदा। तैपनि बज्मा त्यस्ता व्यक्रिहरु पनि तपाईको सम्पर्कमा आउन सक्छन् जो फेसबुक या टवीट्टरमा छैनन् या ती साईटमा भइकसन पनि तपाईको सन्जालमा चाहि छैनन्। त्यसैले ‘गुगल बज्’ पटक्कै अनुपयोगी सञ्जाल होइन र यसमा फेसबुक तथा टवीट्टरलाई माथ गर्न सक्ने सम्भावना छन्।
अहिलेलाई अधिकाँश नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ फेसबुककै राज छ। अहिले केही महिना अघिसम्म त एउटा तथ्याङ्कले भारतमा भन्दा बढी नेपालमा फेसबुकको घनत्व रहेको देखाएको थियो। तर साइट निकै खजमज्जिदो बन्दै गएकाले म चाहि त्यसको पूर्णकालीन प्रयोग छाडेर उहिल्यै ट्वीट्टरतिर सरेको हुँ। थुप्रै मित्रछन् मेरा जसले ठ्याक्कै त्यही गरेका छन्। तर कतिपयले फेसबुकलाई नै एकमात्र सामाजिक सञ्जाल मन्च बनाएका छन् र तीनले मलाई बेलाबेलामा प्रश्न गर्छन्- नचिनेकाले मित्रता जाड्न खोजे, च्याटमा धेरै मान्छे देखिए, के गर्ने? केही अघि फेसबुकले गोपनीयता’bout नयाँ नीति सार्वजनिक गरेपछि कतिपयलाई थप समश्या आएका छन्।
सबैभन्दा पहिला, मेरो सल्लाह, साथीहरुको समूह बनाउने फेसबुकमा छिर्नेवित्तिकै दायातिरको सबैभन्दा माथिको ‘एकाउन्ट’मा इडिट फ्रेन्ड्स’मा गएर। उदाहरणका लागि- पक्का साथी, अलिअलि साथी, नाम मात्रको साथी। अनि एकाउन्ट अर्न्तगतकै ‘प्राइभेसी सेटिङ्गस्’ हुदै ‘प्रोफाइल इन्फर्मेसन’मा गएर फेसबुकमा आफूले पोस्ट गरेको कुन सूचना साथीहरुको कुन समूहलाई देखाउने, कुनलाई नदेखाउने उल्लेख गर्ने। कुरो खत्तम्! अनि कसैले फेसबुकमा तपाइलाई थप्यो भने ‘फ्रेन्ड रिक्वेस्ट’ पन्नामा ‘एड टू लिस्ट’मा उसलाई कुन समूहमा राख्ने निर्णय गरेर कन्फर्म गरे भइहाल्यो। च्याटको सन्दर्भमा पनि कुरो त्यही हो। कसैसँग कुरा गर्न मन छैन भने उसलाई ‘बोल्दिन’ भन्ने नयाँ सूची बनाएर त्यसमा राखिदिने। अनि ‘च्याट’ सूचीमा क्लिक गरेर ‘फ्रेन्ड लिस्ट’मा कसलाई अनलाईन देखाउने, कसलाई नदेखाउने तोक्न सकिन्छ ।
यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्यबिरमा क्लिक गरे हुन्छ ।