Latest stories – पछिल्ला टिप्पणीहरू

  • अमेरिकी राजदूतको फेसबुक कूटनीति

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिरमा क्लिके हुन्छ ।

    facebook diplomacy front page kantipur
    ठूलो पार्न क्लिके हुन्छ

    सामान्यतः टाउकोभरि कपाल र सफा गाला मनपराउने केही नेपालीले अचेल तालु खाली भएका र झ्याप्प दाह्री पालेका एक अमेरिकीमा नायक भेट्टाएका छन् । देशको बिग्रँदो चालाबाट निराश सर्वसाधारणले दिनहुँजसो अमेरिकी राजदूतसँग गुनासो गरिरहेका छन् ।

    अनि स्कट एच. डेलिसीले पनि लोकप्रिय भावनाअनुरूपका वक्तव्य सार्वजनिक गरेर इन्टरनेट प्रयोग गर्ने केही नेपालीहरूको वाहवाही पाएका छन् । तर फेसबुकमार्फत इन्टरनेटमा पहुँच भएका नेपालीहरूसँग भइरहेको अमेरिकी कूटनीतिज्ञको बढ्दो र कतिपय सन्दर्भमा खुलस्त अन्तक्रिर्या मूलधारका पत्रिकाहरूमार्फत बृहत् नेपाली समाजमा पोखिन थालेपछि त्यसले नेपालका केही शक्तिकेन्द्र र राजनीतिक दलहरूलाई अप्ठ्यारोमा पारेको छ ।

    ‘असन्तुलित विचार’

    नेपाली कांग्रेसले पाँच वर्षपछि पहिलो पटक सोमबार देशैभर गरेको बन्दप्रति सार्वजनिक रूपमै असहमति राखेका डेलिसीले लोकतान्त्रिक मान्यता विपरीतको त्यस्तो हिंसात्मक विरोधले नेपाली अर्थतन्त्रलाई राम्रो नगर्ने आशय प्रकट गरे । तर डेलिसीको त्यो दबाबमूलक फेसबुक अभियान’bout जानकार तथा अमेरिका र अन्तर्राष्ट्रिय जगत्सँग राम्रो सम्बन्ध भएको पार्टी कांग्रेसका नेताहरूले शनिबारदेखि नै डेलिसीलाई टेढो आँखाले हेर्दै राजदूतको अभिव्यक्तिलाई ‘असान्दर्भिक’ र ‘राम्ररी सुसूचित नभएको’ भनी प्रतिवाद गरिरहे । हडतालको ‘कारक’ (चितवनस्थित जेलमा थुनिएका कांग्रेस कार्यकर्ताको हत्या) ’bout ‘नबोलेका’ कूटनीतिज्ञले त्यसको विरोध कार्यक्रमप्रति ‘नकारात्मक टिप्पणी’ गर्नु ‘असन्तुलित’ भएको उनीहरूको तर्क छ । (धेरै…)

  • नि हाओ नेपाल !

    नेपालमा कसरी बढ्दै गएको छ चिनीयाँ रुचि, लगानी र व्यापार, अनि त्यसले कसरी बढाउदै छ राजनीतिक र सामाजिक प्रभाव ?

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिर या पीडीएफ पहिलो पेज र बाँकी  मा क्लिके हुन्छ ।

    ni hao nepal Kantipur front page
    ठूलो पार्न क्लिके हुन्छ

    प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ प्रधानमन्त्री पुस ५ मा नेपाल आउने घोषणा गरे पनि भनिएकै समयमा उनी नआउने भएका छन् । तर पछिल्ला केही वर्षको प्रवृत्ति नियाल्दा प्रधानमन्त्री नआउँदैमा नेपालमा चिनियाँ चासो घट्ने देखिन्न । काठमाडौंमा रहेका केही चिनियाँ र चीनलाई नियाल्ने नेपालीका अनुसार अबका केही वर्ष चिनियाँहरू अझै बढी पैसा, सामान र सम्भवतः राजनीतिक प्रभाव पनि लिएर नेपाल छिर्दैछन् ।

    बढ्दो व्यापार, बढ्दो घाटा

    चिनियाँ नेता देङ सियाओ पिङले १९७८ मा आर्थिक सुधार कार्यक्रम लागू गरेपछि उन्नति गर्न थालेको चीनले ठ्याक्कै १० वर्षअघि विश्व व्यापार संगठनमा छिरेर अन्तर्राष्ट्रिय व्यापारमा दरिलो यात्रा थालेको थियो । ‘त्यसपछि धेरै चिनियाँ बाहिर निस्कन र अरू देशमा आएर व्यापार गर्न थाले,’ २८ वर्षे चिनियाँ शी सानले भनिन्, जो डेढ वर्षदेखि पति हुङसँग मिलेर काठमाडौंको बिजुलीबजारमा एउटा चिनियाँ रेस्टुरेन्ट र होटलसमेत चलाइरहेकी छन् । ३५ लाख जति नेपाली रुपैयाँको लगानीमा खोलेको रेस्टुरेन्टबाट सन्तुष्ट शीले भनिन्, ‘यहाँको वातावरण पनि एकदम राम्रो, मेरो गृहसहरको भन्दा ।’ (धेरै…)

  • लुम्बिनीमा लगानी

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आज  शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए  यहाँ  र यहाँ  (पीडीएफ) क्लिके हुन्छ ।

    ठूलो पार्न क्लिके हुन्छ

    पुष्पकमल दाहाल सहअध्यक्ष रहेको एउटा रहस्यमयी चिनियाँ गैरसरकारी संस्थाले लुम्बिनीमा ‘तीन अर्ब डलर’ ओइर्‍याउने हल्ला विस्तारै सेलाउँदा बुद्धको जन्मथलोमा के-कस्तो विकास गर्न सकिन्छ भन्ने’bout कोरियाली सरकारले दरिलो चासो देखाएको छ । त्यो चासो केहीअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको न्युयोर्क यात्रा र लुम्बिनीलाई लिएर भइरहेका केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रयासअन्तर्गतको एउटा भाग हो । यो कोरियाली प्रयासमा राष्ट्रसंघीय महासचिव बान कि-मूनको प्रत्यक्ष संलग्नता छ भने बानको देश कोरियाका एक प्रभावशाली योजनाकारले संयोजनकारी भूमिका खेलिरहेका छन् ।

    अमेरिकाका मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वाड विश्वविद्यालयमा पढेका र केही कोरियाली विश्वविद्यालयहरूमा पढाउने आर्किटेक्ट (योजनाकार) क्वाक योङ्हुन कोरियामा राजनीतिक दृष्टिले प्रभावशाली मानिन्छन् । उनी महासचिव बानका साथी पनि हुन् । उनीहरू दुवैका आमा पनि एकअर्काका साथी हुन् यद्यपि क्वाककी (स्व) आमा क्रिस्चियन थिइन्, बानकी बौद्धमार्गी । क्वाककी पत्नी किम चुङ् कोरियाको संसद् (नेसनल एसेम्ब्ली) की सदस्य हुन् । त्यस्तै, कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) का प्रमुख पार्क डे-वोनसँग पनि क्वाकको नजिकको सम्बन्ध रहेको बताइएको छ । त्यो सम्बन्ध अनि बानको चाहनाका कारण तत्काललाई लुम्बिनीमा के गर्न सकिन्छ भन्ने’bout बुझ्न १६ करोड रुपैयाँको अध्ययन गरिहाल्न कोरियाले नेपाल सरकारसँग सम्झौता गर्न लागेको यी सबै मामिला’bout जानकार स्रोतले कान्तिपुरलाई बतायो । (धेरै…)

  • प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

    प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन
    प्रधानमन्त्री भट्टराईको कार्यकालका प्रथम तीन महिनामा शान्ति प्रकृयामा प्रगति भयो, शुसासनको धज्जी उड्यो, कुटनीतिमा उनलाई केही सफलता मिल्यो । नराम्रा कामको अपजस सबै उनैलाई जानु स्वभाविकै भयो तर राम्रोको जस उनलाईमात्र जादैन ।

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ : (पीडीएफपहिलो पेज र १४  पेज । चित्रकारुपमा हेर्ने भित्र/तल) 

    खोप्लाङ, गोर्खाका बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा यो साता बालुवाटार, काठमान्डुमा सय दिने मधुमास पूरा गर्दैछन् । सामान्य अवस्थामा उनको कार्यावधिको मूल्यांकन आगामी मंगलबार थालिनुपर्ने हो । तर कतिपय रुष्ट नेपालीहरूले आफ्ना ३५ औं प्रधानमन्त्रीको राजीनामा अहिल्यै मागिसकेका छन् ।

    ‘बाबुराम, पद छाड’ भन्नेहरूको त्यो सूचीमा विपक्षी दलहरूका नेता र आफ्नै पार्टीभित्रका ‘खुट्टा तान्ने कमरेडहरू’ मात्रै भए त्यसलाई राजनीतिक दाउपेचको एउटा अस्वाभाविक उदाहरण भन्दै अस्वीकार गर्न हुन्थ्यो । तर यहाँ दुई महिनाअघिसम्म ५७ वर्षे भट्टराईलाई ‘हृदयका राजा’, ‘आशाका केन्द्र’ र ‘आइडल’ जस्ता प्रेम र प्रशंसाका शब्दहरू बर्साउने कतिपयले नै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको, हत्यारालाई माफी दिन खोजेको, प्रशासनयन्त्रलाई ‘ध्वस्त’ बनाएको भन्दै गाली गरेका छन् । प्रशंसकहरू निराश हुँदै उनलाई आफ्नो अपेक्षाविपरीत, अघिल्ला प्रधानमन्त्रीहरूजस्तै, निष्प्रभावी र ‘उही ड्याङका मूला’ भन्न थालेका छन् भने आलोचक र शंकालुहरू चाहिँ ‘मैले त भनेकै थिएँ नि’ जस्ता शब्दावलीबाट कुरा थाल्छन् ।

    ‘पहिले घरभित्र पसेर अवस्था के छ भन्ने नबुझी उहाँले बोल्नुभयो, मान्छेहरूले आशा गरे,’ पूर्वप्रशासक तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘अर्थमन्त्रीका रूपमा बनेको उहाँको राम्रो छविमा आधारित भएर जनताले उहाँबाट बढी नै आशा गरे । व्यक्तिगत रूपमा उहाँ अहिले पनि बदनाम हुनुभएको छैन । ‘भट्टराईले यसो गरे, उसो गरे, खाए’ भन्ने सुनिएको छैन । शान्ति प्रक्रिया टुंगिने बाटोमा बढेको छ, त्यसको जस उहाँलाई जाला । तर शासनलाई राम्रो पाटोमा लैजान र नतिजा देखाउने सन्दर्भमा उहाँ असफल हुनुभयो ।’

    यो लेखको बाँकी भाग यहाँ छ ।

  • राज्य पुनर्संरचनाको मैदानमा ‘जनजाति’ र ‘गैरजनजाति’ लडाइँ


    janajati and state restructuring1
    ठूलो पार्न क्लिके हुन्छ

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ  र यहाँ  क्लिके हुन्छ ।

    देशका थुप्रै आदिवासी जनजातिहरूले गए साता सन्तोषको लामो सास फेर्दा त्यसमा केही वर्षयता नेपाली राजनीतिलाई निर्देशित गर्ने उनीहरूको बढेको क्षमता झल्कियो । उनीहरूलाई सन्तोष र विजयको सास फेराउने त्यो घटनाले नेपालमा जारी संक्रमणकालीन द्वन्द्व मुख्यत ‘जनजाति’ र ‘गैरजनजाति’ बीच निश्चित भएको प्रमाणित गरेको छ । अनि त्यो लडाइँ बढ्दोरूपमा ‘राज्य पुनर्संरचना’ नामको मैदानमा भइरहेको छ । संघीयतामा जाने निर्णय गरिसकेको देशले राज्यको भावी संरचना’bout जोडदार बहस गरिहँदा जनजातिहरू ‘पहिचान अनि सामर्थ्य ‘ र गैह्र जनजातिहरू ‘सामर्थ्य अनि पहिचान’ को हतियार लिएर मैदानमा उत्रेका छन् । र, दुवै पक्ष एक अर्काको नियतप्रति गहिरोरूपमा सशंकित छन् । ‘शंका बुझाइको कमीले भएको हो,’ मानवशास्त्री तथा जनजाति अभियन्ता डम्बर चेम्जोङले भने, ‘सबै मान्छे अधिकार सम्पन्न हुनु भनेको कसैको घटने र कसैको बढ्ने होइन । (जनजाति) राजनीतिकरूपमा अधिकार सम्पन्न हुँदा (गैरजनजाति) को अधिकार खोसिने भन्ने होइन ।’ (धेरै…)

  • MLTR ‘Learn to Rock’ in Kathmandu

    MLTR ‘Learn to Rock’ in Kathmandu

    https://twitter.com/#!/wagle/status/137863693705822209

    {more tweets inside]

    mltr in kathmandu
    mltr perform in kathmandu

    Nepali band Kutumba, popular for their instrumental music, warm up the audience before the visiting Danish band MLTR show to the Himalayan audience how they have learned to rock in all these years. This is the second international gig (by western musicians) since last February when Canadian Bryan Adams kicked off his show with Bob Seger’s Katmandu.

    Originally posted from WordPress for Android

    Here are more photos from the concert: (all by Suraj Kunwar) (धेरै…)

  • Hated Airport and the Mighty Himalayas #Nepal #Travel #Tribhuvan

    Hated Airport and the Mighty Himalayas #Nepal #Travel #Tribhuvan

    Kathmandu’s (and Nepal’s) Tribhuvan: One of the World’s Most Hated Airports (!)
    A plane is about to take off from Tribhuvan International Airport's runway.

    CNNgo recently put Kathmandu’s Tribhuvan in a list of 10 “world’s most hated airports” along with JFK, LAX and Heathrow detailing correctly the shortcomings of Nepal’s only international airport. But the travel site also said correctly, at the end, this: Never mind. The city’s markets and surrounding mountains are lovely.

    I agree with both the criticism of the airport as well as the praises for the city of Kathmandu. A few days ago clouds disappeared from above the green hills of Kathmandu valley providing us the stunning view of the mighty Himalayas that overlooked the airport. Fliers must have seen those snow-capped mountains from close and relished the view. That must have helped them to forget all the hassles that they might have gone through at the airport before boarding in the planes. Here are more photos and the detailed entry on the subject: Kathmandu’s (and Nepal’s) Tribhuvan: One of the World’s Most Hated Airports (!)

  • स्टिभ जब्स

    steve jobs by walter isaacson on ipad
    वाल्टर आइज्याक्सनको किताव स्टिभ जब्सको आवरण आइप्याडमा
    dinesh wagle steve jobs pose
    दिनेश वाग्ले

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ)।

    समाचार– कमल दहलाई सिरानीमा राखेर एउटा पहाडको काखमा अडिएको सुन्दर बस्ती, रुकुमको पुरानो सदरमुकाम, रुकुमकोटमा एनसेलको संकेत नपाउदा म निराश भएको थिए । दह मास्तिरको डाडामा हिड्दा केही परको रोल्पाली गाउँ थवाङमा ठड्याइएको नेपाल टेलिकमको टावरले फालेको कमजोर संकेत फोनले टिपेको थियो । तर त्यो रात विताउनुपर्ने बस्तिमा ओर्लदैगर्दा त्यो पनि हराएको थियो ।

    मध्य पश्चिम नेपालका डाडाहरुमा पैदल हिड्दा इन्टरनेटबाट अलग्गिएको चार दिन भएको थियो । पाचौ दिनमा रुकुमकोटबाट जीप चढेर सदरमुकाम पुग्नासाथ मैले झोलाबाट आइप्याड निकालेर ट्विट्टर एप खोलेको थिए । फुलब्राइट छात्रबृत्तीमा नेपालमा आएका एकजना अमेरिकी काइल नाइटको एउटा ट्विटले मेरो ध्यान तत्कालै आकर्षित गर्‍यो र, त्यो पढ्दै गर्दा, मनमा चिसो पस्यो । (धेरै…)

  • View from a hill near Kathmandu

    This is what I see from where I am standing at this moment.

    20111024-135331.jpg

  • जहाँबाट “जनयुद्ध” शुरुभएको थियो…

    जहाँबाट “जनयुद्ध” शुरुभएको थियो…

    jeetman gharti
    जीतमान घर्ती

    मेरो मध्य पहाड यात्रा जर्नलका कतिपय पन्नाहरू यहाँ प्रकाशित हुनै बाँकी छन् । तिनमा तस्बिरहरू पनि थप्न बाँकी छ । तर जीवन अगाडी बढीरहेको छ । यसैबीच मैले त्यही यात्राबाट संश्लेसित दुइ जर्नलहरू पत्रिकामा प्रकाशन गरिसकेको छु । एउटा “रुकुम-रोल्पा एक्स्प्रेस” शीर्षकमा अघिल्लो साता र अर्को “शान्तिको लामो सास” शीर्षकमा यो साता । ती दुबै टुक्रा मैले रोल्पाको लिबाङस्थित एउटा साइबर क्याफेमा बसेर लेखेको हुँ जसमा मुख्यत शान्तिकालमा गाउँले जनताको “परिवर्तित” जीवनीका केही झलकहरू प्रस्तुत छन् ।

    तस्बिरमा देखिएका यी जीतमान कमरेडसँगको त्यो दिनको यात्रा रमाइलो भएको थियो । मैले चाहि दिनभर खुट्टा खोच्याउदै हिड्नु परेको थियो देब्रे घुँडाले धोका दिएपछि । यिनको एउटा गधाले मेरो सात किलो जतिको झोला बोकिदिएको थियो । अन्यमा मैले उनको गधाले भारी बोक्ने दर अनुसारको पैसा दिन खोज्दा जीतमानले लिएनन् । यिनी कुनै जमानामा माओवादी “पीएलए”मा भर्ती भएर केही आक्रमणमा सामेल भएका थिए ।

    “उतिबेला पार्टीका पछाडी दौडीइयो, अहिले गधाको,” एउटा सन्दर्भमा उनले भनेका थिए । दसैंमा गाउँ लुकुममा मेला आयोजना गर्न उनले वाइसीएललाई १२ सय रुपैया चन्दा दिएको बताए । युद्ध सकिएपछि पनि पार्टिले सेनामै रहन दिएको दबाव नकारेर खच्चडमार्फतको व्यवसाय थालेका उनले पार्टीप्रति अझै सहानुभूति भएकाले त्यो चन्दा दिएको बताए । “काङ्ग्रेस, एमालेले मागेभने पनि दिनुहुन्छ त ?” मैले सोधे ।

    “दिनुछु,” उनले भने । “१२ सयै त दिन्न तर दुइचार सय दिन्छु किनकी गाउकै मान्छेहरुले केही गर्ने खोजेर माग्न आए दिन्न भन्न कसरी मिल्छ ?”

    जीतमानको थप कथा (र तस्बिर) यहाँ छ । अनि त्यो दिनको मेरो पीडादायी हिडाई’boutको विवरण (अ‍ंग्रेजीमा) चाहि यहाँ छ- Limping all day long with a Donkey caravan to reach Rukumkot